Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सामान्य ज्ञानमा असामान्य कुरा : दिमाग भ्रष्ट पार्ने शिक्षाको एउटा उदाहरण

Posted on January 28, 2016 by mysansar

-राम लोहनी-

आज छोरीले मलाई ‘सामान्य ज्ञान’ को एउटा “असामान्य” प्रश्न सोधी-
Who ‘is’ the light of the world?

आफूलाई थाहा भएको फर्‍याकफुरुक लवजमै सुनिन्थ्यो। कुरा त मैले बुझेकै थिएँ। मैले भनें “गौतम बुद्ध”।

होइन, होइन, मिलेन, मिलेन — छोरीले भनी।

बुद्ध त light of Asia पो हो। Light of the world त जिजस क्राइस्ट हो। ‘म्याम’ ले त भनेको!
———
हाम्रा ‘सामान्य ज्ञान’ (general knowledge) बाटै हामीमा भएको दासता र हामीमाथि सुषुप्त ढङ्गबाट लादिएको साम्राज्यवाद र हैकमवादको प्रदर्शन हुने रहेछ। त्यसो त जिजस विश्वकै ज्योति हुन नसक्ने भन्ने दावी होइन। तर बुद्ध चाहिँ विश्वको हुन नसक्ने कारण कसै गरे पनि स्पष्ट हुँदैन।

बच्चाहरूलाई हामी के सिकाइरहेका छौं? यस्ता कुनै अर्थ ननिस्कने कुरा घोटाएर यिनीहरूको दिमागलाई भ्रष्ट बनाउने ‘शिक्षा’ लाई हामी उत्कृष्ट शिक्षा भनिरहेका छौं।

हाम्रो स्थिति कसैले “तँ चोर होस्” भनिदिएको स्थितिमा आफूले के चोरेको हो पत्तो नपाई आफू चोर भनेर परिचित हुनुमा र परिभाषित हुनुमा गौरव गर्दै त्यसैमा आफूलाई खोज्ने बनिसकेको रहेछ!

विश्वमा शान्तिको सन्देश बुद्धको भन्दा प्रवल कसको छ? तर बुद्धलाई एसियाबाट बाहिर लगिएन। त्यो पनि Edwin Arnold को किताबको शीर्षक The light of Asia प्रकाशित भएपछि हाम्रो सामान्य ज्ञानमा त्यो कुरा घुसेको हुनुपर्छ – बुद्ध त एसियाका ज्योति पो रहेछ भनेर! हाम्रा दिमागमा यस्ता कुडाकर्कट भरिएपछि हाम्रो उन्नति नरोकिए कसको रोकिन्छ?

सम्भवत: हामीमा भारतमा ब्रिटिस साम्राज्यलाई सुहाउने शिक्षा लागू गर्ने थमस ब्याबिङ्टन मकालेको शिक्षाको विरासत ज्यूँदै होला!

(लोहनीको फेसबुकबाट)

11 thoughts on “सामान्य ज्ञानमा असामान्य कुरा : दिमाग भ्रष्ट पार्ने शिक्षाको एउटा उदाहरण”

  1. Chetan Nepali says:
    January 29, 2016 at 12:55 am

    के कुरा गर्नु भाको लाइट अफ नेपाल त बनौन सकेको छैन अरु के कुरा गरे भयो र ??

    Reply
  2. Jeevan Rai says:
    January 28, 2016 at 10:48 pm

    नेपालीहरू “बिचारमा गरिब” हुन्छन् भनेको यो लेखले पुष्टी गर्छ । तर बिचार गर्न सबैको अधिकार हुन्छ भनेर यो बिषयमा म बहस गर्न चाहन्न तर एउटा छोटों उधारण दिन्छु: छोरोछोरीलाई सबसे राम्रो स्कुलमा भर्ना गर्न काठमाण्डौका अभिभावकहरूको पहिलो रोजाई अहिले सम्म जेभियर्स या मेरिज हुन्छ । ती स्कुलहरूमा भ्रष्ट शिक्षा भएकै कारण हाम्रा अभिभावकहरूले ती स्कुलहरू रोज़ेका होलान्, होईनंन र?
    बहसनै गर्ने हो भने: गौतम बुद्ध नेपालमा जन्मेको होईन । नेपालमा सिद्धार्थ गौतम जन्मेको हो । अब भन्नुहोस्, हाम्रो दिमागमा कुडाकर्कट कसले भर्दैछ ?

    Reply
    1. BeEnlightened says:
      January 28, 2016 at 11:23 pm

      tapai america gayi daktar athawa engineer hunu bhayo bhane ke tapaiko naya pahichan Dr./Eng. Rai lai ke america ma janmeko bhanne? ki modi ko hanuman hunuhuncha tapai ni?

      Reply
      1. Jeevan Rai says:
        January 30, 2016 at 7:43 am

        बिचार मात्र हो भाई, बिचार मात्र । ठुस्स परि हाल्नु पर्दैन । बिचार नगरी बोल्नेलाई बिचरी त्यसै भन्या होईन । की भाईको पनि उत्तरतिर गरिबी छ? हाहा ..

        Reply
        1. BeEnlightened says:
          January 30, 2016 at 7:03 pm

          bichar garnu afaima naramro ta hoina, bhai bhani halnu bhayo, ma ni dai bhanera bolamla. tara dai ko bichar afno man ko badh futayera mysansar ma chatachulla huda tapaiko uttar chai purai samthar raicha bhanera dekhiyo. tesaile afailai laaz lagera lekheko matrai.

          Reply
          1. Jeevan Rai says:
            January 30, 2016 at 9:06 pm

            यू कमेडी मी भाई ! हाहा .. (उत्तरको गरिबीले जोक नबुझनुहोला नी फेरि .. हाहा)

            Reply
  3. Rohini says:
    January 28, 2016 at 10:25 pm

    वेदका अनुसार बुद्ध भगवानका अवतार हुन् भने बाइबलका अनुसार जिसस भगवानका छोरा हुन् | हामीले धर्म शास्त्रलाई मान्ने हो भने बुद्ध जिससका बाबु हुन् | धर्म शास्त्र नमान्ने हो भने कुरा अर्कै हुने भयो |

    Reply
    1. Kabir says:
      January 28, 2016 at 10:58 pm

      ए, वेदै पो ? कुन वेदका अनुसार ?
      हिन्दु धर्मको कर्मकान्डको आलोचना गर्ने बुद्धलाई बुद्धभन्दा अगााडि रचिएको वेदले भगवानको अवतार भनेको रैछ। कुन वेदमा थाहा पाउँ न।

      Reply
      1. Rohini says:
        January 29, 2016 at 11:56 pm

        http://www.harekrsna.com/philosophy/gss/sadhu/religions/buddhism.htm

        Reply
        1. Kabir says:
          January 30, 2016 at 10:23 am

          हरेकृष्णको साइटमा जे दावी गरे पनि सही हुन्छ? सबैलाई विष्णुको अवतार भन्ने फिलोसफी हो त्यसमा।

          ल तपाईँले त्यही पत्याउनु भएको भए पनि गलत छ। किनभने त्यहाँ लेखिएको छ In the Srimad-Bhagvatam, Lord Buddha is accepted as a saktyavesa avatara,

          श्रीमद् भागवतम् वेद हैन। वेद त चार वटा छन् –
          Rigveda
          Yajurveda
          Samaveda
          Atharvaveda

          Reply
  4. basanta malla says:
    January 28, 2016 at 7:31 pm

    गोराको कुरा सबै ठिक गोरा ले हगेको सारै राम्रो हा हा
    हा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme