Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुरा मिल्न लाग्यो कि भाँड्ने क्रम फेरि देखियो : राजेन्द्र महतोमाथि लाठी प्रहार

Posted on December 27, 2015 by Salokya

mahato
शनिबार दिनभर एमाले बिना प्रमुख प्रतिपक्षी-एमाओवादी र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता भइरह्यो। सुरुमा प्रचण्ड निवासमा कांग्रेस-एमाओवादी वार्ता। त्यसपछि कोइराला निवासमा कांग्रेस-मधेसी मोर्चा। कोइराला निवासमै साँझ त्रिपक्षीय वार्ता पनि भयो। संसद अवरोध खुलाउने विषयमा भोलि आइतबार एमालेसहित वार्तामा बस्ने भन्दै कुरा मिल्ने संकेत देखिएको बेला विराटनगरमा राजेन्द्र महतो कान्ड भयो। जोगबनी नाका बन्द गर्ने भन्दै रक्सौलबाट विराटनगर पुगेका महतोलाई प्रहरीले लाठिचार्ज गरी घाइते बनाइदिए। टाउको, खुट्टा र जिउमा चोट लागेका उनको विराटनगरस्थित अस्पतालको आइसियुमा राखी उपचार गरिँदैछ।

यसरी प्रहार गरिएको थियो लाठी

एकथरि अराजकहरु सोसल मिडियामा महतो घाइते भएकोमा खुसी मनाउँदै गरे पनि वास्तवमा त्यसले अर्काथरिलाई भने क्रुद्ध बनाउने निश्चित छ। जसरी महतोलाई राक्षसीकरण गरिएको छ, मधेसमा ओलीलाई राक्षसीकरण गरिएको छ। संविधान सभा निर्वाचनमा पराजित महतो अहिले मधेसमा आफ्नो लोकप्रियता बढाउँदै छन्।

उपेन्द्र यादव र महन्थ ठाकुरभन्दा कडा र आन्दोलनमा सक्रिय देखिएका महतोलाई घाइते बनाएको खबरले रातिदेखि नै मधेसका केही जिल्लाहरुमा प्रदर्शन सुरु भइसकेको छ। यसले आइतबार थप अप्रिय घटना हुनसक्ने संकेत पनि गरेको छ। त्यसो नहोस् भन्ने कामना गरौँ।

वास्तवमा अहिले दुवै पक्षबीच विश्वासको संकट निकै टड्कारो भएको छ। मोरङ र सुनसरीलाई प्रदेश २ मा राखेर प्रदेश ७ मा कञ्चनपुर राख्ने गरी कुरा मिलाउने र त्यसका लागि संयन्त्र बनाएर आयोगमार्फत् त्यसलाई टुङ्ग्याउने भनिए पनि विश्वासकै अभावका कारण यो कुरा टुङ्गोमा पुग्नसकेको छैन। मधेसी मोर्चा उधारोमा सहमति मान्न तयार देखिएको छैन।

संविधान संशोधनको विधेयकलाई पनि मोर्चालाई चित्त बुझ्ने गरी संशोधन गर्न तयार भए पनि सहमति हुन सकिरहेको छैन।

यस्तो अवस्थामा महतोमाथि भएको आक्रमण र त्यसले अरु जिल्लामा उग्र प्रदर्शन हुन थाल्यो भने नजिकिएको सहमति पनि भाँडिन सक्ने डर छ।

12 thoughts on “कुरा मिल्न लाग्यो कि भाँड्ने क्रम फेरि देखियो : राजेन्द्र महतोमाथि लाठी प्रहार”

  1. Sisir says:
    December 28, 2015 at 5:01 pm

    कुरा को अर्को पाटो पनि छ . जब जब कुरा मिल्न खोज्छ तबतब किन यी महतो उग्र हुदै जान्छन , बिरगंज , नेपालगंज , बिराटनगर यी तिनै घटना मा महतो को उपस्थिति थियो ?? भारत बाट नेपाल मा ढुंगा हान्ने लै नबजाय कसलाई बजाउने पुलिस ले ?

    Reply
  2. ankit sharma says:
    December 28, 2015 at 4:07 pm

    प्रहरीले पनि त जनताको दुख देखेको छ ! उसका पनि घर परिवार नाता गोता ले यो डाँका को कारण दुख पाका छन् ! धन्न भावनामा बगेर हत्या गरिदेन छ !

    Reply
  3. prem sharma says:
    December 28, 2015 at 5:48 am

    After a long thought and in-depth analysis I came in a conclusion Rajendra Mahato, to make himself hero, bribed police to beat him in the form of “lathi charge”. Politics is a unseen dirty game. Do you guys agree with me?

    Happy new year to you all. Lets hope for the best to emerge in 2016.

    Reply
  4. Roshan says:
    December 27, 2015 at 10:51 pm

    कति राजनीति र मदेश को मात्र कुरा !!!! hang नै भैसक्यो कैले कहीं येसो बिन्दु परियार हरु जस्तो को पनि ब्लग प्रकाश गरुन न हो ….अलि फ्रेश हुनु पर्यो कि कसो ????

    Reply
  5. Bhanu says:
    December 27, 2015 at 10:52 am

    एउटा नेताले के लाठीमात्रा खाथ्यो महाभारतनै भो हिज 40,50 जना जनता को छोरा छोरी मर्दात कौपनी यतिसारो बिलौना गरेजस्तो लागेन के नेता भन्नेहरु मात्र मान्छे होर।

    Reply
  6. dor prasad says:
    December 27, 2015 at 10:10 am

    पुलिस यस्तो गर्नु आत्म घाती हो .. यसै पहाडिया पुलिस भनि रहेको बेला नेता खोजि हान्दा ठुलो समाचार बन्न जान्छ !! जनमत बाट तिरस्कृत हरु लै पुलिश ले किन मदेश क महान क्रान्तिकारी बनाउन सहयोग गर्दै छ – यो त पंचायती वा साही फर्मुला भएन र ?

    Reply
  7. sushil says:
    December 27, 2015 at 6:48 am

    काइदाले खाएछ. गिरिजालाई बजाउन नछोडेको पुलिसले महतोलाई किन छोड्थ्यो?
    अब थाहा भयो? कुरा मिल्न लाग्दा बिगार्न अघि सर्ने को रैछ? प्रत्येक पटक कुरा मिल्दै छ भन्ने बित्तिकै यो महतो उफ्रिन लाग्छ.
    जसरी भारतले नाकाबन्दी खोलेम भनेर लेखेरै दिएपनि सामान पठाउँदैन, तेस्तै तराईका ९९.९% जनतासंग कुरा मिले पनि यो महतोले गोरखपुरबाट मान्छे मगाएर भएपनि यस्तै भाँडभैलो मच्चाईराख्छ.
    नेपालको इतिहासमा एमाले सरकार सधैं असफल. यसपाली त झन् पी. एम. नै धुर्मुसे. उखान टुक्का मात्रै हाल्ने हो भने त मुकुन्देलाई पी.एम. दिए पनि भैगयो नि.

    Reply
  8. Mani says:
    December 27, 2015 at 5:18 am

    मुठभेडको क्रममा घाइते भएको घटनालाई सुनियोजित भनि अतिरन्जित गर्नु आफैमा प्रायोजित हो।अशिक्षित जनतालाई झुटा प्रलोभनमा उक्साई आन्दोलनमा मर्न र मार्न लगाउने र आफ्नो राजनीतिक अभिस्ट पुरा गर्ने कुचाहना भएकाहरुलाई प्रहरीको लाठी मात्र प्रयाप्त छैन। महतो सामान्य घाइते हुदा असामान्य खुसि मनाएका आम नेपालीलाई माईसंसारले अराजक देख्नु आफैमा अराजक मानसिकता हो।अराजक गतिविधिको पक्षपोषण गर्ने तत्त्वहरू नेपाली समाजमा सदैब क्रियाशील छन्।

    Reply
  9. prakash says:
    December 27, 2015 at 5:14 am

    नेपाल प्रहरी ले अधुरो काम किन गरेको होला ? बुझ्नै सकिएन. मेरो नि अधुरो जय नेपाल साहब.

    Reply
  10. madan bajracharya says:
    December 27, 2015 at 5:04 am

    भूतपूर्व बिहारी तत्पस्चाद शानेवानिको निर्देशक बलिराम सिहको कृपामा निगमको लोडर अनि मन्त्रि त्यो पनि लरतरो मन्त्रि होइन पहाडीहरु तराइमा बस्ने हो भने मधेसीको हुकुमत मानेर बस्नु पर्छ भन्ने मन्त्रि (सबै तराइ मधेसीको स्वायत प्रदेश बनाउन दिने भन्ने गिरिजाको मन्त्रि) र “अहिले मधेसी हारे” भारत हार्छ भन्दै नेपालको सबै सप्तकोशी नदीहरुमा बिस्वमा अग्लो बाध बनायर भारतमा पानीको आपूर्ति गर्ने योजनाको आधार भुमि मोरंग सुनसरीलाइ महतोको मधेशमा पार्न खुट्टा भारतीय भूमिमा टेकेर पछाडी भारतीय उभ्यायर भर्खरै आयको महाभुकम्प बात आहत भयको लाखौ नेपाली लगायत अरु करोडौ नेपालीलाई भोकै र उपचार बिहिन तुल्यायर मर्नु पर्ने अबस्थामा पुर्याउन नेपालमा नाकाबन्दी गर्नेको मूल नाईके राजेन्द्र महतोलाई लठ्ठी हान्ने प्रहरीले भोलि तराइ महतोको बने पछि आफ्नो हालत महतोले कस्तो गर्ला भनि सोचेंन; कालिदास भन्दा पनि महा मुर्ख रहेछ त्यो प्रहरी/

    बाबुराम जस्तोले त् महतोको माग पुरा नगरेकोमा आफ्नै पार्टी त्यागे भने त्यो प्रहरीले महतोको नाकाबन्दी खुलाउने आदेस दिने नेपाल प्रहरी किन त्यागेनन? त्यागेको भय उ पनि नया शक्तिको तारा नै बन्थे/ भुतपुर्व प्रधान मन्त्रि बाबुरामले त् सिमाकन नभय सम्म महतोले गर्दै आयको आन्दोलन (नाकाबन्दी!!!??)अझै कठोर गर्नु भनेको बेला भूपू प्रधान मन्त्रीको कुरा नमानी महतोको नाकाबन्दी खुलाउन जाने त्यो प्रहरी त् नमुनाकै अटेरी रहेछ/

    Reply
  11. bindu says:
    December 27, 2015 at 3:58 am

    नेताको त के नै बिजोग हुन्थ्यो र पार्टीले उठाएको चन्दा आदि बाट उपचार भईनै
    हाल्छ , बरा ति स्थानिय बासिन्दाहरुको भने शान्ति छिनियो कठै ! ति कति डर
    त्रासमा बाँचिरहेका होलान् आफ्नै घर आगन चोकमा त्यो बिघ्न भिडन्तको दृश्य
    देख्नु / भोग्नु पर्दा ! अनि तिनका स- साना बालबालिकाको हिर्दयामा यस्ता घटनाले
    पार्नेछाप ———–

    Reply
  12. kedar says:
    December 27, 2015 at 2:46 am

    बिरगंज नाकामा हिजो सम्म खान खुवाएर सहयोग गर्दै आउनु भएका भारतीय मित्रहरुले दुख दिन थालेपछी बिराटनगर लागेका श्री राजेन्द्र महतोलाई दुइ चार दिन जोगबनी नाका बन्द गराउन दिनु पर्थ्यो | तेसै ६०/७० अर्ब रुपैया राज्यलाई घाटा लागेकै थियो, अरु दुइचार अर्ब नाथे केही पनी होइन | देशको चर्चित नेता मद्धे एक श्री राजेन्द्र महतोजीलाई प्रहरीले सुरक्षा र संरक्षण दिएर धर्नालाई सघाउनु पर्नेमा अझ टाउको फुटाउनु भनेको नकाबंधिले घाइते भएका पहाडे र बाहुनहरुका पुलिसको बर्बर यातना हो | दाउराले भात पकाएर खान थालेकै छन, चिनबाट तेल आउंदैछ, ग्याँस आउने कुरा चलेकै छ, सात सात वोटा नाका खोल्ने भनेकै छ, प्लेनबाट दबाई ल्याकै छ तर किन जता जता नाकामा धर्नाकारी बस्छन उतै उतै पुलिस पुगेर आन्दोलनकरिलाई धपाएर नाका खोल्न हतार, तेल, ग्याँस र दबाइको ट्यांकर र ट्रक भित्र्याउन हतार ? अझ महतोलाई नै प्रहरीले पछ्याउनुमा यहाँ पक्कै कुनै षडयन्त्र लुकेको हुनुपर्छ | महतोलाई कुटेकै ठाउँमा ति कुट्ने प्रहरीलाई थिलथिलो पारेर कुटेर यो बिग्रिएको परिस्थितिलाई सामान्य तर्फ फर्काएर बिगार्न लागेको सहमतीलाई संरक्षण गर्नु हामी सम्पूर्ण नेपालीको कर्तब्य हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme