Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हे भोला, यस्तो अन्त कता होला? उपप्रमले प्रमलाई बुझाउँछन् ज्ञापनपत्र

Posted on December 15, 2015December 16, 2015 by Salokya

1450170572569_RoS-Ktm-PMनेपाल भन्ने देश अचम्मकै छ। अहिलेको मन्त्रिपरिषद् पनि अचम्मकै छ। ६-६ जना उपप्रधानमन्त्री छन् अहिले। यति धेरै उपप्रधानमन्त्रीहरु न नेपालमा पहिले कहिले थिए न शायद् भविष्यमै हुनेछन्। अझ राप्रपाका एक उपप्रम त बनाउनै बाँकी पो छ।

उपप्रमहरु पनि फेरि कस्ता- कोही राजावादी (कमल थापा), कोही संघीयताविरोधी (चित्रबहादुर केसी), कोही अखण्ड सुदूरपश्चिमवादी (भीम रावल) त कोही सुदूरपश्चिम टुक्राउनु पर्ने भन्ने (विजयकुमार गच्छदार)। सबैलाई मनाएर राख्न कम्ता गाह्रो छैन प्रधानमन्त्रीज्युलाई।

उपप्रधानमन्त्रीहरु पनि कम्ता छैनन्। अब हेर्नुस् न मंगलबार त्यस्तै नौटंकी भइदियो। दुनियाँमा कतै नसुनेको कुरा भइदियो।

भयो के भने उपप्रधानमन्त्री विजयकुमार गच्छदारले हाम्रो माग पूरा गर भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएछन्। त्यो पनि कहाँ त भन्दा प्रधानमन्त्री निवास बालुवाटारमा।

आफ्नै मन्त्रिपरिषद्‍का सदस्यको माग त पूरा गर्न प्रधानमन्त्रीलाई गाह्रो छ भने महिनौँदेखि बन्द गरेर आन्दोलनमा रहेका मधेसी मोर्चाको मागको हालत के होला? सोच्दा पनि डर पो लाग्न थाल्यो त।

गच्छदारको माग चाहिँ के त ?

त्यही सरकारमा जानुअघि गरिएको ८ बुँदे सहमति पालन गर्नुपर्‍यो। के रहेछ त ८ बुँदे ?

8_Bude_Sahamati

3 thoughts on “हे भोला, यस्तो अन्त कता होला? उपप्रमले प्रमलाई बुझाउँछन् ज्ञापनपत्र”

  1. ekraj says:
    December 16, 2015 at 5:13 pm

    The drama of these thugs have crossed all the limit of any reasonable of human being any any credible political parties.
    A gang of thugs or corrupt criminals can not be recognised as credible political party and these these irresponsible gangsters have done enough to destroy everything.
    When these lazy good for nothing barkers have done any useful thing in their whole life or so called political career (corrupt and crimianl career)

    Reply
  2. dor Prasad says:
    December 16, 2015 at 4:00 am

    कुनै दिन एमाले का अधेक्छे कमरेड (के पी ओली ) ले नेपाल का प्रधान मन्त्रि (के पी ओली ) लै ज्ञापन बुझाउछन !! लाज न भाको !!! कहिँ न भाको जात्र नेपाल मा !!!

    Reply
    1. XYZ says:
      December 16, 2015 at 1:45 pm

      सुबास नेम्वांग ले एक हात ले राजिनामा दिने र अर्को हात ले राजिनामा लिने चटक हेर्नु भयेनर?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme