लगभग कुरा मिलिसक्यो। अब कुरा मिल्छ भन्ने शैलिमा नेताहरुले भाषण गर्न थालिसकेका थिए। कुरा मिल्छ नाकाबन्दी खुल्छ भन्दाभन्दै कुरा बिग्रेको जस्तो हुँदै थियो, आज त झन् भड्कियो पो त। आज बिहान भएको शीर्ष नेताको वार्तामा कुनै सहमति भएन नै साँझसम्म आउँदा त मोरङमा तीन जनाको गोली लागी मृत्युसमेत भयो। यस्तो पाराले कहिले कुरा मिल्ने? कुरा मिल्ने हैन, भड्किने र भड्काउने काम पो भयो त।
आखिर किन यस्तो भयो? यसका लागि कुरा कहाँबाट बिग्रियो भन्ने कुरा बुझौँ पहिले।
सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको ७९ औं दिन सरकारसमक्ष आफ्ना मागहरु औपचारिक ढंगले पेश गरेको थियो। त्यो ११ बुँदे माग यस्तो थियो।
त्यसमध्ये मोर्चाले धेरै मागबाट पछि हटेर लचिलो भइसकेको थियो। जस्तै ११ औँ बुँदामा रहेको बहुराष्ट्रिय राज्यको माग। ६ बुँदे लिखित सहमतिको ड्राफ्ट बनाएको थियो मोर्चाले
यसमा दुई वटा विषयले कुरा बिगार्यो।
एक- प्रमुख तीन दल तराईमा दुई प्रदेश बनाउने वा त्यस्तो अर्थ आउन सक्ने विषयमा सहमति नगर्ने अडानमा रह्यो।
दुई- संविधानको अनुसूचीमा राजनीतिक संयन्त्रको कार्यक्षेत्र (ToR) राख्ने विषयमा तीन दल सशंकित बन्यो।
यसपछि मोर्चाले कार्यदल स्तरीय वार्ता हुन्न शीर्ष तहमै वार्ता हुनुपर्छ भन्यो। आज बिहानको शीर्ष तहको वार्तामा कांग्रेस र एमालेबीच नै कुरा मिलेन। संविधान संशोधन प्रस्तावमा कांग्रेसी सांसदले नै संशोधन प्रस्तावहरु हालेको भन्दै ओली कड्किएपछि कुरा बिग्रियो। अनि साँझ त मोरङमा गोली चलेर ६० वर्षका वृद्धासहित तीन जनाको मृत्यु भइहाल्यो।
कुरानी मिल्दैन , नाकाबन्दी नि खुल्दैन काइँला | देश बहुदल , लोकतन्त्र , गणतन्त्र को गनाउने गल्लि हुदै कालो बजारिया को हात मा गैसकेको छ |
अब मोर्चाको नेताहरु , रातारात तेल ओसार्छ करोडौ कमाउछ , नेपाल को उद्द्योग धन्दा बन्द भयो भारतीय माल भ्त्रियो , बजार कब्जा गरायो , भारतीय उद्दोग पति र ब्यापारी सग बात पनि पैसा !! सरकार तिर का लाइ आफ्नो गाडी चढ्न चीन बात पनि अलि अलि ल्याएकै छ न भए उ नाका , उनाका बात अलि अलि आएकै छ | नब्बे करोड को बोनस खान आयल निगमको कर्मचारी पाएकै छ | दुइनम्बरि र दलाल , नेता , कमिसन खोर , सग र काठमान्डू बस्ने नब धनाड्य सब देश लुटेको धन छदै छ ५ को पच्चिस तिर्न तयार छ , हिन्दि मुबी हेर्छ , प्रियंका र पादुकोन देखेर दंग पर्छ अरुको त् देसै हैन |
अरुजनता कि आन्दोलन गर्न जाउ , कि मोर्चाको लाठि खाउ , कि पुलिस को गोलि खाउ , कि एक आर्का लाइ मार , कि भिर बात हामफालेर मर |
उपेन्द्र, देश टुक्राउने मांग छोड
मागमा बुदा हजार भए पनि कुरो येउतै मा अड्किन्छ –
” १ वा २ प्रदेश मदेश – मदेश र पहाड मिसाउने हुन्न ” –
कसै न कसैले कोम्प्रोमैज नगरे कुरो बन्दैन