Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०१५ मा सबभन्दा बढी पढिएका माइसंसारका १५ ब्लग

Posted on December 31, 2015December 31, 2015 by Salokya

सन् २०१५ ले आजदेखि विदा लिँदैछ। सन् २०१६ को स्वागत गर्नुअघि माइसंसारमा यो वर्ष सबभन्दा बढी पढिएका १५ ब्लग कुन कुन रहेछ हेरौँ। कुन विषय यो वर्ष अत्यधिक चर्चामा रह्यो, यसले पनि प्रष्ट पार्न सक्छ। हरेक ब्लगको शीर्षकमा क्लिक गर्नुभयो भने तपाईँले त्यतिबेलाका ब्लग हेर्न सक्नुहुन्छ।

१५) शाहरुखसित को नेपाली सुन्दरी?

मार्चमा शाहरुख खान नेपाल आएका थिए, एउटा पेन्टसको प्रवर्द्धनका लागि। त्यतिबेलाको फोटो ब्लग हो यो।

१४) बाउ उभिने, छोरा बस्ने : टीकाको नयाँ शैलि देखियो
अक्टोबरमा दशैँको टीका लगाउँदा प्रधानमन्त्री निवास बालुवाटारको दृश्य सम्बन्धी ब्लग थियो यो।



१३) डल्ले रेस्टुरेन्टले यसरी उपभोक्ता ठग्दैछ

जुलाईमा सञ्जीव न्यौपानेले लेखेको यो ब्लगपछि डल्ले रेस्टुरेन्टलाई आफूलाई परिवर्तन गर्‍यो। ग्राहकसँग माफी माग्दै यस्तो स्पष्टीकरण पनि दियो।


१२) जति हेर्‍यो त्यति हेरुँ झैँ लाग्ने नेपालका १० फोटो

निराशाजनक कुरा गर्नका लागि प्रशस्तै विषय छन् नेपालमा। तर सिक्काको अर्को पाटोलाई भुल्न भएन। नेपाल प्राकृतिक रुपले धनी देश हो। यहाँका दृश्यले मन्त्रमुग्ध नबन्ने कमै होलान्। युक्रेनी प्रोफेसनल ट्राभल फोटोग्राफर एन्टोन जान्कोभोइले खिचेका केही फोटो हेर्नुस्, दङ्ग पर्नुहुनेछ।

११) कति इञ्चको टिभी ल्याउँदा भन्सार महसुल रकम र सेवा शुल्क गरी ठ्याक्कै कति तिर्नुपर्छ, सूचि हेर्नुस्
५५ इञ्चको टिभी कसैले ल्यायो भने ६ महिनासम्म विदेशमा बसेर आएकाले भन्सार महसूल र शुल्क दुवै गरी कूल ६९ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ भने ६ महिनाभन्दा बढी बसेर फर्केकाले ६६ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्छ। तपाईँले विदेशबाट सित्तैमा ल्याएको भए पनि टिभीको भाउ ६० हजार नाघ्छ। जुलाईमा लेखिएको यो ब्लग ११ औँ बढी पढिएकोमा पर्‍यो।


१०) राष्ट्रपतिले पनि देखाइदिए ‘पावर’

संविधान घोषणा हुनुअघिको यो ब्लग १० नम्बरमा परेको छ।

९) को हुन् श्रीमति भावना सिंह श्रेष्ठ जसले ४ करोड ८० लाख डलरमा एनसेलको २० प्रतिशत सेयर किन्दैछिन्
डिसेम्बरको यो ब्लग ९ नम्बरमा परेको छ।

८) जेनेभाको अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भारतबीच वाकयुद्ध
जेनेभामा Universal Periodic Review मा नेपाल सम्बन्धी छलफल हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपप्रम तथा परराष्ट्र मन्त्री कमल थापा जाने भनेकोमा पछि भ्रमण रद्द गरेको खबर आएको थियो। तर पछि फेरि उनी नै गए। बैठकमा भारत र नेपालबीच एक किसिमको वाकयुद्ध नै चल्योजसले नेपाल-भारत सम्बन्ध छिट्टै सहज हुने संकेत देखिएन।

७) अपडेट : नेपालको दृश्य चोर्ने भारतीय सुन्दरीले माफी माग्दै नयाँ भिडियो बनाइन्
मिस अर्थको इको ब्युटी भिडियो शीर्षकमा परिचयात्मक भिडियोमा मिस अर्थ इन्डियाले भारतको बखान गर्दै नेपालका सगरमाथा, ल्होत्से, आमादब्लम हिमाल मात्र होइन, काठमाडौँकै दृश्यसमेत देखाएको भिडियोबारे माफी मागेको बारे ब्लग।

६) को होला झोछेँमा अर्धनग्न अवस्थामा यसरी रुँदै हारगुहार गर्ने?
अरुण शर्माले मार्चामा लेखेको यो ब्लग धेरै पढिएकोमा छैटौँ नम्बरमा आएको छ।

५) ९३ करोड भारुको हल्लाको सत्य
प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा एक्कासी हल्ला चल्यो- ‘चेन्नाइबाट नेपालस्थित भारतीय दूतावासको कर्मचारी Turai murugan को नाममा SBI बैङ्कको A/C number 77008903617 मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ।’ त्यही हल्लाको सत्यबारे ब्लग।

४) फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाउनेले बुझेका हुन् त यी कुरा ?
फेसबुकमा प्रोफाइल पिक्चर रङ्गिचङ्गी बनाउने धेरै देखिए। कतिले त के हो, कसो हो नबुझेर अरुको देखासिकी लिङ्क क्लिक गर्‍या भरमा प्रोफाइल पिक्चर रङ्ग्याइरहेका छन्। खासमा के हो त यो ? त्यसैबारे ब्लग

अब यो वर्षका टप थ्री ब्लगहरु

३) नेपाली ‘गुगल-बोय’ आदित्य: कति यथार्थ कति भ्रम?

विज्ञान बाले जुलाईमा लेखेको यो ब्लग टप थ्रीमा पर्न सफल भएको छ।

२) विदेशबाट फर्केकाले ल्याउने टिभीमा कति कर तिर्नुपर्छ? नयाँ बजेटले गरेको व्यवस्था यस्तो छ
जुलाईमा बजेट आइसकेपछि विदेशमा बस्नेलाई चासोको विषय हुने बारे यो ब्लग दोस्रो नम्बरमा परेको छ।

र यो वर्ष सबैभन्दा बढी पढिएको ब्लग थियो-

१)यसकारण अब म कहिल्यै भाटभटेनी सपिङ सेन्टरमा जाँदिन
चन्द्र महर्जनले फेब्रुअरी ११ मा लेखेको भाटभटेनी सपिङ सेन्टरमा जाँदा कार्डबाट भुक्तानी गर्दासमेत चानचुन पैसा काटेको बारेको यो ब्लग पहिलो नम्बरमा रह्यो।

सन् २०१६ मा कस्ता ब्लग बढी पढिएलान् त ? म उत्सुक छु। तपाईँ पनि उत्सुक हुनुहुन्छ? आउनुस् स्वागत गरौँ नयाँ वर्षलाई। तपाईँलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।

1 thought on “सन् २०१५ मा सबभन्दा बढी पढिएका माइसंसारका १५ ब्लग”

  1. Nikhil says:
    December 31, 2015 at 5:30 pm

    उमेश जी म तपाई संग अहिले सम्म भेट भएको त छैन तर चानचुन ९ बर्ष जति हजुरको ब्लग को नियमित पाठक हु , येसैले नै गर्दा होला हजुरलाई नै कता कता चिने जस्तो महसुस पनि हुन्छ तर आजकाल दुखका साथ भन्नु पर्दा पहिला जस्तो चासो संग माईसंसार हेरिदैन , कारण तपाई मा होइन सायद समय धेरै बदलियो, एक एक घण्टा मा समाचार पोस्ट गर्ने अन्य मिडियाहरु निस्के साएद तेसैले होला।
    तपाइको यो डोमेन अत्यन्तै किम्ति छ तेसैले येसलाई येही स्वरुप मा राख्नु भन्दा केहि भिन्न रुप दिनुस , हुन सक्छ फेरी एसले नया जीवन पाउन सक्छ ।
    मेरो विचार मा येसलाई “जिज्ञासा पाटी” जस्तै कसै लाई केहि प्रश्न छ उत्तर छैन, हुन सक्छ अन्य कसै संग तेस्को उत्तर हुन सक्छ ? समसामयिक बिषय मा सबैले एक ठाउ मा discuss गर्न सक्ने platform मा परिवर्तन गर्दा कसो होला ? shaja.com जस्तै तर अलि use गर्न सजिलो अनि thread create पनि १५/२० sec मा नै होस, user friendly होस।
    म संग अन्य idea पनि छ जरुरत भए मा खबर गर्नु होला।

    हजुर को नया साल शुभ रहोस ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme