Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियारको अपरेसन : यसरी बढावा दिइँदैछ ‘फेक’ कामलाई, हेर्नुस् प्रमाण

Posted on December 18, 2015April 26, 2016 by Salokya

[अपडेट अप्रिल २६, २०१६ : कनकमणि दीक्षित र लोकमान सिंह कार्कीबीचको आपसी विवादको चरम रुप अहिले देखिन थालेको छ। अब आ-आफ्ना गल्तीलाई ढाकछोप गर्न ‘प्रोपोगान्डा वार’ पनि सुरु भएको छ। अनि यस क्रममा माइसंसारका पुराना ब्लग खोतल्न थालिएको छ। यस क्रममा हिजोदेखि अचानक माइसंसारको यो पुरानो ब्लग भाइरल हुन थालेको छ। यो ब्लग सन् २०१५ को डिसेम्बर १८ मा लेखिएको हो। यो पुरानो ब्लगलाई अहिले दीक्षित पक्षकाहरु दीक्षितविरोधी कमेन्ट जति सबै ‘फेक’ हुन् भन्ने खालको प्रोपोगन्डा गर्न उपयोग गरेको देख्दा अचम्मै लाग्यो। खासमा यो ब्लगको सन्दर्भ बेग्लै थियो। दीक्षित प्रकरणबारे थप पढ्न यता क्लिक गर्नुस्]

मूल ब्लग :
अख्तियारले गएको वर्ष साउनमा ९ वटा महाशाखा र ५ विकास केन्द्र कार्यालयलाई पत्र लेख्दै आफ्नो फेसबुक पेजमा अनिवार्य लाइक र सकारात्मक कमेन्ट गर्न निर्देशन दिएको थियो। तर कर्मचारीहरुले टेरपूच्छर लाएनन् जस्तो छ। त्यही भएर भ्रष्टाचारको अनुसन्धान गरी मुद्दा चलाउनु पर्ने संवैधानिक निकाय अहिले फेक फेसबुक पेज खोल्दै त्यसैबाट सकारात्मक कमेन्ट लेखाउनमा व्यस्त भइरहेको भेटियो।

ऐन र नियमले दिएको कार्यक्षेत्र नाघेर गरिरहेका गतिविधिहरुको मिडियाले आलोचना गर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जो पायो त्यही मान्छेहरुको फोटो इन्टरनेटबाट खोज्दै फेक फेसबुक प्रोफाइल र पेज बनाउँदै आफ्नो फेसबुक पेजमा कमेन्ट गराउन थालेको प्रमाण भेटिएको छ। समाचारको तथ्यगत खण्डन गर्नु अर्कै कुरा तर अहिले संवैधानिक अंगको मर्यादालाई समेत ख्याल नगरेर अख्तियारले पत्रिकाका सम्पादकीयको समेत कडा शब्दमा खण्डन गर्न थालेको छ। यसै क्रममा अख्तियारले हिजो नागरिक दैनिकको सम्पादकीयविरुद्ध एउटा वक्तव्य निकालेको थियो। त्यही वक्तव्य राखिएको फेसबुक पोस्टका केही कमेन्टहरु हेर्दा शंका लागेकोले अलि खोज्दै जाने क्रममा यस्तो पो भेटियो। अख्तियारको प्रशंसामा र अख्तियारले शत्रु ठानेकाको विरोधमा लेखिएका अधिकांश कमेन्टहरु त फेक प्रोफाइलबाट पो रहेछन्। हेर्नुस् प्रमाण

सबैभन्दा पहिले हेर्नुस् यो निर्देशन-
compulsory

फेक काम बारे यो भिडियो हेर्दा धेरै स्पष्ट हुन्छ-

थप प्रष्ट हुनका लागि यो हेर्नुस्-

1status
अख्तियारले हिजो राखेको वक्तव्यसहितको स्टायटस।

2comments
त्यसमा आएका कमेन्टहरु। अब प्रत्येक कमेन्ट गर्नेहरुको बारेमा एकचोटी हेरौँ।

3lal
यी हुन् लालबहादुर तामाङ। यिनको प्रोफाइलमा न फोटो छ न अरु केही नै। फेसबुकको प्रोफाइल वा पेज फेक हो कि सक्कली हो हेर्नलाई त्यसका कन्टेन्ट हेरिन्छ। यसमा केही पनि देखिँदैन।

4sagar
त्यस्तै अख्तियारको सक्रियता राम्रो छ भन्दै प्रशंसा गर्ने सागर पन्डित नामको यो अर्को फेसबुक पेजमा जम्मा ७ लाइक छ। यिनले आफूलाई आर्टिस्ट भनेका छन् तर उनको यो फोटो भने रियल हैन। गुगलमा सर्च गर्दा यस्तो भेटियो-

5sagar

धेरैले फेक प्रोफाइल बनाउन यो फोटो प्रयोग गरेका रहेछन्। ट्युनिसियाका एक जनाले यही फोटो ट्विटरको डिपी बनाएका छन्।

6rabin
त्यसैगरी कमेन्ट गर्ने यी अर्का व्यक्ति रविन कार्की पनि फेक भेटिएको छ।

7rabin
यिनको फोटो गुगलमा सर्च गर्दा यसरी देखियो।

8bishnu
कमेन्ट गर्ने अर्का व्यक्ति विष्णु कुमारले आफूलाई जे भनेर चिनाए पनि त्यो पेजमा भएको लाइक र त्यो पेजका एक्टिभिटी हेर्दा यो पनि फेक पेज भएको र कमेन्ट कै लागि मात्र बनाइएको स्पष्ट हुन्छ।

9sanu
त्यस्तै कमेन्ट गर्ने यी अर्का व्यक्ति सानु प्रधान पनि फेक देखिएको छ। यिनले पनि आफ्नो प्रोफाइल पिक्चर राखेका छैनन् र सन् २०१४ देखि कुनै एक्टिभिटी पनि देखिएको छैन।

10sanu-like
यो पेजले लाइक भने अख्तियारको पेज, लोकमान सिंह कार्कीको पेजलाई लाइक गरेको देखिएको छ।

11kumar
कुमार ओली नामका यी अर्का व्यक्तिको नाममा पनि आर्टिस्ट भनेर फेक पेज बनाइएको छ। जसको फोटो फेक छ।

12kumar
यहाँ हेर्नुस् यही फोटो गुगलमा खोज्दा यसरी देखिन्छ।

13Jiwan
जीवन खड्का नामको बिजनेस पर्सन भन्दै बनाइएको अर्को फेक फेसबुक पेज जहाँ फोटो राखिएको छैन।

14Jiwan-like
अनि त्यही जीवन खड्काको पेजले लाइक गरेका पेजहरु हेर्नुस्। अब प्रष्ट हुन्छ यो फेक फेसबुक पेज किन र कसको स्वार्थमा खोलिएको हो।

15sabin
कमेन्ट गर्ने अर्का व्यक्ति सविन मानन्धरको झन् बिजोग छ। यो स्पोर्टस पर्सन भनिएको फेसबुक पेजमा मात्र एक लाइक छ।

16sabin-like
अनि त्यही एक मात्र लाइक भएको पेजले लाइक गरेका पेजहरु हेर्नुस्। अब भन्नुस् कसको स्वार्थमा कसको हितका लागि यो पेज बनाइएको होला?

17-susma
कमेन्ट गर्ने अर्का महानुभाव महिलाको नाममा सुषमा तिवारी रे। यो फेसबुक प्रोफाइलको प्रोफाइल पिक्चरबारे सर्च गर्दा यस्तो भेटियो।

18-susma-real
यी त भारतीय अभिनेत्री पो रहिछिन्।

19devkota
त्यस्तै देवकोटा सुशीला नामको अर्को प्रोफाइलमा पनि फोटो छैन र त्यसका एक्टिभिटी हेर्दा अख्तियार बाहेक अरु देखिन्न।

20-lekhman
कमेन्ट गर्ने अर्को फेक प्रोफाइल।

21-kosis
कोसिस नामको स्पोर्ट्स पर्सन भनी बनाइएको फेसबुक पेजमा मात्र एक लाइक छ। यसमा रहेको फोटो एक विदेशीले खिचेको कपिराइट भएको फोटो हो। तल हेर्नुस् प्रमाण

22-kosis

23-samidan
त्यस्तै कमेन्ट गर्ने अर्का समिदान नामको फेसबुक पेजमा रहेको फोटो कलाकार सिद्धार्थ लामाको हो। तल हेर्नुस् प्रमाण

24-samidan

25-samidan

26-binita

त्यस्तै विनिता कार्कीको नाममा अख्तियारको समर्थनमा कमेन्टहरु देखिन्छ। यसमा रहेको फोटो पनि फेक हो। गुगलमा खोज्दा यस्तो भेटिन्छ।

27-binita

त्यो स्टायटसमा मात्र होइन अख्तियारका अन्य पोस्टहरुमा पनि यी फेकवालाहरुले नियमित कमेन्ट गरिरहेको देखिन्छ

fakes

fakes1

fakes2

fakes3

6 thoughts on “अख्तियारको अपरेसन : यसरी बढावा दिइँदैछ ‘फेक’ कामलाई, हेर्नुस् प्रमाण”

  1. gajendra adhikari says:
    December 19, 2015 at 4:56 am

    my favourite nepali blog. so much investigated news.

    Reply
  2. Paru says:
    December 18, 2015 at 9:29 pm

    It’s our fault to expect something good from him, as we all know the real him. Yet again, who was delighted when he was appointed in that post?

    Reply
  3. ramesh says:
    December 18, 2015 at 8:08 pm

    अख्तियार र काजी साबको त के कुरा भयो र तर तपाँईंको मिहेनत र अनुसन्धान प्रशंसा योग्य छ । अहिलेको युगमा पनि कसैलाई मूर्ख बनाउन सकिन्छ भनि नेपालका कथित ठूलाबडाले मात्र सोच्दछन । अब यो पेजलाई अख्तियार र लोकमानको वालमा पेष्ट गरिदिने हो की …..

    Reply
  4. kiran says:
    December 18, 2015 at 4:26 pm

    अब एस्को खन्डन कहिले आउने हो ?

    Reply
  5. सञ्जय बुढा says:
    December 18, 2015 at 4:11 pm

    नौलो कुरो भएन। लोकमान सिंह कार्कीको ट्वीटर एकाउन्ट पनि किनिएको फलोअरहरूले भरिभराउ छ। नेपाल र अदुअआसँग दुर-दुर सम्म सम्बन्ध नभएका भारतीय र मध्यपुर्वबाट बनाइएका फेक एकाउण्टहरूले कार्कीलाई फलेको देखिन्छ।यो कुरो इङ्गित गर्नेहरूलाई तु. ब्लक गर्ने उनको बानी नै हो।यो पनि माथिको ठाडै आदेशको परिणाम होला।जनआन्दोलन दबाएको कारण जेलमा सड्नु पर्ने यी जाली व्यक्ति के-कति कारणले कसले गर्दा पुरस्कृत भएका हुन्?

    Reply
  6. दामोदर says:
    December 18, 2015 at 2:02 pm

    अख्तियारलाई नि त्यो ‘विद्युतीय कारोबार……….ऐन’ लगाएर अदालतमा ठड्याउनुपर्ने । सर्वसाधारणलाई त खुप सताका थिए त त्यै ऐन लगा’र ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme