Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

४ दिनपछि बल्ल देख्यो ‘नागरिक’ ले गोप्य दुर्घटना, तर नाम किट्न डरायो

Posted on December 16, 2015December 16, 2015 by Salokya

ng_zoom_03 प्रहरीले गोप्य राख्न खोजेको एउटा हाइ प्रोफाइल दुर्घटनालाई ४ दिनपछि नागरिक दैनिकले देखेको छ। तर अचम्म! ४ कोलमको यो दुर्घटनाको समाचारमा ‘कार्य’ मात्र छ, ‘कर्ता’ छैन। ४ कोलमको यो पूरै समाचार पढ्दा पनि खासमा दुर्घटना कसले गराएको हो, घाइते हुने को थिए- छेउटुप्पो केही पनि भेउ पाउन सकिन्न। ११ औँ अनुच्छेदमा आएर बल्ल छुस्स हिन्ट दिइएको छ- ‘प्रहरी स्रोतका अनुसार दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार एउटा मिडिया ग्रुपको नाममा छ।’

यति हिन्टसका भरमा बुझे ठीकै छ नभए नामै किट्न भने ‘नागरिक’ डराएको छ। यसअघि नै आर्थिक दैनिकले दुर्घटनामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहिया परेको भन्दै समाचार छापिसकेको थियो। यससम्बन्धी ब्लग यहाँ छ। रोचक त के छ भने, कान्तिपुरबाटै अलग्गिएपछि खुलेको ‘नागरिक’ले गाडीबारे निकै ‘रिसर्च’ गरेको छ।


दुर्घटनामा परेर बिग्रिएको गाडी मर्मत गर्ने स्थानमा समेत पुगेर फोटो खिच्न भ्याएको छ। ‘स्टेयरिडमा एअरब्याग निस्केको, कच्याककुचुक भएको र सिसा फुटेको अवस्थामा फेला परेको’ समेत लेखेको छ।
car
दुर्घटनाको सिसिटिभी फुटेजसमेत हात पार्ने प्रयास नागरिकले गरेको समाचारको यो अंशले देखाउँछ-

घटनासम्बन्धी सिसी क्यामेरा रेकर्ड माग्दासमेत प्रहरीका जिम्मेवार अधिकारीले त्यतिबेला अँध्यारो हुने भएकाले केही पनि नदेखिएको दाबी गरे। तर, घटनास्थल सोलार बत्तीले उज्यालो छ।

‘नागरिक’ घाइतेलाई तत्काल लगिएको नर्भिक अस्पतालमा समेत पुगेको छ। तर त्यहाँबाट पनि पुष्टि गर्न सकेको छैन। समाचारमा लेखिएको छ-

घाइतेलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पताल लगिएको भए पनि त्यहाँ पनि अर्कै व्यक्तिका नाममा भर्ना गरिएको छ ।

घटनाको कुनै रेकर्ड नराखिएको भन्दै समाचारमा सडकमा भएको दुर्घटनालाई कसरी व्यक्तिगत भनेर लुकाउन मिल्छ भनी सोधिएको छ-

महानगरीय प्रहरी आयुक्तको कार्यालयको दैनिक घटना विवरण र ट्राफिक महाशाखामा समेत दुर्घटनाको कुनै रेकर्ड छैन । सवारी दुर्घटनापछि चालकले मादक पदार्थ सेवन गरे वा नगरेको जाँचसमेत नगरी व्यक्तिगत दुर्घटना भन्दै गुपचुप राख्ने प्रयास भइरहेको छ ।

प्रहरीले सडकमा भएको दुर्घटनालाई कसरी व्यक्तिगत भनेर लुकाउन मिल्छ ? अहिले यो प्रश्न उठे पनि खुलारुपमा कोही पनि बोल्न सकेका छैनन् । रात्रिकालीन अवस्थामा ‘हिट एन्ड रन’ (गाडीले ठोकेर भाग्ने घटना) हुन्छन्।

कानुन र प्रक्रिया सबका लागि समान हुनुपर्नेमा पहुँच र शक्तिको आधारमा सार्वजनिक स्थानमा भएको दुर्घटनालाई प्रहरीले गोप्य राख्न मिल्दैन। गोप्य राखेको भन्दै आलोचना गरिएको यो समाचारमा समाचार लेख्नेले भने कर्ताको नाम गोप्य राखेको छ।

तर अर्को रोचक कुरा के पनि छ भने छापामा नाम गोप्य राखिए पनि नागरिक दैनिककै अनलाइनमा भने नामसहितको समाचार छापिएको छ।

अनलाइनको समाचारमा नामै किटेर यसो लेखिएको छ-
nagarik-online

यसमा रहेको एउटा प्रश्न भने सबैको चासोको विषय हुनुपर्छ- गाडीले कसैलाई हानेन, ठीकै भो। यदि त्यो अनियन्त्रित गाडीले कसैलाई किचेर ज्यान गएको भए? यसरी नै प्रहरीको मिलेमतोमा गोप्य राखिन्थ्यो त? कि प्रवीण गुरुङ मारिँदा जस्तो नक्कली चालक खडा गरी बलिको बोका बनाइन्थ्यो?

1 thought on “४ दिनपछि बल्ल देख्यो ‘नागरिक’ ले गोप्य दुर्घटना, तर नाम किट्न डरायो”

  1. ekraj says:
    December 16, 2015 at 5:03 pm

    This type of incidents shows how the media mafia and highly discredited authorities, police and the criminal gangs associated with politians in Nepal behave, and they redicule the whole law and order system in broad day light.
    Then you find difficult to believe this country ever had any credible goverment or law and order enforcment agencies.
    Whole system is cruel joke and ordinary people are aways victimised and kept in dark.
    In essence” IT IS NEPAL”.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme