Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोरङमा किन भयो तीन जनाको ज्यान जाने घटना?

Posted on January 21, 2016 by Salokya
  • ६२ वर्षीया द्रौपती चौधरी
  • ४५ वर्षीय महादेव ऋषिदेव
  • २५ वर्षीय सिरु माझी

मोरङमा आज प्रहरीको गोली लागेर ज्यान गुमाउने तीन जना यी हुन्। द‌्रौपतीको छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। महादेवले विराटनगरको गोल्डेन अस्पतालमा अन्तिम सास फेरे। सिरुलाई अस्पताल लाँदालाँदै र‍ंगेलीमै गुमाउनु पर्‍यो। किन भयो त यस्तो दुःखद घटना? कुरा मिल्ला र नाकाबन्दी खुल्ला जस्तो भयो भनी धेरै आशावादी भइरहेकै बेला कसरी यस्तो हुनपुग्यो?

एमाले र मोर्चा दुवैको उग्रता यसको कारण हो।
12625874_10207991302566583_2020635564_n

morang

मूल जरो सत्ताको नेतृत्व गरिरहेको पार्टी एमालेको यही कार्यक्रम हो। एमालेले तराई मधेस संवाद तथा जागरण अभियानको नाममा युवा सं‍घमार्फत् आमसभा गर्ने तयारी गरिरहँदा नै आन्दोलनरत मधेसी मोर्चाले त्यसलाई बिथोल्ने भन्दै गतिविधि सुरु गरिसकेका थिए। यो सभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली नै आउने तयारी थियो। तर तनाव बढ्ने लक्षण देखिएपछि उनी गएनन्।

जहाँ आन्दोलन भइरहेको छ त्यहाँ आफ्नो उपस्थिति देखाउन र तनाव बढाउने एमालेका युवा संघको जिद्दी

अनि अर्कालाई निषेध गर्न खोज्ने मधेसी मोर्चाको जिद्दी

दुई अतिवादको मारमा परे निर्दोष जनता। ६२ वर्षकी वृद्धा र ४५ वर्ष तथा २५ वर्षका युवकको बित्थामा ज्यान गयो।

कार्यक्रम बिथोल्न मोर्चाले आकस्मिक बन्दको आह्वान गरेको थियो। एमालेले सभा आयोजना गरेको ठाउँ नजिकै मोर्चाले पनि सभा गरेपछि यसै पनि भिडन्तको सम्भावना बढेको थियो। नभन्दै भयो त्यस्तै।
12576056_10207991303206599_1577284888_n
युवा संघले बनाएको मञ्चतिर भिड अघि बढेपछि प्रहरीले गोली चलायो। गोली लागेर रंगेली नपा–७ का ३५ वर्षीय जितेन्द्र मण्डल, सोही नपा–९ का ५० वर्षीय सत्यनारायण साह, सोही ठाउँका ३५ वर्षीय जगरनाथ साह, रंगेली नपा–४ का २६ वर्षीय सुवोध मण्डल, सोही नपा–७ का श्रवणकुमार मण्डल र सिजुवा गाविस– ८ का ४० वर्षीय प्रकाश ढकाललगायत घाइते भए। उनीहरुको उपचार भइरहेको छ। 

त्यतिले मात्र सकिएन तनाव। कार्यक्रम सकेर फर्कने क्रममा युवा स‍ंघका कार्यकर्ताहरूले विराटनगर उमनपा–९ जलजलाचोक सडकखण्डमा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलीप धाडेवाल र प्रवक्ता सन्तोष मेहतालाई टाउकोका खुकुरी प्रहरी गरी घाइते बनाइदिए। उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। 

उपेन्द्र यादवको विज्ञप्ति : सरकारले नै जनता भिडाउन खोजे

‘सरकारले एकातिर वार्ता गर्ने अनि अर्कोतिर जनता भिडाउने र आन्दोलनकारी माथि दमन गर्ने निकृष्ट कार्य तत्काल बन्द गर्न’ भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वक्तव्य निकालेका छन्।

यस्तो छ उनको वक्तव्य- ​

२०७२ माघ ७

प्रेस विज्ञप्ति

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच वार्ता प्रक्रिया चलिरहेकै अवस्थामा मोरङ्गको रङ्गेलीमा प्रहरीको गोली प्रहारबाट तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको गोली लागि ६० वर्षिय पुनम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।उपचारका लागि अस्पताल लैजाने क्रममा महादेव ऋिषिदेव, र शिबु माझीको मृत्यु भएको छ ।

त्यस्तै, प्रहरीले गोली लागि मुन्ना मण्डल, विरेन्द्र मण्डल, सत्य नारायण साह, रमानन्द यादव, लल्लन मेहता, विक्रम सहनी, जगन्नाथ साह, श्रवण मण्डल र सुबोध मण्डल लगायत ३५ जना भन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् । यसरी मोर्चाको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि भएको दमनकारी घटनाको फोरम नेपाल घोर विरोध एवं भत्र्सना गर्दछ ।

मोर्चाको विरोधका बावजूद संवेदनशील स्थानमा कार्यक्रम आयोजना गरी सरकारले जारी आन्दोलनलाई साम्प्रदायिक मुठभेड तर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने र पाँच महिना बढीदेखि आन्दोलनरत मधेशी, आदिवासी जनजाति, खस, थारु, महिला लगायत सीमान्कृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको रङ्गेली घटनाले प्रष्ट हुन्छ । वार्ता र संवाद मार्फत् नयाँ संविधन संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारी माथि चरम दमन गरी सरकार आफै वार्ता बिथोल्न लागि परेको गम्भीर आशंका उत्पन्न भएको छ ।

सरकारले एकातिर वार्ता गर्ने अनि अर्कोतिर जनता भिडाउने र आन्दोलनकारी माथि दमन गर्ने निकृष्ट कार्य तत्काल बन्द गरी सार्थक वार्ता मार्फत् देशलाई निकास दिने तर्फ गम्भीर हुन आह्वान गर्दछौं ।

………………

उपेन्द्र यादव

अध्यक्ष

7 thoughts on “मोरङमा किन भयो तीन जनाको ज्यान जाने घटना?”

  1. madan bajracharya says:
    January 22, 2016 at 10:14 pm

    तराइमा भयको चुनावमा इनिहरुले अत्यन्त कम मत पाय भने कांग्रेस यमाले ले नै तराईबाशिको बहुमत पायको छ/ अधिकांस कथित मधेशबादी नेताहरु पुर्व बिहारीहरु हुन् र इनिहरुमा कयौं त् चुनावमा हारेकाहरु हुन्/ आफु हारे भारत हार्छ भन्ने इनिहरु बिहार बात आयर तराईमा बसेकालाई चाहिं मधेसी मान्छन तर हिमाल पहाड बात आयकालाई मधेसी मान्दैन/

    हातमा लाठि भाला गुलेली सिसिबम बोकेर बन्दको अबज्ञा गरेको भनेर आगो लगाउंदै गरेको आन्दोलनलाइ शानिपूर्ण आन्दोलन मान्न सक्दैन/ आफ्नो दलले तराईमा जे पनि गर्न पाउने तर अरु दलले केहि पनि गर्न नपाउने भन्नु गुण्डागिरि हो राजनीति होईन/ तराईमा इनिहरुले जे पनि गर्न पाउनु पर्ने तर अरुले नपाउने भनेर इनिहरुले यक किसिमले तराईलाई बाकि नेपालीको होइन इनिहरु जस्तै पुर्व बिहारीको साम्राज्य बनाउन खोजेकोछ र भारतले इनिहरुलाई स्पस्ट समर्थन र सहयोग गर्दै आयकोछ/

    अगाडी भारत र भारतीय र निर्दोष नागरिक उभ्यायर कथित मधेशाबादिले हातमा भाला लाठि गुलेली पेट्रोलबम बोकेर प्रहरीको बिट र अरु दलको कार्यक्रम र कार्यालयमा जसरि हमला गर्दै आयको छ तेस्लाई नियन्त्रण गर्न प्रयत्न गर्दा प्रहरीले तेस्तो हलको अगाडी ढालको रुपमा उभ्यायकालाइ होइन तिनीहरुको पछाडी बसेर उत्पाद मच्चाउनेलाई निसाना बनाउनु पर्थ्यो/

    तराइको भूमिमा सम्पूर्ण नेपाल भन्दा २२ गुणा ठुलो भारतको पानि र बिजुली को आबस्यकता पुरा गर्न सकिने भण्डार छ/ भुटानले जस्तै आफ्नो सबै श्रोतहरु मा भारतको आधिपत्य हुने सन्धि गर्न भारतले दवाव दिंदै आयको हो/ तर नेपालले मानेन/ मोरंग सुनसरी यदि मधेसीको मधेशमा पार्न नसकेमा नेपालको समस्त सप्त कोशी नदीहरुमा बिस्व मै अग्लो बाँध बाँधेर भारतमा पानीको आपूर्ति गर्ने भारतको यॉजना सफल हुँदैन/ यो कुराले भारत र मधेशबादीहरुको मोरंग सुनसरी मधेशमा गाभ्नु पर्ने माग बास्तवमै कसको माग हो भनेर स्पस्ट देखाउंछ/

    नेपालमा भोक र अभावको शिर्जना गरेर नेपालीलाई बिबस बनायर सुनसरी मोरंग मधेसको मधेशमा पार्न मधेशबादी र भारतले गरेको नाकाबन्दीलाई राजनैतिक मागको रुपमा मान्न सकिंदैन/ गिरिजाले इनिहरु सिट के कस्तो दिने भनेर गरेको सन्धिको कुनै अर्थ छैन/ गिरिजा नेपालको सार्वभौम सत्ताको मालिक होइन गिरिजाको बोलि नेपालको संबिधान पनि होईन/ गिरिजाले दियको भन्दैमा नेपाली हुने नसक्ने बिहारीलाई दियको नेपाली नागरिकता बैध नागरिकता पनि हुँदैन/

    Reply
  2. Vimal says:
    January 22, 2016 at 7:41 pm

    यो सबै घटना को जिमेवारी उपेन्द्र यादव र उनीहरु को दलहरुले लिनुपर्छ ! हक र हितको लागि जनताहरु लाई लडौ भनेको छ ! कहिले हिन्दि बाट भाषण गरेर पहाडे जनताहरु लाई भद्काएको छ ! यो कस्तो घिनलाग्दो खेल हो राजनीत को …?

    Reply
  3. dor Prasad says:
    January 22, 2016 at 3:58 am

    जिम्मेबार केपी र उपेन्द्र बादी सबै छन् … उपेन्द्र हरु लै मदेश मा १-२ भन्दा बढी प्रदेश न राख्न दिने र पहाड र तराई मिल्ने न हुने … केपी हरु लै जसरि पनि पहाड लै तराई संगै मिलाउने भएपछी जति गरे पनि बार्ता बाट के मिल्छ … हतियार सहित प्रदसन गर्नु गलत हो !! पुलिश ले किन रबर का गोलि र अर्सु ग्यास प्रयोग गर्दैन …

    Reply
    1. madan bajracharya says:
      January 24, 2016 at 7:15 am

      डोर प्रसाद ज्यु
      तपाइंले राज्यलाई केहि प्रश्न गर्नु भयो/ म बिहार बात नेपालको तराइ पसेबसेका भारतीय बिहारी पनि मधेसी हुने तर नेपालको हिमाल पहाड बात तराईमा बसोबास गर्ने नेपाली चाहि मधेसी नहुने, मधेसी हारे भारत हार्छ भन्ने, भारतको बिहार सिट चाहि रगत रोटीको सम्भंद भयको भन्ने तर नेपालको पहाड हिमाल सिट जोडिन पनि नचाहने पहिला बिहारी पछि मात्रै नेपाली बनेका नेताहरुले गर्दै गरेको आन्दोलन मा केजी प्रश्न गर्न चाहन्छु/

      ०१. के हातमा भाला लाठ्ठी पेट्रोल बम बोकेर गरिने आन्दोलन शान्ति पूर्ण आन्दोलन हुन्छ?
      ०२. उनीहरुले बन्द आव्हान गरेको बेला हिड्ने गुड्ने माथि आक्रमण गर्नु हुन्छ?
      ०३. चुनाव हारेका मधेशबादी नेताले अरुको छेत्रमा गयर कार्यक्रम गर्नु हुने आन्दोलन गर्नु हुने तर त्यो स्थानमा चुनाव जितेका अरु दलले केहि कारेयक्रम गर्न नपाउने भन्नु के जायज हो?
      ०४. मधेशबादी दलले अरु दललाई नाकाबन्दी गरीको भय सायद राजनैतिक बिरोध मान्न सकिन्थ्यो तर भर्खरै आयको भुकम्प बात आहत र भोको भयका लाखौँ नेपाली समेतको दैनिक आबस्यक्ता आपूर्ति गर्नमा नाकाबन्दी गर्नु के उनीहरुलाई भोकै र उपचार बिहिन बनायर सामुहिक हत्या गर्ने प्रयास गर्नु होइन?
      ०५. मधेशबादी ले चाहि आम्बुलेंस रोकेर बिरामीलाई समेत मार्नु हुने प्रहरी माथि पेट्रोल बम प्रहार गर्नु हुने हातमा हतियार नबोक्ने जनपथ प्रहरीलाई भाला ले घोची मार्नु हुने तर हिंसक बनेका मधेशबादी लाइ चोटलाग्ने गरि किन प्रहरीले कार्यवाही गर्न नपाउने?
      ०६. तराई ईतिहासको कुनै कालमा पनि मधेश भनियको छैन/ तराइमा कहिले पनि कुनै मधेसीको देस बनेको छैन/ त् कुन आधारमा तराइलाइ मधेश भन्नु हुन्छ?
      ०७. मधेशाबादिले अहिले आफुलाई नेपालि समेत भन्न छाडी सके, होइन भन्न सक्नु हुन्छ?
      ०८. कुनै पनि देसमा नागरिकलाई विभेद गर्न खोज्ने देस टुक्राउन खोज्ने लाइ समाउन नसके घुंडा ताकेर होइन शिर ताकेर गोलि ठोकिन्छ, नेपालले तेसो गर्न किन पाउंदैन?
      ०९. तराइको सिमाना मिच्दै आयकोमा तराइलाइ डुवाउने गरि भारतले गैरकानुनी तरिकाले बाँध बनायकोमा भारतको कहिले बिरोध गरेको छैन मधेशाबादिले; होइन भन्न सक्नु हुन्छ?

      जनमत देखायर जायज तरिकाले प्रस्तुत भयर संबिधान बदल्न सकिन्छ/ तर नाकाबन्दी गरेर पेट्रोल बम हानेर आगो लगायर संबिधान त् के मानिन सक्ने कुरा मनाउन पनि सकिंदैन/ तेस्तालाई राजनीतिग्य पनि भन्दैन अपराधि अपराधि भनिन्छ/ अपराधीलाई समाउन नसके घुंडा मुनि रवरकै गोलि हान्नु कुनै आधार छैन/ तेस्ता लाइ बार्ता गर्न आऊ पनि भनि रहनु पर्दैन खोजि खोजि समायर उनीहरुले गरेको अपराध गनेर सजाय दिनु पर्छ/

      Reply
  4. Sagar says:
    January 22, 2016 at 3:10 am

    It is required to solve the issue immediately and peacefully ASAP.
    I think the oli government is not interested to solve the current political problem.

    Reply
  5. Michael says:
    January 22, 2016 at 2:47 am

    बिहारीको नारा हेरम् न ”पाँच महिना बढीदेखि आन्दोलनरत मधेशी, आदिवासी जनजाति, खस, थारु, महिला लगायत सीमान्कृत र उत्पीडित समुदायलाई पहिचान र अधिकार नदिने षड्यन्त्रमा लागेको ”

    अब नेपालीको अधिकार को लागि बिहारीले लड्ने ? काठमान्डू आए यिनलाई मन्त्रि , उप प्रा मा चाहिने मन्त्रि सकिएको भोलि पल्ट फेरी मोर्चा , आन्दोलन | यिनको पछि लाग्ने भेडा हरु जाँ गएपनि भ्या भ्या मात्र |माल काट्ने बिहारी , पच्छिलागेर गेडा को आस गर्ने आसे पासे |

    नेपालि पुलिस हरु अलि संयमित र गिदी को प्रयोग गर्नु पर्यो | आफुलाई मार्न आउने लाठि बोकेकालाई ताकेर हान्नु पर्यो | ति आइमाई , भिड भाड्को केटाकेटीलाई चै छुनु भएँन |

    Reply
  6. Rohini says:
    January 21, 2016 at 11:52 pm

    नेपालको बिकासको बाधक नै नेपाली जनता भए जस्तो छ, कि कसो नेपालका नेताज्यूहरु| मारौ अझै मारौ नेपाली जनतालाई अनि त देशको विकास भैगो नि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme