Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

४६ हजार जना मूर्ख भइसके, तपाईँ नबन्नुस् : कान्तिपुरले आइफोन र ल्यापटप बाँड्न लागेको छैन

Posted on January 25, 2016January 26, 2016 by Salokya

fake-kantipur
आज फेसबुक चलाउँदै गर्दा वालमा एउटा लिङ्क भेटियो। फेसबुकमा फ्रेन्ड रहेका कसैले लाइक वा सेयर अथवा कमेन्ट गरेकै भएर वालमा देखिएको थियो। यसो हेर्ने बित्तिकै यो फेक पेजले गरेको वाहियात मान्छे झुक्याउने काम हो भनेर बुझिसकेको थिएँ। यसो हेरेको त चिनेजानेका अझ प्रतिष्ठितहरुले समेत लाइक गरेका रहेछन्। यो वाहियात हल्लालाई लाइक गरेर दुई दिनमा ४६ हजारभन्दा बढी मान्छे मूर्ख भइसकेका रहेछन्। २६ हजारले साँच्चिकै आइफोन वा ल्यापटप पाइन्छ भन्ठानेर मलाई यस्तो रङको चाहियो भनी कमेन्ट लेख्न भ्याइसकेछन्। २२ हजारले यस्तो वाहियात हल्ला आफ्नो वालमा सेयर गरेछन्। फेसबुक चलाउनेहरु निरक्षर हुन्नन्। तर धेरै दिमाग लगाउन पनि नपर्ने, यसो हेर्ने बित्तिकै थाहा हुने यस्तो बकम्फुसे कुराका पछाडि पनि किन लाग्छन् होला मान्छे? के कारण यति धेरै मान्छे मूर्ख भए? खास कुरा के हो? कसले किन यस्तो हल्ला गरेको? विस्तृत पढ्नुस्।

like-share1
हल्लाखोरले आफ्नो हल्लालाई विश्वासिलो बनाउन कान्तिपुरको ब्रान्ड र लोगोको गलत उपयोग गरेको छ। कानुनतः यो दण्डनीय विषय हो। कान्तिपुर न्युजपेपर लेखिएको पेज हुने बित्तिकै विश्वास गर्नु नै मान्छे मूर्ख हुनुको एउटा कारण बनेको छ।

तर अलिकति मात्रै ध्यान दिने हो भने पनि यो फेक पेज हो भन्ने कुरा प्रष्टै हुन्छ।

logo1
पेजको नाम चैँ कान्तिपुर न्युज रे अनि लोगो चैँ कान्तिपुर टिभीको छ। यति नमिल्दो कुरा पनि पत्याउने?

त्यस्तै यो पेज भर्खर अर्थात् २०१६ को जनवरीमा खोलिएको छ। कान्तिपुर जस्तो पुरानो मिडियाले पनि भर्खर पेज खोल्छ? यति नमिल्दो कुरा पनि पत्याउने?

यो पेजमा एउटा पनि समाचारमा कान्तिपुरको लिङ्क राखिएको छैन। यति नमिल्दो कुरा पनि पत्याउने?

जुन पोस्ट ४६ हजार जनाले लाइक गरे त्यसमा लेखिएको छ-

जित्नु होस FREE गिफ्ट 10 iphone 6 & 10 Apple Laptops
हामी 10 ओटा Iphone 6 र 10 वटा Apple Computers यो 31/January मा फ्री मा दिदै छौ.

गल्ती नै गल्ती। कान्तिपुर जस्तो मिडियाले यति अशुद्ध लेखेर पोस्ट गर्छ? फेरि त्यहाँ हेर्नुस् पहिलो वाक्यमा Apple Laptops रे अनि दोस्रो लाइनमा Apple Computers रे। यो लेख्नेलाई एप्पल ल्यापटप वा कम्प्युटर के हुन्छ भन्ने नै थाहा रहेनछ। एप्पलको कम्प्युटरलाई म्याक र ल्यापटपलाई म्याकबुक भनिन्छ भन्ने लेख्नेलाई त थाहा भएन नै त्यो पाइन्छ भनेर आश गरेर लाइक गर्नेले त थाहा पाउनु पर्ने नि!

कसले चलायो यस्तो वाहियात पेज र हल्ला?
कसले चलाइरहेको छ त यस्तो वाहियात पेज? फेसबुकमा पेज कसले बनाएको थाहा पाउन गाह्रो हुन्छ। तर पेज बनाउने मान्छे अलिकति हुस्सु भइदियो भने चैँ पत्ता लाग्न सकिन्छ।

fake1
यो पेजको फोन नम्बरमा हुस्सुले शायद आफ्नै फोन नम्बर हालेका रैछन्- +1 443-629-4546। खोजी हेर्दा यो अमेरिकाको बोस्टन बाल्टिमोरतिरको नम्बर रैछ।

किन यस्तो गरेको त?
सित्तैमा आफ्नो पेजको लाइक त्यसको इन्गेजमेन्ट धेरै बढाउन। ताकि भोलिपर्सि यही पेजबाट ब्लगस्पटमा खोलिएका वाहियात समाचार शीर्षक लेखेर भिडियो हेर्न क्लिक गर्नुस् भन्ने अनि त्यसको मुनि गुगलको विज्ञापन राखेर मूर्ख भिजिटरहरुलाई त्यसमा क्लिक गर्न लगाएर बसी बसी पैसा कमाउन पाइयोस्।

मैले यो पेज लाइक, सेयर वा कमेन्ट गरेको रहेछु, के गर्ने?
डिलिट गर्ने। याद गर्नुस् तपाईँको लाइक, सेयर वा कमेन्टले यस्तो हल्ला अझ दुईबाट चार, चारबाट १६ गरी फैलाउन मद्धत गरिरहेको हुन्छ। पेजलाई ब्लक गरिदिनुस्। कसरी गर्ने थाहा भएन?

यसो गर्नुस्। सबैभन्दा पहिला पेजमा क्लिक गर्नुस्
https://www.facebook.com/Kantipur-Newspaper-500880536778969/?fref=nf

block
त्यसपछि … लेखिएको ठाउँमा क्लिक गर्नुस् र block page लेखिएकोमा क्लिक गर्नुस्। यस्तो पेज खुल्नेछ-

confirm
अब Confirm लेखिएकोमा क्लिक गर्नुस्। बस्, तपाईँले मुक्ति पाउनु भयो।

अरु पनि यस्तै हल्लाखोर पेजहरु भेटिएमा यही उपाय अपनाएर ब्लक गरिदिनुभएमा यस्ता हल्ला मच्चाउनेहरु हार्ने थिए।

अनि फेसबुकमा नराम्रो कुरा चाँडो फैलिन्छ, राम्रो र सत्य कुरा फैलिँदैन भन्ने कुरालाई गलत साबित गर्न यो ब्लगलाई फेसबुकमा सेयर गरी थप मान्छेलाई मूर्ख हुनबाट जोगाउने कि !

5 thoughts on “४६ हजार जना मूर्ख भइसके, तपाईँ नबन्नुस् : कान्तिपुरले आइफोन र ल्यापटप बाँड्न लागेको छैन”

  1. punya prasad says:
    January 26, 2016 at 8:59 pm

    सुकुम्बासी मा वा चिट्ठा परेर अमेरिका छिरेको नेपाली हुनु पर्छ एस्तो काम गर्ने .

    Reply
  2. sujan maharjan says:
    January 26, 2016 at 3:45 am

    I Checked this site:
    http://www.whitepages.com/phone/1-443-629-4546

    the owner is from Baltimore, maryland, not Boston. Please Correct it.

    Reply
  3. Michael says:
    January 26, 2016 at 1:01 am

    दारिवाल बाबा , साइबाबा, नामै न थापाको देउता को तस्विर राखेर एस्लाई लाइक गर्नुस नत्र २४ घण्टा भित्र धेरै असुभ हुन्छ भन्ने पनि धेरै देखियो , तेस्ता लाइ के गर्ने ?

    Reply
    1. Rakesh says:
      January 26, 2016 at 10:11 am

      पढ्नु भएन त्यहाँ लेखेको छ त
      अरु पनि यस्तै हल्लाखोर पेजहरु भेटिएमा यही उपाय अपनाएर ब्लक गरिदिनुभएमा यस्ता हल्ला मच्चाउनेहरु हार्ने थिए।

      Reply
  4. rajkumar says:
    January 25, 2016 at 10:34 pm

    Good job brother!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme