Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि मधेसमा मारिए मान्छे, कुरा मिल्न लाग्यो कि बिगार्ने को?

Posted on December 21, 2015 by Salokya

आन्दोलन शिथिल भयो। आन्दोलनमा मान्छे आउन छाडे भनेर भड्काउने उस्तै।

आन्दोलन चर्काउने भनेर बिनसित्तिमा निर्दोष मर्ने गरी आन्दोलन उग्र बनाउने उस्तै।

मोरङ र सुनसरी प्रदेश २ मा र कैलालीलाई प्रदेश ७ मा राख्ने गरी सीमाङ्कनको कुरा मिले मधेसका अधिकार सधिकार भन्ने कुरालाई गोली मारेर आन्दोलनको सुरक्षित अवतरण गराउन तयार भइसकेको स्थितिमा आज फेरि एक जना प्रहरीको गोलीबाट मारिए। आन्दोलन चर्काउने नेता, कार्यकर्ता हैन मारिएका मान्छे। हरेक आन्दोलनमा मारिने सर्वसाधारण हुन्छ। आज पनि त्यस्तै भयो। १७/१८ वर्षका कक्षा १० मा अध्ययनरत विद्यार्थी तवरेज आलमको ज्यान गएको छ।

बाहिर आन्दोलनका कुरा भए पनि भित्रभित्र कुरा मिलाउने गरी सहमतिको प्रयास हुँदै गरेको भनिएको थियो।

तर हरेक पटक कुरा मिल्न लाग्यो कि स्थिति भड्काउने गरी ठूलो घटना हुने संयोग यस पटक पनि दोहोरियो। आइतबार कडा पारिएको आन्दोलनका क्रममा अरु ठाउँमा पनि झडपहरु भए। तर गौरमा भने मान्छे नै मारिने स्थिति आयो।

५० भन्दा बढी यसअघि नै मरिसकेका छन्। मारिने हरेक परिवारको अलग्गै कथाव्यथा छ। विडम्बना मारिने कतिको परिवारलाई आन्दोलन किन भइरहेको छ भन्नेसम्म थाहा छैन। राजनीति पनि उनीहरुलाई चासो छैन। न प्रधानमन्त्री चिन्छन् न मधेसवादी दलका नेता। सोझासाझालाई उचाल्ने र पछार्ने अनि उनीहरुको काँधमा आफू शक्तिमा पुग्ने। पहिले पनि यही भइरहेको थियो, अहिले पनि यही हुँदैछ।

हेर्नुस् आन्दोलनका क्रममा मारिएकाको परिवारसँगको कुराकानीको भिडियो-

8 thoughts on “फेरि मधेसमा मारिए मान्छे, कुरा मिल्न लाग्यो कि बिगार्ने को?”

  1. Roshan says:
    December 23, 2015 at 12:32 am

    हरेक राष्ट्र भक्त नेपाली ले आफु बसेको घर को ५० मिटर ओरपर कुनै नया बस्ति बस्न आएमा उ कता बाट बस्ति बसाई सराइ गर्दै छ र उसको बिगत को आर्थिक र सामाजिक अवोस्था थाहा पाउनु पर्ने अधिकार राख्नु पर्छ तेस्को लागि भाडा मा घर दिने घर धनि , जग्गा बिक्रि गर्ने जग्गा धनि ले एउटा पक्रियागत कम्तिमा ५० वटा प्रस्न उत्तर फोर्म भरि गा बि स वा नगरपालिका मा बुजाउने प्रकिया लागु गर्नु पर्छ ता कि उनका पुर्खा ले गरेका गल्ति को सजाए पनि भागीदार बनाउनु पर्छ र हरेक परिवार का सदस्य लाई बाजे ले गरेका भ्रस्ताचार को सजाए पनि भागीदार गराउनु पर्छ अनि मात्र हरेक नागरिक सजक हुनेछन् र आफ्नो बाउ आमा लाई सोध्ने छन् कता बाट आयो येत्रो पैसा ????

    Reply
  2. dor Prasad says:
    December 21, 2015 at 8:41 pm

    ओली को बोलि नै गोलि अनि मदेसी नेता को हर्कत सबै जिम्मेबार !!

    १५०० मानिस “जन युद्ध ” को नाम मा मारिएर आम नेपाली के बढी कम अधिकार पाए !!! खाली राजतन्त्र गयो … देश को किचलो गएन … विकास आएन !! विकास र रोजगारी बढे न अधिकार को मतलब हुन्छ !!

    ५०-१०० जान मदेश मा मारेर कुनै अधिकार हुने छैन … खाली नेता हरु जनता लै उल्लु बनौछन … आफ्नो स्वोर्थ को लागि … विकास नै गर्ने हो भने प्रदेश ठुलो सानो ले के फरक पार्छ ???

    Reply
  3. ekraj says:
    December 21, 2015 at 5:44 pm

    This is very cruel and dirty political game. Thugs and criminals have provoked ordinary citizens and they are dying for supporting wrong people for the wrong cause.
    Problem of Nepal will be reduced or solved to some extent if so call major parties leader would have died.
    They have been proved to be good for nothing and useless arse for the whole country and the society.
    What is the worth of them being alive apart from being burden to the country and economic cost the nation.
    But ordinary people have not been able to understand the basic facts.

    Reply
  4. Prakash PM says:
    December 21, 2015 at 2:47 pm

    यस्तै हो टुक्का हालेर देश चलाउनेहरुको बिगबिगी भएपछी l त्यसैले त सिक्षित तेत्रित्व चाहिन्छ भनेको देशका हरेक समस्याहरु समाधान गर्न को लागि l यसमा जति दोष २/४ जना दलालहरुको छ त्यत्ति नै दोष सरकारमा बस्नेहरुको पनि छ l आशा गरम चाडै शान्ति छावस नेपालमा l भारतीय दादागिरी …. मुर्दावाद !!!!

    Reply
  5. sushil says:
    December 21, 2015 at 2:05 pm

    को हुनु नी? तेस्रो पक्ष.

    Reply
  6. eklavya says:
    December 21, 2015 at 11:55 am

    सब मिलिका कोहि अछुत छैनन् कोहि पनि नेपालमा शान्ति बहाली भएको हेर्नै चाहन्नन् यी बिहारी ज्ञान पाएका नेताहरु कुनै हालतमा देशलाई असफल बनाउने र भारतमा गाभ्ने दाउमा छन् जब्सम्मन यिनका पुरै जमातलाई निर्मुल पारिन्न देशमा स्थिरता र शान्तिको कल्पना गर्नु असम्भव छ।

    Reply
  7. Michael says:
    December 21, 2015 at 6:44 am

    लास को राजनीति गर्नु अपराध हो | हिजो प्रचण्ड आदि ले गरे आज मदिसे नेताले गर्न खोज्दैछ |

    Reply
    1. Rekha says:
      December 23, 2015 at 3:23 am

      हिजो माओबादिले गरिब जनतालाई गरिब बताई गोली ठोके
      आज फेरी मधेश बादीले नि उही गरिबलै प्रयोग गरि गरिबकै छातीमा गोली थोकौदै छन
      आखिर आफ्ना छोराछोरीहरु भने सुरक्षित ठाउमा मस्ती गर्दै
      ……………….

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme