Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लालुको दरबारमा नेपाली नेताको पोज

Posted on February 1, 2016 by mysansar

12642885_458541961011331_529040668187424490_n
भारतको बिहार राज्यको सत्तारुढ राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसँग हाम्रो नेपालका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आवद्ध दलका नेताहरुले भेट्दाको पोज यस्तो रहेछ। शानसँग बसेका लालु भइहाले। अनि आज्ञाकारी छात्रहरु झैँ अगाडि लहरै बसेकाहरु संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव र तमलोपाका सांसद जगिलाल यादव हुन्।(फोटो राजेन्द्र महतोका सहयोगी उपेन्द्र महतोको फेसबुकबाट) जारी मधेस आन्दोलनमा समर्थन र सहयोग जुटाउन नेपाली नेताहरु बिहार गएका थिए। लालुले मधेसीहरुको अधिकारका लागि नेपाललाई दबाब दिन केन्द्र सरकारसँग कुरा गरिदिन्छु भनेछन् रे।

15 thoughts on “लालुको दरबारमा नेपाली नेताको पोज”

  1. bijay says:
    February 3, 2016 at 7:10 am

    बिहारीले नेपाललाई पनि बिहार बनाएर छोड्ने भयो.
    बिहार is considered armpit of india (don’t take my word for it..google search it if you don’t believe) and most of these so called madhesi leaders have ties with bihar in one way or another. And truly speaking what has been happening is terai is bihar style politics.

    I am imagining that in that picture:
    लालु : नालाएक गधो..तुम्रकी इतनी छोटीसी काम भी हॊइ न सका..इतने दिनोसे खिलया पिलाया ..सब हराम होइगवा

    मधेसी नेता : माइ बाप हम्राकी माफी कर्दो..यी नेपाली तो ज्यादा हि कडक निकला..

    यी नेताहरुको कुनै देश हुन्दैन ..जता आफ्नो स्वार्थ सिद्धि हुन्छ लाजै पचाएर दौदिञ्छन.. गए आब आफ्नो godfather को पैताला चाट्न..

    तर जे भएपनि महतोले हालैको अन्तर्वार्तामा यौटा कुरा चै ठिकै भनेका हुन् ..भारतको पैताला चाट्ने परम्पराको सुरुवात अरु नै आफुलाई ठेट नेपाली भन्न रुचाउने नेताहरुले गरेका हुन्.

    Reply
  2. द्रोण says:
    February 3, 2016 at 12:19 am

    अरु त् भयो भयो एउटा स्वतन्त्र मुलुकको परराष्ट्र मन्त्रिको जिम्मेवारी लिईसकेका उपेन्द्र सरको यो हालत? बुद्धिजीवी, जान्ने भनेको त् लौ हेर लालुको दरवारमा मस्केको| उनको पनि महतोकै हविगतमा झरेछ| मोदीले जंगल राज भनेको बिहारमा देखियो| नेपाललाई गुजरात हैन बिहार बनाउने भए|

    Reply
  3. Rohini says:
    February 2, 2016 at 10:59 pm

    नेपालका मधेसी नेताहरुलाइ जोकर बन्न मन लागे जस्तो छ, लालु प्रसाद यादव लाइ पो भेट्न गएछन|

    Reply
  4. डा. सुरज श्रेष्ठ says:
    February 2, 2016 at 7:26 pm

    दिल्ली के बाद चले हम पटना क्यों कि भाई भाई का काम आएगा ।
    इसलिए लालुको पुकारने का वक़्त है ।

    लालू भी क्या कम, सब नेपाली मधेशी को लाईन मे रखकर ज़ायक़ा लिया ।

    सुरज मधेश वासी

    नेपालगंज

    Reply
  5. Michael says:
    February 2, 2016 at 11:26 am

    कृष्ण प्रसाद ले नेपाल मा अझै राज तन्त्रको सान्दर्भिकता सकिएको छैन दर्बार को चाकडी बजाउन मात्र थिएँन | अब पहाडिया हरु आपस मा फुटेर देश क्रमश बिहारीको हात मा जादैछ |

    Reply
  6. Ramesh Adhikari says:
    February 2, 2016 at 8:25 am

    तराई का मधेसी नेता को मामा घर ससुराली सबै भारत मा भएपछी भारत को दारु अनि भारु लिन मामा घर ससुराली मा जॉनै पर्यो नि? कि कसोभारतिय दलाल हो।

    Reply
  7. dor prasad says:
    February 2, 2016 at 8:10 am

    चुहा चले ससुराल !
    सुसर ने कहाँ

    “जब तक समौसा मे आलु बिहार मे लालु !
    मत घबाउ मै भेजेगा बिहारी कालु !”

    Reply
  8. purushotam says:
    February 2, 2016 at 6:58 am

    country is going to be divied, what nepal army”s waiting for?

    Reply
    1. Chetan Nepali says:
      February 2, 2016 at 11:02 pm

      The country was already divided. High class and Low class; Rich and Poor; Govt. school and Boarding School, Bhote and Bahun, Jyaapu and Madheshi; Aafno Jaat ra aruko Jaat, Nepali Bhashi ra anya Bhashi; Purveli and Pashimeli; Himail and Pahadi, Shahari and Gaaule; Madheshi ad Thaaru etc…..

      Most responsible for this division is no other than Bahun/Chetri, period…

      Reply
  9. Daresh yadav says:
    February 2, 2016 at 5:33 am

    के मधेशीहरुको जीवनको कुनै मोल छैन ? वार्ता र संवादवाट देशलाई निकास दिन नसक्ने, काला वजारीलाई प्रोहत्साहन गर्ने, युवा कार्यकर्ता लगाएर भाई-भाई वीच मार काट गराउने, सदियौ देखिको सदभाव खल्बलाउने कार्य तत्काल बन्द गर । के सरकार येस्तो हुन्छ, भने हामीलाई येस्तो सरकार चाहिदैन ………………….
    जय देश !!! जय मधेश !!!

    Reply
    1. dor Prasad says:
      February 2, 2016 at 8:37 pm

      बार्ता बाट निकास न निकाल्न दुवै पछेये उतिकै जिम्मेबार छन् … आफुले भनेको जस्तो हुनपर्ने सबै लै … न पुलिश न मदेसी जनता कोहि मारिनु हुदैन … दुख कुरो आखिर सान्तिपूर्ण आन्दोलन त भएकै छैन !

      — आफ्नो देश को आन्दोलन कम्जोर भो भनेरे बिदेशी गुहार्ने जस्तो नालायक केहि हुन् सक्दैन – यो जय देश को नारा होइन … जय विदेश को नारा हो …. जय भारत मात्र होइन जय पटना भन्ने दिन आए दुख लाग्दो !

      Reply
  10. sujan maharjan says:
    February 2, 2016 at 3:15 am

    यिनीहरुको लवाई खवाई सबै बिहार र उ.प्र. को जस्तो छ !!! यिनीहरुलाई के नेपाली भन्नु !!!

    Reply
  11. Sunil. London says:
    February 2, 2016 at 2:50 am

    थुक्क “कुपात्र” हरु , दास झैँ हात बाधेर बसेछन , हामी सबैले नेपाली भएकोमा एकपल्ट “लाज” मान्नु पर्ने भयो, पैसा र शक्ति को लागि जे गर्न पनि तयार, फेरी यो फोटो राजेन्द्र महतो को सहयोगीले हालेको रे, कुरी कुरी लाग्नु पर्ने हो, उनीहरुको “अहोभाग्य” !!! यति मात्र भन्छु “लालु का साथमा ५ जना निर्लज्ज भालु” !!!!

    Reply
  12. बशन्त राज says:
    February 2, 2016 at 1:21 am

    माथि को तस्बिर हेरेपछि ……….
    मधेश का नेताहरु लाई गाली गर्न म संग शब्द नै भयन अथवा हजार जिब्रा भयका शेस नाग ले त गाली गर्न सकेनन भने म एक सानो मान्छे ले कसरि सकुला ??????
    बिहार को चुनाब मा भारत को बिहार केन्द्रित 3 दल ( जनता दल, समाजबादी र बहुजन ) संग केन्द्र को काँग्रेस आई मिलेर महा गठबन्धन गरेपछि 2015 को बिहार चुनाब जितेर सक्तिमा लालु आयका हुन् /
    लालु लाई भ्रस्ताचारी भयको आदलत ले प्रमाणित गरेका आपराधि हुन् / उनि जेल सजाय काटेर हालै छुटेका हुन् / तेस्ता को संगत गर्ने नेपालका तथा कथित मधेश नेता पनि त्यो लालु जस्तै भ्रसटाचारी आपराधि नेता हुन् /
    लालु चुनाबमा उठने हैसियत कानुनले दीयन तसर्थ श्रीमती अनि छोरालाई महागढ़बन्धन साहारामा चुनाब जितेका हुन् /
    बी जे पी र नरेन्द्र मोदी का समर्थक हरु महा गठ बन्धन लाई ठग बन्धन भन्दै आलोचना गर्ने गर्छन /
    लालु बिहार को मुख्य मन्त्रि हुदा बिहार तथा नेपाल को सिमामा अपहरण अनि फिरौती को अपराधिक धन्धा खुब फस्टाएको थियो / त्यो राजलाई जंगल राज को उपमा दीयको थियो /
    २०१५ को चुनाब पछि सक्तिमा आयाका लालुको सासनलाई जंगल राज को पुनाराब्रीती को रुपमा ली ई ए को छ /
    तेस्तो को साहायता को आसा गर्ने नेपाल का मधेशी नेता पनि तराईमा जंगली सासन चाहन्छन जस्तो छ /

    Reply
  13. dor Prasad says:
    February 2, 2016 at 12:48 am

    बेद्शी प्रभु भनेका येस्तै हुन्छन कि क्याहो !

    अबत खुलम खुल्ला बिदेसी गुलामी हुन् थाल्यो त !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme