वर्षमा ६० अर्बको कारोबार गर्ने र २२ अर्ब नाफा कमाउने नेपाली कम्पनी एनसेललाई युरोपियन कम्पनी टेलियासोनेराले मलेसियाली कम्पनी एक्जियटालाई बेच्दैछ। तर खरिद बिक्री सोझो हिसाबले हुँदैछैन। तहतहका कम्पनी बनाएर एनसेलमा टेलियासोनेराको स्वामित्व भएको छ। एक्जियटाले पनि सिधै नेपालको एनसेल भन्ने कम्पनीको सेयर नकिनेर विदेशमा रहेको होल्डिङ कम्पनीहरुको सेयर किन्दै एनसेलको स्वामित्व लिन लागेको हो। खरिद बिक्री प्रक्रिया सम्पन्न भइसकेको छैन। तर नेपालका मिडियालाई हेर्दा लाग्छ- एनसेल त बिक्री भइसक्यो, एक्जियटा नेपालभित्र छिरिसक्यो। माथिको समाचार माघ ८ गतेको अन्नपूर्ण पोस्टको हो।
यसमा लेखिएका केही शब्दहरु हेरौँ-
एनसेलको खरिदकर्ता एक्जिटाले नेपाल भित्रिने प्रक्रियागत सबै कार्य पूरा गरेको छ…
एनसेल किनेर नेपालमा छिरेको मलेसियान कम्पनी एक्जिटा…
बाँकी त एक्जियटाको प्रशंसाका लागि खर्चिएका शब्दहरु हुन्। तर के यी कुरा सत्य हुन् त?
एनसेलको हालको मालिक टेलियासोनेराले गएको शुक्रबार वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो। यस्तो छ त्यो दिन प्रस्तुत गरिएको स्लाइड मध्ये एक-
पूरा प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुस्। स्लाइड हेर्न यहाँ क्लिक गर्नुस्।
यसमा स्पष्ट भनिएको छ- यो (एनसेल खरिद-बिक्री) डिल अनुमोदन हुन बाँकी छ। सन् २०१६ को फर्स्ट हाफसम्ममा क्लोज हुने आशा गरिएको छ।
अर्थात् एनसेललाई एक्जियटाले किनेकै छैन। नकिनेको भएर नेपाल औपचारिक रुपमा छिरेकै छैन।
तर समाचारमा त एक्जियटाले एनसेल किनिसक्यो नै भन्ने पो आयो त। किनेर पनि नेपाल भित्रिने सबै प्रक्रिया पूरा गरिसक्यो पो भन्छन् त। के रैछ त कुरा?
यसो खोजी हेर्दा थाहा भो, एक्जियटा छिरिसकेको रहेछ। नेपालका मिडियामा प्रचार गर्न एक्जियटाको प्रचारका लागि पिआर एजेन्सीबाट यस्तो गलत (गलत यस अर्थमा कि खरिद बिक्री डिल पूरा भइसकेको छैन, त्यसमा पूरा भइसक्यो भनिएको छ) सामाग्री फरवार्ड भएको रहेछ-
Development beyond telecom
Axiata’s impressive pedigree hints at bigger, better value for their customersWith the biggest acquisition in the history of Corporate Nepal now complete, the stage is set for the entry of Axiata – one of the region’s biggest corporate entity.
Axiata Group Berhad (Axiata) is one of the largest Asian telecommunications groups in Asia with over 260 million customers and controlling interests in mobile operators in Malaysia (Celcom), Indonesia (XL), Sri Lanka (Dialog), Bangladesh (Robi) and Cambodia (Smart) with significant strategic stakes in India (Idea) and Singapore (M1).
With the Group revenue for 2014 at USD5.7 billion and market capitalization standing at over USD18.5 billion at the end of 2014, Axiata Group provides employment to over 25,000 people across Asia.
Axiata was awarded the Frost & Sullivan Asia Pacific ICT Award for Best Telecom Group for six consecutive years in 2009, 2010, 2011, 2012, 2013 and 2014 and the Telecom Asia Best Regional Mobile Group 2010 and 2011 for its operations in multiple Asian markets. In 2011, Axiata was the only Malaysian company to make the Forbes Asia Fab 50 List.
Part of the strategic investment fund of the Government of Malaysia, Axiata comes to Nepal with the assurance of further developing and innovating the platform created by Ncell and creating real value above and beyond the cost of subscription for their Nepalese customers in the years to come.
Being part of a bigger consortium with interests in various development sectors like Hospitality, Airlines, Hydro, Petro and City Development – Axiatia’s entry and favourable environment creation by government agencies also creates the possibility for partnerships in the future.
Employment creation for Nepalese as well as generating revenue by way of taxes is also tipped to increase as a result of Axiata’s operations in Nepal. Axiata has a mature socially responsible stance and brings in a subtle yet effective CSR policy directly focused at delivering meaningful benefits for the communities in which they operate.
With final preparations for transferring the reigns to Axiata in progress, the country waits with baited anticipation of innovations and development in telecom as well as opening the doors for development projects across a wide range of sectors in Nepal.
विगत केही दिनमा एक्जियटाका पक्षमा नेपाली मिडियामा भइरहेका क्याम्पेन यही एक्जियटा छिरेको प्रमाण रहेछ।