Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्टरनेटमा अर्को झुट : नेपालीले जित्यो अमेरिकाको पावरबल चिट्ठा

Posted on January 15, 2016January 15, 2016 by Salokya

rishi
फेसबुकमा डलरै तिरेर विज्ञापन गरी अमेरिकाको पावरबल चिट्ठा नेपालीले जितेको प्रचार गरिएको छ। तर ढुक्क हुनुस्, यो इन्टरनेटमा फैलिएका अनेकन् हल्लामध्येको एक हल्लामात्रै हो। हल्लावालाले आफ्नो फेक न्युजको भिजिटर बढाई विज्ञापनमा क्लिक गराउन ऋषि धमलाको नामको गलत उपयोग पनि गरेका छन्।

यो खबरलाई ऋषि धमलाको नामबाट सेयर गरेको देखाइएको छ। तर यो पेज ऋषि धमलाको भने होइन। ऋषि धमलाको फेसबुकबाट फोटो निकालेर पेजमा हालेको जस्तो देखिएको छ। ऋषि धमलाको वास्तविक फेसबुक अकाउन्ट यो हो।

nepalnewsexp.com नामको वेबसाइट सञ्चालकले आफ्नो भिजिटर बढाउन ऋषिको नाम र गलत समाचारको उपयोग गरेका हुन्।

किन गरिन्छ यस्तो?
आखिर यी डिजिटल फटाहाहरु किन यस्तो गर्छन् त? यसको कारण हो यिनीहरु डिजिटल खेती गर्छन्। फेसबुकमा डलर तिरी विज्ञापन गरी अबोध प्रयोगकर्ताहरुमाझ चारो छर्छन्। जब उनीहरुले क्लिक गरी पेजमा आउँछन्, तब त्यहाँ झुक्याउन यस्तो व्यवस्था गरिएको हुन्छ-
kina
ध्यान दिएर हेर्नुस्, यसमा पूरा जानकारीको लागि माथिको भिडियो हेर्नुस् भनिएको छ, तर त्यहाँ भिडियो छँदै छैन। भिडियोको भ्रम दिलाउन भिडियोको फोटो राखिएको छ र त्यसको बीचमा गुगलको एड राखिएको छ। त्यो विज्ञापनमा क्लिक गरेपछि यी चारो छर्नेहरुको दाना जुट्छ। क्लिकपिच्छे रकम बढ्ने हुनाले क्लिक कै लागि उनीहरुले सोझा प्रयोगकर्तालाई झुक्याउन यस्तो दाउ रच्ने गरेका हुन्।

ऋषि धमलालाई समेत फँसाउन खोज्ने यी ब्लग सञ्चालकले ब्लगस्पटमा दुई वटा ब्लग खोलेका रहेछन्। यहाँ क्लिक गरी हेर्नुस्

यो फटाहा साइटका सञ्चालकको बारेमा खोजी जारी छ। झुटो खबर लेखी जनता झुक्याउने अरु बारे पनि खोजी हामी जारी राख्नेछौँ।

4 thoughts on “इन्टरनेटमा अर्को झुट : नेपालीले जित्यो अमेरिकाको पावरबल चिट्ठा”

  1. सिर्जने says:
    January 15, 2016 at 7:49 pm

    फुन नम्बर नि रै’छ, फुनै गरेर बुढाको निन्द्रा खराब गरे नि भैगो, फुनैमा बुढाको सात्तो लिए नि भयो …. कारबाही ता कल्ले पो गर्ला र?

    Reply
  2. Bharat says:
    January 15, 2016 at 3:46 am

    https://who.is/whois/nepalnewsexp.com बाट हेर्दा Krishna Baral को नाम मा register भएको रैछ त्यो डोमेन. बुदा अमेरिका तिर बस्दा रैचन अनि हिउ परेको ले काम मा जान पाएनन् होला अनि अरु लै मुर्गा बनायारे पैसा कमौना लागे | साचो पत्रकरिकता को बेला नै छैन आजकल. facebook को भर मा पत्रकार भएका छन्

    Reply
  3. kamal says:
    January 15, 2016 at 1:53 am

    Registrant Name: Krishna Baral
    Registrant Organization:
    Registrant Street: 1210-4010 Lawrence Ave East
    Registrant City: Toronto
    Registrant State/Province: Ontario
    Registrant Postal Code: M1E 2R4
    Registrant Country: Canada
    Registrant Phone: +1.4162876339
    Registrant Phone Ext:
    Registrant Fax:
    Registrant Fax Ext:
    Registrant Email: [email protected]
    Registry Admin ID:
    Admin Name: Krishna Baral
    Admin Organization:
    Admin Street: 1210-4010 Lawrence Ave East
    Admin City: Toronto
    Admin State/Province: Ontario
    Admin Postal Code: M1E 2R4
    Admin Country: Canada
    Admin Phone: +1.4162876339

    https://plus.google.com/104825260506471065474/about

    Reply
  4. Shreedhar says:
    January 15, 2016 at 12:46 am

    ल न please यस्ता फटाहालाई जसरी हो कारबाही गराउन पर्‍यो सार्है disturb गरेका छन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme