Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फुटसलमा प्रहरीको प्रतिबन्ध : के आधारमा अनुमति दिएको? के आधारमा बन्द गरेको?

Posted on January 14, 2016January 14, 2016 by Salokya

देशमा गर्नै पर्ने कस्ता-कस्ता महत्त्वपूर्ण कामलाई थाती राखेर प्रहरी बिहीबार एकाएक राजधानी काठमाडौँका फुटसलहरु बन्द गराउन अघि सर्‍यो। फुटसल भनेको फुटबल जस्तै एउटा खेल हो, जुन इन्डोर खेलिन्छ। दुई टिमका पाँच पाँच जना खेलाडी भएर सानो मैदानमा शुल्क तिरेर खेलिने यो खेल पछिल्लो समयमा निकै लोकप्रिय हुँदै थियो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले फुटसल बन्द गर्नुपर्ने भन्दै दिएका कारणहरु थिए– जुवाको रुपमा प्रयोग भएको, स्कूले विद्यार्थीहरु स्कूल नगई कापिकिताब बोकेर फुटसल खेल्न गएको, अभिभावकहरुले गुनासो गरेको, बियर र गाँजा भेटिएको आदि…! ल भो त अब। यस्तै हो भने त कुन दिन फिल्म हल, रेस्टुरेन्ट, फेसबुक पनि बन्द गर्लान् भन्ने डर भो यही कारण दर्शाएर।

यी फुटसलहरुलाई कुन आधारमा खेलाउने अनुमति सुरुमा दिइयो त ?

अनि कुन आधारमा अहिले प्रतिबन्ध लगाइएको ?

के प्रहरीले जे मन लाग्यो त्यही गर्दै हिँड्न मिल्छ? विकृति देखियो भने त्यसलाई रोक्ने कि उल्टै बन्द गरिदिने? प्रहरीको यस्तो कदमप्रति सरकारकै उपप्रधानमन्त्री कमल थापाासमेत असन्तुष्ट देखिए। उनले यस्तो ट्विट गरे-

विकृति भए हटाउनु पर्छ,मापदण्ड बनाएर नियन्त्रण गर्नु पर्छ। तर विकृति बढेको नाममा फुटसल खेलस्थल नै बन्द गर्नु उपयुक्त भएन।

— Kamal Thapa (@KTnepal) January 14, 2016


तर उपप्रमले पनि लोकप्रियताका लागि ट्विट गर्दै हिँड्ने हो कि सरकारमा यसबारे कुरा उठाउने हो? आफै सरकारमा बसेर आफ्नै सरकारको मातहतमा रहेको प्रहरीको कदमको आलोचना गर्दै हिँड्न सुहाउँछ? के उपप्रधानमन्त्री भन्दा प्रहरी ठूलो ?

6 thoughts on “फुटसलमा प्रहरीको प्रतिबन्ध : के आधारमा अनुमति दिएको? के आधारमा बन्द गरेको?”

  1. madan bajracharya says:
    January 18, 2016 at 10:57 am

    कुनै पनि कहिँ पनि हुने गरिने प्रतियोगिता यक प्रकारको जुवा नै हो; जिते केहि पाउने हारे केहि गुमाउने भन्नु जुवा को परिभाषा भित्रै पर्छ/ त् तेस्तो खेलहरु चाहे टुंडिखेलमा खेलूंन बा घरको कुनामा नाम फरक दियको जुवा नै हो/ क्यासिनो चलाउन दिने तर …….; खै के भन्ने/ इनिहरु सबै चर्चामा आउन नाङ्गिने कलाकार भन्दा फरक छैन/

    Reply
  2. sushil says:
    January 17, 2016 at 9:07 am

    अस्ति भूइंचालो जाँदा तेही फुटसल ग्राउंड सेल्टर भएको थियो हेप्नु हुँदैन…….
    एक्साइटमेन्टको लागि अलि अलि पैसाको बाजी थप्नु खासै नराम्रो होइन होला….
    गाँजा र बियर भेटिए गाँजा र बियर बेच्नेलाई पो कारवाही गर्नुपर्छ त…
    के गरेर नेपालको प्रशासनको बुद्धि सुधार्ने होला खोइ!

    Reply
  3. bijay says:
    January 17, 2016 at 12:07 am

    पुलिसको काम भनेको अपराध नियन्त्रण गर्नु हो र कानुन उल्लङ्घन गरेकालाइ कानुनको दाएरामा ल्याउनु हो / Moral policing प्रहरी प्रसासनको काम होइन/
    यो त आफ्नो मुख्य काम गर्न नसकेर काम गरेको छ भनेर देखाउने बहाना मात्र हो ( या हफ्ता असुल्ने तरिका हो )/ यो त प्रधान्मत्रिले देशको समस्या सबै एकतिर छोडेर पुस्तक बिमोचन समारोहमा घर घरमा ग्यासको लाइन पुर्यौछु भन्दै भासन गरे जस्तै हो.
    In Afghanistan talibaan used to do moral policing. Is that what nepali police also wants to be?

    Reply
  4. समर्पित says:
    January 15, 2016 at 9:36 am

    ६० % नेपाली कडा मानसिक रोग को सिकार छन् – नेपाल का एक जना चर्चित डाक्टर को भनाइ हो यो ! पुलिस पनि नेपाली भित्र नै आउछन ! कमल थापा नि पर्लान – बेला बेला देश टुक्र्याउने लाइ सजिलो पर्ने संदेश दिने, कडा जातिय विरोधाभास अभिव्यक्ति युक्त लेख र एकोहोरो बाहुनबाद को रटान दिने – आलोचनायुक्त कमेन्ट आयो भने नछाप्ने – सालोक्य जी नि पर्लान (अर्थात पत्रकार हरु ) :-), जातीयता को बिरुद्द कडा खाले अभिव्यक्ति दिने मै परुला – सबै ले एक पटक मानसिक स्वास्थ्य जाच्नु पर्ने बेला आएको छ ! अझ दलिय नेता – कार्यकर्ता – कर्मचारी – पत्रकार (अत्याधिक जरुरत) – प्रहरी हरु को ताल देख्दा चै – ति डाक्टर १०० % सहि भएको अनुमान लाउन गाह्रो छैन !!

    Reply
  5. eklavya says:
    January 15, 2016 at 5:50 am

    The country which prime minister qualified with 10th grade what else we can expect from other administrative departs….? Its just an example of how disgusting and irresponsible police depart is. May god bless to those kids who wants to be footballer …let nepalese police should know these facts that brazil and argentina are the futsal countries more than football and your bug eyes can see their talents ruling over football world..

    Reply
  6. Jitman Rai 'Sabin' says:
    January 15, 2016 at 4:28 am

    विदेश तिर लोकप्रिय बन्दै गएको यो खेल हाम्रो देशमा चै प्रतिबन्ध ? तेसो भए त भोली अन्य खेलहरू पनि त बन्द गराउन सक्छन् नि अनेक बहानामा हैन र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme