Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हे राम, फेसबुकको हल्लालाई पत्याउँदै समाचारै लेखेछन् पो!

Posted on December 22, 2015December 23, 2015 by Salokya

aarthik फेसबुकको एउटा पोस्ट सेयर गरेवापत् ४५ लाख डलर पुरस्कार पाउने रे भनी चलेको हल्ला गलत भएको बारे अस्ति नै ब्लग लेखिसकेको थिएँ। यहाँ क्लिक गरी हेर्नुस्। तर पनि यो हल्ला फैलन कम भएको छैन। हुँदाहुँदा आर्थिकन्युज नामको अनलाइनले त यसलाई पत्याएर समाचारसमेत लेखी पाठकहरुलाई झुक्याएको छ।

‘फेसबुक पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने’ शीर्षकको समाचारमा ‘आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो पोष्टमा समेत जानकारी गराएको छ’ भन्ने बिल्कुलै गलत कुरा त्यसमा लेखिएको छ। जुकरवर्गले अहिलेसम्म यस्तो स्टायटस लेखेका छैनन्। समाचार लेख्नेले आफ्नो मनमा आएका कुरा लेख्दैमा समाचार सही हुँदैन।

aarthik

अरु पनि केही अनलाइनले यही हावा कुरालाई समाचारको रुप दिएका छन्-
hawa5

hawa4

hawa3

hawa2

hawa1

यही हावा कुरालाई पत्याउँदै स्टायटस कपिपेस्ट गर्ने थप केही चर्चित मान्छे पनि भेटिएका छन्। अमेरिकाको ह्वाइट हिमाल टेलिभिजनमा सम्प्रेषण नामको कार्यक्रम चलाउने पत्रकार शैलेश श्रेष्ठले पनि २० डिसेम्बरमा यो स्टायटस कपिपेस्ट गरेका छन्

Can't wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has…

Posted by Shailesh Shrestha on Saturday, 19 December 2015

shailesh

पढ्ने बित्तिकै थाहा हुन्छ यो हावा, हचुवा कुरा हो। यसलाई पत्याउने कुनै पनि आधार छैन। हो, मार्क जुकरबर्गले आफ्नी छोरी जन्मेको दिन फेसबुकको अधिकांश सेयर च्यारिटीलाई दिने भनेका हुन्। तर त्यो पनि अरुलाई होइन, आफ्नै नाममा खुल्ने लिमिटेड लायबल कम्पनी (LLC) को नाममा सार्ने भनेका हुन्। त्यसो भन्नु एउटा गोजीबाट पैसा निकालेर अर्को गोजीमा राखे बराबरै हो।

यो हचुवा स्टायटसमा चाहिँ १० प्रतिशत सेयर चैँ तपाईँ र म जस्तै सर्वसाधारणलाई दिने योजना छ भनिएको रहेछ। अनि त्यसका लागि तपाईँले गर्नुपर्ने काम चाहिँ यही मेसेजलाई कपि गरेर पेस्ट गर्नुपर्ने रे तुरुन्तै। अनि फेसबुकले दिनको लास्टमा सबै सर्च गरेर हजार जनालाई ४५ लाख डलर दिने रे।

हाहाहा, ४५ लाख डलर कमाउन यति सजिलो हुन्छ र। अनि मार्क जुकरबर्गलाई के खाँचो र ४५ लाख डलर अरुलाई बाँड्न। जसले कुनै एक सामान्य व्यक्तिको फेसबुकको लाइक बढाउन त रकम धुतिरहेको छ, उसले सित्तैमा अरुलाई डलर बाँड्छ? केको खाँचो परेको छ र बाँड्न? बाँड्नै परे पनि उसले कुनै च्यारिटीलाई बाँड्छ नि तपाईँलाई थोरै बाँड्छ!

लौ तपाईँलाई विश्वास लागेन रे, जुकरवर्गले बाँड्छ नै भन्ने लाग्यो रे। त्यसो हो भने जुकरवर्गकै फेसबुक पोस्टमा गएर हेरे भो नि, यस्तो महत्त्वपूर्ण घोषणा त उनले पक्कै गर्नुपर्ने हो। हेर्नुस् यहाँ क्लिक गरेर।

देख्नुभो त यो बारे लेखेको? भए पो देख्नु।

चार विषय जुन तपाईँले बुझ्नै पर्छ-

१) पैसा कमाउन सजिलो छैन। मेहनतले कमाएको पैसा कसैले सित्तैमा जो पायो त्यहीलाई बाँड्दै हिँड्दैन।
२) मार्क जुकरबर्गलाई पैसा बढी भएको छैन।
३) सामान्य कपिपेस्ट गरेको भरमा लाखौँ डलर त तपाईँले सपनामा पनि पाउनु हुन्न, विपनाको कुरै छाडौँ।
४) तपाईँले यो हचुवा पोस्ट सेयर गरेर कसैलाई केही फाइदा हुनेवाला छैन। यसले त झन् फेसबुक भनेको हावा कुरा, हल्ला फैलाउने ठाउँ हो भनी देखाउन सघाउँछ।

2 thoughts on “हे राम, फेसबुकको हल्लालाई पत्याउँदै समाचारै लेखेछन् पो!”

  1. Rajendra Dhakal says:
    January 10, 2016 at 9:07 pm

    थान्क यौ माइ संसार
    धेरै मानिसहरुले सिक्नेछन.

    Reply
  2. Rambabu Thapa says:
    December 22, 2015 at 8:20 pm

    जनचेतनाको लागि माइसंसार लाई धेरै नै धन्यबाद छ
    आशा छ यो पढेपछि मान्छेहरुले कागले कान लग्यो भनेर कागको पछाडी कुद्नुको सट्टामा आफ्नो कान छाम्नेछन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme