Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिस नेपाल हुन चाहने युवतीले पालन गर्नुपर्ने अनौठा शर्त, जुन तपाईँलाई थाहा नहुन सक्छ

Posted on January 18, 2016January 18, 2016 by Salokya

12604645_1022736184452885_2986610622087171657_oमिस नेपाल अर्थात् नेपालको सबैभन्दा पुरानो राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको सौन्दर्य प्रतियोगिता। यसमा सहभागी हुन चाहने युवती कस्तो हुनुपर्ला त?

अवश्य पनि सुन्दरी हुनुपर्छ। मिस भनेपछि बिहे नगरेको हुनुपर्छ- सामान्य रुपमा धेरैले यति मात्र सोच्न सक्छन्।

तर त्यतिमा मात्र यो सीमित छैन। केही अनौठा शर्तहरु पनि छन्, जुन शायद् तपाईँलाई थाहा नहुनसक्छ। यो वर्षको मिस नेपालका लागि आवेदन आजदेखि खुला भएको छ। आवेदन फाराममै यी शर्त लेखिएका छन्।

अनौठा दुई शर्त यस्ता छन्-

१) बच्चा जन्माएको हुन नहुने
त्यसो त खासमा अविवाहित हुनुपर्ने शर्त राखिसकेपछि अरु नभए पनि हुने हो। अविवाहित हुनुपर्ने शर्त त पहिलो नम्बरमा नै छ। दोस्रो नम्बरमा भने बच्चा जन्माएको हुन नहुने उल्लेख छ।

अब हेर्नुस् है यहाँ नेपाली समाजको प्रतिबिम्ब। पहिले भए अविवाहित मात्रै भने पुग्थ्यो। अब त बच्चा जन्माएको हुन नहुने पनि थपियो।

भरे बिहे चाहिँ नभएको तर बच्चा जन्माइसकेकी प्रतियोगी सहभागी हुन आए के गर्ने? बच्चा जन्माउन बिहे गरेकै हुनुपर्छ भन्ने त छैन त्यसैले होला आयोजकले कुनै जोखिम मोल्न नचाहेको। कसो कुमारी हुनुपर्छ चाहिँ लेखेनछन्। नत्र त भर्जिनिटी टेस्ट गर्न पाइन्न भन्दै महिला अधिकारवादीहरुले जुलुस निकाल्ने दिन आउँथ्यो होला।

२) शरीरमा टाट्टु खोपेको हुन नहुने
यो एउटा अर्को अनौठो शर्त हो। आजभोलिका युवायुवतीमा टाट्टु खोप्ने खुब चलन छ। तर कसैले त्यसरी टाट्टु खोपेको भए त्यो प्रतियोगिताबाट बाहिरियो। शर्तमा शरीरको कुन अंगमा टाट्टु खोपेको हुन नहुने लेखिएको छैन- बडी लेखिएको छ। त्यसको अर्थ शरीरको जुनसुकै भागमा टाट्टु खोपे पनि अयोग्य हुने भयो।

अरु देशमा यस्तो प्रतिबन्ध छैन। मिस अमेरिकाको टप टेनमा पुग्न सफल मिस कन्सास २०१३ ले टाट्टु देखाएरै प्रतियोगितामा भाग लिएकी थिइन्। हेर्नुस् फोटो-
180686537

अनि मिस युनिभर्स २०१४ को टप टेनमा पुग्न सफल यी मिस स्पेनको फोटोमा पनि टाट्टु देखिएकै छ
miss-spain

यी भए दुई अनौठा शर्त, बाँकी सामान्य पाँच शर्त भने यस्ता छन्-

  • सिङ्गल/बिहे नभएको/महिला नेपाली नागरिक
  • उमेर १९ वर्षदेखि २४ वर्षभित्र
  • न्यूनतम शैक्षिक योग्यता १०+२
  • न्यूनतम उचाइ ५ फिट ४ इञ्च
  • आकर्षक, स्वस्थ र राम्रो नैतिक आचरण

यस्तो छ शर्त

missnepal

यस्तो छ आवेदन फारामको पूर्ण रुप

[मिस नेपाल आयोजकले राखेका यी शर्त तपाईँलाई कस्तो लाग्यो? कुनै शर्त थप्नु वा हटाउनु पर्ने तपाईँको राय छ कि? आफ्नो विचार तल कमेन्टमा लेख्नुस् ]

जाँदाजाँदै मिस नेपालको आवेदन खुला गर्न घोषणा गरिएको प्रेस मिटका केही फोटोहरु-

12604645_1022736184452885_2986610622087171657_o

12523924_1022739774452526_6656792123869876794_n 6864_1022739344452569_2792007115282426389_n 12552755_1022739194452584_4267016338493509343_n 12509834_1022739184452585_5694135097712018454_n 12508838_1022738874452616_4723556163272558224_n

3 thoughts on “मिस नेपाल हुन चाहने युवतीले पालन गर्नुपर्ने अनौठा शर्त, जुन तपाईँलाई थाहा नहुन सक्छ”

  1. Michael says:
    January 20, 2016 at 2:02 am

    भर्जिन केटीहरु लाइ उहाहरु प्राथमिकता दिनुपर्नेकारण उहाहरु आफै तोड्ने आकन्क्ष्या
    होकी ? एक हात ले दे , दुसरा ले ले |

    Reply
  2. बशन्त राज says:
    January 20, 2016 at 12:32 am

    समाजमा अपराध तिन “डब्लु ” को कारण हुन्छ ल / ति हुन् “वुमंन” “वाईन ” र “वेअल्थ “/
    अर्थात् आईमाई, दारु अथवा रक्सि, अनि धन सम्पति / अब सुन्दरी प्रतियोगिता पनि आई माई बीच हुने प्रतियोगिता हो / भो आई माई को कुरानै नगर्नु राम्रो होला भन्ने हाम्लाई लागेको छ /

    Reply
  3. कन्चन says:
    January 19, 2016 at 6:54 pm

    भर्जिन भएको प्रमाणित गरिएको हालसालको सर्टिफिकेट,अनि हाइट यति हुनु पर्ने भनेझैं स्तन र पुठ्ठाको साइज पनि यति हुनु पर्ने भनेर तोकेमा के होला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme