Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को हुन् श्रीमति भावना सिंह श्रेष्ठ जसले ४ करोड ८० लाख डलरमा एनसेलको २० प्रतिशत सेयर किन्दैछिन्

Posted on December 22, 2015 by Salokya

telia
नेपालको कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो डिलका रुपमा एक खर्ब ४० अर्ब भ्यालुएसन गरी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बिक्री भएको छ। युरोपेली कम्पनी टेलियासोनेराले आफ्नो भएभरका सबै सेयर मलेसियाको कम्पनी एक्जियटालाई बेचेर एनसेलबाट बाहिरिन लागेको हो।

एक्जियटासँग अब एनसेलको ८० प्रतिशत सेयरको स्वामित्व हुनेछ भने नेपाली कानुन अनुसार नेपाली टेलिकम कम्पनीको २० प्रतिशत सेयर नेपाली नागरिकसँग हुनुपर्छ जसलाई लोकल पार्टनरका रुपमा लिइन्छ। एक्जियटाले लोकल पार्टनरका रुपमा छानेको छ- श्रीमति भावना सिंह श्रेष्ठलाई। तर कसैलाई थाहा छैन को हुन् त उनी?

टेलियासोनेराले जारी गरेको विज्ञप्तिमा भावना सिंह श्रेष्ठ सिंगापुरमा दर्ता भएको Sunivera Capital Ventures Pre Ltd की मालिक्नी भएको उल्लेख छ।

तर गुगलमा खोज्दा न सुनिभेरालाई भेटिन्छ न भावना सिंह श्रेष्ठ नै भेटिन्छिन्।

४ करोड ८० लाख डलर अर्थात् ५ अर्ब भन्दा बढी रुपैयाँ बराबरको एनसेलको सेयर किन्ने श्रीमति भावना को हुन् त?

के तपाईँ सिंगापुरमा हुनुहुन्छ? के तपाईँलाई थाहा छ यो कम्पनीबारे ? तल कमेन्टमा लेख्नुहोस् वा इमेल गर्नुस् [email protected] मा।

टेलियासोनेराको विज्ञप्ति जसलाई एनसेलको काठमाडौँस्थित कार्यालयले अनौपचारिक अनुवाद गरेको छ-

प्रेस विज्ञप्ति
डिसेम्बर २१, २०१५

टेलियासोनेराद्वारा एनसेलको शेयर बिक्री

टेलियासोनेरा नेपाली मोवाईल सेवा प्रदायक कम्पनी एनसेलमा रहेको आफ्नो ६० दशमलब ४ प्रतिशत शेयर एसियाकै ठूलो दूरसंचार कम्पनी मध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ । उक्त कारोबार ऋण रहित तथा नगद आधारमा हुनेछ । साथै, टेलियासोनेराले एनसेलको २० प्रतिशत स्थानीय स्वामित्वमा रहेको आफ्नो वित्तीय स्वार्थ पनि चार करोड असी लाख अमेरिकी डलरमा निसर्ग गर्नेछ । यि दुई कारोबार एक अर्कासँग अन्तरनिर्भर हुनेछन् ।

“टेलियासोनेरालाई नयाँ ढंँगले अगाडि बढाउने रणनीति अनुसार हामीले युरेशिया क्षेत्रका सातवटा स्थानबाट हाम्रो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका आफ्नो व्यवसायमा केन्द्रित रहने योजनाको सेप्टेम्बरमा उद्घोष गरेका थियौं । टेलियासोनेरालाई अगाडि बढाउने उक्त योजना अनुरुपको पहिलो कदम तथा ठोस प्रमाणको घोषणा गर्न पाउँदा मलाई सारै खुशी लागेको छ । एक्सिएटालाई एउटा नयाँ धनीको रुपमा देख्न पाउँदा पनि मलाई खुशी लागेको छ । यसबाट एनसेललाई अर्को उचाइमा पुरयाउनका लागि हाम्रा समर्पित कर्मचारीहरुले े असल साथ पाउछन् भन्ने कुरामा म विश्वस्त छु”, टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भने ।

एक्सिएटाको हाल छब्बीस करोडभन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् । एनसेलले एक्सिएटाको हाल मलेसिया, ईन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तान लगायतका एशियाको दुरसंचार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई अझ बढाउनेछ । मलेशियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एशियामा केन्द्रित तथा विशेषज्ञता राख्ने र आफ्नो व्यवसाय रहेको देशको विकास र उन्नितका लागि दिर्घकालीन लगानीकर्ताको रुपमा योगदान पुरयाई रहेको ख्यातीप्राप्त कम्पनी हो ।

सेयर बिक्रीका एकआर्कासँग अन्तरनिर्भर दुई कारोबारहरु रहेका छन् ।

टेलियासोनेराले आफ्नो ६० दशमलब ४ प्रतिशत स्वामित्व एक्सिएटालाई चालु बाह्र महीनाको अवधिमा भ्ख्रभ्द्यक्ष्त्म्ब् को ५ गुणाले निर्धारित मूल्य बमोजिम हुन आउने एक अर्ब तीन करोड अमेरिकी डलरमा ऋण रहित आधारमा नगदमा बिक्री गर्नेछ । सन् २०१५ सेप्टेम्बर ३० सम्म एनसेलको खुद नगद स्थिति खरिद मूल्य समायोजन पश्चात करिब अठ्ठाइस करोड चालीस लाख अमेरिकी डलर रहेको थियो र कारोबार समापन हुँदा टेलियासोनेरालाई नगद स्थितिको लागि यसको वित्तीय स्वार्थ ८० दशमलब ४ प्रतिशतको अनुपातमा भुक्तानी गरिने छ ।

टेलियासोनेराको ६० दशमलब ४ प्रतिशत बाहेक हाल स्थानीय रुपमा निरज श्रेष्ठले लिएको एनसेलको २० प्रतिशत शेयर पनि एकिकृत गर्नेछ । प्रचलित नेपाली कानून अनुसार २० प्रतिशत शेयर नेपाली नागरिकको हुनु आवश्यक छ । कारोबारको समापनसँगै टेलियासोनेरा र निरज श्रेष्ठ विच सन् २०१२ मा भएको व्यवस्था पनि अन्त्य हुनेछ ।

एक्सिएटालाई आफ्नो शेयर विक्रि गर्ने सम्झौता अन्तर्गत टेलियासोनेराले स्थानिय स्वामित्वमा रहेको २० प्रतिशतमा निहित आफ्नो वित्तीय स्वार्थलाई पनि निसर्ग गर्नेछ र सिंगापुरमा दर्ता भएको सुनिवेरा क्यापिटल भेन्चर्स प्रा. लि बाट करिव चार करोड असी लाख अमेरिकी डलर प्राप्त गर्नेछ । नीरज श्रेष्ठले आफ्नो नाममा रहेको स्थानिय स्वामित्वको शेयर एक्सिएटाले छानेको स्थानिय साझेदार श्रीमती भावना सिंह श्रेष्ठलाई विक्री गर्नेछन् ।

कारोबारको हिस्साको रुपमा, भाईजरले पनि उसको एनसेलमा रहेको १९ दशमलब ६ प्रतिशत शेयर एक्सिएटालाई विक्री गर्नेछ ।

टेलियासोनेराले यो सम्झौतामा संलग्न कम्पनीहरु, श्रीमती भावना सिंह श्रेष्ठ र सम्बन्धित पक्षहरुको आन्तरिक तथा बाहिरी परामर्शदाता मार्फत विस्तृत पहिचान तथा पृष्ठभुमि जाँच (एक्स्टेन्सिभ ड्यु डिलिजेन्स एण्ड व्याकग्राउण्ड चेक) गरिसेकेको छ । साथै टेलियासोनेराले एक्सियटासंग पनि उत्तरदायी व्यवसाय तथा संस्थागत सुशासन सम्बन्धी असल अभ्यासको बारेमा निजहरुको भावी नीति तथा कार्ययोजना, प्रतिबद्धताका बारेमा लागि छलफल गरिसकेको छ । वाक् स्वतन्त्रता तथा भ्रष्ट्राचार विरुद्ध दुरसंचार व्यवसायिक आचरण सम्बन्धि औद्योगिक संवादको अभियान (Industry Dialogue on Freedom of Expression and Telecommunications Integrity Initiative against Corruption)मा खरिदकर्तालाई सहभागी गराउन टेलियासोनेरा सक्रियरुपमा लाग्नेछ ।

“जिम्मेवारीपूर्वक वहिर्गमन हाम्रो लागि अति महत्वपूर्ण छ । भुकम्पपश्चातको नेपालको पुनर्निर्माणमा हामी नेपाल सरकारसँग हाम्रो सहकार्य जारी राख्नेछौं,” योहान डेनेलिन्डले भने ।

सम्पूर्ण कारोवार समाविष्ट गर्दा शेयर विक्रीबाट टेलियासोनेरामा खासगरी कर सम्बन्धि व्यवस्था पश्चात करिब सात अर्ब पचास करोड स्विडिस क्रोनर बराबरको खुद नगद प्रवाह हुनेछ । कारोबारबाट टेलियासोनेराको खुद आयमा न्युन असर पर्नेछ र यो कुरा अझ समापन मितिसम्म हुने विदेशी मुद्राको विनिमय दरको उतर चढावमा पनि भर पर्नेछ ।

बिक्रीबाट प्राप्त अपेक्षित रकमलाई टेलियासोनेराको ऋण भुक्तान गर्ने काममा प्रयोग गरी ईन्भेष्टमेन्ट ग्रेड क्रेडिट रेटिंगलाई ए माइनसदेखि विविवि प्लससम्म कायम गर्ने अपेक्षा गरिएको छ । टेलियासोनेराले सन् २०१५ को आर्थिक वर्षमा प्रति सेयर स्वीडिस क्रोनर ३ को दरले लाभांस वितरण गर्ने अपेक्षा गरेको छ ।

यो कारोबारका लागि टेलियासोनेराका वित्तीय तथा कानूनी विषयका मुख्य परामर्शदाताहरु यू बी एस, डिलोयट, डेभिस पोल्क, म्यान्हिमर स्वार्टलिंग, कन्ट्रोल रिस्क र क्रोल रहेका छन् । साथै सम्झौता नेपालको उद्योग विभाग, नेपाल दूरसंचार प्राधिकरण, मलेसियन केन्द्रिय बैंक तथा एक्सिएटाका शेयरहोल्डरहरुको स्वीकृतिको अधीनमा रहने छ । यो कारोबार सन् २०१६ को पहिलो ६ महिना सम्ममा समापन हुने अपेक्षा गरिएको छ ।

3 thoughts on “को हुन् श्रीमति भावना सिंह श्रेष्ठ जसले ४ करोड ८० लाख डलरमा एनसेलको २० प्रतिशत सेयर किन्दैछिन्”

  1. Mahendra says:
    December 22, 2015 at 4:23 pm

    हजुर, नेपालमा सबै कुरा सेटिंगले चल्छ रे….त्यस्तै मध्ये को एउटा सेटिंग काण्ड होला यो पनि | हेर्नुस न, श्रीमती गोल्छाले पनि सेटिंग मिलाएर सम्मान पाइन् रे एमालेबाट, उता के.यु. को डाक्टरी अध्ययन प्रवेश परिक्षामा पनि सेटिंग मिलाएर भारतीय विद्यार्थीलाइ जसरि पनि भर्ना गर्ने रे, र उनीहरुको पेपर राष्ट्रभक्त केटाहरुले खोसेर फालिदिए रे….ग्रीह मन्त्रालयले नागरिकको रेकर्ड राख्न सकेन भने कुनै मान्छे भेट्न सकिन्न; अख्तियारले किन खोज्दैन श्रीमती श्रेष्ठ रियल हो कि फेक भनेर ?

    Reply
  2. kanncha says:
    December 22, 2015 at 2:45 pm

    कता कता बिनोद चौधरी को नेबिल बैंक मा जस्तै बंगाली फेक पारा त होइन.

    Reply
  3. nabs says:
    December 22, 2015 at 11:36 am

    that might be a fake stakeholder. who knows!
    – via MySansar App

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme