एउटा हचुवा कुरा।
सुन्दै हावा लाग्ने विषय।
अहिलेको यस्तो जमानामा यस्तो विषय मानिसले पत्याउँछन् भन्ने तपाईँ विश्वास गर्नुहुन्छ? गाह्रो हुन्छ पत्याउन। तर अहिले फेसबुकमा एउटा त्यस्तै हचुवा कुरालाई आँखा चिम्लेर विश्वास गर्दै सेयर गरेको देख्दा अचम्म लाग्छ।
विषय हो, एउटा फेसबुक स्टायटस कपि गरेर पेस्ट गरेको भरमा ४५ लाख डलर पुरस्कार पाउने रे। त्यो पनि एक जनाले होइन १००० जनाले रे। धनको कुरा सुनेपछि फेसबुकेहरुको ज्ञानको नेत्र चैँ बन्द भएर बाँकी सबै नेत्र चैँ खुलेछ जस्तो छ।
मेरो फेसबुक फिडमा अहिले धेरै मान्छेले यस्तै पोस्ट गरिरहेको भेटेको छु। त्यो पोस्टमा यसो भनिएको हुन्छ
Can’t wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day’s post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection.
पढ्ने बित्तिकै थाहा हुन्छ यो हावा, हचुवा कुरा हो। यसलाई पत्याउने कुनै पनि आधार छैन। हो, मार्क जुकरबर्गले आफ्नी छोरी जन्मेको दिन फेसबुकको अधिकांश सेयर च्यारिटीलाई दिने भनेका हुन्। तर त्यो पनि अरुलाई होइन, आफ्नै नाममा खुल्ने लिमिटेड लायबल कम्पनी (LLC) को नाममा सार्ने भनेका हुन्। त्यसो भन्नु एउटा गोजीबाट पैसा निकालेर अर्को गोजीमा राखे बराबरै हो।
यो हचुवा स्टायटसमा चाहिँ १० प्रतिशत सेयर चैँ तपाईँ र म जस्तै सर्वसाधारणलाई दिने योजना छ भनिएको रहेछ। अनि त्यसका लागि तपाईँले गर्नुपर्ने काम चाहिँ यही मेसेजलाई कपि गरेर पेस्ट गर्नुपर्ने रे तुरुन्तै। अनि फेसबुकले दिनको लास्टमा सबै सर्च गरेर हजार जनालाई ४५ लाख डलर दिने रे।
हाहाहा, ४५ लाख डलर कमाउन यति सजिलो हुन्छ र। अनि मार्क जुकरबर्गलाई के खाँचो र ४५ लाख डलर अरुलाई बाँड्न। जसले कुनै एक सामान्य व्यक्तिको फेसबुकको लाइक बढाउन त रकम धुतिरहेको छ, उसले सित्तैमा अरुलाई डलर बाँड्छ? केको खाँचो परेको छ र बाँड्न? बाँड्नै परे पनि उसले कुनै च्यारिटीलाई बाँड्छ नि तपाईँलाई थोरै बाँड्छ!
लौ तपाईँलाई विश्वास लागेन रे, जुकरवर्गले बाँड्छ नै भन्ने लाग्यो रे। त्यसो हो भने जुकरवर्गकै फेसबुक पोस्टमा गएर हेरे भो नि, यस्तो महत्त्वपूर्ण घोषणा त उनले पक्कै गर्नुपर्ने हो। हेर्नुस् यहाँ क्लिक गरेर।
देख्नुभो त यो बारे लेखेको? भए पो देख्नु।
चार विषय जुन तपाईँले बुझ्नै पर्छ-
१) पैसा कमाउन सजिलो छैन। मेहनतले कमाएको पैसा कसैले सित्तैमा जो पायो त्यहीलाई बाँड्दै हिँड्दैन।
२) मार्क जुकरबर्गलाई पैसा बढी भएको छैन।
३) सामान्य कपिपेस्ट गरेको भरमा लाखौँ डलर त तपाईँले सपनामा पनि पाउनु हुन्न, विपनाको कुरै छाडौँ।
४) तपाईँले यो हचुवा पोस्ट सेयर गरेर कसैलाई केही फाइदा हुनेवाला छैन। यसले त झन् फेसबुक भनेको हावा कुरा, हल्ला फैलाउने ठाउँ हो भनी देखाउन सघाउँछ।
तर पनि ४५ लाख डलर पाउने आशामा स्टायटस कपि पेस्ट ठोक्ने केही महानुभावहरु फेसबुक फिडमा यसरी देखिए [जे पायो त्यही पोस्ट गर्न अब चाहिँ सावधान होउन् भनेर जानाजानी यी महानुभावहरुको नामै देखिने गरी स्क्रिनसट राखिएको हो]-
I agree the post is fake but what you said about donation is not true. Yes, he is transferring money from fb to llc and it is for reason and his bad experience with charitable donation ($100 mils was mostly soaked by middle persons before it reached to actual persons). He is using llc for better use of money that he is trying to donate. Moreover, llc can do lot more things that charitable donation cannot do legally. So, it is not like he is transferring money from one pocket to another.
यिनलाई मार्क जुकरबर्ग भन्ने भगवानै लाग्दो हो, त्यसैले आफ्नै बाउलाई जसरी डिफेन्ड गर्न आएका ।
यहाँ पढ्नुस् ProPublica, an independent, nonprofit newsroom that produces investigative journalism in the public इन्तेरेस्ट का पत्रकारले लेखेको विस्तृत
http://www.nytimes.com/2015/12/04/business/dealbook/how-mark-zuckerbergs-altruism-helps-himself.html
अब तपाईँ मार्ककै फ्यान हुनुहुँदो रैछ भने त हैन उनले खण्डन गरेका छन् भन्ने होला हैन। ल जे सोच्नुछ सोच्नुस्
Stay calm my friend. No need to show your aggression here. Idea of LLC is to avoid taxes and do activities without boundary. What about trusting him that he will actually use that LLC to do charitable activities? He is business person and obviously find the best way to do the job. At least he said he will use 99% of money in charitable. Have you ever donated any things? Can you declare in public to donate 99% of your wealth for charitable cause? So stop criticizing other in the base of one article.
About God, as an IT professional, he is ideal for me (and many others) which you cannot be 😛
नामै चाहिं देखिने गरि पोस्ट नगरिदिएको भए पनि हुन्थ्यो.अमेरिका, अस्ट्रेलिया र बेलायेत तिरका अनुहार पनि देखियो त. बुद्द्धि जीबी वर्ग कि महादेवका तिन नेत्र जिबिहरु.
कस्ता कस्ता कुरा हरु त share गर्ने हरुलाई यस्ताकुरा पाए भने त १००योउ पटक सहरे गर्छन होला l
गफ जोतेर खान पल्केका हामी नेफोलीलाई कपी पेस्टमा ४५ हजार त्यो पनी डलर त काम पुगी गो नि |