Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यु १९ विश्वकपका नेपाली कप्तानलाई मैदान बाहिरबाट आउट गर्ने भारतीय प्रयास असफल

Posted on February 3, 2016 by Salokya

raju-rijal
यु १९ विश्वकपमा नेपाली टोलीको नेतृत्व गरिरहेका राजु रिजाललाई मैदान बाहिरबाट आउट गर्ने भारतीय प्रयासलाई आइसिसीले लोप्पा ख्वाइदिएको छ। १९ वर्षमुनिको हुनुपर्नेमा राजु २५ वर्षको भएको भन्दै भारतीयहरुले सोसल मिडियाबाट प्रचार गरेका थिए। भारतीय मिडियाले त्यसैलाई पछ्याएपछि यो ठूलै स्क्यान्डल हुन पुगेको थियो। तर यसबारे छानबिन गरेको आइसिसीले नेपाल सरकार र अधिकारीहरुले जारी गरेका कागजात पासपोर्ट, बर्थ सर्टिफिकेटका आधारमा उनको उमेर १९ वर्षमात्रै भएको भन्दै खेल्न योग्य रहेको भन्दै क्लिन चिट दिएको छ।

kaustab
कौस्तब पवार नामका भारतीय खेलाडीले फेसबुकमा मुम्बई टिमका लागि राजु शर्मा नामका खेलाडीसँग यु १५ टिममा खेलेको र उनी अहिलेका राजु रिजाल नै रहेको दावी गरेका थिए।

nepal-u-19-cricket-759
भारतीय मिडियाले Mumbai Cricket Association को रेकर्डसमेत खोतलेर राजु शर्माको प्रोफाइल सार्वजनिक गरे।

तर आइसिसीले भने प्रमाण नभेटिएको भन्दै रिजाल खेल्न योग्य भएको भन्दै विवाद अन्त्य गरिदियो।

02 FEBRUARY 2016 20:43

ICC STATEMENT ON NEPAL CAPTAIN RAJU RIJAL

The ICC has no evidence to suggest that the passport and birth certificate, issued by the Nepalese government/authorities, are not genuine or that the statement provided by the player is false.

The International Cricket Council (ICC) today confirmed that following queries raised about the eligibility of Nepal captain Raju Rijal, it has looked into the matter and is satisfied that the player is eligible to play in the ICC U19 Cricket World Cup 2016.

The ICC has spoken with the Chief Executive of the Cricket Association of Nepal (CAN), concerned player and the Nepal Team Manager, and has again reviewed the documents which were submitted by the CAN before the start of the competition. These documents include copies of his passport and birth certificate, which were issued by the Federal Democratic Republic of Nepal, as well as a signed age determination declaration.

According to the official documents, Raju Rijal is born on 26 September 1996. Players born on or after 1 September 1996, are eligible to participate in the ICC U19 Cricket World Cup 2016.

As such, the ICC has no evidence to suggest that the passport and birth certificate, issued by the Nepalese government/authorities, are not genuine or that the statement provided by the player is false.

Unless any new information comes to light, the ICC considers this matter closed.

त्यसो त नेपालले अरु खेलमा बढी उमेरका खेलाडी नपठाएको होइन। पछिल्लो उदाहरण फुटबलमा छ- किर्गिजस्तानमा भएको एएफसी यु १६ क्वालिफायर्समा बढी उमेरका खेलाडी खेलाएको भन्दै एएफसीले नेपाललाई फाइनल खेल्न छनौट भइसकेको नेपाललाई अयोग्य घोषित गर्दै १४ हजार ५०० डलर जरिवाना समेत तिर्न लगाएको थियो।

फुटबलमा उमेर वैज्ञानिक किसिमले जाँचिन्छ। तर आइसिसीले भने कागजातलाई मात्रै आधार मानेको जस्तो विज्ञप्तिमा देखिएको छ। भारतीयले फेरि अर्कै कागजात निकालेर विवाद गरे मात्रै, नत्र यो विषय फेरि उठ्ने देखिन्न।

तर वास्तवमा रिजालको उमेर चाहिँ कति होला? तपाईँलाई के लाग्छ?

8 thoughts on “यु १९ विश्वकपका नेपाली कप्तानलाई मैदान बाहिरबाट आउट गर्ने भारतीय प्रयास असफल”

  1. pardip says:
    February 3, 2016 at 5:14 pm

    मेरो अनुशन्धानले त यो राजु इन्डियन नै हो भन्ने पुष्टी गर्यो त…….कति दरिद्र रैछौ है हामी??? हार जित त जाबो के हो र??? नेपाली खेलाडीनै नभए जसरी भारतबाट आयात किन गर्नु परेको होला ???

    Reply
  2. Michael says:
    February 3, 2016 at 10:12 am

    डाबर कै च्याबन प्रास खाएर हलक्क बढेको, भर्खर १५ को भन्दे हुन्छ | आखिर उमेर कैसे कम करे , दिमाग कैसे बढाए , कपाल कैसे पैदा करे ,धनि कैसे बने यो सब किताब मदिसेले लेख्छ | अरु त् अरु रामदेव को योग ले दायाबितिज , एड्स समेत निको पार्छ भनेको हैन |

    Reply
  3. अर्जुन says:
    February 3, 2016 at 8:23 am

    राजु शर्मा र राजु रिजाल भन्ने व्यक्ति एउटै हुन् किन कि फेसवुकमा राजु शर्मा सर्च गरेर हेर्याे भने क्याप्टेन राजु रिजाल काे प्राेफाइल तस्विर र अन्य फाेटाेहरू पनि देख्न सकिन्छ त्याे पनि क्यानकाे लाेगाे भएकाे टिसर्टमा । र साथै अन्य नेपाली क्रिकेटरहरू पनि उनकाे फ्रेण्डलिष्टमा छन साथै उनकाे ठेगाना पनि मुम्बई र अध्ययन पनि मुम्बई नै राखिएकाे छ ।
    उनकाे दुईवटा फेसवुक अाई डी समेत देख्न सकिन्छ ।

    Reply
  4. eklavya says:
    February 3, 2016 at 6:42 am

    As a nepali i can easily guess his real age and i am 100% confident that he is above 20 and below 25 may be near 23….because of his skin and chest figure any normal nepali can identify or guess his age. But now it doesn’t make any sense the real age is his pp and we all know how can we change our age. Don’t misinterpret it this is only my view…

    Reply
  5. kamal says:
    February 3, 2016 at 4:52 am

    malai ta 25-26 lagcha. Tara badi umer ko kheladi hamro des le matra hoina aru le ni pathayeko chan..but future ma yesto na gareko ramro

    Reply
  6. Ajaya says:
    February 3, 2016 at 3:38 am

    यो सबै गल्ति होस्, तर इन्टरनेट मा प्राप्त जानकारी अनुसार राजु भाई ले मज्जाले घुमाए जस्तो छ.

    फेसबुकमा भेटिएका राजु शर्मा,जसको हुलिया इन्डियाको क्रिकेट खेलाडी ले भने जस्तो मिल्छ, र हाम्रा युवा खेलाडी राजु रिजाल को अनुहार काटी कुटी मिल्छ , दुवै एक अर्का संग जोडिएका पनि छन्.
    https://www.facebook.com/raju.sharma.583671

    अरु केहि स्क्रीनसटहरु
    राजु शर्मा को टाइमलाइन
    http://s22.postimg.org/qp9p3ecqp/pic1.jpg

    राजु शर्माको फोटो क्यान को लोगो भा शर्टमा
    http://s18.postimg.org/mmxigznw9/pic2.jpg

    राजु शर्मा (देब्रे), राजु रिजाल (दाहिने) …. सबै उस्तै
    http://s24.postimg.org/5r46b55c5/pic3.jpg

    नेपाल का लागि छल, कपट ले कुनै पनि खेल जित्नु छैन. हामी नेपाली को आत्मसम्मान एकदमै गिरेको छ, त्यसमाथि एस्ता स्क्याण्डलहरुले झन गिराउने गर्छा.

    राजु भाइ र अन्य सबै राष्ट्रिय खेलाडी/व्यक्तित्व को ब्याकग्राउण्ड चेक गरेर मात्र अन्तरास्ट्रिय प्ल्याटफर्ममा पठाउन अब ढिलाई गर्नु हुन्न. यी भाइ को २०१२ भन्दा पहिले नेपालमा कुनै रेकर्ड भेटिन्न. हो हामी गरिब छौं, हाम्रा पूर्वाधार हरु छैनन्, तर पनि हामीले इमान साथ आफुलाई प्रस्तुत गर्नु पर्छ, नत्र केको मापदण्ड केको उन्नति ?

    Reply
  7. Basu says:
    February 3, 2016 at 1:39 am

    आशा छ उनि १९ बर्षका होउन …..

    Reply
  8. DhakalRaj says:
    February 3, 2016 at 12:34 am

    फोटो हेर्दा त हो जस्तै लाग्छ , हाम्रो नेपालमा जे गरे नि दोष लाग्दैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme