Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेर बिजोग : पुनर्निर्माण प्राधिकरण भर्खर लोगो र नारा खोज्दै, आइएनजिओ २ करोड डलर खर्च भएको हिसाब देखाउँदै

Posted on January 29, 2016 by Salokya

nra
अस्ति माघ २ गते नै तामझामका साथ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण अभियानको शुभारम्भ गरेका थिए। ए, सरी…अभियान हैन महाअभियान पो भनेका थिए। तपाईँलाई लाग्यो होला, आज माघ १५ गते भइसक्यो। खर्बको बजेट भएको यो प्राधिकरणले धमाधम काम अगाडि बढाइसक्यो।

बिहीबारको कान्तिपुर हेर्ने हो भने थाहा हुन्छ, प्राधिकरण त भर्खर लोगो र नारा पो खोज्दै रहेछ। लौ न माइसंसारका पाठकहरु, यसो लोगो र नारा लेखेर पठाइदिनुस्। बिचरा सिइओ सुशील ज्ञवालीज्युलाई त्यही नभएर काम रोकियो जस्तो छ। सक्नुहुन्छ भने नारा तलको कमेन्टमा पनि पेस्ट गरिदिनुस्।

logo1
रमाइलो के भने, प्राधिकरणले विज्ञापन छापेको यो तेस्रो पटक हो। विज्ञापनमा लोगो र नारा जिमेलमा पठाउन भनिएको छ। शायद् इमेल एड्रेस बनाउन भ्याएका छैनन् होला। अनि थप जानकारीका लागि भनेर पत्रिकै अगाडि राखेर अन्डरस्कोर (_) समेत टाइप गर्नुपर्ने गरी वेब एड्रेस दिइएको छ, जुन खासमा एउटा सजिलो nra.gov.np/logo भन्नेमा क्लिक गरे पुग्ने गरी बनाउन र दिन मिल्थ्यो। देशकै पुनर्निमार्ण गर्नुपर्ने दायित्व भएकोले यति सानो कुराको निर्माण गर्ने आइडिया नभएको होला !

यसअघि गोरखापत्रमा पहिलो पटक विज्ञापन छापिएकोमा लोगो र नारा नआएपछि माघ ५ गते दोस्रो पटक विज्ञापन छापिएको थियो। यस्तो थियो विज्ञापन-
logo

शायद यो विज्ञापनले पनि काम गरेन। लोगो र नारा आएनन्। त्यसैले यस पटक गोरखापत्र हैन कान्तिपुरमा विज्ञापन छापिएछ।

खासमा प्राधिकरण लोगो र नारामा अल्झिएर बस्नु पर्ने नै हैन। एउटा राम्रो एड एजेन्सीलाई दिए खतराको लोगो र नारा बनाइदिइहाल्छन् नि। याद होला नि सिमेन्ट उद्योगहरुको विज्ञापन- कसरी देश बनाउने ठेक्का लिए जस्तो हुन्छ उनीहरुको नारा। तर प्राधिकरणलाई नहुने रे। त्यसो गर्‍यो भने छिटो हुन्छ। अलि ढिलै गर्नुपर्ने बाध्यता पो हो कि, बुझ्न सकिएन।

संयोग के पर्‍यो भने पत्रिकाको जुन पेजमा प्राधिकरणले लोगो र नारा माग्दै गरेको विज्ञापन छापिएको छ, त्यसको छेवैमा आइएनजिओ सेभ द चिल्ड्रेनको विज्ञापन छापिएको छ, जसमा १० वटा जिल्लामा हालसम्म २.०४ करोड डलर खर्च भइसकेको हिसाब देखाइएको छ।

यस्तो बिजोग देखेपछि मलाई पनि फेरि एकचोटी अनुरोध गर्न मन लाग्यो- लौ न माइसंसारका पाठकहरु, यसो लोगो र नारा लेखेर पठाइदिनुस्। बिचरा सिइओ सुशील ज्ञवालीज्युलाई त्यही नभएर काम रोकियो जस्तो छ। सक्नुहुन्छ भने नारा तलको कमेन्टमा पनि पेस्ट गरिदिनुस्।

11 thoughts on “हेर बिजोग : पुनर्निर्माण प्राधिकरण भर्खर लोगो र नारा खोज्दै, आइएनजिओ २ करोड डलर खर्च भएको हिसाब देखाउँदै”

  1. Ajaya says:
    January 31, 2016 at 8:42 am

    पुनर्निर्माणको रफ्तार
    कछुवा गतिको काम, त्यसमाथि भ्रस्टाचार

    लोगो चाही तलको लिंक मा छ
    http://s14.postimg.org/rtq5vu881/nepallogo2.jpg

    Reply
  2. Rekha Ghale says:
    January 31, 2016 at 3:10 am

    हाम्रा नेता ज्युहरुकै उखान छ् नि ‘निमोनियको औषधी खोज्न गाको मान्छे
    किरियाको भोलिपल्ट आ आइ पुग्छ’ भने झै

    अती ढिलो मात्रै हैन हदभन्दा नि ढिलो भयो अनी यतिबेला फेरी लोगो ओहो !

    अब लोगो चै उही हाम्रा नेताहरुको ….ले भरिए पेट जस्तो ‘फुलिएको पेट भाको मान्छे’ रख्दा राम्रो होल

    Reply
  3. Durga Adhikari says:
    January 30, 2016 at 9:47 am

    के नेपाल र नेपालीहरु अभागी नै हुन् त? अरुले दियको अनुदान पनि ठिक समयमा प्राप्त गर्न नसक्ने? धिक्कार छ सबै सम्बद्ध पछ्यहरुलाई/ दरिद्रताको पनि सिमा हुन्छ नि/

    Reply
  4. Mk says:
    January 30, 2016 at 8:29 am

    नाम भन्दा काम संग सरोकार राख्नु पर्ने होइन र ? तिथि मिति तथा साहित जुटाउदै मा अर्को भू कम्प आउन भ्याउछ गाँठे /

    Reply
  5. dor prasad says:
    January 30, 2016 at 5:55 am

    लोगो ले कामगर्ने हो कि मान्छे … लोगो त मेरो ६ बर्ष को छोरा ले मिनेट मै बनाइदैन्छ … बरु हाकिम साहेब ले एक दुइ वटा ढुंगा पन्छाउन थाले हुन्थ्यो कि ? लाजै न भाको !

    Reply
  6. Chetan Nepali says:
    January 29, 2016 at 11:03 pm

    उमेशी जी,
    यो कुरा ओली जी र तिनका हितैषी मित्र रस्ट्रपत्नि विद्यादेवी जीलाइ पनि जानकारी गराउन पाए कत्ति राम्रो हुन्थ्यो !

    नालायकहरुले देशलाई कता पुर्याउने हो बखान गरि साथ्य छैन!!!!!

    Reply
  7. ekraj says:
    January 29, 2016 at 7:45 pm

    What is the qualification of Sushil Gyawali? Which party he belongs to?
    This guy most be one the most corrupt and who may have promised to pay half the corrupted budget to Oli and company.
    This bunch of thug will not do anything.
    Atul Shrestha has covered the right type of the slogan and now we need some brave peple to implement it.

    Reply
  8. TENZING GABA says:
    January 29, 2016 at 12:33 pm

    म पनि प्रस्ताब पठाउनु पर्यो पुननिर्माण प्राधिकरणलाइ भनेर सोच्दै थिए गोटा तीनेक आइडिया झ्याप्पै आइहाल्यो अब कुन चाही पठाउनु उपयुक्त होला लौ न माई संसार पाठक बन्धुहरु यसो सुझाब दिनुस है

    *******************************************************************************

    प्रस्ताब न. १

    Logo : पिङ्ग को चित्र
    Slogan : “न-मच्चिने पिङ्ग को सय झड्का”

    ————————————————————————-

    प्रस्ताब न. २

    Logo : कुकुर को चित्र
    Slogan : “भुक्ने कुकुरले टोक्दैन”
    ————————————————————————

    प्रस्ताब न. ३

    Logo : बिरालो को चित्र
    Slogan : “बिरालो को हग्न भन्दा खोस्रानु धेरै”

    ******************************
    जदौ !!!

    Reply
  9. Atul Shrestha says:
    January 29, 2016 at 11:44 am

    पुनर्निर्माणका लागि काफी छ यो एउटा नारा !
    झुन्ड्याएर मार्नु पर्छ यी भाते खाते नेता लोसे हाकिम मुलुक मारा !!
    अब नेपाली जनता संग अरु केहि छैन चारा !
    पुनर्निर्माणमा जनता आफैं लाग्नु पर्छु किनकि !!
    यी कुक्कुर नेता र तिनका कार्यकुत्ताले तार्ने छैन केहि झारा !!!

    Reply
  10. बशन्त राज says:
    January 29, 2016 at 11:24 am

    मेरो कविता को सिर्शक छ

    म बनाउछु धरहरा ………………..

    उखान टुक्का ले बन्दै न देश
    नेपाली जनता को जोगी को भेष
    भाषण नारा ले बन्दै न देश
    एक नेपाल हिमाल पाहाड होस् या मधेश
    यौ कस्तो दुर्भाग्य युबा जान्छन खाडी को देश
    कोहि फर्कन्छन बाकसमा त कोहि फर्कन्छन फुले पछि केश
    खेत बाझो भो विदेश बाट चामल मगाउने देश
    ओली प्रचण्ड सुसिलको नाङ्गो नाच हुने देश
    भूकम्प आयो तहस नहस भयो देश
    टहरा ढल्यो धरहरा ढल्यो मठ मन्दिर ढलेको देश
    पुनर निर्माण भन्दा भन्दै जनता र नेताको फुल्यो केश
    नेताको घर निर्माण भो तर जनताको बनेन टहरा
    ओली भन्दै छन् ” म बनाउछु धरहरा “

    Reply
  11. घले तामांग says:
    January 29, 2016 at 10:45 am

    लोगो र नारामा मात्र उर्जा साधन खर्च नगरेर पुननिर्माण कार्यमा तीब्रता ल्याउन पर्यो| नेपाल लगायत बिभिन्न ठाउँबाट उदारता देखाई आएको चन्दा रकमको सही र सदुपयोग मात्र होइन urgency ध्यानमा दिएर समयमा उपयोग गरिन पर्छ| प्रत्येक एक दिन विलम्ब गर्नु चाहिएको प्रगति नगर्नु हो|

    सुन्ने त् होइन तैपनि प्राधिकरणलाई तलका सुझाव दिन चाहन्छु:

    १. देश विदेश र व्यक्ति संस्थाहर बाट जे जति चन्दा दान प्राप्त भएका छन्, सबैलाई हार्दिक धन्यवाद दिएर पत्र लेख्ने र दानको सही उपयोग गर्ने कटिबद्धता प्रकट गर्ने|
    २. एउटा समग्र डाटाबेस बनाएर वेबसाईटमा राखी कार्य विवरण, प्रगति र खर्चको मासिक रुपमा अपडेट दिने| यो रिपोर्ट संसदलाई मासिक रुपमा अनिवार्य रुपमा बुझाउन पर्ने| (planned vs progress both in terms of performance and budget)
    ३. पारदर्शिता, सामयिक अपडेट र जनताको रायलाई प्रधानता दिने र कार्य योजना र प्रगति सुधारमा प्राथमिकता दिने|
    ४. एउटा निस्पक्ष अनि दक्ष अनुभवी अनुगमन टोलि गठन गरेर प्रत्येक तीन महिनामा प्रगति विवरण र खर्चको जांच अनुगमन गर्ने र सो रिपोर्ट एक साता भित्र वेबसाइटमा उपलब्ध गराउने| (अनुगमन टोलीको खर्च समेत वेबसाइटमा राख्ने| सरकारी अड्डामा वा संस्थानहरुमा अडिट अनुगमन गर्नेहरुको मेजमानीले वास्तविक रिपोर्ट बाङ्गिएको धेरै ठाउँमा हामीले देखेका छौ)|
    सरकारी काममा लाजमर्नु रुपमा जता हेर्यो त्यतै धेरै भ्रष्टचारी र घुसखोरीहरु हुने
    भएकोले ३ न. बुँदाको सुझाव उपयुक्त हुनेछ| यो भ्रष्टचारीको महामारी कतिपय एनजीओ र आईएञ्जिओमा पनि सरेको छ|
    अरुले दिएको दान चलाउन पारदर्शी हुन् अति आवश्यकीय छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme