Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उतिबेलाको नारायणहिटीको शैलिमा शितल निवासले सार्वजनिक गर्‍यो राष्ट्रपतिको आधिकारिक फोटो

Posted on December 31, 2015 by Salokya

तपाईँहरुलाई कतिको याद छ, नारायणहिटी संग्रहालय बन्नुअघि देशको सर्वोच्च पद राजा र राजपरिवारका आधिकारिक फोटोहरु त्यहीँबाट जारी हुन्थ्यो। राजा वा रानीको त्यसैगरी युवराज युवराज्ञीको जन्मदिनको अवसर पारेर नारायणहिटीले सूचना विभागमार्फत् नयाँ आधिकारिक फोटो पठाउँथ्यो।

ठ्याक्कै त्यही शैलिमा पुस १५ गते तमु ल्होछार पर्वको औपचारिक शुभकामना सन्देश पठाउने क्रममा शितल निवासले राष्ट्रपति विद्या भण्डारीको पनि आधिकारिक फोटो मिडियामा पठायो।

फोटो पनि चानचुने होइन, ९ एमबीको। फोटोमा नेपाल सरकार सूचना विभागको लोगोसमेत रहेछ।
IMG_0001
राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्तिमा ‘प्रसारण प्रकाशन गर्न राष्ट्रपतिज्युको फोटोसमेत संलग्न राखी पठाएको व्यहोरा आदेशानुसार अनुरोध छ’ भनिएको छ। कसको आदेश चाहिँ खुलाइएको छैन।

सार्वजनिक गरिएको राष्ट्रपति ज्युको फोटो भने यस्तो छ। शायद यही फोटोलाई अब सरकारी कार्यालयहरुमा झुण्ड्याइनेछ
Presedent Bidhya Devi Bhandari

7 thoughts on “उतिबेलाको नारायणहिटीको शैलिमा शितल निवासले सार्वजनिक गर्‍यो राष्ट्रपतिको आधिकारिक फोटो”

  1. madan bajracharya says:
    January 3, 2016 at 11:05 am

    उहिलेको संबैधानिक राजा र अहिलेको रास्ट्रपति; उहिलेको राजपरिवार र अहिले पार्टीका ठुला नेता र भूप पुर्व बनेका प्रधान मन्त्रि ग्रिह मन्त्रि सभामुख लगायत ठुला नेताका बलिया कार्यकर्ता आदि सबै उस्तै उस्तै नै भय पछि अहिलेको रास्ट्रपतिले पनि उहिलेकै राजाले गर्ने काम गर्नेत भैगयो केको आस्चर्य/ उहिले राजाले राजपरिवार सिट सहमति गरेर संबिधान बक्संथ्यो अहिले ठुला दलका ठुला नेताहरु बीच सहमति गरेर/ उहिले सांसद माथि राजाको व्हिप लाग्थे अहिले ठुला नेताको/ राणाकालमा १६ भाइको राजा भन्दा शक्तिशाली हुने श्री ३को सरकार बन्थे अहिले रास्ट्रपति भन्दा शक्तिसाली हुने दलको सरकार/ पंचायतकालमा राजा सासद मनोनित हुन्थे अहिले दलबाट/ साँच्चै भन्ने हो भने अहिलेको यो लोकतन्त्र भनियको ब्यबस्था र १६भाई राना रोलक्रममा श्री ३ को सरकार बनिने ब्यबस्था बिच मा मात्र नामको फरक छ/ तेसैले अहिलेको व्यवस्थालाई पनि खाईपाई बक्सनेको …….भने पनि हुन्छ/

    Reply
  2. Samita says:
    December 31, 2015 at 4:49 pm

    She is worried अबोउत् पशुपथिनाथ

    People dying with hunger and cold

    Her donation goes to pashupathinath pujari

    God give Oli and her brain and kind heart

    Reply
  3. Raju says:
    December 31, 2015 at 10:33 am

    There should be a kind of feelings and respect to any VIP people which we Nepali never feel like King Birendra and at least King Gyanendra. So they are just like dummy leader for us.

    However, there are some people whom we do such respect like Lal Babu Pandit, Gokarna Bista, Ramesh pokhrel, etc. But rare and these people are not given any chance to serve our country from whom we can expect something.

    Reply
  4. Ishwor says:
    December 31, 2015 at 7:48 am

    बाच्नु पर्छ , के के देख्न पाइञ्छ भन्थे , हो रैछ .

    Reply
  5. devu says:
    December 31, 2015 at 3:26 am

    किन राष्ट्रपति बनियो .. के का लागि राष्ट्रपति बनियो .. के गर्छ उहाँ ले … कसरि राष्ट्रपति भयो … के गर्न सक्चिन उहाँ ले … के जनता मा राम्रो संदेश पथाउन सक्चम छन् कि छैनन् ..नेपाल मा देन के छ उहाँ को … त्यतिकै राष्ट्रपति .. हावा नेतहरुहरु को हावा राजनीति र यहि हावाले देश लै भरेर उदाउदैचा बल्लॊन जस्तै

    मा त मान्दिन यो राष्ट्रपति लाइ .. मा नेपाली हुन् र मा उहाँ लै राष्ट्रपति मान्न सक्दिन .. को को छन् like गर्नु होला …..

    Reply
    1. XYZ says:
      December 31, 2015 at 3:23 pm

      Great Comment, keep it up.

      Reply
  6. Rajendra says:
    December 31, 2015 at 2:32 am

    बुद्धी नभाका लम्फुहरु!!! कम्तीमा background मा नेपालको झन्डा राख्या भय राम्रो हुन्थ्यो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme