Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : क्यान्सर पत्ता लगाउन चुम्बक

Posted on January 8, 2016January 1, 2016 by mysansar

-छविलाल रिजाल-

ghead चुम्बकीय पदार्थहरुको उपयोगिताको इतिहास धेरै लामो छ। अहिले भने चुम्बकीय पदार्थहरुको उपयोगिता र महत्व्र ह्वात्तै बढेर गएको छ। विशेष गरी नयाँ उपकरणहरुको विकासले यसको उपयोगिता बढ्दै गएको हो। मेरो १५ वर्षको अनुसन्धानमा चुम्बकीय पदार्थहरुको उपयोगिता यति धेरै बढेर गएको यसअघि कहिल्यै अनुभव गरेको थिइनँ।

हो, कम्प्युटर क्षेत्रमा, चुम्बकीय सेन्सर (जीएमआर सेन्सरको नाममा चिनिन्छ, जसमा पदार्थको विद्युतीय अवरोध शक्ति, थोरै चुम्बकीय फिल्ड लगाउँदा पनि अत्यधिक मात्रामा घट्छ) को प्रयोग सन् १९९० भन्दा पनि पहिले देखि हुँदै आएको थियो। तर सन् १९९७ मा पहिलो पटक जीएमआर सेन्सरलाई आइबिएमले कम्प्युटरमा “रिड हेड” को रुपमा प्रयोग गरेर देखाइ दियो। पछि यसले त इन्टरनेटमा क्रान्ति नै ल्याइदियो।

rizal म त्यतातिर अहिले जान चाहन्न। मैले अनुसन्धान गर्दै आएको विषय अहिले “जीएमआर सेन्सर” र “नानोकर्ण” (एक मिटर लम्बाई भएको पदार्थलाई, एक करोड पटकसम्म टुक्रा-टुक्रा गर्दा हुन आउने एक अंशलाइ एक नानो मिटर भनिन्छ) र यी दुवै मिलाएमा (अर्थात, जीएमआर सेन्सर र नानो कर्ण) अरु कुनै पनि माध्यमबाट थाहा पाउन नसकिने थुप्रै क्रोनिक रोगहरु, जस्तै, क्यान्सरको प्रारम्भिक अवस्था (रोग लाग्ने बित्तिकै), पत्ता लगाउन सकिन्छ। अनि यसबाट तुरुन्त रोकथाम र उपचार गर्न सकिन्छ।

तर जीएमआर सेन्सर र नानोकर्णलाई उपयोग गरी व्यवहारमा उतार्न केही बाधा-अड्चनहरु छन्। उदाहरणको लागि अस्पतालहरुमा व्यवहारिक रुपमा प्रयोग गर्न, सेन्सरको संवेदनशीलता र नानोकर्णको चुम्बकीय मोमेन्ट क्रमशः रुम तापक्रम 10 / Oe (ओरेस्तेड) द्वारा र 300 इएमयु / ग्रामभन्दा बढी हुनुपर्छ।

नयाँ प्रविधि विकासको लागि अहिले तदारुकताको साथ अनुसन्धान भैरहेको छ र मेरो प्रमुख प्राथमिकता पनि रोगलाग्ने बित्तिकै (जसलाई अर्ली डिजिज डिटेक्सन प्रविधि भनिन्छ) कसरी त्यो रोग पत्त्ता लगाउन सकिन्छ र तुरुन्तै उपचार गरी रोग विस्तार हुनबाट बचाउन सकिन्छ भन्ने अनुसन्धानसँग सम्बन्धित छ।

चुम्बकीय नानोकर्णको अर्को उपयोगिता पाउनुहुनेछ चुम्बकीय इमजिङ छेत्रमा। व्यापक अनुसन्धान कै क्रममा छ, यो पनि।

चुम्बकीय नानोकर्णको उपयोग यतिमा नै सिमित छैन। एकान्तरण चुम्बकीय फिल्ड प्रयोग गरी चुम्बकीय नानोकर्णलाई प्रयोगमा ल्याई क्यान्सरको सेल मार्न सकिन्छ। त्यसैगरी, औषधिको रुपमा प्रयोग गर्न अझ विस्तार गर्न सकिन्छ।

त्यतिमात्र हैन चुम्बकीय नानोकर्णलाई ऊर्जा उत्पादन गर्न र अन्तरिक्ष अनुसन्धानमा विस्तार गर्न पनि सकिन्छ।

वैज्ञानिक क्षेत्रमा सम्भावित नयाँ प्रविधिहरु विकास गर्नको लागि इन्जिनियरहरु, भौतिकशास्त्रीहरु, रसायनशास्त्रीहरु, जीवशास्त्रीहरु, इत्यादीको बीचमा बलियो, मैत्रिपूर्ण र दीर्घकालीन सहयोग हुन आवश्यक छ। यसबारे अझ बढी ज्ञान आर्जन गर्न इच्छुक महानुभावहरुले तलको लिङ्कमार्फत् अध्ययन गर्न सक्नुहुनेछ। http://www.nanobiomagnetics.n.nu/

अहिलेलाई यो छोटो विवरण यही समाप्त गर्दैछु। साथै, निकट भविष्यमा अझ चुम्बकीय पदार्थको उपयोग सम्बन्धि रोचक सामग्री लिएर विस्तृत रुपमा लिएर उपस्थित हुनेछु।

[नेपालको तोरीपानी म्याग्दी घर भएका रिजाल अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, सनदिएगो (UC San Diego) मा इलेक्ट्रिकल र नानो इन्जिनियरिङ विभागमा पोस्टडक अनुसन्धान गरिरहेका छन्। उनले अब माइसंसारमा नियमित विज्ञान ब्लग लेख्नेछन्।]

8 thoughts on “विज्ञान ब्लग : क्यान्सर पत्ता लगाउन चुम्बक”

  1. C. Rizal (Author) says:
    January 22, 2016 at 9:32 pm

    कमेन्ट, फीडब्याक, र सल्ल्लाह को लागि धन्यवाद! मैले तपाई हरुको सल्लाहलाई मैले क्रमश: रुपमा सम्बोधन गर्दै जानेछु!

    Reply
  2. jitu says:
    January 11, 2016 at 9:13 pm

    Keep up writing good things and innovation.

    Reply
  3. PG says:
    January 9, 2016 at 1:10 am

    सारै राम्रो लेख| समय सपेछे सबै लाई बुझ्ने भाषा मा लेखेको मा लेखक लाई धन्येबाद |||

    Reply
  4. tanka prasad rizal says:
    January 8, 2016 at 11:08 pm

    Nice and superior job done by you.
    congratulation !

    Reply
  5. tanka prasad rizal says:
    January 8, 2016 at 11:08 pm

    Nice and superior job done by you.
    congratulation! keep it up

    Reply
  6. subash says:
    January 8, 2016 at 9:44 pm

    Thank you for this article. Is Chhabilal Rizal and Conrad Rizal one and the same?

    Reply
  7. Alikhit says:
    January 8, 2016 at 3:27 pm

    नियमित विज्ञान ब्लग लेख्छु भन्नेहरु धेरै आए, गए | वहाको चाहि नियमित होस् शुभकामना छ |

    Reply
  8. Shankar Banjara says:
    January 8, 2016 at 2:37 pm

    चुम्बक को अर्को उपायोगी गुण जानकारी गरै दिनु भयो धन्यबाद

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme