Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१० वर्षमै फर्किएको खोलो

Posted on December 18, 2015 by Salokya

नेपाल भनेको गजबकै देश हो। व्यवस्थै फाले पनि सत्तामा र शक्तिमा उही अनुहार देखिन्छन्। १० वर्षअघि जनआन्दोलनको बेला : सम्झनुस् त कस्तो हालत थियो त्यसबेला।

अहिले फर्केर हेर्दा यति छिट्टै खोला फर्कियो भनेर पत्याउन गाह्रो हुन्छ।

जनआन्दोलनका क्रममा भएको दमको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले २०२ जनालाई दोषी ठहर गरेका थिए। ती मध्ये केही प्रमुख अनुहार अहिले पावरमा छन्।

कमल थापा
त्यतिबेलाको ब्लगमा लेखिएको रहेछ- तत्कालीन गृहमन्त्री कमल थापाको बयान त हजार जिब्रा भएका शेषनागले सक्दैनन् रे, मैले के सक्नु। यिनले के गरेनन् ? राजाको सेवा गर्न आफ्नै पार्टी फुटाएनन् कि, साँच्चिकै कर्फ्यु लगाउने धम्की दिएनन् कि ? दलहरुलाई आतंककारीको कित्तामा उभ्याएर कारबाही गर्ने धम्की दिएनन् कि, एम्बुलेन्स र पत्रकारहरुलाई कर्फ्यु पास उपलब्ध नगराएर अन्तर्राष्ट्रिय प्रावधानको उल्लंघन गरेनन् कि दिनमा पाँच लाख पकेट मनी खर्च गरेनन् ?

अहिलेको केपी ओलीको मन्त्रिमण्डलमा यिनी तारणहार बनेका छन्। भारतमा वार्ता गर्न पठाउनलाई होस् वा जेनेभामा जवाफ दिन। मधेसी मोर्चासँग वार्ता गर्न पनि उनैलाई संयोजक बनाउनु पर्‍यो। उपप्रधानमन्त्रीका रुपमा शक्तिशाली छन् अहिले कमल थापा।

उहिले आन्दोलनमा मुख्य तारो नै कमल थापा हुन्थे। त्यतिबेलाको माहौल हेर्दा यति छिट्टै उनी सत्तामा आउलान् भनेर अनुमानै गर्न सकिन्न थियो।

रोचक कुरा त के भने, जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकारमा केपी ओली उपप्रधानमन्त्री थिए। ओली उपप्रधानमन्त्री हुँदा कमल थापालाई गिरफ्तार गरिएको थियो। तर पछि सर्वोच्चको आदेशमा रिहा गर्नुपर्‍यो।

लोकमानसिंह कार्की
त्यतिबेलाको ब्लगमा लेखिएको थियो- राजाको हुकुम प्रमाङ्गीबाट एकै पटक राजपरिषदको उपसचिव भएका लोकमानसिंह कार्कीले मुख्य सचिव भएपछिको पहिलो सम्बोधनमा नै राजाको समर्थनमा नलाग्नेसँग आफ्नो सम्बन्ध राम्रो नहुने धम्की दिएका थिए।

जनआन्दोलनका यिनै दोषीलाई दलहरुले काँधमा बोकेर अख्तियारको कुर्सीमा विराजमान गराए। अहिले उनी अख्तियारका प्रमुख आयुक्तको नाममा समानान्तर सरकार चलाइरहेका छन्। एमाले र माओवादीका नेताहरुमाथि अकुत सम्पतिको छानबिन गरेर थर्कमान बनाइसके।

पत्रपत्रिकाले अख्तियारको बारेमा सम्पादकीय लेख्यो कि सामन्ती मिडिया भन्दै पत्रकारिताको पाठ सिकाउने काममा उनै लोकमान लाग्छन् अहिले।

दुर्जकुमार राई
आन्दोलनका बेला कलंकीमा अत्यधिक शक्ति प्रयोग गरेको, गोली हानेर आन्दोलनकारी मारेको आरोप लागेका तत्कालीन सशस्त्र प्रहरीका एसएसपी दुर्जकुमार राईको पनि क्या संयोग मिलेको छ अहिले। तत्कालीन गृहमन्त्री अहिले उपप्रम, तत्कालीन मुख्य सचिव अहिले अख्तियार प्रमुख र अख्तियारले सशस्त्र महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गरेको मौकामा निमित्त महानिरीक्षक राईलाई नै बनाउने तयारी छ।

१० वर्षमै खोलो फर्किसक्यो, बिचरा ज्ञानेन्द्र मात्र अहिले गद्दीविहीन भएर बस्नु परेको छ।

12 thoughts on “१० वर्षमै फर्किएको खोलो”

  1. madan bajracharya says:
    December 20, 2015 at 7:48 pm

    रास्त्रसंघको उपस्थितिमा आफु भन्दा हजारौ बर्ष जेठो नेपालको तराईलाई कास्मिर जस्तै काँचै निल्दा अपच हुने भयकोले सन् १९५०को सन्धि नामक कराईमा नेपालको सार्वभौम अधिकार र नेपालीको रास्त्रवादलाइ उमाल्दै पकाउन्दै गलाउन्दै आयकोछ भारतले/ यसैको लागि भारतले नेपालको सिंहदरवारलाई उसको भोजन पकाउने jभान्छा घर र नेपालको प्रधानमन्त्रि, र ठुलो नेताहरुलाई भारतलाई मन पर्ने पकवान पकाउने भान्छे बनाउन कुनै प्रयास छोडेनन्/ तेसैले यस्तो भयको हो/ जवसम्म सन् १९५०को सन्धि तोदिन्दैन नेपालमा शान्ति र बिकाश पनि हुँदैन मेरो नेपाल भन्नेको कदर पनि हुँदैन/ भारतले नै नपत्यायको बिहारीलाई नेपालको ज्वाई बनाउँदा यस्तो हालतमा पुगेको हो/

    Reply
  2. madan bajracharya says:
    December 19, 2015 at 10:37 pm

    भारतको वलिवुद्को नक्कल नेपालको कलिवुद/ वलिवुद र कलिवुदको नक्कल सिंहदरवार/ वलिवुद कलिवुदको चलचित्र भन्दा सिंहदरवारमा हुने परिबर्तनमा कुनै फरक देखिंदैन/ त्यहा उही कलाकार उही नेता भिन्न भिन्न नाममा प्रस्तुत हुन्छ/ तिनीहरु सबै निर्देशित हुन्छन/ वलिवुद र कलिवुद्मा कुनै कुनै कलाकारहरु मात्रै आफ्नै निर्देशनमा अभिनय गर्छन, बाकि सबै अरुकै निर्देशनमा अभिनय गर्छन/ सिंहदरवारको नेताहरुमा पनि तेस्तै तेस्तैनै छन्/ वलिवुद र कलिवुद्मा बनिने चलचित्रहरु कसैको लगानीमा बनिन्छ/ लगानी कर्ताको प्रभाव निर्देशकमा रहन्छ/ सिंहदरवारमा देखाइने परिबर्तनमा पनि यस्तै नै भैरहेकोछ/ वलिवुद र कलिवुद्मा लगानी कर्ता र निर्देशक गोप्य हुँदैन सिंहदरवारमा लगानी गर्ने र निर्देशन गर्ने गोप्य हुन्छ फरक बस यतिनै छ/ तर सबै ठुलो लगानी हुने कम्पनीमा भारतकै हाली मुहाली बनाइने नेपालको सिंहदरवारमा लगानी गर्ने र निर्देशन गर्नेको गोप्यता ” ओपन सिक्रेट” हो/

    Reply
  3. Michael says:
    December 18, 2015 at 8:26 am

    मैले बुझे !!हामि आइबक्सने बाताबरण बन्दैछ भन्ने हामीलाई लागि रा छ |

    Reply
  4. sushil says:
    December 18, 2015 at 7:16 am

    ७ साल र १७ साल देखिका बासी अनुहारहरुले देशमा राज गर्दैछन्. यी तीनजनालाई मात्रै के दोष लगाउनु? सधैं पालै पालो तिनै मन्त्री र प्रधानमन्त्री. आङ साङ्ग सुकी धन्नै बेहोस भएर ढलेकी त होइन.
    बरु यी मध्ये दुर्जकुमार राई दोषी देख्दिन मैले त, उतिबेला दिइएको आदेश पालन गरेको हो उसले. सेना र शसस्त्रलाई लिडमा र फिल्डमा यस्तै डेरिंग मान्छे चाहिन्छ. अरु अफिसरहरुले पछि अफ्ठेरो पर्ला भनेर बाठो भएर साइड चेन्ज गर्दा यस्तै सिपाहीले हो अन्तिमसम्म लडेको र लड्ने. राई लिम्बुहरुलाई त खोजी खोजी पुलिसमा भर्ना गरेर पदोन्नति गर्दै खटाउनु पर्छ अनि बल्ल समाजमा अपराध कम होला जस्तो लाग्छ.

    Reply
    1. Bimal says:
      December 18, 2015 at 12:43 pm

      सुशील जी को कुरामा १०० प्रतिशत सहमत !! यस्तो निडर सिपाहीलाइ त पुरस्कृत गर्नु पर्छ । असल सिपाही को काम आदेस पालाना गर्ने हो अन्तिम समय सम्म !!

      Reply
    2. Michael says:
      December 18, 2015 at 8:16 pm

      जातिगत एकता देखाएको ?

      Reply
      1. sushil says:
        December 20, 2015 at 7:33 am

        जिगु जनजाति मखु माइकल पासा

        Reply
        1. Michael says:
          December 20, 2015 at 2:14 pm

          खला कि मखुला ? How do you know?

          Reply
      2. ankit sharma says:
        December 20, 2015 at 5:02 pm

        येस्मा फेरी जात कहाँ बाट आयो ?

        Reply
  5. kedar says:
    December 18, 2015 at 3:46 am

    यो सब नाटक देख्दा त परिपंच मिलाएर हिन्दु अधिराज्य नेपाल सहित ज्ञानेन्द्रलाई पनी फर्काउने खेल हो कि जस्तो लाग्दैछ |

    Reply
  6. Bimal says:
    December 18, 2015 at 3:22 am

    दुर्ज कुमार राईले यो मामिलाबाट सफाय पाई सक्नु भएको छ पत्रकार मित्र । त्यसैले यो कुरा नकोट्याई दिनु होला ।बरु वहाँको कार्यकाल राम्रो होस भ नी शुभ कामना दिनु होला । तपाईको जानकारीको लागी वहाँ प्रहरी सङ्ग्ठन भित्र कुसल र हक्की स्वभावको रुपमा चिनिनु हुन्छ जसले हालसम्म नाताबाद , कृपाबाद बाट टाडै रही कुसल नेतृत्व गरी रहनु भएको छ । जेहोस्, मेरो तर्फबाट वहाँलाई शुभ कामना साथै वहाँको कार्यकाल सफल रहोस ।

    Reply
  7. संजीव अधिकारी says:
    December 18, 2015 at 12:54 am

    आखिर खराब कुनै व्यवस्था हैन सैनिक तन्त्रनै किन नहोस
    खराब त तेस्लाई कार्यन्वयनमा बस्ने हारु हुन्
    सबै भन्दा ठिक त राजानै हुन तत्काल यो अवस्था नाबह्याकोले नेपालमा सैनिक सासन आवस्यक भैसक्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme