अहिले एक रुपैयाँमा के के पाइन्छ भनेर त यसअघिकै ब्लगमा तपाईँले हेरिहाल्नुभयो। (नहेर्नुभएको भए यहाँ क्लिक गरी पढ्नुस्) पुरानो जमानामा भने एक रुपैयाँ हैन एक पैसामै के-के आउँथ्यो। पुरानो जमानाको भाउ हेरेर एकचोटी पुरानो बेलाको कल्पना गरौँ न त।
अहिलेको भारतमा ब्रिटिसले राज गर्दा नेपालमा एक रुपैयाँ छापिँदैन थियो। एक मोहर (आधा रुपैयाँ) मात्रै छापिन्थ्यो। भारतीय पैसा पनि नेपाल बाहिर जान दिइँदैन थियो। जति ल्याए पनि नेपालमा साटिन्थ्यो। त्यसरी साट्दा १६ आना भारतीय पैसा वापत् १३ आना नेपालीमात्रै पाइन्थ्यो।
आजभन्दा २१४ वर्षअघि अर्थात् सन् १८०२ मा काठमाडौँमा एउटा ज्यामीको ज्याला दुई आना थियो। हेटौडाबाट सामान बोकेर ल्याउनेलाई साहू महाजनले तीन मोहर दिन्थे। त्यो भनेको १ रुपैयाँ ५० पैसा।
गौर र पर्साबाट सामान ल्याउनेलाई भने पाँच मोहर दिइन्थ्यो।
हेटौडा अहिले त हामीलाई नजिकै लाग्ला। तर त्यतिबेला हेटौडाबाट काठमाडौँ आउन तीन दिन लाग्थ्यो। गौर र पर्साबाट आउन पाँच दिन लाग्थ्यो।
तामदानमा चढेर गौरसम्म जान २४ मोहर लाग्थ्यो।
कर्मी तथा फलामको काम गर्नेको ज्याला प्रतिदिनको तीन आना, इँट बनाउनेको दैनिक साढे दुई आना थियो। दुई मोहर तौलको सुनको काम गरेमा सुनारले चार आना पाउँथ्यो।
१७९ वर्षअघि एक रुपैयाँमा ६ वटा कुखुरा आउँथ्यो भने तीन वटा हाँस।
लौ कुखुरै ६ वटा आउँथ्यो भने एक रुपैयाँमा अन्डा चाहिँ कति आउँथ्यो होला त कल्पना गर्नुस् त- १०० वटा ! हाँसको अन्डा एक रुपैयाँमा ६० वटा आउँथ्यो।
भेडा एउटाको एक रुपैयाँदेखि तीन रुपैयाँसम्म पर्थ्यो। बोका एकदेखि १२ रुपैयाँसम्म पर्थ्यो भने राँगो ४ देखि ३६ रुपैयाँ पर्थ्यो। ६ देखि १२ रुपैयामा एउटा गाई पाइन्थ्यो। गोरु एउटा ४ देखि १० रुपैयाँमा पाइन्थ्यो।
त्यतिबेला कमारा कमारी किन्न पाइन्थ्यो। लोग्नेमान्छे कमाराको मोल ८० रुपैयाँ थियो भने बच्चा कमाराको ४० रुपैयाँ। स्वास्नीमान्छे कमारीको १०० रुपैया पर्थ्यो भने बच्चीको ५० रुपैयाँ।
यो भाउ मैले सिल्भाँ लेभीको पुस्तक नेपालः हिन्दु अधिराज्यको इतिहासबाट लिएको हुँ। उनले पनि क्याम्पबेलको नोट्स अन एग्रिकल्चरबाट यी भाउ लिएका हुन्।
डोरप्रसाद ज्यु, बडो हरामी छ हिसाब! सालोक्य ज्यु, इतिहास झन् छक्कैलाग्दो! बधाई है! Future चै कतिको-कस्तो हुन्छ कल्पनाका चित्र राख्नुहोस्न plz !!!
उहिलेको १०० रुपिया बात जत्ति सामान किन्न सकिन्थ्यो अहिलेको सायद 10हजारमा पनि तेती किन्न सकिंदैन/ २०१९सालमा १९०० मा हामीले घर किने/ २०२५सालमा त्यो घर बनाउन पैसा नपुग भयकोले सुन बेचे प्रति तोला २५०को भाउमा/ तेतिबेला इँटा हजारको ७० रुपिया थियो./ २०३३मा मैले सहायक पदमा निगममा नोकरी गरे/ मेरो तलव महिनाको ३३०रुपिया थियो/ २०३४मा खुला प्रतियोगिता बात बरिस्ठ सहायक भय; तलब थियो ४५० रुपिया/ २०३५मा सुन यक तोलाको ८०० मात्रै थियो/ अहिले तोलाको ५६हजार जत्ति होला/ त् २०३५कै आधारमा तुलना गर्ने हो भने २०३५को १ रुपिया अहिलेको ७० रुपिया जत्तिकै हुन्छ/ यहि आधारमा महिनाको ४५० तलव पाउने बरिस्ठ सहायकले अहिले महिनाको ३०हजार पाउनु पर्ने हुन्छ/ तर मलाइ लाग्छ तेती पाउंदैन/ नेपालमा मुद्राको मोल आधारमा साधारण नागरिक र कमर्चारीहरु सेवा र उत्पादनको मोल निर्धारण गरिंदैन/ तर ठुला पदमा बस्ने र राजनीतिलाई पेसा बनाउनेले पाउनु पर्ने भन्दा अत्याधिक पाउने ब्यबस्था गरे बात नागरिकको नेपाल गरिब नेताको नेपाल धनि भयो/
उहिलेको नेपालमा हुने उत्पादनले नागरिकहरुको आबस्यकता लगभग धान्थ्यो; अहिले धान्दैन/ उहिलेको नेपालमा बिदेश बात रेमिट्यान्स त् आउन्दैन्थ्यो तर नेपाल बात बाहिर धन चुहिन्दैन्थ्यो/ नेपालको अर्थतन्त्र बिग्रनुको मूल कारण नेपालको धन बाहिर चुहिनु हो/ अब कुरा सिधा गरु/ नेपाल बात भारतमा कामको खोजीमा जानेले भारत बात नेपालमा जत्ति धन ल्याउँछ तेस्को करोडौं गुणा बढी भारतीयले नेपाल बात लाग्छ/ नेपालीलाई पनि नपुग्ने पनि र बिजुली नेपालबाट धन ओसार्न आयका करोडौं भारतले पनि उपभोग गरेकैले आज बिजुली पानीको अभाव भयको हो, नेपाल फोहर भयको हो/
१६ आना को एक रुपिया भए २ आना भने को ६.२५ पैसा .. यानी एक दिन को ज्याला २१४ बर्ष अघि .. एदी इन्फ्लेशन ३% को दर ले भो भने तेस्को आज को मूल्य ३५० रुपिया हुन्छ ! सुरुका बर्ष मा इन्फ्लेशन कम भए पनि अहिले ज्यादै भएको ले ३% औसत हुन् सक्छ | अहिले को ज्याला कति छ ??
उहिले (२१४ बर्ष अघि) अहिले मुल्य
१.५० पैसा = ८४० रुपिया
१ रुपिया (६ कुखुरा ) = ५६० रुपिया -> ९०- १०० रुपिया मा १ कुखुरा !!
६ रुपया (१ बोका) = ३४०० रुपिया
१२ रुपिया (१ गाइ ) = ६७०० रुपिया