२३ वर्षपछि कुनै अन्तर्राष्ट्रिय उपाधि जित्नु नै ठूलो हो नेपालीका लागि। अनि किन स्वागत नगर्नु फ्यानहरुले। बंगलादेशबाट बंगबन्धु कप जितेर आएको नेपाली फुटबल टोलीको सम्मानमा आज विमानस्थलबाटै विजय र्याली निकालियो। खेलाडी र प्रशिक्षकसहित टोलीका सबैलाई एन्फाले ५/५ लाख दिने भनिसकेको छ। सरकारलाई पनि २/२ लाख दिन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिश गर्दैछ। ५० हजार डलर अर्थात् ५० लाखभन्दा बढीको पुरस्कार राशी बंगलादेशबाट खेलाडीहरुले ल्याएकै थिए। म्याच फिक्सिङ नगरी खेल जिते पनि पैसा त ओइरिने रहेछ भनेर हार्नका लागि फिक्सिङ गर्नेहरुले बल्ल पो देखे कि।
सर्बप्रथम हाम्रा खिलाडीहरुलाइ बधाई छ | र हाम्रो नेपाल पनि अरु भन्दा कम छैन | i love nepal जय नेपाल …….
सर्वप्रथम खेलाडी र प्रशिक्षकलाई बधाई। शहर परिक्रमा गराउने गाडीको हालत देख्दा धिक्कार्न मन लाग्यो एन्फा, खेलकुद मन्त्रालय अनि सरकारलाई। संसारको एक नम्बर गरिब देश भएर पनि करोड बढी मूल्य पर्ने गाडी प्रयोग गर्ने मन्त्रि, नेता ,कर्मचारी र खेलकुदको नाममा करोडौको भ्रस्टाचार हुने देशमा रास्ट्रको शिर उच्च बनाउने खेलाडीहरु कति उपेक्षित र निरुत्साहित छन। पूर्व बिशिस्ट भनिनेहरुलाई आजिबन विलासी सुबिधा स्वरुप बार्षिक चार अर्ब राज्यको ढुकुटी पचाउने देशको खेलकुद राजनीतिक भर्ति र भ्रस्टाचार बाट उन्मुक्त नभएसम्म केहि अपेक्षा गर्न सकिदैन।
Generally victory parade open roof vako bus ma garincha tyo nepal ma sambhav vayena thikai cha tara tesko alternate mini tata tripper haina at least tetro 90 minute khelera 1 din full rest pani nagari voli paltai nepal farkeko kheladi lai uvyayera garauda ANFA le ali katti pani sochena kheladi lai rest chaincha vanera
फेरी पनि इतिहाश को नया पानाम मा बंगबन्धु गोल्डकप बिजेता नेपाल….! जय नेपाल ..