Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोडसेडिङबारे ओलीको बोली खेर जान नदिन अपनाऔँ इन्द्रजालका यस्ता उपाय

Posted on January 6, 2016December 31, 2015 by Salokya

indrajal प्रधानमन्त्री केपी ओलीको मुखबाट एक वर्षभित्र लोडसेडिङ हटाउँछु भन्ने बोली निस्केकै तीन महिना भइसक्यो। हावाबाट बिजुली निकाल्छु भन्ने कुरा पनि हावै भइसक्यो। खाना पकाउने बेलामा लोडसेडिङ हुँदैन भनेर दिएको गफ सम्झियो भने गृहिणीहरुले खाली भाँडाले ठटाउलान् जस्तो भइसक्यो। तर पनि ओलीको बोली खेर जान दिन त भएन। अब एसएलसी आउँदैछ चैतमा। बच्चाहरुले कसरी पढ्ने? अँध्यारोमै उज्यालो देखिने कसरी बनाउने? धन्दा नमान्नुस्, ओलीको बोलीलाई खेर जान नदिन इन्द्रजालमा प्रशस्त उपाय रहेछन्। अस्ति हात परेको यो इन्द्रजालको पुस्तकका यो उपाय पढ्दा झल्झली ओलीलाई सम्झिएँ। यी उपाय अपनाउन अब प्रधानमन्त्री ज्युले एउटा छुट्टै मन्त्रालय बनाएर निर्देशन दिनुभए हुन्छ। कस्ता छन् त उपाय ?

उपाय नम्बर एक-
loadshedding-1
उपाय नम्बर दुई-
loadshedding-2

प्रधानमन्त्री ज्यु, हावाबाट बिजुली निकाल्ने, जिओ थर्मल प्लान्टबाट बिजुली निकाल्ने भन्दा यी उपाय सजिला र अर्ग्यानिक लागे। आफ्नै स्रोतसाधनबाट हुने यस्ता उपाय अपनाएर दुनियालाई देखाइदिने कि ? आलोचकको मुख थुन्ने कि!

14 thoughts on “लोडसेडिङबारे ओलीको बोली खेर जान नदिन अपनाऔँ इन्द्रजालका यस्ता उपाय”

  1. Asmita Nepal says:
    January 8, 2016 at 2:34 pm

    लोडसेडिङ हटाउँने ओलीको बोली खेर जान नदिनका लागि साह्रै राम्रो उपाय हरु पड्दा साह्रै रमाइलो भयो

    Reply
  2. prajju ji says:
    January 8, 2016 at 9:53 am

    to funny !!!!!!!!!!!!!!!!!!! ha ha ha ha , oli jee lai joke nai banae baa

    Reply
  3. Tenzing Gaba says:
    January 7, 2016 at 10:46 am

    सम्माननीय प्र.म.डा. ओलिज्यु

    यो किताबलाइ
    कक्ष्या १ देखि स्नाकोत्तर सम्म अनिबार्य गरियोस

    Reply
  4. dor Prasad says:
    January 6, 2016 at 11:42 pm

    नेपाल मा लोड सेडिंग हटाउन इन्द्रजाल गर्नु पर्दैन — सबै भन्दा सजिलो उपाय लोड नै न राख्नु हो – भनेको नेपाल लै पानि बाट निकाल्ने बिजुली रहित बनाउने !!! दिनको १८ -२० घण्टा लोद्सेदीन भन्दा त बिजुली न हुने जाति ?

    खोटो वा घिउ बत्त्ति, घाम, दाउरा, गोबरग्यास, सोलार ले काम चलाउने !! बिजुली निकलानै परे पनि जनता आफै सहकारी बने नजिक को सानो खोला बाट निकाल्ने !! नेता र सरकार ले कुरो मात्र गर्छन माखो मर्दैनन !!

    Reply
  5. सिर्जने says:
    January 6, 2016 at 10:56 pm

    ओलीको बोलि भन्दा हावा कुरा रै’छ, बन्द खुलाउने बिधि पनि होला कि खोज्नुस न? कुन्नि केजातिलाई मारेर, सुकाएर, पोलेर त्यसको धुवाको गजल बनाइ त्यसको सुरमा नेपालको चारै सुरमा लगाए हुन्छ भन्या छैन? तर नेपालको चारै सुर पो भारतको कब्जामा छ क्यारे!

    Reply
  6. Aryan Sharma says:
    January 6, 2016 at 9:57 pm

    Neutral भएर भन्दा के पी ओली idiot हो, कुनै Vision बिनाको. के पी ओलीबाट देशको बिकाशको लागि केहि होला भन्ने आशा नगरौ. ओली को गुनगान गाउनेहरु एमालेको पनि एउटा गूटका मान्छेहरु मात्र हुन् (एक जना प्राध्यापक छन्, जस्ले पत्रिका हरु मा ओली चालिसा लेख्छन नियमित, हो उनि जस्तै) . आम नेपाली ले ओली बाट तिखो बोलि बाहेक अरु केहि आशा नगरे हुन्छ.

    Reply
  7. निरज says:
    January 6, 2016 at 9:42 pm

    ओलीले मुखले बोलेको हावा हो| मेरो छोराछोरी छैनन् र भ्रष्टचार हुने कुरै आएन भनेका थिए|
    पत्नीका दुई भाईलाई हतार हतार सरकारी नियुक्ति दिनु के हो? मुलुकमा अरु कोहि लायक थिएनन?
    अब पहिलो भ्रमणमा भारत गएर नाकाबन्दी खुलाएकोमा नेपाली जनताको अभिमान माटोमा मिलाएर प्रभु समक्ष लम्पसार पर्ने हुन्| शेरबहादुर भन्दा पनि नालायक प्रधान मन्त्रि हुने भए ओली| कता बाट बोलेको हो थाहै हुँदैन, जतैबाट बोले पनि हावा| मन्त्रीको लस्कर लाएर टुंडिखेलमा आए हुने हो|

    Reply
  8. Shankar says:
    January 6, 2016 at 7:38 pm

    त्यो भन्दा पनि र यो भन्दा पनि सजिलो आर्को तरिका छ | त्यो के भने दिब्य दृस्टी ले हेर्ने , महाभारत मा संजय श्रेष्ठ ले कुरू क्षेत्र मा भएको वार लाइ हस्तिना पुर् मा बसेर ध्रित रास्ट्र महर्जन लाइ लाइभ टेलिकास्त गरेको थ्यो , त्यो कसरि भने ब्यास राजोपाद्याय ले संजय श्रेष्ठ लाइ दिब्य दृस्टी दिएको थ्यो |
    पर जान पर्दैन , हाम्रै नेता हरु पनि अपार शक्तिसाली छन् , झलनाथ सग अर्जुन दृस्टी छ , बाबुराम येक्लाब्य भएका छन् | हिजो गिरिजाले लगाएको शक्तिको लुगा चै फुकालेर ह्याङ्गर मा झुन्द्याको , राजेन्द्र महतोले चोरेर लागेछ |

    Reply
  9. ekraj says:
    January 6, 2016 at 4:28 pm

    Oli is not miracle for Nepal, rather he one of the miseries.
    “Oli ko bholi kahilei aundaina”
    He no different from other good for nothing lazy outdated corps.

    Reply
  10. निर्वाण says:
    January 6, 2016 at 9:11 am

    ओलीको बोली
    बगिजाने खोली
    खरानीको गोली
    पार्ने भयो हामीलाई
    तुम्बी न झोली
    आज न भोली
    नेपाल आमा कुनामा टोहली
    धुरुधुरू रोली|

    Reply
  11. kiran says:
    January 6, 2016 at 9:06 am

    त्याहा दस वटा टाउको देखिने तन्त्र पनि रहेछ के हो त्यो चार जना मन्त्री लाई लगाइ दिउकी चालिसको काम नै पर्दैन

    Reply
  12. premji says:
    January 6, 2016 at 6:10 am

    हा हा . . . कहाँ बाट हात पार्नु भयो यस्तो पुस्तक?

    यस्तै सुन्दा सुन्दा आजित पार्ने तर लामो समय पर्खिदा पनि सत्य हुन नसकेका सरकारमा सम्मिलित नेताहरुका उट्पट्याङ्ग अभिव्यक्तिहरु:

    १) चीन बाट तेल आउनै लाग्यो, दुइ चार दिनमै सम्झौता टुंगिन्छ |
    २) भारतको नाकाबन्दी केहि दिनमै हट्छ |
    ३) वार्ता भैरहेको छ, मोर्चाको आन्दोलन केहि दिनमै रोकिन्छ |

    Reply
  13. Sanjeev says:
    January 6, 2016 at 5:14 am

    ओलीजीले तपाईंलाई फ्याट्ट योजना आयोगमा तान्दिने सम्भावना पो देखेँ है !

    Reply
  14. सन्तोष says:
    January 6, 2016 at 2:18 am

    ल यो उपाए तुरुन्त के पी ओली को twitter मा मेंशन गरेर हाल्दिम त

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme