Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राणाकालीन नेपाली समाजमा महिलाको दुःख यस्तो थियो

Posted on January 11, 2016January 1, 2016 by Salokya

नेपाली समाजमा सासु-बुहारी-छोरा-नन्द-आमाजुको द्वन्द्व साह्रै जटिल किसिमको हुन्छ। द्वन्द्व व्यवस्थापनमा यस्ता कुरा पढिँदैन र पढाइँदैन पनि। तर धेरै परिवारमा यस्तो द्वन्द्व देखिन्छ।

यस्तो द्वन्द्व अहिले होइन, पहिलेदेखि नै हुन्थ्यो। राणाकालको नेपालमा अवस्था कस्तो थियो, त्यतिबेला महिलाले कस्तो दुःख पाउँथे भन्ने बारे सरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपाल- राणाकालीन आखिरी तीन दशकमा लेखेका छन्। रोचक लागेका केही अंश यहाँ साभार गरेको छु-

मेलाबाट लखतरान भएर फर्केका बुहारीले जहानलाई खाना पकाउन र सासू- नन्द- आमाजू र खसमको गोडामा तेल घस्न पर्दथ्यो।

ल हेर्नुस् त, लोग्नेलाई मात्र होइन, सासूलाई मात्र होइन- नन्द र आमाजुलाई पनि गोडामा तेल घस्नु पर्थ्यो रे। अनि बिचरी ती बुहारीलाई चाहिँ कसले तेल घसिदिने होला ! थाक्छिन् होलिन् उनी पनि।

बुहारीको माइतबाट बराबर सोलीभरि पाहुर आएन भने सासूको घोक्रो फुल्दथ्यो। बिचरी बुहारीले पोइलाई मात्र रिझाएर पुग्दैनथ्यो। सासू चिढिइन् भने घरमा सौता पस्ने डर हुन्थ्यो। बुहारीको माइतबाट पठाएको पाहुरको सोली रातो-पहेँलो कपडाले बेरिएको हुन्थ्यो। पाहुर लिने र पठाउने चलन खुब प्रचलित थियो। सौतिनी अथवा मापाकी सासू छ भने त पाहुरले झन् ठेल्नुपर्थ्यो।

दाइजो मात्र होइन, बेलाबेलामा पाहुर पनि पठाउने दुःख रहेछ। फेरि सासुलाई चिढ्यायो भने सौता पस्ने डर पो हुने रे। अनि सासुलाई फकाउन घुस स्वरुप पाहुर पठाउनु पर्ने !

लोग्ने, सासू र ससुराहरुको सोखले छोराहरुको तीन-चार विवाह गरिदिने चलन थियो। फलानी बुहारी सासूको जोडले, फलानी चाहिँ ससुराको फर्मावटबाट र फलानी लोग्नेको सोखले विवाह भएका हुन् भन्दथे।

ल हेर्नुस् त आजभोलि एउटा बिहे गर्न कति जात्रा छ। त्यतिबेला त दुई तीन वटा बिहे पनि सजिलै पो हुने रहेछ।

सौताहरुको बीच मनोमालिन्य, झगडा र लुछाचुँडी घरभित्र बाहिर बराबर हुन्थ्यो। अक्सर गरेर धनीकी छोरी बुहारी छ भने उसले सासूलाई हात लिन्थी- किसिम किसिमका पाहुर बराबर ख्वाएर। यसरी बुहार्तन पार गरेका ग्रामीण महिलाहरु आफू सासू भएपछि आफूले भोगेको बुहार्तन भुल्दथे र बुहारीलाई उस्तै किसिमले दल्दथे जसरी आफू दलिएका थिए।

गाउँघरमा लोग्नेमानिसभन्दा स्वास्नीमानिस बढी जाँगरिला र अनुशासित हुँदा घरभित्र सबै र केही बाहिरको काम पनि उनीहरुले धान्दथे। त्यसैकारण पुगिसरी आउने मानिसले पहाडमा धेरै स्वास्नी बटुल्ने गरेको हुनुपर्छ।

मतलब स्वास्नी भनेको फ्रिमा काम गर्ने, कामधन्दा धानिदिनु पर्ने !

5 thoughts on “राणाकालीन नेपाली समाजमा महिलाको दुःख यस्तो थियो”

  1. Yonchan says:
    January 14, 2016 at 11:13 am

    मेरो मा त छैन एस्तो कु चलन .

    Reply
  2. निरज says:
    January 12, 2016 at 6:44 pm

    पति देवता मान्न्परने चलन पुरुषहरुले चलाएका छन्| तर यो चलन बिशेष गरेर बुहारी शोषण गर्ने हिन्दुमा बढी छ र आदिवासी जनजातिमा कमै छ भन्दा कसैलाई च्वास्स मर्का नपर्ला| सासुको बानी टपक्क टिप्ने र फेरी बुहारीमा दोहोराउने चलन चै धेरै बुहारीमा छ, जुन परिवारमा श्रीमान नामर्द सरह भएर बाँचेको हुन्छ| सरदारसाबको घरपरिवारमा पनि त्यस्तै चलन थियो होला तर नोकर चाकर राख्न सक्नेहरुले नोकरहरुको अधिकतम शोषण गरेर नर्कमा फ्रन्ट रो सीट सुरक्षित गरेका हुन्छन|
    जे होस्, महिलाले धेरै काम गर्ने (राजधानीका नोकर चाकर सम्पन्नहरु बाहेक) र पुरुष चाँही फुर्सदि भएर तास जुवा खेल्ने, जांड खाने र बरालिएर हिंड्ने अहिले पनि व्याप्त छ| पुरुषको त्यहि घाम तपुवा बानीले र सासूलाई घुस दिने परम्परा अहिले प्रशासन र राजनीतिमा महामारी बनेर सरेको छ|
    जब सम्म पुरुषले महिलालाई मात्र दलाएर काम खाने क्रम जारी रहन्छ, देश उन्नतिको पथमा जाँदैन|

    Reply
  3. सिर्जने says:
    January 11, 2016 at 10:44 pm

    गत १-२ हप्ता माइसंसार टोलि (सलोक्यजी?) “नेपालको इतिहासको अध्ययनमा ब्यस्त” हुनुभाको जस्तो आभाष हुन्छ / न्याय नपाए गोर्खा जानु भन्या जस्तै “इतिहास नबुझे माइसंसार खोल्नु” नहोस है …..

    Reply
  4. सिर्जने says:
    January 11, 2016 at 10:21 pm

    अहिले पनि गामतिर (दुर्गम गाउ) तेस्तै छ, ठ्याक्कै तेस्तै भन्या होइन, तर महिलाको पिडा सहिनसक्नुको छ अझै, देखे सहयोग गरम, सम्झाई बुझाई गरम पिडा दिनेहरुलाई /

    Reply
  5. jitu says:
    January 11, 2016 at 9:31 pm

    महिलावादीहरुले सोचून पटक पटक

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme