Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बंगबन्धु गोल्डकप जितेको प्रधानमन्त्री ओलीले त वर्ल्डकप पो ठानेछन् बाब्बै !

Posted on January 22, 2016January 23, 2016 by Salokya

world-cup
नेपाललाई एउटा अन्तर्राष्ट्रिय उपाधि जित्न त २१ वर्षदेखि एन्फा अध्यक्ष रहेका गणेश थापा फिफाबाट निलम्बित हुनुपर्‍यो। २३ वर्षपछि बल्लतल्ल बंगबन्धु गोल्डकप जितेको त प्रधानमन्त्री केपी ओलीले त वर्ल्डकपै जितेको पो ठान्नुभएछ त। प्रधानमन्त्रीका वरिष्ठ विज्ञ समूहका सल्लाहकार मध्ये एकले फेसबुकमा लेखे अनुसार प्रधानमन्त्रीले गोल्डकपलाई वर्ल्डकप ठान्नुभएछ।

त्यसो त ओलीले भूकम्पले भत्कनु १२ दिनअघि धरहरा चढ्दा पनि बोली फुस्केको थियो सगरमाथा चढेको भन्दै। हेर्नुस् त्यतिबेलाको भिडियो

वर्ल्डकपमा त छनौट मात्रै हुन पाए पनि कत्रो ठूलो कुरा हुन्थ्यो होला, वर्ल्डकपै जितेको भनेर शुभकामना दिनु चाहिँ काठमाडौँमा रेल चलाउने, भान्सामा ग्यासको पाइप जोड्नेभन्दा पनि हावा कुरा भयो भन्दा एमालेजनलाई चित्त दुख्ला। भरे प्रम ओलीज्युले एक वर्षभित्र वर्ल्डकप जितेर देखाइदिन्छु भनेर भाषण गरिदिए पनि ट्वाल्ल परेर हेर्नुमात्रै हुन्छ हाम्लाई बेकाराँ।

हो, हो- हामी नेपालीलाई वर्ल्डकपै जिते बराबर हो बंगबन्धु गोल्डकप जितेको। प्रधानमन्त्री ज्युले ठीक भन्नुभयो।

हाम्रो वर्ल्डकप यस्तो हुने रैछ हेरिराखौँ है-
goldcup

7 thoughts on “बंगबन्धु गोल्डकप जितेको प्रधानमन्त्री ओलीले त वर्ल्डकप पो ठानेछन् बाब्बै !”

  1. Ekraj says:
    January 23, 2016 at 9:20 am

    ओली नापदेको मुर्ख अल्स्छी मात्र होइन तो शारीरिक र मानशिक हिस्हब ले ग्रस्थ रोगि पनि हो!
    यसलाई प म बने राख्नु भनेको खाली एश्लाई सास फेरि राख्न को लागि बचाउने; देश को धिकुदी रित्याउने, गुण्ड राज मौलाउने र यसको पत्रु बकबास सुन्न को लागि यसलाई कुर्शी म राख्ने हो,
    बेबकुफ जनता भएको देश म अरु मे हुन्छा.

    Reply
  2. Michael says:
    January 23, 2016 at 7:04 am

    काजु सानै देखि तेस्तै हो , बनेपा मा मामा भेट्न गएको सानेपा पुगेर पो मामा त् या छैन भन्दै आमालाई फोन गर्थे | धुलिखेल मा भिनाजु लाइ गुन्द्रुक पुर्याउन गएको लगनखेल पुगेर लेनिन महर्जन को पसल मा टन्न गफ चुटेर बसेको भेटिया थ्यो |अब आएर ,
    नेपाल को बिकाश न गरि पी यम छोड दिन भनेर भन्छ योकाजु कान्छो |

    Reply
  3. krishan says:
    January 23, 2016 at 3:59 am

    its like a world cup for us! Congrats for becoming champions and at least you are showing some hope in football.!!!

    Reply
  4. रैथाने says:
    January 23, 2016 at 3:50 am

    पढ्या मान्छे भयापो केहि सोचेर बुझेर मन्थन गरेर बोल्थ्यो होला र!
    एउटा हावा मा उढ्ने पत्रु बतासैरा प्रम हुन पुग्या तेस्तालाई के थाहा के बोल्नु कहिले बोल्नु कहा बोल्नु कति बोल्नु कसरि बोल्नु भनेर!
    देशको दुर्भाग्य त कतिहो कति तर यस्तो पत्रु प्रम हुनु भनेको त महा दुर्भाग्य हो!
    बिध्या रास्ट्रपति
    के पी प्रधानमन्त्रि
    हे दैब के देख्नु पर्योनि थुक्क जिन्दगि!

    Reply
  5. कमल says:
    January 23, 2016 at 1:53 am

    ओलीको बिज्ञहरुको ताल त्यस्तो छ भनेछी प्रधान मन्त्रि कस्तो हुन्छ देखेकै छौ?
    देश डुबाउने भए ओली र ओलीका बिज्ञहरुले|
    लाजमर्नु!

    Reply
    1. Rajendra says:
      January 25, 2016 at 3:03 am

      डुबाउने मात्र होइन डुबाइसके आलु गोवीले।

      Reply
  6. beenod says:
    January 23, 2016 at 12:59 am

    This bunch of ‘scholors’ will not even let us celebrate properly, such a disgrace to the nation. Mind it, it’s not a small error coming from the member so called ‘expert’ advisors.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme