आजभोलिका पुस्तकहरु गजबका हुन्छन्। आफ्नो बिहेमा मरिसकेको मान्छे आएको भनेर लेखे पनि कसैले गल्ती थाहा पाउँदैनन् भन्ने ठान्ने लेखक पनि हुन्छन्। फेरि त्यही पुस्तकले मदन पुरस्कार जितिदिन्छ। हालै बजारमा आएको पूर्वमन्त्री रमेशनाथ पाण्डेको पुस्तकमा पनि यस्तै गल्तीहरु रहेका छन्। एक ठाउँमा उनले मरिसकेका राजदूत भेटेँ भनिएको रहेछ। राम लोहनीले आफ्नो फेसबुकमा पुस्तकमा भेटिएका १५ गल्तीबारे सविस्तार व्याख्या यसरी गरेका छन्।
रमेशनाथ पाण्डेको किताब “कूटनीति र राजनीति” मा धेरै समस्याहरू छन्। सम्पादनको कमजोर पाटो एकातिर छ भने लेखकले दिएका सूचनामा पनि धेरै अन्तरविरोध र शङ्का गर्न सकिने प्रशस्त ठाउँ छन्। पृ. १५० भित्रका उल्लेखै गर्नुपर्ने १५ वटा समस्याहरू (त्यसपछि पनि प्रशस्तै समस्या देखीन्छन् मितिमा, कुरामा र तथ्यमा पनि)-
-राम लोहनी-
गल्ती नम्बर १
२०१६ असार १६ गते बीपीको अध्यक्षतामा गठित मन्त्रीपरिषदमा ११ जना मन्त्री र १० जना सहायक मन्त्री थिए (पृ. ८)। खासमा त्यो दिन गठित मन्त्रीपरिषदमा ११ मन्त्री र ८ सहायक मन्त्री थिए। पछि श्रावण १५ गते होराप्रसाद जोशी र त्रिवेणीप्रसाद प्रधान दुई सहायक मन्त्री थपेर १० जना पुर्यााइएको हो। यसै पृष्ठमा तुलसी गिरीलाई “दश दिनपछि” परराष्ट्र मन्त्रीबाट ग्रामिण विकास मन्त्रालयमा सरुवा गरिएको कुरामा पनि समस्या छ। किनभने गिरीको सरुवा असार २८ मा भएको थियो। खासमा भएको के थियो भने १६ गते गठित मन्त्रीपरिषदका सदस्यको मन्त्रालय बाँडफाँड १८ गते भएको थियो। यो हिसाबमा मात्र “दश दिन” को कुरा मिल्छ।
गल्ती नम्बर २
पृ. १० मा इजिप्टका प्रथम राष्ट्रपति जनरल मुहम्मद नगिबको भनिएको किताब “फिलोसोफी एन्ड नेचर अफ रिभोल्युसन” नगिबको होइन। लेखकले सम्भवत: १९५२ मा प्रकाशित गमाल अब्देल नासेरको “फिलोसोफी अफ द रोभोल्युसन” लाई सङ्केत गरेको हुनपर्छ।”पातलो” भनेर ७२ पृष्ठको यही किताब भनिएको हुनपर्छ।
गल्ती नम्बर ३
पृ. १६ मा “२०१७ पुस १ गतेको शाही कदमको पूर्वचेतावनी ७ महिना १४ दिन पहिले नै राजा महेन्द्रद्वारा नेपालगञ्जबाट दिइएको” भनिए पनि त्यो चेतावनी माघ १६ को भाषणमा ‘देशको सार्वभौमिकता, राष्ट्रियता र अन्य देश तथा जनहित कार्यहरूको संरक्षणका लागि जेसुकै गर्न पनि पछि नहट्ने’ भन्ने अंश (पृ. २५) मा नीहित थियो। यस हिसाबले त्यो कथित चेतावनी १० महिना १४ दिन पहिले दिएको बुझिन्छ। ०१७ पुस १ को “राजनितिक दूर्घटना” लाई पृ. १९ मा फेरि “१४ महिनापछि” घटेको बताइएको छ!
गल्ती नम्बर ४
पृ. २८ — थाइल्यान्डमा १९६९ सेप्टेम्बरको “पाँच वर्ष पहिले (को) सैनिक विद्रोह” सैनिक विद्रोह नभएर कम्युनिस्टहरूको विद्रोह थियो।
गल्ती नम्बर ५
पृ. ४७ – “राजा र बीपीबीच समझदारी कायम गर्ने भूमिका मैले पाएको जानकारी पाउनहरूमा दुईजना थपिए।” यी दुईजना भनेको जनरल नीरशमशेर र कर्नेल खड्गबहादुरलाई सङ्केत गरिएको हो। तर पृ. ४९ मा “… गएको कुरा राजा, बीपी र मलाई मात्र थाहा थियो। भेटघाटको कुरा भने सेनाका दुई उच्च अधिकारीलाई पनि जानकारी भयो” भनेर सेनाका उच्च अधिकारीलाई समझदारी कायम गर्ने भूमिकाको जानकारी भएको कुरालाई खण्डन गरिएको छ।
गल्ती नम्बर ६
२०१६ असारमा चिनियाँ फौजले मुस्ताङमा गरेको गोली काण्डबारे बीपीले १६ गते (चाउ एन लाइलाई) चिठी लेखेको र त्यसको २४ घन्टाभित्रै चाउले खेद व्यक्त गरेको चीनले हर्जाना तिरेको “पुरानो कुरा बिर्सिसक्नुभएको” र लेखकले “सम्झाएको” कुरा (पृ. ५३) पटक्कै विश्वसनीय छैन। किनभने देशको प्रधानमन्त्री भैसकेको मान्छेले छिमेकी चीनसँग भएको त्यस्तो संवेदनशील विषय चारै वर्षमा बिर्सिसकेको हुन्छ भनेर पत्याउन सकिने कुरै होइन।
गल्ती नम्बर ७
२००७ सालमा बीपी “पूजनीय” भएको र टंकप्रसाद “चुनावमा जमानतसमेत गुमाएर बिलाए, उनलाई सबैले बिर्सिए (पृ. ५४)। यो पृष्ठभूमिमा लेखकले बीपीलाई “टंकप्रसाद बन्न मन छ भने जेलमै बस्नुस्” भनेर राजासँग सुलह गरेर बाहिर निस्कन सल्लाह दिएको (पृ. ५५) बताएका छन्। तर पृ. २७३ मा “चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री टङ्कप्रसाद आचार्यलाई भारतले टेढो आँखाले हेर्न थालेको” र “राजनीतिक रूपमा ओझेलमा परेको” बताएर आचार्यको अवसानमा भारतको हात रहेको बताइयो। बीपीको संबन्धमा पनि “भारतीय अप्रसन्नता अविश्वासमा रूपान्तर भयो” (पृ. २६) र नेहरुले “बीपीलाई हटाउन भनेको” (पृ. ३०) उल्लेख गरिएको छ। पुस्तकमा अन्यत्र पनि बीपी र नेहरूको असमझदारी पटकपटक बताइएको छ। यस सम्बन्धमा बीपीलाई पनि आचार्य जस्तै सडाउन भारतको प्रत्यक्ष भूमिका स्वीकारेका लेखकले बीपीलाई आचार्य होइन “बीपी कोइराला बन्न” (पृ. ५४) दिएको सल्लाह अनौठो लाग्छ।
गल्ती नम्बर ८
लेखक पञ्चायतको प्रादुर्भाव पछि तीनपटक जेल परे। दोस्रो जेल पर्नुअघिको प्रसङ्ग (पृ. ६५) मा “मेजिस्ट्रेटसमक्ष उभ्याइने र दिनभरि मानसिक तनाव दिएर राखिने अनि अर्को दिन आउन तारिखमा छोडिने अथवा गिरफ्तार गरेर जेल पठाइने कुरामा म एक किसिमले अभ्यस्त नै भैसकेको थिएँ” भनेर यसअघि पनि पटकपटक जेल गएको सङ्केत गरिएको छ। जबकि त्यसो होइन।
गल्ती नम्बर ९
कार्तिक २४ २०२५ मा जेलबाट छुटेका बीपीलाई “राजालाई निसर्त समर्थन गर्ने कबुलियतनामामा सही गरेर” (पृ. ६२) छुटेको भनिएको छ। तर पृ. १६२ मा “राजालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सुवर्ण शमशेरको पुच्छर समाएर” छुटेको भनिएको छ। पञ्चायतको विरुद्धमा सशस्त्र द्वन्द सुरु गरेको नेपाली काङ्ग्रेसले आन्दोलन स्थगन गरेको घोषणा २०१९ कार्तिक १३ घोषणा गरिएको थियो। तर पृ. ७८ मा “सुवर्णशमशेर लगायत काङ्ग्रेसीहरू निष्क्रिय हुनु बाध्य” हुनुको कारणलाई २०२१ साल वैशाख २२ गतेको “भैंसालोटनमा गण्डक बाँधको सिलान्यास समारोहमा राजा र भारतीय प्रधानमन्त्री नेहरूबीच भेटवार्ता भएपछि भारतको नेपाल नीति राजाको पक्षमा समर्पित भएको” लाई बताइएको छ। स्मरणीय छ, सुवर्ण शमशेरले राजालाई सहयोग गर्ने वक्तव्य २०२५ को जेठ २ गते दिएका थिए। जेठ २ गतेको वक्तव्यको कारण बीपी कार्तिकमा मात्र किन छुट्नु पर्ने त्यो अनुत्तरित छ। पृ. १४७ मा गिरिजाको हवाला दिएर सुवर्णको वक्तव्य “राजा र बीपीको सहमतिमा जारी भएको” भनिएको छ। गिरिजाकै भनाइ पनि त्यति भरपर्दो लाग्दैन किनभने सहमतिसाथ आएको त्यो वक्तव्यपछि पनि किन बीपी छ महिनासम्म जेलमै बस्नुपर्यो् त? जेलबाट छुटेका बीपीले पत्रकारहरूलाई बताएको भनेर गोरखापत्रमा दिएको समाचार नै बीपीको त्यो बेलाको भनाइको श्रोत रहेको छ। गोरखापत्रको समाचारमा बीपीले सुवर्णको वक्तव्यलाई कूटनीतिक रूपले समर्थन गरेको मात्र बुझिन्छ। १७ सालको काण्डमा सुवर्णलाई थाहा थियो भन्ने कुरा बीपीले अनुमान गरेका थिएनन् भनेर भन्न गाह्रो छ। आफूलाई थाहा भएको घटनाको सङ्केत सहयोद्धालाई नगर्नु सुवर्णको अन्तरघात थियो। मौन रहेर कलकत्ता भासिनु झन् ठूलो घात। राजा महेन्द्रसँग लसपस रहेको सङ्केत मिल्ने यस्तो घटनाको वावजूद अघिल्लो वर्ष मात्र संविधानसभाको चुनावको लागि वक्तव्य दिएका थिए। सुवर्णले देशको सुरक्षाको लागि त्यो माग पनि स्थगित भएको वक्तव्य पनि छ।बीपीले आफू भर्खर जेलबाट छुटेको हुनाले धेरै कुराको जानकार नभएको व्यहोरा पनि कार्तिक २५ को पत्रकार सम्मेलनमा उल्लेख गरेको तर्फ ध्यान दिँदा यद्यपि बीपीले सुवर्णको वक्तव्यको पुच्छर त समाते, तर त्यो भनाइप्रति सहमति देखाउने रणनैतिक चातुर्यता मात्र देखाएका पनि हुन सक्छन्।
गल्ती नम्बर १०
पृ. ८१ मा “संवत् १८८१ मा निर्माण भएको दरबार स्कुलको भवन” भनिएको छ। दरबार स्कुलको यो भवन संवत १८८१ मा नभएर १८९२ (वि. स. १९४८) मा वीरशमशेरले बनाउन लगाएका थिए।
गल्ती नम्बर ११
लेखकको जन्म वि.सं. २००० को शिवरात्रीमा भएको हो (पृ. १०७)। व्रतबन्ध छ वर्षको उमेरमा भयो र त्यसको लगत्तै परिवारसँगै रघुनाथपुर हुँदै बनारस गए (पृ. १०३)। रघुनाथपुर र वनारसमा अढाइ वर्ष बिताए (पृ. १०४) रघुनाथपुरमा गर्मीका कारण बिहान चलाइएको स्कुलमा पढेको (पृ. १०५) भनिएको छ। यसको मतलब यो गर्मीको मौसम थियो। रघुनाथपुर पुगेको केही दिनमै “बटकुर्रा गाउँको स्कुलमा” (पृ. १०४) भर्ना गरिएको थियो। अर्थात लेखकको परिवार रघुनाथपुर गएको २००६ को अन्ततिर हो। २००६ को शिवरात्री (फागुण?) मा छ पुगेका लेखकको त्यसपछि व्रतबन्ध भएको थियो। सात सालको गर्मी समयतिरै हुनपर्छ लेखकका सानीमाको छोरा हैजाले मरेको घटना भएको। त्यसपछि लेखक वनारस गए। मतलब २००७ को वैशाख/जेठ भन्दा अघिको घटना नहुन पर्छ। त्यो उमेरमा र त्यो समयमा वनारसमा लेखकले “नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सामिप्य” पाएको भनिएको छ। त्यो कस्तो सामिप्य थियो होला र त्यसको कस्तो प्रभाव पर्योा होला लेखकमा? सात सालको त्यो समय आन्दोलनको सरगर्मीको थियो।फेरि २००९ सालमा जेपी स्कुलमा विद्यार्थी युनियनको सदस्य भैसकेको कुरा (पृ. १०८) पनि छ। २००९ सालको पछिल्लो समयमा नेपाल आएर जेपी स्कुलमा भर्ना भएको अनुमान गर्न सकिन्छ प्रस्तुत गरिएको व्यहोराको आधारमा।
गल्ती नम्बर १२
लेखकलाई २०२४ वैशाख २ गते दरबारबाट बोलाहट आयो (पृ. ११९)। दुई महिनापछि फेरि बोलाइयो (पृ. १२०)। दोस्रो भेटमा लेखकलाई दिल्ली गएर राष्ट्रिय हितमा “के गर्न सकिन्छ, सो गर्ने अविभारा” दिइयो। प्रसङ्ग भारतसँगको वाणिज्य सन्धी नभएर अन्योलको स्थिति थियो त्यो बेला। लेखक त्यो मेसोमा दिल्ली गए २०२५ वैशाख २४ अर्थात (१९६८ को मेमा)। दिल्ली भ्रमण किन त्यति अन्तरमा मात्र हुन सक्यो स्पष्ट छैन। लेखक डेढ महिना दिल्ली बसे। दिल्ली पुगेको तेस्रो दिन उपप्रधानमन्त्री मोरारजी देसाईँसँग भेटेको (पृ. १२१) उल्लेख छ। देसाईँसँगको लेखकको अर्को भेट चाहिँ १९६७ अक्टोबरमा (पृ. १२२) भयो। दिल्लीबाट जेठ २२ मा काठमाडौं आए लेखक (पृ. १२५)। १९६७ को अक्टोबरमा देसाई काठमाडौं आउनुपूर्व लेखकले आफ्नो ‘न्यु हेराल्ड’ अङ्ग्रेजी साप्ताहिकमा देसाईलाई खुल्ला पत्र प्रकाशित गरेका थिए (पृ. १२२)। १९६७ अक्टोबर २४ को स्टेटस्म्यान र हिन्दुस्थान टाइम्सले लेखकको यो चिठीको सन्दर्भ दिएर लेख समेत लेख्यो। न्यु हेराल्डको सुरुवात २०२६ को जेठमा गरिएको भनेर पृ. १४९ मा उल्लेख छ। त्यस्तै वैशाख २४ मा दिल्ली गएर जेठ २२ मा फर्किँदा डेढ महिना हुँदैन। देसाईलाई १९६८ मा पहिलोपटक र १९६७ मा दोस्रोपटक भेटेको भनेको कुरा पनि अनौठो छ। लेखक दोस्रो पटक दिल्ली अक्टोबर २६ १९७४ मा गएका हुन् (पृ. १२३)। तर त्यो दोस्रो भ्रमण अर्थपूर्ण भनेर दिल्लीका अखबारहरूले १९६८ को नोवेम्भरमै लेखे (पृ. १२५ र पादटिप्पणि १९)।
गल्ती नम्बर १३
२०२४ चैतमा राजा महेन्द्रलाई कन्चनपुरमा हृदयाघात भयो (पृ. १३१)। एक महिनापछि राजा काठमाडौं फर्किनुभयो (पृ. १३३)। २०२४ चैत २३ गते राजाले लेखकले दरवारमा बोलाए (पृ. १३४)। चैतको कुन दिन हृदयाघात भयो? जबकि एक महिना त राजा कन्चनपुरमै थिए? फेरि २३ गते त दरवारमै रहेको बुझिन्छ!
गल्ती नम्बर १४
२०२४ चैतको राजासँगको भेटको अनुक्रमको रूपमा लेखक २०२५ जेठ २३ गते मलेशियाको लागि उडे (पृ. १३७)। त्यहाँ निर्देशित कामबाहेक मलेसियन सरकारले सुरु गरेको गाउँफर्क अभियानको बारेमा पनि विस्तृत अध्ययन गरे लेखकले र सोहीअनुसारको रिपोर्ट राजालाई दिए (पृ. १३९-१४०)। महेन्द्रले २०२४ पौष १ गते गाउँफर्क राष्ट्रिय अभियान सुरु गरे। महेन्द्रले २०२४ सालमा सुरु गरेको गाउँ फर्क अभियानको बौद्धिक प्रेरणा लेखकले २०२५ सालमा दिएको रिपोर्टको आधारमा मलेसियाको ग्रामिण विकास योजनाबाट प्राप्त भएको लेखकले दाबी गरेका छन् (पृ. १४०)। खासमा गाउँफर्कको प्रेरणा मलेसियाबाट भएको होइन। गान्धीले भारतमा लागू गरिसकेका थियो यो अभियान। भारतमा पनि युरोपको अनुभवबाट गान्धीले भित्र्याएका हुन्।
गल्ती नम्बर १५.
लेखक पहिलोपटक संयुक्त राष्ट्रसँघको तेइसौं अधिवेशनमा भाग लिन १९६८ को अक्टोबरमा अमेरिकामा थिए। त्यहाँ उनले साउदी अरेबियाका राजदूत बरोदीलाई भेटे। “सन् १९८४ मा दोस्रो पटक राष्ट्रसङ्घमा जाँदा पनि राजदूत बरोदीसँग (लेखकको) भेट भएको थियो (पृ. १४६)। जबकि सउदी राजदूत बरोदीको १९७९ मै मृत्यु भैसकेको थियो। लेखक दोस्रो पटक राष्ट्रसङ्घ गएको पनि १९८४ मा नभएर वि. सं. २०४२ (अर्थात सन् १९८६) मा हो (पृ. २०२)।
This is a very good book, the only book with the hand written letter of b.p Koirala. It’s a historical book. Errors are of some minor dates. Main thing is the entire book. It’s a valuable contributions to Nepali history and political parties
“विषय मिलेन, पुस्तक पढेकै छैन, के कुरा गराई भो र? भन्दैमा, कमेन्टले नै जितेको छ, अब झन् पढदिन!”
यो मान्छे पंचायत कालमा पर्यटन मन्त्री हुँदा RNAC मा जागिर लगाई दिन्छु भन्दै होटल र कार्यालय मै तरुनीहरु संग राशलीला गर्दथे / कार्यालयमा सफाइ गर्ने कर्मचारी त्यस्तो फोहर सफाई गर्न नमानेर प्रशासन शाखामा उजुरी गर्न आएका थिए / अरु के के गरे भन्ने कुरा अन्य पाठकहरुले लेखि सकेका छन् / यस्तालाई परराष्ट्र विद सम्झेर पत्रुकारहरु अन्तर्वार्ता लिन पाए गर्व गर्छन /
No proof to accuse like this. You can go to jail for posting these kinds of unverified comments
आफ्नो बैदेसिक अनुभब र कुटनीतिक कुराहरु नान्ग्लो माराखेर बेच्न बसेका धेरै भयो , दुर्भाग्य भनौ या ग्राहक लेपत्याएंन ,किनकि कोइ खरिदार आएँन |
गिरिजा संग चाकडी गरेर छोरोलाई कुटनीतिमा घुसाएकै हो त? तेस भए छोरोलाई अलिकति शरम धरम पनि छैन रैछ| उक्त कितापमा लेखेको छ कि छैन कुन्नि| के लेख्थ्यो त्यस्तो कुरा|
कैले दरबार नजिक भन्ने, केलाई बीपी नजिक, कैले अमेरिका, कैले भारत, कैले गुरजु खलक
के के हो के के| नम्बर वान छेपारो सम्राट भने हुन्छ ल| चाकडी र चुक्ली गरेर जसरि हुन्छ कमाउने तरिका संधै लाइरह्ने| आफ्नो मान्छे र चाकडी लाउने लाई जागिरमा र राम्रो ठाउँमा सरुवामा राखिदिन पनि उस्ताद| हाम्रो देशमा पढेलेखेकैहरुको यस्तो भ्रस्टचार छ| यिनलाई पनि दात्रि देश हरुले खातिर गरेर उत्कृष्ट माने हुन्छ| मुलुक जता सुकै गवोस तर मुलुकलाई भन्दा युरोपको देश र स्वयम् लाई मात्र हेरे उत्कृष्ट को विल्ला भिराईञ्छ|
Dr. Nishchal N Pandey, son of Ramesh Nath Pandey is a famous strategic analyst and foreign policy expert himself. He works in Singapore, Germany, Britain. Why on earth would he want any jaagir by Girija?
बोल्ल्य्वूद बाट प्रभावित भो होला . अनि कथालाई घुमायो.
This guy is one the corrupt of Panchayet era and by manipulation he also managed to hang into powerful positons in different time and had fair share of corruption and law and orderless under his watch.
He thinks he was insider and people will believe him buy his book and he make money just by misleading people.
Why people like him should pock their nose people’s lives.
I still do not understand Nepalese people still buy such books and read them.
देश खाइ शेष भएकाले जे भनिदिए पनि पत्याई हाल्छन भन्ने भयो नि / जसले जे लेखेनी , ज बोलेनी कुनै बन्देज लगाउने निकाए नाभायेसी र सबै राम्रो काम आफुले गरेको र आफ्नो अर्ति नमानेर अरु बिग्रिएको हो भन्ने परम्परानै बसी सको नि ?
गिरीज बाबु संग आफ्ना छोरा लाइ कुटनीतिक नियोग मा घुसाउन चाकडी गरेको कुरा लेकेह्का होलान कि नहोलान हो गाठे ..?
बिकाश, हाहाहा!
यो हिसाब को किताब होइन । यो आत्म बृतान्त हो । असार र साउन को फरक देखौने होइन्, किताब को समग्र बिस्लेशन पो गर्नु पर्यो । कोईराला परिवार कत्ती कृतग्न हुन सक्च्, यो किताब मा पुरा पुरा छ । त्यसैले त्, महाधिबेसन मा समेत यो किताब को कुरा छ ।