-हरिप्रसाद भण्डारी-
हरिया पहाडको तल ठूलो उब्जाउ मैदान थियो । त्यहीँ आसपासमा दुईटा जीव थिए— एउटा सर्प र एउटा भ्यागुतो । सर्पले झुक्याएर खाला भनेर भ्यागुतो सधैं जोगिएर बस्थ्यो ।
एक दिन दुवैको जम्काभेट भयो । भ्यागुतो भाग्न खोज्दै थियो, सर्पले नम्र बोलीमा मित्र भनेर सम्बोधन ग¥यो र नजिकै बोलायो ।
”नडराउ, मैले तिमीलाई केही पनि गर्दिन । हेर, तिम्रो शरीर मेरो मुख र घाँटी भन्दा दुई तीन गुना ठूलो छ । मैले चाहेर पनि तिमीलाई खान सक्दिन । बरु आऊ मित्रताको सम्बन्ध बढाउँ । दुवैलाई फाइदा हुन्छ । हामी साथी साथी भयौँ भने हामीलाई कसैले पनि हेप्न र दुःख दिन सक्दैन ।”
भ्यागुतो अरू भ्यागुता भन्दा ठूलो थियो । उसले सर्पको घाँटी र आफ्नो शरीर हे¥यो अनि मनमनै विचार ग¥यो— “हो त नि, सर्पले चाहेर पनि मलाई खान सक्दैन । बलियोसँग मित्रता बढायो भने कसैले हेप्न सक्दैन ।”
मित्रताको सम्बन्ध गाँसियो । फट्याङ्ग्रा, पुतली, किरामकौडा जस्ता साना जीवजन्तु भ्यागुताले खाने भयो । ठूला जीवहरू सर्पले खाने भयो ।
मित्रताको सम्बन्ध जोडिएपछि दुवै जना सँगै बस्ने, सँगै हिँड्ने र आआफ्नो भागको आहारा खान थाले । सर्प जस्तो शक्तिशाली जीवलाई साथी बनाउन पाएकोमा भ्यागुतो दङ्ग थियो । उसका मनमा अलिअलि घमण्ड पनि पलाउँदै गइरहेको थियो ।
सर्प कम बोल्थ्यो । तर भ्यागुतो चाहिँ ट्वाँर ट्वाँर आवाज निकालेर समय समयमा कराईरहन्थ्यो । भ्यागुतो कराएको सुनेपछि अरू भ्यागुताहरू नजिक आउँथे। सर्पलाई आहारा खोज्न सजिलो भएको थियो ।
दुवैले खाँदाखाँदै त्यस क्षेत्रका भ्यागुता र किरा फट्याङ्ग्राहरू सकिँदै गए । भोकमरी लाग्ने सम्भावना देखियो ।
“मितज्यूलाई मैले मुखले बोकेर हिँडाउन सक्छु ।” एक दिन रुखको छहारीमा बसेको समयमा सर्पले भन्यो ।
“अँ होला !” भ्यागुताले पत्याएन ।
“ल हेर्नोस् ।” यसो भन्दै सर्पले भ्यागुतालाई पछाडिपट्टिबाट मुखमा हाल्यो र परसम्म कुदायो ।
“देख्नु भयो त ?” सर्पले भन्यो । “ऊ त्यहाँ फट्याङ्ग्रो छ खानोस् ।” खेतको आलीमा रहेको फट्याङ्ग्रोलाई देखाउँदै सर्पले भन्यो । सर्पको सहयोग र सदासयता देखेर भ्यागुतो दङ्ग प¥यो । जिब्रो फड्कारेर फट्याङ्ग्रो समात्यो र खायो ।
यो क्रम धेरै बेरसम्म चलिरह्यो । भ्यागुताले त्यति बेलासम्म किरा फट्याङ्ग्रा खाइरह्यो, जति बेलासम्म उसको मुख बाहिर थियो ।
अन्त्यमा भ्यागुताले अन्तिम फट्याङ्ग्रो समातेर निल्दै थियो, सर्पले पनि भ्यागुतालाई निल्यो ।
यो कथा सारै मन पर्यो साएद आफु पनि तेस्तै परिस्थिति बाट गुज्रीरहेको भएर होला
aha kya gajjab ko katha, Nepalko Rajneeti jastai