-राजु आचार्य-
आधा आकाश। जीवनरुपी रथको एक पांग्रा। आधा अंग। जीवन सृष्टिकर्ता। पुरुषको सफलतामा महत्वपूर्ण भूमिका। सहनसिलताको प्रतिक। मायाको खानी। यी सबैको पर्यायवाची शब्दहरु महिलाहरुको लागि त्यसै गाँसिएका होइनन्। महिलाहरुको निस्वार्थ माया र अविरल परिश्रमले गर्दा हुनुपर्छ।
केही सहरिया महिलालाई छाड्ने हो भने अधिकांस महिलाको अवस्था उस्तै छ- दुःखदायी। नेपालका महिलाले पाउने दुःखको कुनै लेखाजोखा नै छैन। बिहानै उठेदेखि बेलुकीसम्म महिलाहरुको भूमिकाहरुको बारेमा शब्दमा बयान गर्न खोज्नु उनीहरुको अपमान हुनेछ। यी सबै फोटोहरुले नेपालका दूरदराजका महिलाहरुको अवस्थालाई प्रतिनिधित्व गरिरहेका छन्। सलाम छ महिलाहरुको महिमालाई।
घाँस काट्नु, बच्चा समाल्नु सामान्य हो यिनका लागि। घर फर्केर भात पकाउनु त छँदैछ (चितवन जिल्ला)
कम्तिमा ६ र बढीमा १२ वटासम्म बच्चाको हेरविचार गर्नु चेपांग महिलाको लागि सामान्य नै हो। काम गर्दागर्दै कान्लोमा राखेको बच्चा रोएपछि दुध पिलाउँदै (चितवन जिल्ला)
घरको कम भ्याएर दिनभर भेडा चराउन जाँदै बारपाक गाउँकी महिला (गोरखा जिल्ला)।
श्रीमान विदेश थिए। बिरामी ससुरा र ३ वटा बच्चा समेतको हेरविचार गर्दै आएकी थिइन्। भूकम्पले घर ध्वस्त बनाएपछि बनाउने जिम्मा पनि यिनकै काँधमा आएको थियो।(धादिंग जिल्ला)
सामुदायिक कुलो मर्मतका लागि अमलटारीमा भेला भएका महिलाहरु । (नवलपरासी जिल्ला)
टिनको छाना, जेष्ठको महिना , चितवन जस्तो ठाउँ गर्मि त हुने नै भो । बच्चाहरुलाई स्कूल पठाऊन छिटो छिटो खाना पकाउदै । (चितवन जिल्ला)
दिनभर भैंसी चराएर सानो दाउराको मुठोसँग घर फर्कँदै। (पर्सा जिल्ला)
परिवारको गुजारा चलाउन गुन्द्रुक, साग लगाएतका विभिन्न सामानहरु स्थानीय बिहीबारे हाट बजारमा बेच्दै । (संखुवासभा जिल्ला)
खेत हेर्दै नातिसँग चिसापानीमा (रामेछाप जिल्ला)
लेकको साग बोकेर समरबाट तल झर्दै (मुस्तांग जिल्ला)
ऊन काट्दै बारपककि महिला (गोरखा जिल्ला)
बजारतिर जाने र दाउरा बोकेर आउने महिलाहरुको भलाकुसारी (हुम्ला जिल्ला)
गारो छ बाबै, हामी सहरां बस्नेले दुखपायौ भन्नु बेकार हो / मान्छेले कत्ति दुख्ख गरेका छन हेर्न गाउमै गएर २-४ दिन बसे’छी मात्तै बुझिन्छ /
I proud n salute to all nepalese woman who can survive in any condition of life because of their hard working nature n loyal to their family …nepali naari amar rahun!!! God bless them all…
नारीका यी रुपहरुमा कमेन्ट गर्ने शब्द नै भेट्न सकिनँ. कामना गर्दछु कि, “हरेक संघर्ष माथि विजय प्राप्ति होस् र तिम्रा कोखबाट जन्मिएका हरेक सन्तान पनि तिमीजस्तै जब्बर बनुन”.
काम गर्नु दुख होइन !! बरु त्यो काम कसरि सजिलो तरिकाले गर्न सकिन्छ भन्ने उपाय हुनु पर्यो !! पुरुस सहभागिता किन भएन भन्ने कुरा हुनु पर्यो !!साग बोक्न गाडी चल्ने बनाउनु पर्यो !!यो सबैको दुख हो महिला को मात्र होइन !!