Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केबल कार चढ्न अब मनकामनासम्म जान नपर्ने, काठमाडौँ मै बन्दैछ

Posted on January 12, 2016January 1, 2016 by Salokya

नेपालमा व्यवसायिक रुपमा सफल केबल कार मनकामना मन्दिरमा जाने केबल कार हो। तर यत्रो वर्ष भइसक्दा पनि अरु ठाउँमा यस्तै केबल कार देख्नै पाइएन। पर्वतमा नेपाली शैलिको केबल कार बनेको छ तर त्यसको चर्चा त्यति भएको छैन। अब भने काठमाडौँमै बन्दैछ केबल कार।

मनकामनामा पहिलेदेखिकै चर्चित मन्दिर भए पनि अब बन्दै गरेको केबल कारले भने त्यति चर्चामा नभएको मन्दिरमा लानेछ। इच्छापुरेश्वर मन्दिर। मन्दिर पनि धमाधम बन्दैछ। मन्दिरमात्र होइन यहाँ भव्य रिसोर्ट पनि खुल्दैछ। विक्रम संवत् २०७२ को सुरु मै खुल्ने भने पनि भूकम्प, नाकाबन्दीसँग जुध्दै धमाधम काम भइरहेको छ।

bandai
काठमाडौँ फनपार्क प्रालिले साढे दुई अर्बको लगानी यो बनाउन गर्दैछ। केबल कार चढ्न थानकोट पुग्नुपर्नेछ। त्यहाँबाट ११ वटा पोल हुँदै केबल कारले तपाईँलाई २.४ किलोमिटर आठ मिनेटमा पार गर्दै चन्द्रागिरी डाँडो पुर्‍याउनेछ।

अहिले नै बाइक लगेर वा हिँडेर चन्द्रागिरी घुम्नेहरु प्रशस्त भइसकेका छन्।

अस्तिको तिहार लक्ष्मीपूजाको दिन म त्यहाँ पुगेको थिएँ। त्यहाँबाट काठमाडौँ उपत्यकाका केही दृश्य खिचेको ब्लग यहाँ क्लिक गरेर हेर्नुस्।

चन्द्रागिरी अर्थात् काठमाडौँ र मकवानपुर जिल्लाको सीमाना छुट्याउने पहाड। अनि यो त्यही डाँडा हो जहाँबाट मकवानपुर हुँदै नुवाकोट जान लागेका पृथ्वीनारायण शाहले काठमाडौँ ललितपुर र भक्तपुर खाल्डो देखेर यहाँको राजा हुन पाए हुन्थ्यो भनी कल्पना गरेका थिए।

यो त्यही बाटो हो जहाँ मान्छेले बोकेर राणा प्रधानमन्त्रीका लागि गाडी ल्याइएको थियो। ई.सं. १९०६ मा जंगबहादुर राणा युरोप यात्रामा निस्कँदा पनि यही बाटो भएर गएका थिए। जंगबहादुरले कुलेखानीदेखि भीमफेदीसम्मको बाटो बनाइदिएकाले सो बाटोको नामै जंगबहादुरको बाटो पनि भनिन्छ।

यस्तो बन्नेछ स्केच र एनिमेसन हेर्नुस्-

IMG_3130

IMG_3142

IMG_3141

IMG_3140

IMG_3139

IMG_3138

IMG_3137-001

IMG_3137

IMG_3136

IMG_3134

IMG_3133

IMG_3132

IMG_3131

2 thoughts on “केबल कार चढ्न अब मनकामनासम्म जान नपर्ने, काठमाडौँ मै बन्दैछ”

  1. jitu says:
    January 12, 2016 at 9:08 pm

    kasto ramro animation, design and location. Good luck project team and thank you Mysansar for publishing this.

    Reply
  2. Sunita Joshi says:
    January 12, 2016 at 3:47 pm

    सौर्य उर्जा पनि प्रयोग गरेको भए अझ राम्रो हुन्थ्यो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme