Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लु लाग्ने खाडी देशमा अहिले हिउँ पो परिरहेको छ

Posted on February 2, 2016February 2, 2016 by mysansar

-गगन नेपाली-

12647901_10206883048967811_2128381225_n अरब भन्ने बित्तिकै तपाईँको दिमागमा प्रचण्ड गर्मी र मरुभूमिको चित्र आउन सक्छ। हुन पनि गर्मीमा यहाँ आफ्नै छायाँ पनि देखिन्न। घाम ठीक तपाईँको टाउको माथि रहेको हुन्छ। बजारका केही पसलमा ढोका खुल्दा चराहरु एसीको चिसो पाउन भित्र पस्ने प्रयास गर्छन्। गर्मी मौसममा काम गर्दागर्दै लु लागेर कामदारहरु ढल्ने यही खाडीका देशहरुमा गत हप्तादेखि देख्ने र भोग्ने बाहेकका लागि पत्याउनै नसक्ने मौसम बनेको छ। हो, अरबमा यसपालि हिउँ परेको छ। सगरमाथाका छोराहरुले अरबमा हिउँ खेलेका छन्।


12647866_10206883049047813_637328880_n
साउदी अरेबियाको अरर, तुरैफ क्षेत्रहरु जुन जोर्डान, इराकको सिमाना नजिक रहेका छन् ती क्षेत्रहरुमा गत हप्ता हिमपात भएको छ। गर्मी मौसममा अत्याधिक गर्मीले जसरी हिँडडुल गर्न गाह्रो हुन्छ, त्यस्तै यस जाडो मौसममा पनि समुद्रबाट बहने चिसो हावाका कारणले सूर्यास्तपछि निकै नै चिसो हुनाले बाहिर हिँड्न असहज महसूस हुन्छ।
12647984_10206883048887809_315687107_n
प्राय समय गर्मी रहने खाडी मुलुकमा यही जाडोको समयमा नै असामान्य कुराहरु अनुभव गर्न सकिन्छ, जस्तो पानी पर्ने, मच्छर लाग्ने, झिंगा लाग्ने आदि कुराहरु यहाँ जाडो महिनामा नै हुने गर्छ। कुवेतमा यो हप्ता तापक्रम शुन्य डिग्री सेल्सियससम्म पुगेको छ। सामान्यतया सूर्योदयअघि यहाँको मौसम सून्यदेखि सात डिग्री सेल्सियसमा रही आएको छ।
12650767_10206883049007812_2045059699_n
निर्माण क्षेत्रमा कार्यरत कैयन् नेपालीलाई गर्मीबाट राहत मिले ता पनि यो जाडोबाट चाही आहत पुगिरहेको छ। साउदी अरेबियाको अररमा हिमपातको बेला खिचिएका माथिका केही फोटोहरु गोविन्द शाक्यबाट साभार गरिएका हुन्।

फोटो : रोयटर्स
फोटो : रोयटर्स
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम
फोटो : रियाध कनेक्ट डट कम

3 thoughts on “लु लाग्ने खाडी देशमा अहिले हिउँ पो परिरहेको छ”

  1. bman says:
    February 4, 2016 at 12:40 pm

    not global warming egg head
    but climate change

    Reply
  2. XYZ says:
    February 2, 2016 at 4:50 pm

    Where is this issue called Global Warming?

    Reply
  3. Prajwal says:
    February 2, 2016 at 12:07 pm

    This is the effect of excessive CO2 emmission worldwide.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme