Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि फुटाइयो मन्त्रालय, अब पशु मन्त्री पनि थपिए, थप के-के टुक्राउन सकिन्छ ओलीलाई सुझाव

Posted on December 26, 2015January 13, 2016 by Salokya

COver_PM बिहीबार तीन मन्त्रालय टुक्राएर थप दुई मन्त्रालय बनाउँदा तीन अर्ब खर्च थपिने भन्दै कान्तिपुरले समाचार लेखेर के भयो, मान्छेले आलोचना गरे त के भयो- आलोचनालाई बाल मतलब नदिएर त्यसको भोलिपल्टै थप दुई मन्त्रालय टुक्राएर नयाँ दुई मन्त्रालय बनाइयो।

‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर..’ भन्ने गीतको शैलिमा ओलीले हाम्रो मन्त्रालय टुक्राउन पाइन्न बरु मन्त्रालय घटाए मन्त्री छाड्न तयार भन्ने एमाओवादीलाई पनि तह लगाउँदै एमाओवादीकै जिम्मामा रहेका दुई मन्त्रालय फुटाइदिए। हरिबोल गजुरेलको जिम्मामा रहेको कृषि विकास मन्त्रालय फुटाएर पशु विकास मन्त्रालय बनाइएको छ जसलाई छोटकरीमा पशु मन्त्री भनिने होला। अनि गणेशमान पुनको जिम्मामा रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटेर वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालय बनेको छ। ओलीलाई आफ्नो कुर्सी जोगाउन अरु पनि मन्त्रालय फुटाउनु परेको छ। अरु पनि मन्त्रालय थप्नु परेको छ। त्यसैले के के नयाँ मन्त्रालय बनाउन सकिन्छ भनेर केही सुझाव दिएको छु।

१) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
ओली ज्यु, यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘धान’ छुट्याएर एउटा अलग्गै धान मन्त्रालय बनाऔँ। अलि राम्रो मन्त्री छान्नु होला तर किनभने अब रोपाइँ गर्न धान मन्त्री नै जानु पर्ने होला। पोहोर जस्तो रमिता नगरोस् यो मन्त्रीले।

२) रक्षा मन्त्रालय
रक्षा मन्त्रालयलाई पनि ‘र’ र ‘छ्या’ गरी दुई मन्त्रालयमा बाँड्न सकिन्छ। छिमेकी देशको जासुसी संस्थालाई ‘र’लाई व्यवस्थापन र सहयोग गर्ने काम ‘र’ मन्त्रालयले गर्नेछ भने ‘छ्या’ मन्त्रालयले चाहिँ सरकारलाई गर्ने गालीगलौजको निगरानी गर्ने काम गर्नेछ। हालको रक्षा मन्त्रालयले सम्हालिआएको कार्यभार सुरक्षा मन्त्रालय भनेर नयाँ मन्त्रालयको दरबन्दी सिर्जना गर्न सकिन्छ।

३) भौतिक पूर्वाधार तथा यातायात
भौतिक पूर्वाधार र यातायात पनि एउटै ठाउँमा राख्ने चीज हो र सत्ता टिकाउन मन्त्री थपिरहनु पर्ने बेलामा? भौतिक पूर्वाधारलाई छुट्टै मन्त्रालय बनाउँ अनि यातायातलाई रेल मन्त्रालय, बस मन्त्रालय, ट्रक मन्त्रालय, ट्याक्सी मन्त्रालय र मोटरसाइकल मन्त्रालयमा बाँडौँ।

४) कानुन न्याय तथा संसदीय मामिला
यो मन्त्रालयमा रहेको कानुनलाई टुक्राएर छुट्टै नुन मन्त्रालय बनाउन सकिन्छ। नुन मात्र किन मर्निङ, इभनिङ, नाइट पनि बनाउनु पर्छ भनेर नउफ्रनुस् फेरि। नुन भनेको नुन हो। साल्ट ट्रेडिङ यसैमा राख्नुपर्छ। नुन जीवनका लागि अति आवश्यक भएकोले यसबारे छुट्टै मन्त्रालय नहुनु अन्याय हो।

५) युवा तथा खेलकुद
यो मन्त्रालयलाई टुक्राएर युवक मन्त्रालय र युवती मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाउनु पर्छ। खेलकुदलाई खेल मन्त्रालय र कुद मन्त्रालयमा विभाजन गर्न सकिन्छ। सत्ताका खेल पनि खेल मन्त्रालयले हेर्नेछ भने कुदनु पर्ने खेलहरुलाई कुद मन्त्रालयले हेर्नेछ। कसैलाई कुट्नु पर्ने गरी मन्डले परिचालन गर्नुपरे त्यो पनि कुद मन्त्रालय अन्तर्गत नै गरे हुन्छ।

६)संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
यो पनि तीन वटा छुट्टै मन्त्रालय बनाउन सकिने मन्त्रालय हो। संस्कृतिको लागि छुट्टै मन्त्रालय हुनुपर्‍यो। पर्यटन त अलग्गै हुनुपर्‍यो नै। नागरिक उड्डयन चाहिँ अघिको यातायात मन्त्रालय टुक्राएर बनेका बस, मिनिबस मन्त्रालय जस्तै प्लेन मन्त्रालय अन्तर्गत हाल्दिए हुन्छ।

यो बाहेक अरु के-के मन्त्रालय बनाउन सकिन्छ? के-के मन्त्रालय टुक्राउन सकिन्छ? प्रधानमन्त्रीलाई सुझाव दिन तल कमेन्टमा लेख्नुहोला। याद राख्नुस् संविधानको यो २९८(५) धारा अनुसार प्रमलाई आवश्यकता भए अनुसार नेपालका सबै जनतालाई मन्त्री बनाए पनि संविधानले रोकेको मानिने छैन।
98-5

24 thoughts on “फेरि फुटाइयो मन्त्रालय, अब पशु मन्त्री पनि थपिए, थप के-के टुक्राउन सकिन्छ ओलीलाई सुझाव”

  1. Sunil, London says:
    January 1, 2016 at 2:11 pm

    पशु मन्त्रालय पछी अब एउटा अर्को मन्त्रालय थपे हुन्छ , जसको नाम पन्छी मन्त्रालय हुनु पर्छ , देशमा कुखुरा उद्योग धेरै छन् नि त !!!! यतिले पनि पुगेन भने फेरी तेस्लाई टुक्राएर “बोइलर मन्त्रालय” र “लोकल मन्त्रालय” बनाउनु पर्ला !!!!!!

    Reply
  2. devendra says:
    December 28, 2015 at 4:16 pm

    Ministry of UkhanTukke
    Ministry of Mundre Kundale
    Ministry of VajanMandali
    Ministry of Gafadi Hawadari etc.

    Reply
  3. Prasiddha Sharma says:
    December 27, 2015 at 3:54 pm

    देशभरी यत्रो आन्दोलन हुन्छ। एउटा आन्दोलन मन्त्रालय पनि खोले भइहाल्यो नि..

    Reply
  4. narayan says:
    December 27, 2015 at 11:49 am

    मेरो पनि केहि भनाइ छ है
    १ बांग्बुंग मन्त्रालय { जसले हान मार को बारेमा लेखाजोख गर्ने }
    २ गे मत्रालय { एउतै लिङ्ग को बिचमा बिहेबारी गर्नेको बारेमा }
    ३ मानिस निकासी पैठारी मन्त्रालय {पैसा खाएर विदेश मा अबैध काम गर्न पठाउने }
    ४ चाकडी मत्रालय { जसले आफ्नो काम मिलाउन कसरि चाकरी गने भन्ने तालिम दिने }

    Reply
    1. devu says:
      December 28, 2015 at 8:26 am

      यो पशु मन्त्रि को पद चाही पक्ष बिपक्ष का सबैले पाउनु पर्छ रास्ट्रपति देखि लिएर सभासद सम्म सबैले ले यो पद पाउनु पर्छ ताकी सबैलाई पशु मन्त्रि भन्ने नाम ले सम्बोधन गर्न पाउन …

      Reply
  5. Roshan says:
    December 26, 2015 at 11:40 am

    अब को आन्दोलन मोर्चा को भन्दा बृहत र कडा हुनेछ जसलाई न त ओली को सरकार ले थेग्न सक्छ न त कांग्रेस माओबादी यो आन्दोलन बिसुद्ध बिधार्थी आन्दोलन हुनेछ र जसको पहिलो माग राष्ट्र पति र प्रधान मन्त्रि हुन न्युनतम योग्यता स्नातक् हुनेछ र मन्त्रि को संख्या जति ओटा प्रदेस छन् तेस्को दोंबर हुनेछन , यो आन्दोलन नियन्त्रण हुन पुराना नेता हरु सबै लुक्नै पर्ने अवोस्था आउन सक्ने छ

    Reply
  6. hari says:
    December 26, 2015 at 11:26 am

    सरकार ! यो पहिचानको आन्दोलन भइराखेको समयमा पशु मन्त्रालयले मात्र समस्याको समाधान हुदैन त्यसैले उच्चस्तरीय राजनैतिक आयोग मार्फत गोरु मन्त्रालय, भैसी मन्त्रालय, सुँगुर मन्त्रालय, कुखुरा मन्त्रालय, बाख्रा मन्त्रालय, कुकुर मन्त्रालय लगायतका विभिन्न मन्त्रालयहरुको अविलम्ब निर्माण गरियोस्

    Reply
  7. धिरज says:
    December 26, 2015 at 11:14 am

    ओलीले देश डुबाउने काम गरिसक्यो| अब भुतपुर्ब हुन् दिन गन्ती गरे हुन्छ| यस्तालाई भुतपुर्ब भएपछी सुबिधा भत्ता खान दिन हुँदैन| मुलुकको अनगन्ती समस्या पहल गरेर जनतालाई राहत दिने तिर होइन मन्त्रालय टुक्राउदै मन्त्रि थप्ने तिर पो लागेछन| राष्ट्रपति पनि आफ्नै दलका हाले| जानकी मन्दिरमा गएर बबाल गरे| अहिलेको अवस्थामा जाने नहुने| धर्म निरपेक्षका राष्ट्रपतिले जानकी मन्दिर र पशुपति भ्याउन थालेपछि के संदेश जान्छ? राष्ट्रपतिले जति मन्त्रि थपे नि केहि भन्ने होइन|
    थपे पनि कुन क्षमता भएका मन्त्रि र बिज्ञलाई लिएका हुन् र?
    माधव नेपाल प्रधान मन्त्रि भए ताका वातावरण कन्फरेन्समा परिवारै लगेर युरोप् जाने भ्रष्ट र असक्षम दीपक बोहरालाई मन्त्रि दिन पर्ने के तुक?
    खोइ नागरिक समाज र बुद्धिजीवीहरु बोलेका?
    ओलीका वेवास्तापूर्ण कामगराई र व्यवहारले मुलुक बन्धकीमा परेको छ|

    Reply
  8. कालभैरव says:
    December 26, 2015 at 10:55 am

    मेरो पहिले नै देखिको सुझाव अर्को एउटा मन्त्रालयपनि थप्नुपर्च । उदघाटन विमोचन तथा शिलान्यास मन्त्रालय । यसो भएमा एउटा बेरोजगार नेताले रोजगारी पनि पाउने अनि राष्टप्रमुखजस्तो सम्मानित र गरिमामय पदमा बसेका व्यक्तिको मर्यादा र सीमा पनि कायम हुने ।

    Reply
  9. dor prasad says:
    December 26, 2015 at 9:32 am

    मान्छे मन्त्रि न पुगेर “पशु” मन्त्रि पनि राख्ने हो … पशु मन्त्रि राखे माछा मन्त्रि भागुता मन्त्रि छेपारा कछुवा बादर मन्त्रि सुगा मन्त्रि सुगर मन्त्रि आदि आदि राखेर बहेपानी सबै लै कुनै कुनै मन्त्रालय दिएर पनि ओली सरकार टिक्ने ग्यारेन्टी छ .. हा हा …

    Reply
  10. yubaraj says:
    December 26, 2015 at 9:01 am

    अव एउटा यस्तो मन्त्रालय थप्नुपर्यो , जुन मन्त्रालयले प्रधानमन्त्री लाई – उप प्रधानमन्त्री , मन्त्री , र मन्त्रालयहरुको नाम बताईदिने काम मात्र गरोस !
    प्रधानमन्त्री लाई त मन्त्रालय र मन्त्रीको नाम पनि याद नहोला |

    Reply
  11. sushil says:
    December 26, 2015 at 8:10 am

    NO HOPE FOR THIS COUNTRY.
    पहिला आफ्नो फाइदाको लागि युवा संघको केटाहरुलाई गुरिल्लाहरुसंग भिडायो. कतिले त ज्यान पनि गुमाए. अहिले तिनै गुरिल्लाहरुको मन्त्रीमण्डलको प्रधान. युवा संघको केटाहरु उल्लु भए. चरी मारिएपछि पनि कुरा नबुझ्ने. गाउँघर तिरको चतुरे जस्तोलाई, राष्ट्रवादी रे. राष्ट्रवादीले राष्ट्रप्रमुख भएर यस्तो विषम परिस्थितिमा यस्ता नहुने काम गर्छन?
    अब ओलीको बिकल्पमा फेरी पौडेल, देउबा, प्रचण्ड लगायतका उही सडेका अनुहारहरु आउनेछन. यी बुढाहरु आएनन भने यिनैले तालिम दिएका युवा नेता भनाउंदाहरु आउनेछन. गगन, योगेश आदि को को छन्, लेखेर राखे हुन्छ फेरी उही पुरानो लुटको चक्र चलाउने छन् र तबसम्म जारि राख्नेछन जबसम्म बोका जनताहरु बिहान कुकुरले गुहु नखांदै नेताको दैलो दैलोमा घुँडो धस्न गइरहन्छन.

    Reply
  12. आशीष says:
    December 26, 2015 at 7:14 am

    पर्यटनलाई पनि टुकराएर आन्तरिक पर्यटक मन्त्री र विदेशी पर्यटक मन्त्री बनाउन सकिनछ
    आपुर्तिलाईं पनि एउटा आ र अर्कों पूर्ति मन्त्रालय बनाउने…आ ले कती आयो हेरछ भने पूर्ति ले कती माग पूरा भयो हेरछ
    खानेपानी मन्त्री भए पछि एउटा ढल मन्त्री पनि चाहियो
    ऊर्जा त जे पनि हुन सक्छ…जल ऊर्जा मन्त्री, सौर्य ऊर्जा मन्त्री, वायू ऊर्जा मन्त्री पनि बनाउन पाइयो…

    Reply
  13. Sudip kafle says:
    December 26, 2015 at 6:42 am

    जलस्रोतलाई सुरुमा जल र स्रोत। त्यसपछी दुइटा हाइड्रोजन र एउटा अक्सिजन मन्त्रालय बनाए हुन्छ।

    Reply
  14. सलिल ध्वज जोसि says:
    December 26, 2015 at 6:39 am

    दिसा पिसाब तथा शौचालय मन्त्री बनाउदा कसो होला?

    Reply
  15. JeevanB says:
    December 26, 2015 at 6:24 am

    राज मार्ग मंत्रालय, सडक मंत्रालय, गल्लि मंत्रालय, पेटी मंत्रालय
    सिंह मंत्रालय, बाघ मंत्रालय, भालु मंत्रालय, घर पालुवा एवं अन्य पशु मंत्रालय
    उद्घाटन मंत्रालय, शिलान्याश मंत्रालय, बिमोचन मंत्रालय
    टेलिविजन मंत्रालय, रेडियो मंत्रालय, पत्र पत्रिका एवं इन्टरनेट मंत्रालय
    ….कति हो कति मंत्रालय अझै थप्न सकिने देखिन्छ | अहिले सम्म जम्मा ४०-४२ वटा मात्र मन्त्रि बनेको रहेछ | त्यहि भएकोले विकाश को काम ठप्प भएको |

    Reply
  16. bhola says:
    December 26, 2015 at 6:16 am

    मेरो ब्रह्मले देखेको नेपालमा ४ वटा पार्टी मात्र आवस्यकता छ त्यो कुन-कुन हो ? न रिसाइकन मलाइ सोध्नु होला ?

    Reply
  17. bhola says:
    December 26, 2015 at 6:09 am

    I have seen many blunders on Nepali politicians and politics in many cases frequently and repeatedly during decision making which is one of the outcomes of present situation.Your agreements,compromises and several dialogues have seemed fatal scenario. Never think of inter-dependent & independent feelings. Then how can we say that you’re honorable and dynamic leaders. Please do not occupy the space because your actions put the country into black hole. Any concern,question and suggestion is warmly welcome.

    Reply
  18. bhola says:
    December 26, 2015 at 5:54 am

    ओलीजी,तपाइंले महाभूल गर्नु भयो आफ्नो सत्ता जोगाउन ! अबको मिड-टर्म इलेक्शनमा अवस्य दण्डनीय हुने छौ यो बहुदलिय प्रजातन्त्रको प्रतिफल हो ! अब अज्झै चेत नखुल्ने !!!

    Reply
  19. Diwakar says:
    December 26, 2015 at 4:49 am

    महिला मन्त्रालय भएसि पुरुषलाई चै चाहिन्न ? अनि महिला र पुरुषको छुट्टाछुट्टै भएसि बालबालिका सँगै राख्न पाइन्छ ? अहिलेको महिला बालबालिका समाज कल्याणलाई ५ टुक्रा बनाउनुपर्छ ।
    अनि संस्कृति मन्त्रालय भएसि विकृति मन्त्रालय चाहिन्न ? हामीसँग संस्कृतिभन्दा विकृति बढी छ ।
    अर्थ मन्त्रालय भएसि अनर्थ मन्त्रालय नि चाहिएला ।
    सहरी विकास छ, ग्रामीण विकास खोइ ?

    Reply
  20. Ajay says:
    December 26, 2015 at 4:09 am

    इतिहासको पानाहरुमा निकम्मा, नालाएक सरकारहरुको निरन्तरता!!!

    Reply
  21. Nil Prasad Regmi says:
    December 26, 2015 at 3:41 am

    थप मंत्रलयहरू
    १ उखान टुक्का र मनोरन्जन मंत्रालय
    २ डन तथा गुण्डा उत्पादन मंत्रालय
    ३ ढुकुटी तथा भ्रष्टाचार बिकास मंत्रालय

    Reply
  22. Suman Rai says:
    December 26, 2015 at 1:53 am

    Ministry of Fuel-
    1. Ministry of Petrol
    2. Ministry of Diesel
    3. Ministry of Kerosene
    4. Ministry of LPG
    5. Ministry of Bio-gas
    6. Ministry of Firewood
    7. Ministry of Charcoal
    8. Ministry of Induction stove

    Reply
  23. Sallah says:
    December 26, 2015 at 1:33 am

    घूस मंत्री
    घूस मात्र खाने अलग्गै मंत्री, घूस खाने काम यसले मात्र गरोस र सबै मंत्री हरुमा दामासाहीले बांडोस / अरूलाई घूस खाने झन्झट नै नहुने भयो /

    भ्रष्टाचार मंत्री
    त्यस्तै भ्रष्टाचार गर्ने काम यही भ्रष्टाचारीले मात्रै गरोस /

    पाइखाना मंत्री
    यसले देश भरीको पाइखाना व्यक्तिगत रूपमा निरीक्षण गरी सरसफाई गराउने गरोस, सफा नराखे आफैले सफा गर्ने काम गरोस / ध्यान रहोस यसले सफा गर्दा मास्क चाहिं लगाउन नपाओस /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme