२०७२ साउन ३२ मा कुनै शिशुको जन्म दिन हुन्थ्यो भने त्यो शिसुको भात खुवाई गर्ने बेला हो यो। बर्खाको उत्तरार्ध्दमा सुरु भएको तराई मधेश आन्दोलनको पारख र पौरखीहरुको दावा र परिभाषालाई केहीबेर नजरअन्दाज गर्ने हो भने नेपाल संकटको आधा वर्ष बित्नै लाग्दा नेपालीको दैनिकी हो अभाव, कष्ट, कालोबजारी र चरम संकट। खासमा देश कालो कालो र कालो परिवेशको बन्धक बनिरहेको छ। बजार काला बजारियाको पूर्ण नियन्त्रणमा पुगेको छ। बत्ति नआउँदा हुने कालो, पेट्रोल, डिजेलको अभावको कालो, ग्यासको अभावको कालो। झट्ट हेर्दा सफेद देखिए पनि यतिबेला सरकारको रुप कालो भएको छ र ओखती मूलोको भरमा भुक्क र उज्याला देखिएका सरकार प्रमुख केपी ओलीको रुप र नेतृत्व दुबै कालो पोतिएको जनता तर्साउने भूतको प्रतिमूर्ति झै देखिन थालेको छ। यो देशलाई संविधान दिए वापत उज्यालो र सम्वृद्धि दिन्छु भन्ने ओली काजी इतिहासमा कालो पोतिएको अनुहारका भूत सावित भैरहेका छन्।
आम मान्छेका केपी ओली सरकारसंग मात्रै २ थान अपेक्षा थिए। एकः उनले भारतीय संस्थापनसंग समस्याको चुरो मिलाएर भारतीय नाकाबन्दी खुलाउने छन्। यसका आधार र कारण के थियो भने उनी आफूलाई भारतको हितैषी दावी गर्थे। २०५६ मा एमाले पार्टी दुई फक्लेटा भएर फुट्नुमा उनै ओली कामरेडको चर्को भारत भक्ति कारक र कारण थियो। उनले त्यतिबेला महाकाली सन्धिमा भारतको पाउलागी राम्रैसँग गरेका कारण त्यो बेला भारतले ओलीलाई नयाँ भारतीय एजेन्टकै रुपमा चित्रित गरेको थियो। भारतसँग नै कुरा मिलाएपछि उनले नेपालका आन्दोलनरत मधेशी दलहरुलाई, जनतालाई केही न केही रुपमा सेफ ल्याण्डिंगको वातावरण बनाउलान् भन्ने आम विश्वास थियो। यति काम फत्ते गर्दिन सकेका भए उनी शायद इतिहासका सबैभन्दा स्मरणीय र आदरणीय वाम प्रधानमन्त्रीका रुपमा रहन सक्थे।
दुईः ओलीसँग जनताको अर्को सिधा अपेक्षा थियो कि यिनले लोभपाप पाल्ने छैनन्। कारण यी निसन्तान रहे। अनि उमेर स्वास्थ्यका कारण कमजोर र छोटो मात्रै जीवन आयुमा बाँचेका छन्। यसकारण यिनले भ्रष्टाचारमुक्त शासन दिने छन्। सुशासन दिन नसके पनि कुशासन गर्ने छैनन्। त्यसो त दुनियांलाई जगजाहेर नै थियो कि केपी ओली विचारका नेता थिएनन्,कार्यक्रमका द्रष्टा थिएनन्,संगठक थिएनन् र जनप्रिय थिएनन्।
एमालेबाट पटक पटकसत्ता स्वाद चाखिसकेका ओली तत्कालीन राजा ज्ञानेन्द्रले नपत्याएका कारण तत्कालीन आधा सच्चिएको प्रतिगमन सरकारका प्रमुख हुन नपाएका अभागी थिए। उनले दोस्रो जनआन्दोलनमा पनि आखिरी घडीमा मात्रै समर्थन जनाएका हुन्। नत्र उनी पनि किशुनजी, शैलजा दिहरुकै पथमा थिए। एमालेभित्र कहिले राधा त कहिले कृष्णको भुमिकामा रहेका कमरेड राधाकृष्ण मैनाली र देवी ओझाहरुलाई राम्रै हेक्का होला तत्कालीन ज्ञानेन्द्रले पत्याइदिएका भए अहिलेका ओली कुन गुलेली बन्थे भन्ने तत्कालीन घटनाक्रमहरु।
जे होस्, कहिले भाग्यले ठगेर वा कहिले भाग्य चम्केरै भएपनि ओली नेपाली गणतन्त्रका सत्तानायक बने। संविधान सभाको चुनाव ताका जनताले स्वविवेकीय निर्णय सही रुपले गर्न नसक्दा जसै एमाले दोस्रो ठूलो दल बन्न सक्यो अनि ओलीको सत्तारोहणको माहौल बन्दै गयो। माधव नेपाललाई नै हराएर पार्टी अध्यक्ष र संसदीय दलका् नेता चुनिएपछि उनलाई सत्तासमीकरणका बदलिएका जोडघटाउमा सरकारको नेतृत्वबाट रोक्ने ताकत स्वयं एमालेजनमा थिएन भने अरुले रोक्ने सक्ने कोही माइकालाल हुने कुरै भएन।
त्यसमाथि घट्दा घट्दा कमल थापा भन्दा केही अग्लो मात्र भएका वामपुड्को एमाओवादीका सुप्रिमो प्रचण्डले काँधै थापिदिएपछि त ओली सत्ताको उदय स्वभाविक नै भयो र प्रचण्ड चमत्कारकै कारण कमरेड चित्रबहादुर केसीदेखि कमल थापासम्मको ओली सत्ता जन्मिएको सर्वविदित नै छ। र यो सत्ता अराजनीतिक गठबन्धनको अप्राकृतिक सत्तासहवास सिवाय केही हैन भन्ने पनि हनिमुन पुरा नगर्दै यसले लोकलाई प्रष्ट पार्दै गएको छ।
निश्चय नै असोज ३ गते संविधान जारीपछि सत्तारोहण गरेका झापा क्रान्तिका एक नायक भनिएका केपी ओलीले देशलाई दुर्दशाको त्यो उचाईमा पुर्याएका छन्, जहाँबाट देशले त्राण पाउन त दशकौं लाग्ने नै छ जनताको एक पुस्ताले सधै मगन्ते हुनुको विकल्प रहने छैन।
सम्झनुस् त केपी प्रधानमन्त्री हुने बित्तिकै उनले पहिला गाउँमा पञ्चायतकालमा बेचेको पुर्खौली घरबारी किने। जसका सन्तान थिएनन् र जसको स्वास्थ्य औषधीको टेकोमा उनलाई पहिले चाहियो पुख्यौली विर्ता, शान र विरासत। यो उनको दानी र उदार शासक हुन नसक्ने पहिलो उदाहरण थियो। तैपनि जनताले उनलाई माफी दिएर गुन त लाएकै थिए।
भारतका पिठ्ठू भनिए पनि बिचरा ओली कुटनीतिको कुसम्म नजानेका कुटनीतिक आवारा रहेछन्। यिनको हैसियत नेपालमा चर्ने भारतीय गुप्चर संस्था र रअका मुखियाहरुसँग गफ चु्ट्नेभन्दा उपल्लो स्तरको हैन रहेछ। यिनले केही चिनेका भारतीय कांग्रेसका नेताहरुसँग पनि आफूले चाहँदा भेट्ने हैन उनीहरुले चाहँदा हाजिर हुने स्तरको मात्रै सम्बन्ध रैछ। त्यहाँमाथि दिल्ली सत्ताबाट हात धोएको बेलामा यिनले त्यो पहुँच प्रयोग गर्ने त शुद्धी नै हराएछन्। शायद बुढो भए वा औषधीले यिनको दिमाग बोधो नै पारिदिएछ।
ओली चतुर भनिन्थे, तर यी त गंवार सावित भए। यदि ओली चतुर हुन्थे भने यिनले विश्वमै उदाउँदो छविका भारतीय समकक्षी नरेन्द्र मोदीलाई कुनै हालतमा बिच्क्याउँदैन थिए। नेपाललाई दिल्ली सत्ताले हैन दिल्लीको खुफियाले चलाउँदै आएको यिनले बुझेर सिधै मोदीसँग राजनीतिक स्तरको मित्रताका लागि हात बढाएका भए यिनी दक्षिण एशियाकै शक्तिशाली हुन्थे। नेपालको संविधान, मधेश आन्दोलनबारे यथार्थ कुरो मोदीसम्म राख्ने आँट नभएका नार्मद रहे ओली। र तर यिनले त्यो तहसम्म सोच नै राख्न सकेनन्। उनका सल्लाहकार भनाउँदाहरु त काठमाण्डुमा माओवादीलाई ओलीले सत्तोसराप गर्दा थपडी मार्ने झुण्ड शिवाय केही रहेनछन्।
तराई मधेशमा आन्दोलनको कहिले नसुक्ने बिस्कुन लाउने ओली मधेशमारा साबित भैसके। नाकाबन्दी खुलाउन नसक्ने यिनी नालायक सावित भैसके। सत्ताका लागि संविधानको मर्मविपरीत जन्तिमण्डल बनाउने ओली सत्तालिप्सावादी प्रमाणित भैसके। यिनले जनताको दैनिकीमा पारेको मार र देशको अर्थतन्त्रमा पारेको भार क्षम्य छैन। यिनले ओढेको राष्ट्रवादको टोपी नक्कली सावित भैसकेको छ। शासक कमजोर भएपछि सत्ता लम्व्याउन देखाउने हतियार हो राष्ट्रवाद भन्ने पनि अब प्रमाणित भैसकेको छ।
तैपनि नेपालमा ओली सत्ताको विकल्पमा कोही किन बोल्दैन? कारण या बोल्न सक्ने जति सबै पार्टीका कार्यकर्ता रहेछन्। जनता शायद बोल्न सक्दैनन्, सत्तामा हुने पार्टीका जनता चुं नबोल्ने कालोबजारीमै रमाउने, बाँकी छ भनेको कांग्रेस जातैले हिउँदमा पहेलिने दुबो जस्तो। अरु जनता या त असंगठित छन वा पहुंचविहीन छन्। यसैकारण ओलीसत्ताँ ज्यूँदै छ, तर यो सरकार हैन नालायक शासकमण्डली मात्रै हो। अब पनि जनता ओलीको आशा, विश्वासमा रहनु भनेको आफैमाथिको निर्मम अन्याय हो। लौ है लोकजन अब त ओलीअतिवादको प्रतिकारमा जान विलम्व नगरेकै जाति। कि कसो त?
यिनले पनी संग्रौला बा लाई जित्ने रछ्न गाली पुराणमा | गर गर प्रतिष्पर्धा गर |
एक सय % सहि बिश्लेसन, नेपाली जनता प्राय कुनै दलका हनुमान भएरै यो नालायक सरकारको बिरूद्द बोल्न सकिरहेका छैनन् कि त कालोबजारारियाहरू छन, बाँकि एकाद जनतालाइ भरे कसरी चुलोबालाैं भन्नेमा फूर्सद छैन ।
सुर्य जी तपाइको फोन नम्बेर वा केहि सम्पर्क पाउन सकिन्क्ष कि?अब ओली को कुरा :यी कस्ता हुन् भने नेपाली मा भएको फटाहा सब्द येस्ता को लागि बनेको हो! अरुले गरेको राम्रो काम लै पनि जानी जानी न राम्रो साबित गर्न उद्योग गर्ने लाई फटाहा भनिञ्छ यो बाहेक ओली ले केहि गर्न सक्दैनन् ,टुक्का ले ekkisau सताब्दी मा राज्य चल्ला भनेर आस गर्ने जनता लाई पनि के भन्नु र खै ओली हास भो अरु बस रोइ!! हे हे ! भी आइ पी हरु को भत्ता badaudai छन् त ओली ले अब सब नेपाली जनता भी आइ पी बने त सक्की गो नि उपरस्त्रपति जस्तै राष्ट्र पति त पहिले कै भी आइ पी होइ baxinchha !!जय देस जय ओली
कुकुरको पनि दिन आउँछ भन्या हो रैछ बा !!!
हुँदा हुँदा सुर्य खड्काको कुरापनि सही भन्नु पर्ने बेला आयो गाँठे !!
अपुता लाई धन प्यारो ,कोरी ( रोगि ) लाई जिउ प्यारो
खासमा देश कालो कालो र कालो परिवेशको बन्धक बनिरहेको छ। बजार काला बजारियाको पूर्ण नियन्त्रणमा पुगेको छ। बत्ति नआउँदा हुने कालो, पेट्रोल, डिजेलको अभावको कालो, ग्यासको अभावको कालो। झट्ट हेर्दा सफेद देखिए पनि यतिबेला सरकारको रुप कालो भएको छ र ओखती मूलोको भरमा भुक्क र उज्याला देखिएका सरकार प्रमुख केपी ओलीको रुप र नेतृत्व दुबै कालो पोतिएको जनता तर्साउने भूतको प्रतिमूर्ति झै देखिन थालेको छ। यो देशलाई संविधान दिए वापत उज्यालो र सम्वृद्धि दिन्छु भन्ने ओली काजी इतिहासमा कालो पोतिएको अनुहारका भूत सावित भैरहेका छन्।
उखाने र सत्ताको बी टिममा भइन्जेल जनताले सहेकै हो| गुखाने र सत्ताधारी भएपछी चै सहनु भएन| यो भन्नपर्दा दुख लाग्छ नेता भनाउदाको आयु संगै मुलुकलाई पनि तिलान्जली दिन नहुने हो|
तात्तो न छारोको लेख रैछ|