Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अदालतमा देश टुक्राउन खोजेको हैन भनेर बयान दिएर छुट्ने सिके राउतको बाहिर निस्केपछि चर्का कुरा

Posted on January 27, 2016 by Salokya

ck सर्वोच्च अदालतले माघ ३ गते देश टुक्राउन खोजेको अभिव्यक्ति दिएको भन्ने आरोपमा कुनै प्रमाण नभेटिएको भन्दै सिके राउतलाई सफाइ दियो। विशेष अदालतले गरेकै फैसलालाई सदर गरेको थियो सर्वोच्चले। बाहिर निस्केपछि भने राउतले छुट्टै देशका लागि नमूना जनमत संग्रह गराउनेदेखि पटक पटक अलग देश बनाउने अभिव्यक्ति सार्वजनिक गरिसकेका छन्।

अहिले उनी भारतको दिल्ली पुगेका रहेछन्। हिन्दुस्तान टाइम्समा प्रशान्त झाले उनीसँग लामै इन्टरभ्यु गरेका छन् जसमा राउतले पटक पटक अलग देश बनाउने कुरा गरेका छन्।

उनले भनेका छन् नयाँ देश बनाउन असंभव छैन

it is not impossible at all. For example, 70 years ago, only 51 countries were registered in UN and now we have 193. In the past 25 years, more than 30 countries have got independence. It is not impossible.

स्वतन्त्रता नदिए आफै चुनाव गर्ने, संसद बनाउने र सरकार बनाउने कुरा पनि उनले गरेका छन्।

Q. If there is no referendum and independence is not granted, what happens then?
A. We should not be seeking independence as being granted from them. We should be holding elections, forming our own legislature, and government. It is under our own control. When we are prepared, we should form the government and seek recognition from international community. It is a question of our preparedness.

राज्यविप्लवसम्बन्धी मुद्दाबारे सोधिएको प्रश्नमा उनले जेलमा बसेको समयलाई गर्वको समय भनेका छन्।

Q. You were arrested last year on sedition. What are that experience like?
A. It was a great experience. I am proud of the time in jail. It gave me a lot of confidence in myself and my way. It also showed the power of non violence. There are many armed groups in existence but the state did not go after them, but us because they know power lies in non violence.

तर प्रशान्त झाले अदालतमा देश टुक्राउन लागेको होइन भनी झुटो बयान चाहिँ किन दिएको भनेर चाहिँ सोधेनछन्। वास्तवमा बाहिर आएर चर्का चर्का कुरा गर्ने सिके राउतले अदालतमा भने लुत्रुक्क परेर कहाँ देश टुक्राउन लागेको, राष्ट्रिय एकताको पो कुरा गरेको भन्ने बयान दिएका थिए। आफ्नै कुरा पनि होइन होइन भनेपछि र हो नै भनेर सरकारले प्रमाण राख्न नसकेपछि सिके राउत छुटेका थिए। जेल बस्दा त्यस्तो गर्व लाग्ने भएको भए त उनले मेरो उद्देश्य मधेसको स्वतन्त्रता हो, हो म मधेसको मुक्तिका लागि लडिरहेको छु भन्थे। केही महिना जेलमा बस्दा डराएर छिटो छुट्नका लागि झुटो बयान दिएर अहिले ठूला कुरा चैँ सुहाएन। गान्धी र मण्डेलालाई आदर्श मानेको ढोंग गर्ने राउतले उनीहरुले कहिल्यै झुटो बोलेका थिएनन् बरु स्वतन्त्रताका लागि वर्षौँ जेल बसेका थिए भन्ने चाहिँ लाजै पचाएर बुझ पचाइदिएछन्।

के- के झुटो बयान दिएका थिए उनले ?

उनलाई अदालतमा सोधिएको थियो- तपाइँले नेपालको दशगजादेखि उत्तर पूर्व मेचीदेखि पश्चिम मध्य र उत्तरमा चुरे पर्वतसम्मको भूभागलाई टुक्राएर छुट्टै मधेश राष्ट्र स्थापना गर्न स्वतन्त्रता मधेश गठबन्धन (AIM) को घोषणापत्र तयार गरी मधेश राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डाको प्रस्ताव गरि मधेश स्वराज पुस्तक तयार गर्नुभएको भन्ने अभियोग सम्बन्धमा तपाइँको भनाई के छ?

यसको जवाफमा उनले भनेका थिए- मधेशको सिमांकन नेपालभित्र वा बाहिर भएपनि गर्न सकिन्छ, त्यसले छुट्टै राष्ट्रको अर्थ दिनुपर्छ भन्ने छैन। स्वतन्त्र मधेश गठबन्धन (AIM, Alliance for Independent Madhesh) एउटा अनौपचारिक समूह हो। जसले मधेशको हक र अधिकार विषयमा कुरा उठाउने सोच लिएको छ। राष्ट्रिय गान (मधेश गान) र झण्डा कुनै पनि प्रदेश वा क्षेत्रको पनि हुन सक्छ। सोही अनुसार यो मधेश क्षेत्रको लागि हो। राष्ट्र टुक्राउने कुरा होइन, राष्ट्रिय एकता र समृद्धिको कुरा हो।

अर्को पटक पनि उनले छुट्टै राज्य बनाउन लागेको होइन भनेका छन्

सवाल २३ – तपाइँले लेखेका विभिन्न पुस्तकहरु र स्वतन्त्र मधेश गठबन्धन (AIM) को घोषणापत्रको आधारमा तपाइँले मधेशलाई अलग्गै राज्य स्थापना गर्न खोज्नुभएको हो?

जवाफ – मधेश र देशमा सामाजिक आर्थिक रुपान्तरणको लागि सामान्य चेतना, विकासको लागि लेखिएको पुस्तक हो। घोषणापत्र पनि त्यसैको पृष्ठभूमिमा लेखिएको हो। यसको उद्देश्य छुट्टै राज्यको स्थापना होइन। स्वराज्यको कल्पना हो।

सवाल २४- स्वराज्य भनेको के हो? स्पष्ट पारिदिनुहोस्। जवाफ- स्व को अर्थ आफ्नै र राज्यको अर्थ शासन भए अनुरुप स्वराज्य भनेको जनताको आफ्नै शासन हो।

यसरी आफ्नै अडानविपरीत देश टुक्राउन लागेको होइन भन्ने झुटो बयान दिएर उनी जेलबाट छुटेका हुन्। कसैलाई उनले झुटो बयान दिएको भन्नेमा शंका लागे तलको बयानको कागजातको प्रतिलिपि हेर्नुस्, यो पनि नपत्याए अदालतबाट आधिकारिक प्रतिलिपि नै मगाएर हेर्दा पनि हुन्छ-

CKRaut

7 thoughts on “अदालतमा देश टुक्राउन खोजेको हैन भनेर बयान दिएर छुट्ने सिके राउतको बाहिर निस्केपछि चर्का कुरा”

  1. Michael says:
    January 28, 2016 at 6:57 am

    हिजो नेपाल धोस्त पार्न प्रचण्ड हरुलाई तालिम र सहयोग गरे जस्तो अब भारत ले एस्लाई हिरो बनाउदै छ | हिजो माउबादिले विध्वंस गर्दा पनि नेपाल सरकार ले जसरि सेना परिचालन गरेर समयमै दवाउने गर्न भारत ले दिएँन बा भनौ नेपाली सेनानै भारतीय सेनाद्वारा संचालित भएको जस्तो उदाहरण आउँन थालेका छन् | हाल त्यहि स्थिति छ , दिन दहादे तराई मा सेना भर्ति र तालिम चलि रा छ आफुलाई रास्त्रबादी भन्दै देश लुट्न व्यस्त नेताहरु चुँ सम्म गरेको छैन | माउबादी को नया नेपाल एस्तो छ , अब मदिसे मोर्चाको समानुपातिक नेपाल कस्तो हुने हो ?

    Reply
  2. dor Prasad says:
    January 28, 2016 at 2:55 am

    झुट बोल्ने को के कमि छ र ? काठमाडौँ आउदा नेपाली , दिल्ली जादा भारतीय बन्ने को कमि छैन ! आफु लै “महामानव र मदेश मुक्ति दाता” यिन को के कुरा !

    Reply
  3. bijay says:
    January 27, 2016 at 11:03 pm

    It’s unfortunate and sad for Nepal that the people in Nepal (or atleast those who readily go to riots in support of these leaders) act like they cannot think with their own heads. They forget the past records of these notorious leading figures so easily.

    Good luck to future of Nepal.

    Reply
  4. Arun Gaacha says:
    January 27, 2016 at 6:08 pm

    महाभारत मा पाण्डव हरु मात्रै थिएनन् र कौरव हरु मात्रै पनि थिएनन् ,थुप्रै पात्र हरु थिए जसले महाभारत बन्न लाई सहयोग गरेका थिए /

    Reply
  5. MANOJ YADAV says:
    January 27, 2016 at 3:17 pm

    WHY OUR GOVERNMENT IS SLEEPING? THESE TYPES OF TERROISTS SHOULD BE HANGED. IN FACT CK RAUT IS BASTARD AND RASCAL WHO DO NOT WANT PEACE IN OUR TERAI REGION. HE ONLY WANT TO BE RICH AND PROSPEROUS.THEREFORE HE HAS COME TO POLITICS TO EARN MONEY.

    Reply
    1. Rekha Ghale says:
      January 31, 2016 at 3:24 am

      जे गरेनी हुने भयो

      Reply
  6. madan bajracharya says:
    January 27, 2016 at 2:06 pm

    सन् १९५६मा यस्तै प्रयास गर्ने रघुनाथ ठाकुर बिरेन्द्रको पालामा अज्ञात गोलीको निसाना बन्यो; सिके को बारेमा केगर्ने अरु भन्ने पर्दैन/ भारत र तराईको श्रोत नै आफ्नो बिकाशको आधार बनेको बिहार बिहारी नेपालको तराई उनीहरुको मध्यदेस बनाउन चाहन्छ भन्ने कुरा अब कसै बात लुकेको छैन/ कास्मिर जस्तै सेना प्रयोग गरेर कब्जामा पार्न नसकिने तराईलाई इनिहरु नेपालकै संविधानलाई तराइ अलग्याउने हतियार बनाउन खोजेको कुरा इनिहरुले बोले माहे गरेकोले स्पस्ट गरेकै छ/ सन१९५०को सन्धि देखि बिहारीलाई बिना प्रमाण नेपाली नागरिकता नदिने बिरेन्द्रको हत्या, तराइ नेपाल बात अलग्याउने हतियार हुन् नसकिने २०४८को संविधानको खारेजी, मावोबादिले नमागेको संबैधानिक राजतन्त्रको उन्मुलन र संघियता अपनाउने निर्णय गर्नेको महानायक गिरिजाले तराइ नेपाल बात अलग्याउन सकिने गरि मधेशबादी सिट गरेको सम्झौता र बिना आधार ४०सौ लाख बिहारीलाई नेपालको नागरिकता दिलाउनु र पहाड सिट नजोडेको तराइको भूमिलाई मधेश बनाउने माग पुरा गराउन भारतले अघोसित नाकाबन्दी गर्नु, गिरिजाको निम्ति भन्दा फरक नीति लियाकोमा सुसिल सिट मोदीले टेलिफोनमा पनि कुरा गर्न नमान्नु आदि देखि सिके ले बोले गरेको कुरा स्पस्ट हुँदा हुँदै उसमाथि कार्यवाही नहुनु महतोले मधेसी हारे भारत भन्नु बात कस्तो र कसो ग्रायण्ड डिजाईन अनुसार भै रहेछ छर्लंग हुन्छ/ म त् यति मात्र भन्छु भयङ्कर नियत लियर नाजायज तरिकाले नेपालको संविधानलाई नै तराई नेपाल बात अलग्याउने हतियार बनाउने माग माग्ने मधेसी हारे भारत हार्छ भन्ने जितेमा हाम्रो नेपाल हामि नेपाली भन्ने हार्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme