अहिले एक रुपैयाँमा के के पाइन्छ भनेर त यसअघिकै ब्लगमा तपाईँले हेरिहाल्नुभयो। (नहेर्नुभएको भए यहाँ क्लिक गरी पढ्नुस्)। त्यसपछि एक रुपैयाँमा १०० अण्डा र १०० रुपैयाँमा कमारी र ५० रुपैयाँमा कमारो किन्न पाउने पुरानो जमानाको पनि ब्लग पढिहाल्नुभयो। (नपढ्नुभएको भए यहाँ क्लिक गरी पढ्नुस्)। धेरै पहिलेको कुरा पनि होइन र अहिलेको कुरा पनि होइन। हामी आज लागौँ राणाकाल चरमचोटीमा पुग्दाको अवस्था। त्यतिबेला के थियो त स्थिति?
सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल-राणाकालीन आखिरी तीन दशक’ पुस्तकमा नेपाल सरकारको पाहुना भई आउनेलाई खानाको दर कस्तो थियो बारे मुलुकी सवाललाई उद्धृत गर्दै भाउ राखिएको छ। भारतीय र युरोपेली पाहुनालाई छुट्टाछुट्टै दरभाउ छ।
भारतीय पाहुनालाई एक दिनको ३ रुपैयाँ र युरोपेली पाहुनालाई एक दिनको ४ रुपैया ८ पैसामा फस्टक्लास खाना खान पुग्ने त्यसमा उल्लेख छ।
भाउ हेर्नुस् तपाईँ दङ्ग पर्नुहुनेछ- ६ पैसाको मासु भए पुग्ने रहेछ। फलफूल त ८ पैसाको मात्रै।
छैन त रमाइलो? तर बजार भाउ मात्र होइन त्यतिबेलाको आम्दानी पनि विचार गरौँ है तुलना गर्दा
माइ संसारको खोज पत्रकारीताले इतिहास समझाउ छ जानकारी का लागी धन्यवाद
वह क्या राम्रो जमाना . ब्यबस्था पन लै मान्नै prachha छ. आखिर गरेरै भएको हो
नेपाल को इन्फ्लेशन हाल आएर तिब्र भएको छ (हर्नुस – http://www.tradingeconomics.com/nepal/inflation-cpi ) | २०४० साल तिर १५-२० रुपैया मा खाना खान पैय्न्थ्यो भए २०५० साल मा मा १०० रुपैया | कुनै दिन नेपाली पैसा को भियतनाम को जस्तो केहि भाउ केहि हुने छैन ! बेदेश मा बसेर नेपाल घर पैसा पठाउने लै त फरक न पर्ला तर नेपाल मा जागिर खाने को अझ दुर्दासा हुने छ !!!