जनवरी १ २०१६ मा नेपाली टोपी दिवस मनाउनेहरुहरुले काठमाडौँ खाल्डोको माईतीघर मण्डलमा टोपीको फोटो सेसन गर्दा महन्थ ठाकुर वा उपेन्द्र यादव जस्ता उदार मधेशवादी नेतालाई प्रमुख अतिथि त के सहभागीसम्म गराउन सकेनन्। बरु धोतीलाई देखाईदिने मानसिकतामा टोपीवालाहरुको प्रदर्शनी देखियो। ठीक त्यस्लाई प्रत्युत्तर दिने गरी तराई मधेशका जिल्लाहरुमा पनि धोती जुलुसको आयोजना गरियो जहाँ टोपीवालाहरुको शून्य सहभागिता रह्यो। काठमाडौँ र तराई मधेशबीचको मनोवैज्ञानिक विभाजन र शक्ति प्रर्दशनको स्यानो तर सारका हिसाबले महत्व राख्ने गेग्रोरियन क्यालेण्डरको नयाँ वर्षमा नेपाल खाल्डोमा देखिएको झलक हो यो। त्यसो त तराई मधेश र राजधानी बीच पानी बाराबार गर्ने गराउने कयौं परिघटनाहरुको मञ्चन यसवीचमा भएका छन, त्यो क्रम जारी पनि छ, जस्को लेखाजोखा गरी साध्य छैन। जुनसुकै हिसाबले जस्ले जस्लाई जसरी अथ्र्याउन खोजे पनि हाल हामी नेपाली भन्ने उदाहरणहरु हराउदै जान थालेका छन, हामी फगत भूगोल आदि विशेषका मात्रै हन थालेका छौं । यो देशको सबसे बडा दुर्भाग्य हो।
असोज ३ पछिको नेपाललाई एक जग मानिदिने हो भने देश जनताबिहिन अमक भूगोलको किल्ला सावित भैरहेको छ । शहरमा २ प्रवृतिको जगजगी छ । शहरमा केपी ओलीको नालायकी टोपी प्रवृतिको अनि तराई मधेशमा राजेन्द्र महतो मोर्चा प्रवृतिको धोतीको। गत साउन मसान्तदेखि सुरु तराई मधेशको
आन्दोलनमा रहेका संयुक्त मधेशी मोर्चालाई मधेश भए पुग्ने रैछ, तिनले नाकाबन्द गरेर बांकी नेपाललाई पार्नसम्मको मार र भारमा पारे।
सिंहदरवारमा प्रवेश गरेको एउटा ठूलो राजनीतिक मण्डली र त्यसका नाइके केपी ओली छुच्ची पधेरनी आईमाई जस्तै आन्दोलनरत पक्षलाई मुख लागेर काम न काजको जन्तीमण्डल बिस्तारमा रमाईरहे, रोम जलिरहदा निरोले बांसुरी बजाएर मस्त भैरहेको कहानीलाई बिर्साउँदै। सत्ता नेतृत्वमा एमाले, त्यसमा पनि ओलीमण्डलीको हालीमुहाली। त्यसकारण ओली व्राण्ड र एमालेले जनताको पीरमर्का सन्ने र बिरोध गर्ने प्रश्नै रहेन । एमाओवादी, राप्रपा नेपाल, राप्रपा वा माले, जनमोर्चा वा एकसिटे माननीयहरुदेखि माले, मण्डल,े मसाले सबै सबै मर्ने बेलामा हरियो काक्रो खाने लाममा मस्त र व्यस्त ।
हावादारी गफ चटेर देशलाई लोडसेडिंग मक्त गर्ने ओलीको सपना र ट्रान्सफर्मरहरु पडकाएर दिनमा १४ घण्टाको अन्धकार बांड्ने टोपबहादर रायमाझीको उर्जा मन्त्रीत्वको विरोधमा बोल्ने यहां खोई जनता ? प्रशासनिक सुधार आयोगको सिफारिस बिपरित संविधानको खिल्ली उडाउदै रातारात मन्त्रालय विभाजन गरेर चारदर्जन जन्तीमण्डल बनाउने ओली निरंकशता विरुद्ध कोही किन बोल्ने जनता छैनन् यहाँ ? भूकम्प पीडितका लागि विदेशीले दिएको सहयोग गोदाममा कुहिँदा होस् वा अगुवाले नै भागशान्ति जय नेपाल गर्दा यहां किन कोही नबोलेको ? नाकाबन्दीले देश कालाबजारियाको हातमा गैसक्दा किन अधिकारकर्मी भनाउदाहरु सडकमा निस्कन सक्दैनन्? तै चुप मै चुप छन् यहां किन सबथोकको कालाबजारी भैरहँदा ? काठमाण्डौंका सिडियो एकनारायण अर्यालले एक कालाबजारीया उद्यमीलाई कारवाही गर्ने कोशीस गर्दा उनलाई चारभञ्ज्यांग कटाईयो अनि यहां कोही कसैको बिरोध आएन । भकम्पपीडितहरु जाडोले कठांग्रिएर मरेको संख्याको हिसाब राखेर बस्छ यो देशको सर्कार । तर पनि त्यसको प्रतिरक्षामा यहां कसैलाई बोल्ने जांगर र फूर्सद छैन।
सत्तामा बस्नेहरु बोल्ने कुरै भएन, उनीहरु तैं खा, मै खान्छ, काले काले मिलेर खाऊ भाले गर्दैमा मस्त छन्। सत्तामा नगएर लोकतन्त्रको दहाई दिनें कांग्रेसीहरुलाई ठण्डीको डर भएर होला उनीहरु बाहिर निस्कनै सक्दैनन्। नारायणमान बिजुक्छेहरुको बोलीको यहां सुनुवाई हदैन । चित्रबहादर केसी जस्ता जनताले आश भरोसा गरेकाहरु पनि खाने ठाउँ नपाउन्जेलका इमान्दार जस्तै फिक्का फिक्का हुँदै गैरहेकाहरुको देश किन बन्दैछ हाम्रो भूगोल ? गाई बेचेर जन्मजात वैरी व्यवस्थामा सत्ता सम्हालेका कमल थापाहरुको दिल्ली वा वेईजिंग शयरले जनताको हातमा हात लाग्यो शून्य हुँदा पनि कोही किन चंप ? सीताराम प्रसाईंहरुलाई खुल्लामन्चमा कालोमोसो दलेर बहादुरी देखाउने गणेशमान पुन जस्ता माननीय मन्त्री ज्यूहरु गोपालबहादर खड्काहरुको टांगमुनि हराएको देशमा शक्तिबहादुर बस्नेतहरुले आफन्तहरुलाई चाईनातिर बरालिन राज्यकोष दुरुपयोग गर्दा र भूकम्प पीडितहरुलाई प्ले कार्ड बनाउँदा पनि मौनता साँध्ने यो कस्तो देशका बहादर जनता हामी ?
संविधान बनाउदा गल्ती भएकै थिएन भने किन जारी भएकै भोलिपल्ट संसोधन प्रस्ताव संसदमा दर्ता गरेको ? जब गल्ती स्वीकार नै गरिसकेपछि अब त्यसलाई सच्याउन अब कति मधेशीको रगतसंग होली खेल्न छ यो झापाली पानीको दुष्ट मुखाले सत्ता नाइके हावादारी ओली प्रवृतिलाई ? राजेन्द्र महतोलाई एक प्रतिनिधि मानक मान्ने हो भने तराई मधेश आन्दोलन खिचडी जस्तो भैरहेको थियो बल्ल त्यहां सच्चा मधशेवादी र अतिबादीहरुको ध्रुवीकरण सुरु भएको छ। कम्तीमा महन्थ, उपेन्द्रपन्थी कित्ता वार्तामा बाक्लिन र राजेन्द्रपन्थीहरु थप कडा आन्दोलनको पक्षधर हुनु भनेको कम्तीमा सिंगो देश र देशवासीका लागि सुखद समाचार हो तर यो कालो काइते ओली सत्ताको बहादुरी अवश्य हैन, केवल यो थाकेका आन्दोलनकारीलाई दिल्ली दीक्षाले फिर्ता गराईदिएको थोरै देशप्रेमको बोध हो ।
राज्यकोषको उदारो पैसोमा महंगा साइकल तथाकथित ठूलाबडाहरुलाई बांड्दै शहरमा साइकल सड्कको स पनि तयारी नगर्ने कुर्सी फोरुवा मन्त्री विशेन्द्र पासवान प्रवृतिहरुको शब्दमा धोती र टोपी दुबै आवरणमा मधेशलाई सोस्ने कंश नै थिए राजेन्द्र वा राजेन्द्रपन्थीहरु । तर खोई त संविधानपन्थीहरुले त्यस्का बदलामा शान्ति र अमनचैन दिन सकेको त्यो आन्दोलित तराई मधेशलाई ? उदारोमै आन्दोलन बिसाउन महन्थ, उपेन्द्रहरु तयार हदासम्म पनि किन सत्ताधारीहरु त्यो अवसरलाई क्यास गर्न निष्फल भैरहेका छन ?
खासमा अब देश खानेहरुको अखडा र खान नपाउनेहरुको झगडाको रणमैदानमा मात्रै सीमित पार्नेहरु बिरुद्ध कोही किन नबोल्ने ? के राजनीतिक दलमा लागेका बाहेक कोही जनता छैनौ यो देशमा ? सत्तामा बस्ने दलका एसम्यान र दलाल मात्रै छौं, हौं त हामी जनता ? दलका भन्दा अरु पनि यो देशमा जनता छौं भने खाई त किन उठ्दैन बिरोध नाकाबन्दीको रमिते सरकारका बिरुद्ध ? , कालाबजारीयाहरुको पृष्ठपोषक सत्ताको विरुद्ध ? महंगीको बिरुद्ध ? अशान्ती, अभाव र तनावका बिरुद्ध अब जागिदिने कोही किन छैन्न त अब ? एकाध मिडियाहरु, एकथरी सामाजिक सञ्जाल प्रयोगकत्र्ताहरु आदिको असंगठित विरोध मात्रैले अब कालो ओली सत्ताको अन्धो, वैरो प्रवृति ठेगान लाग्नेवाला छैन । नखाऊ भने दिनभरको शिकार खाउ भने कालोबजारी र नाकाबन्दीको उपहार पनि हैन यो भत्ता खान बनेको सत्ता ।
चुरो कुरो फेरि पनि तराई मधेशको आन्दोलन र त्यसको वाई प्रडक्ट नाकाबन्दीकै समूल अन्त कसरी गर्ने भन्नेमै अन्र्तनिहित छ । हामीले राष्टवादी हने नाममा जबसम्म टोपी लाउदा धोतीको माया, मर्म र ससम्मान बिर्सन्छौ भने पक्का छ हामी फेरि अन्धो राष्टवादको शिकार छौं, हामी सिंगैं मधेश मसिहा आफूलाई मात्रै दावी गरिरहदा काठमाण्डौं र त्यसको वरपर पनि जीवन छ भन्ने हेक्का राख्दैनौं भने त्यहां पनि उस्तै खती गर्ने उग्रवादका दलाल छौं । कम्तीमा आज पर्यन्त जे भो भो , अब त हामी न मधेशी, न पहाडी, न हिमाली भन्न सकौ न हामी नेपाली, हामी धोतीवाला वा टोपीवाला भाई भाई । यो करो अनभति कालो ओली सत्ताले स्थापित गर्न नसके पनि जनस्तरमै त्यो पहल किन कसैले नगर्ने, अनि त्यसका लागि संगठित दवाव किन नदिने ?निश्चय नै समय बदलिएको छ कि अब नयांदिल्लीमा पानी पर्दा काठमाण्डौंले छाता खोज्न पर्दैन,मधेशमा पीडा हदा नयांदिल्लीले छाता जोहो गर्न थालिसक्यो । हामी आफैले त्यो क्रुर सत्यवोध गरौ न अब त ।
जबसम्म हामी पढे लेखेका नेपाली जनता उठेर यी नेताहरुको विरोध गर्दैनौं तबसम्म केही हुनेवाला छैन | विगत जस्तै मूक दर्शक बनेर बस्ने हो भने र यी नेताहरुलाई देशवासीहरु बीच झगडा गराउंदै उनीहरुको राष्ट्र लूटलाई अझै निरन्तरता दिने हो भने यो देश रहंदैन |
हामी पढे लेखेका नेपालीहरु अझै चुप लागेर बस्ने हो भने हाम्रा सन्तानले हामीलाई सराप्ने छन् | इतिहासले चोर नेताहरुलाई भन्दा हामीलाई दोषी मान्ने छ – किनकि नेताहरु चोर छन् भनेर थाहा हुँदाहुँदै पनि हामी टुलटुल हेरेर बस्यौं | यात हामी अल्छी छौँ यात निक्कम्मा – यो दुबै अवस्थामा हामी सित राम्रो भविष्य कल्पना गर्ने नैतिक अधिकार हुँदैन | हामी निक्कम्मा त पक्कै होइनौ – अल्छी चाहीं अवश्य छौं | अब जाग्ने समय आइसक्यो | अब पनि सुतेर बस्ने हो भने हामी मरेर जाने छौं – हाम्रा छोराछोरीहरु मरेर जाने छन् |
जनता नभएका होइनन खड्काजी! जनता नभएका होइनन……
जनता भन्दा खड्ग प्रसाद र छविलालका हनुमान धेरै भएका हुन्. उ बेला मल्ल, राणा र पन्चले मठ मन्दिर, टुँडिखेल, राजमार्ग, धावनमार्ग बनाइदिएका थिए र हिजो एम्बुस थाप्न र आजसम्म पर्यटन चलेको छ. नत्र भएको बेची खाने र बिगार्ने भत्काउने बाहेक के गरेका छन् र यिनले? अझै पनि यिनै हिरो भएका छन्. पछाडी बसेर हो….हो..हा..हा.. गर्ने अनि सद्धे नेतालाई “मेगालो मेनियाक” बनाइदिने हनुमानहरुको कृपाले. भलिबल त ब्रिटिश गोर्खाले भित्र्याएको देश हो यो. शासकको भर परेर हुन्छ? तेही माथि ने.क.पा. (एन.जी.ओ) जसको राजनीतिको जरो नै पैसा हो. नत्र हिजो मट्टीतेलमा १ रुपैयाँ बढौदा सडकमा नांगै दगुर्ने उत्ताउला लोखर्केहरु अहिले कालोबजारी बिरुद्ध किन बोल्दैनन? पार्टीलाई दाम आउँदो होला. अभाव छ तर भएको त राम्रो संग बाँड्नुपर्यो नि सरकारले. ७ साल देखि फेल भएका भयेइ छन् तर शरम मान्दैनन त. अझै महेन्द्रलाई गाली गर्छन. हामीले त देखिएन महेन्द्रको शासन तर अहिलेको तुलनामा सार्है अनुशासित थियो रे. ज्ञानेन्द्र बिचरा आफ्नो शासनभरि राजा भन्दा पनि सैनिक कमान्डर भएर बिताउनपर्यो, बरु एक पटक उसैको जिम्मा लगाएर हेर्नु पाए हुन्थ्यो. आफ्नो व्यापारमा सफल प्रबन्धक थिए रे, राम्रो गरे राम्रै भो नत्र त्यसपछि राजतन्त्रको घिटी घिटी पनि रहने थिएन र कसैले पनि राजा को ‘र’ पनि भन्ने थिएनन्. तर राजतन्त्रको डर देखाएर सत्ता भजाउनेहरुले के देलान र? जता हेर्यो उतै बोका र हनुमानहरु छन् ……..जानोस् खड्काजी तपाइको जुत्तामा बरस लगाउने बेला भयो होला…….
Dear Khadka ji, it appears that now you have lead people against, good for nothing Oli, corrupt and criminal madeshi leaders and lazy, useless looters in the Government.
Super LIke surya ji.
मन त् तिम्रो काँठे क्षेत्री को हो | राजा को चाहना छ , बाहुन ले नै सब बिगारे भन्ने छ , अब यो ,त्यो किन भनि राख्न पर्यो ?
प्रचण्ड हरु इन्डियन इसारामा देश लाइ बर्बाद पारेको हरु आज फेरी रास्त्रबादी ठेकदार देखिनु , बोल्न र पादन मात्र जान्ने आज रास्ट्र प्रमुख बन्नु , तपाइहरुजास्तो ,,हृशी धमला जस्तो पाङ्ग न पुछार का हरु राज्यको चौथो अंग हुने | देशको रास्ट्रिय पत्रिका नेपालकै खेदो खन्ने ,देशलाई हानि पुर्याउने समाचार खुलेआम दिनु , साचिकै नेपाल संकट मा छ है |
माइकल बाजे, के गफ लाउनुहुञ्छ? के को काँठे? फेरी जातपातको कुरा ल्याउने हो? अस्ति खस्या छेत्री भन्या केसी हो केसी भन्ने तपाइँ नै होइन? ओलीले बाजेको नाक काटेको थाहा छैन? अहिलेसम्म बाजेहरूले गफैले हाँकेर आएको अब चै जनताले उलीबिल्ली बनाउने हो| पिटिक्क चुलैमा ग्यास बाल्नुस, मिटर झुन्ड़ाईदिन्छ जति हुन्छ तेतिकै बिल तिर्नुस| यो टुंडिखेलको कब्जियत र झाडाको एकै औषधि बेच्ने कालो चस्मा लाउने दाजुभाई जस्तै हो|
जातपातको कुरा मैलेल्याएको हैन हो माउबादिले ( आज पछाडी इन्डिया ) नेपालि समाज
टुक्र्याउन ल्याएको छ | अब यो खत्री छेत्री ( के सी ) को कुरा त् तेही होनी , खत्री लेख्ने चलन जसरि चलेको हो तेही लेखिदिए | तपाइलाइ बाहुन सग घृणा छ ,आफ्नो नाउ तेस्मा जोडियो भनेर आपत्ति हुन् सक्छ , तर तेसो भन्दैमा खत्री क्षेत्री कसरि भए भन्ने यथार्थ त् बदलिन्न ?