Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ शक्तिको सुरक्षामा खटिने प्रहरीको डबल ड्युटी

Posted on January 30, 2016January 30, 2016 by Salokya

IMG_6823
पोखरामा भइरहेको नेपाल साहित्य महोत्सवमा हिजो साहित्यको हैन, राजनीतिको नयाँ शक्तिबारे बहस भएको थियो। नयाँ शक्तिको नारा विवेकशील नेपाली, रवीन्द्र मिश्रहरुबाट हाइज्याक गरेर बाबुराम भट्टराईले लगिसके। भट्टराई पूर्व प्रधानमन्त्री भएको हुनाले विशिष्ट स्तरको सुरक्षा पाउँछन्। उनकै सुरक्षामा खटिएका दुई प्रहरी मञ्चमै बसिरहे कार्यक्रम नसकिउन्जेल। त्यो उनीहरुको ड्युटी थियो। त्यसबाहेक एक सुरक्षाकर्मीले अर्को ड्युटी पनि पूरा गरे- फोटोग्राफरको।

IMG_6822
मञ्चमा वक्ताहरु पछाडि उभिएका ती प्रहरी आफ्नो मोबाइल फोन निकाल्दै एङ्गल एङ्गलमा फोटो खिचिरहेको दृश्य कान्तिपुरको युट्युब भिडियोमा प्रष्टै देखिएको थियो।

IMG_6820
के ड्युटीमा रहेका प्रहरीले मोबाइलमा फोटो खिच्न मिल्छ? नेपालमा शायद् यो बारे बहस भएकै छैन। तर विदेशमा भने यसबारे चर्को बहसपछि सम्बन्धित प्रहरी विभागले निर्देशनै दिएर ड्युटीमा रहँदा मोबाइलबाट फोटो नखिच्न भनेको भेटिन्छ।

अगस्त १७, २०१४ मा प्रकाशित यो समाचारमा भनिएको छ-

In an order to all officers, the NYPD reminded its rank-and-file that under no circumstances should an officer take a photo or video while on duty.

न्युयोर्क प्रहरी विभागले आफू मातहतका सबैलाई कुनै पनि अवस्थामा मोबाइल फोनबाट फोटो र भिडियो खिच्न नपाइने निर्देशन दिएको रहेछ।

International Union of Police Associations ले पनि ड्युटीमा रहँदा व्यक्तिगत मोबाइल फोन चलाउँदा सतर्क हुन भनेको छ।

Be cautious with your communications while on-duty. This applies to texts and emails as well. In today’s climate, innocent messages can be spun to work against you. Your best option may be to keep your private cell phone communications to a minimum while on duty.

तपाईँलाई के लाग्छ? आफ्नो विचार तल कमेन्टमा राख्नुहोला अथवा भोट दिनुहोला-

11 thoughts on “नयाँ शक्तिको सुरक्षामा खटिने प्रहरीको डबल ड्युटी”

  1. haeka shahi says:
    February 4, 2016 at 10:29 am

    Pshaw to the VIPs and their ugly attitudes… shame on your ways of astray.

    Reply
  2. Nibedan Baidya says:
    February 1, 2016 at 9:44 pm

    Why government provides the security guards for VIPs? May be to protect from any threat, then if they are busy in photo-shoot, someone might shoot the VIP. So it should not be allowed. Actually, it seems in Nepal VIPs are happy to have security guard as an ornament only. What a wastage of the tax I pay to the government.

    Reply
  3. शरण says:
    February 1, 2016 at 9:28 pm

    हन घुमफिर र आयोजनको लागि नंया शक्तिले काँ बाट यतिका पैसो ल्याउदो रहेछ| मुलुकलाई भारी बोकाउने त् हैन?
    काम राम्रो गरे जनताले समर्थन गर्ने नै छन| तर कुईया आलु रामेश्वर खनाल जस्तालाई राखेर के काम? कांग्रेसले सभासदमा चयन गर्ने लोभ देखाएको थियो, सचिव हुँदा गरेको कुहर्कत थाहा पाएर फाल्दियो| खान पाइन्जेल केई नबोल्ने र खान बन्द हुने बेलामा मौका पुर्याएर भाका फेरने हुन्|

    Reply
  4. Karbir says:
    February 1, 2016 at 11:09 am

    I guess the guy standing right behind in inform was there to execute protection duties.Rather being alert and attentive that dumb guy in uniform can be seen taking photos and videos. What makes that do him ? I cant recognize if that dumb security guy belongs to Police or military but whoever that dumb is; should be removed from protection details as soon as possible ? Shame

    Reply
  5. दलमर्दन says:
    January 31, 2016 at 11:40 pm

    डा बाबुरामले नया शक्ति पार्टी खोले, यो उनको अधिकार हो|

    डा बाबुराममा अलिकति पनि नैतिकता बचेखुचेको छ भने म उँहालाई के चुनौती दिन्छु भने उनले अल्पकाल प्रधान मन्त्रि भएका हैसियतले अहिले पाउँदै आएको सुबिधा त्यागेर उदाहरण प्रस्तुत गर्न पर्यो|
    समाज र मुलुक चेन्ज गर्छु भन्नेले पहिले आफैले गरेर देखाउन पर्यो|

    नत्र बाबुराम पनि अरुजस्तै ढोंगीमा पर्छन|

    सरकारले भुतपुर्ब विशिष्टहरुका सुबिधा सबै बन्द गरिदिन पर्छ फ़ेरि सक्रिय राजनीतिमा लाग्ने हो भने|
    नेपाली जनता सांचै सहनशील छन्| भोलि बाटोमा गएर सबै पुर्ब विशिष्टहरुका भत्ता र सुबिधा रद्द र घटाउन पर्छ| नेताहरु बोल्दैनन यसबारेमा किनभने आफै खाई रहेका छन् र खान तयारीमा छन्|
    नेपाली जनतालाई दबाउने र शोषणमा निरन्तरता दिने राज शासन पालाको तुलसी गिरि र किर्तिनीधिलाई सुबिधा भत्ता दिन किन पर्यो जब देशको राजनैतिक पद्धतिमा आमुल परिवर्तन आएको छ| शोषकका परिपोषकहरु हुन्| पंचायत बिरुद्ध जन आन्दोलनका समयमा मान्छे मार्ने लोकेन्द्र चन्द हुन्, उनलाई के को सुबिधा| १५००० नेपालीको रगतको भारी कसले बोक्ने हो? कीर्तिपुरेबाट लज्जाजनक रुपमा हारेको व्यक्तिलाई आफ्नो स्वार्थ पूर्ति गर्न अहिले हीरो बनाउने ओली नै हो| नेपाली जनताको यो सहनशीलता हो, नेता हरुको अकर्मन्यता हो| मुलुक लुटाई हो| यो मुलुकले जुन दिन राजनीतिमा कोइराला नाउँ बाट छुटकारा पाउँछ तब नंया सास फेर्न सक्छ| गिरिजा र सुशीलले मुलुकलाई अन्धकारमा लगे, नातावाद, कृपावाद र जातवादलाई प्रश्रय दिए भने ओली उखाने महाराज त्यसको दोबर चौबर चम्केर आएका छन्| ओलीमा यो मुलुकलाई चाहिएको नेतृत्व दिनसक्ने न क्षमता छ, न योग्यता|

    Reply
  6. डा. सुरज श्रेष्ठ says:
    January 31, 2016 at 4:55 pm

    मेरो विचारमा नेपालमा जे गरेपनि हुन्छ । हामी महान सहनशील छौ
    किन भने:

    १) नेपालमा मट्टी तेलको मुल्य दुई रुपैया, ग्यासको ५० रुपैया, पेट्रोल/डिजेलको तीन रुपैया नेपाल सरकारले बढाउदॉ हाम्रा नवयुवकहरुले सयौ ठाउमा टायर बाल्ने, तोड़ फोड़ गर्ने, बन्द हड़ताल र सभा गर्नेहरु अहिले लाचार नेपालको सरकारले ईतिहासमै सबै भन्दा ठुलो खुले आम कालों बजारी हेर्दा हेर्दै हामी बहुसंख्यक नेपालीहरु राष्ट्रीयता र पृय लोकतन्न्रको रक्षाकोलागी पेट्रोल/डिजेलको दुई सय र खाना पकाउने ग्यास ३/४ हजार बढी तिर्नु ।

    २) बिधुत कटौती लम्बिदै रहदॉ लाचार हुनु र एक बर्षमा नेपालबाट बिधुत कटौती समाप्त गर्ने ओलीको बोलीले मनोरंजन लिनु

    ३) भुकम्प पिडितहरुको बेहाल हुदॉ राम राम सम्म भन्न न सक्नु

    ४) नेता, ब्यापारी र कर्मचारीहरुले अकूत सम्पति जम्मा गर्दा अझै वहॉहरुलाई अभिवादन गर्नु

    हाम्रो सहनशीलताको महानता हौ ।

    डा. सुरज

    Reply
  7. Keshab says:
    January 30, 2016 at 11:43 pm

    नेपालमा सुरक्षाकर्मी गार्ड राख्नु सुरक्षाको खतराले होईन । यो कथित भिआईपीले आफ्नो समाजमा प्रतिष्ठा देखाउनको लागि मात्र हो । अति दुर्लभ स्रोतसाधन यस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न बन्द गर्नु पर्दछ ।

    Reply
  8. Basu says:
    January 30, 2016 at 11:38 pm

    नियमलाइ एकातिर पन्छाउने हो भनेपनि नैतिकताको दृष्टिले त्यसो गर्न मिल्दैन | तर नयाँ शक्तिका अध्यक्षज्युकै क्यामरा त होइन कतै? नत्र मैले आजसम्म यस्तो देखेको छैन | कतिपय संग्रहालयमा जाँदा त्यहाँका सुरक्षा अधिकारीलाई आफ्नो फोटो लिईदिन अनुरोध गर्दा त मान्दैनन् |

    Reply
  9. bijay says:
    January 30, 2016 at 9:17 pm

    यस्तो कुनै राजनीतिक पार्टीको कार्यक्रममा नेताको सुरक्श्याको लागि खटिंदा ति प्रहरीको तलब कसले तिर्छ? सम्बन्धित पार्टीले कि राज्यले ( जनताको करबाट )?

    Reply
  10. eklavya says:
    January 30, 2016 at 8:13 pm

    WTF!!! Are they serious? mobile on duty with security forces… they are on mission anytime being alert at duty should be their first and last priority. My god what the hell….how other civilian could be safe under those hands.

    Reply
  11. rajkumar says:
    January 30, 2016 at 7:55 pm

    Internet savvy former pm might have ordered his security man to take pic so that he can upload it later on social media.I guess the device (iphone6?) he is holding belongs to BRB otherwise the starred official who knows what his duty is, wouldnt dare to take pics.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme