एउटा देशको फोटो अर्कै देशको भनी छाप्न मिल्छ? त्यो पनि नजिकैको छिमेकी देश होइन धेरै परको देश।
कान्तिपुरमा भर्खरै यस्तै फोटो देखियो। फोटोको क्याप्सनमा लेखिएको छ- ‘मलेसियामा अलपत्र नेपाली कामदार । फाइल तस्बिर : एजेन्सी’
तर यो मलेसियाको फोटो हैन हङकङको फोटो हो।
मलाई जानकारी भएसम्म यो हङकङको एचएसबिसी हेडक्वार्टरको बिल्डिङ हो। त्यहाँ देखिने सबै महिलाहरु पनि अलपत्र नेपाली कामदार नभएर फिलिपिन्सका घरेलु कामदारहरु हुन् र आइतबारे विदा मनाइरहेका हुन्।
एपीका किन चेयुङले खिचेको फोटो हो यो। यही फोटो बेलायती अनलाइन दि गार्डियनमा २६ फेब्रुअरी २०१४ मा पनि प्रकाशित भएको छ।
चोरी चारी आर्टिकल लेख्ने, अर्काको फोटो चोरेर हाल्ने । यस्तै त छ नि सस्तो पत्रकारिता ।
100% हङकङको हो। नेपाली पत्रिकाको काम यस्तै हो।
100% this is hong kong photo..