Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेकारमा तनाव बढाउन राष्ट्रपतिको जानकी मन्दिर भ्रमण

Posted on December 17, 2015December 17, 2015 by Salokya

राष्ट्रपति विद्या भण्डारीको कार्यक्रम कसले तय गर्ने हो कुन्नि। आज जनकपुरमा जे भयो, त्यो ठीक भएन। त्यसै पनि मधेस आन्दोलनका कारण तनावग्रस्त रहेको ठाउँमा शक्ति प्रदर्शन गरेर बिनसित्ति भिडन्त निम्त्याउने काम भयो। विवाह पञ्चमिको अवसरमा राष्ट्रपति जाने चलनै पो थियो कि भन्ठानेर खोज्दा अघिल्ला राष्ट्रपति रामवरण यादव यो दिन जनकपुर पुगेको देखिएन। अहिलेको स्थितिलाई विश्लेषण गरी पनि यो भ्रमण आवश्यक थिएन। बेकारमा राष्ट्रपतिको सवारीमा पेट्रोल बम प्रहार गरियो, बालबाल बचे भन्ने उत्तेजक हेडलाइन बनाउन भ्याए भारतीय मिडियाले। बेकारमा राष्ट्रपतिको पुत्ला जल्यो। बेकारमा टियरग्यास हान्नुपर्‍यो। बेकारमा लाठिचार्ज गर्नुपर्‍यो। बेकारमा कयौँ घाइते भए। बेकारमा राम-जानकीको स्वयंवरको कार्यक्रम स्थगित गर्नुपर्‍यो।


फोटो: राजकमल सिंह


राष्ट्रपति आउने खबरपछि हिजैदेखि त्यहाँ पुत्ला जलाउन सुरु भइसकेको थियो। फोटो: घनश्याम मिश्र

राष्ट्रपति भण्डारीसँगै नेपालका लागि भारतीय राजदुत रणजित राय पनि जाने भनिए पनि अन्तिम समयमा भारतीय राजदूत जाने कार्यक्रम रद्द भएको थियो।

15 thoughts on “बेकारमा तनाव बढाउन राष्ट्रपतिको जानकी मन्दिर भ्रमण”

  1. madan bajracharya says:
    December 20, 2015 at 8:34 pm

    नेपालको शान्ति र बिकाशको निमित निम्न कार्य गर्नु पर्छ जस्तो लाग्छ:

    ०१. अब नेपालमा आतंकवाद अरास्त्रवाद बिखंदंवादको स्पस्ट व्याख्या गरेर यस्तो अपराध गर्नेलाई नियन्त्रण गर्न नसके गोलि ठोक्न सकिने र मृत्यु दण्ड दिन सकिने कानुन बन्नु पर्छ/
    ०२. गलत तथा गैरकानुनी तरिकाले दवाव दिने को कुनै माग पुरा नगरिने/
    ०३.मधेसी हारे भारत हार्छ भनेर बिदेशी गुहार्ने भ्यक्ति भय अरास्त्रवादी ले पाउने सजाय दिने/ संस्था बा राजनैतिक दल भय तुरन्तै खारेज गर्ने कानुन बन्नु पर्छ/
    ०४. अनेपाली तथा नेपाल विरोधीले पनि नेपालको नागरिकता लियकोले नै नेपालको स्थिति अराजक बनेको अब स्पस्ट भैसक्यो/ त् गलत तरिकाले नेपालको नागरिकता लिने बिदेसी भयमा तेस्तालाई सत्रु देसको जासुसले पाउने सजाय हुने र तेस्तालाई सघाउनेलाइ कमसेकम ३ बर्ष अनिवार्य जेल सजाय हुने कानुन बन्नु पर्छ/ .
    ०५.नेपालीलाई नेपालको कुनै पनि भूभागमा बसोबास गर्न आवात जावत गर्न सार्वजनिक स्थल तथा सेवा को उपयोग गर्न बात जवरजस्ती बन्चित गर्न खोज्ने व्यक्ति भयमा १० बर्ष सम्म अनिवार्य कैद हुने र संस्था बा दल भय तेस्तो संस्था बा दल खारेज्नै हुने कानुन बन्नु पर्छ/
    ०६. नेपालको सबै प्रहरी ससस्त्र हुने, जनसंख्याको अनुपातमा प्रहरी नियुक्त गर्ने, प्रहरी माथि आक्रमण गर्नेलाई आबस्यकतको हद सम्म कारवाही गर्न पाउने अधिकार दिने, सार्वजनिक नोकसानी गर्ने व्यक्तिलाइ कार्यवाही गर्ने समय सिमा नहुने, तेस्तो अपराध गर्नेलाई कुनै पनि समयमा समाउन सकिने, प्रहरीले समाउन सक्ने तर छोड्न अदालतको आदेसनै चाहिने ब्यबस्था लागु गर्ने/

    Reply
  2. Suraj Maskey says:
    December 17, 2015 at 4:40 pm

    हिडन न जान्नेले दग्रुन खोज्दाको परिणाम

    सुरज मास्के

    Reply
  3. Karbir Thapa says:
    December 17, 2015 at 1:11 pm

    Dear Mysansar,

    Sadly, this incident has had occurred while it could have been avoided by simply aborting the trip of the Prez. Regret, damage done and image torn ! Well, one can see a total failure of the Security intelligence Here. Information gathering, reconnaissance and advance all failed to fed. In this particular case, all Security Chiefs in the are to be blamed and held responsible for the incident. Yet a question, when will Nepalese Security Forces grow ? Tax payers wondering….

    Reply
  4. Shreedhar says:
    December 17, 2015 at 11:01 am

    किन नजाने देशको रास्ट्रपति डर मानेर कतै नहिड्ने कुरा त भएन ni

    Reply
    1. XYZ says:
      December 17, 2015 at 3:02 pm

      डर माने कुरा होइन मूल कुरा आफु गएर समस्या समाधान हुन्छा कि झन् चार्किन्च्चा फेरी त्यो कार्यक्रममा रास्ट्रपति जाने prachalan पनि छैन किन बिना सिटि ज्ञानेन्द्र जस्तो हुन खोज्य यो आइमाई laai?

      Reply
  5. Dipak says:
    December 17, 2015 at 10:53 am

    तनाब बढ्छ भनेर राष्ट्रपति आफ्नो देशको भूभागमा जान नहुने? यो कस्तो वायियत तर्क हो? रास्ट्रपति जान डराउने हो भने सर्ब साधारण कसरि जाने ?

    दिपक
    अमेरिका

    Reply
  6. XYZ says:
    December 17, 2015 at 5:28 am

    She went to visit Janaki Mandir because PM Oli advised her to do so. By the way, she is just a ceremonial rastrapati bounded by PM’s advises. PM Oli wanted her to visit Janaki Mandir to show Madhesis (not humans) who is in charge of the situation.

    Reply
  7. Michael says:
    December 17, 2015 at 4:41 am

    सत्या नाश , बल्ल बल्ल मंगल धुनी साथ् पहिलेको राजा जस्तो पानस मा दियो बाल्ने मौका आ को थ्यो झन्डै बम खानु पर्यो | अब मदेश तिर न जानु झरेको आप ले हान्लान मदिसेले |

    Reply
  8. eklavya says:
    December 17, 2015 at 4:19 am

    जस्तो राष्ट्रपति उस्तै जनताको गति र मति। काठमाडौँले आन्दोलन गरे सिंगो देशको लागि रे अनि मधेशीले गरे मधेशकोलागि मात्र रे …यदि जनताको माग हो भने किन सम्बोधन भएन? यदि मधेशी नेताको हि भने चार कोठामा बसेर अझ पनि किन सुल्झेन? यदि भारतको हो भने प्र.म. हुने बित्तिकै धाउने भक्तहरु किन राष्ट्रगान गाउँदै छन्? सबैको आ आफ्नो अहम देखाउने मौका हो यो ? भूकम्पले चारैतिर बाट पेलिएको जनताको आहत सुन्ने कसले ? सुनाउने कसलाई? आगोमा घिऊ हाल्ने हाम्रा नेपाली जनता यी भातमाराहरुकै निम्ति बोल्छन यिनीहरुकै भनाइलाई खण्डन गरि भ्याउछन। कहिले बुझ्ने हो राजनीतिक खेलहरुलाई? कहिले ओलीको, कहिले प्रचण्डको,कहिले बाबुरामको,कहिले सुशिलेको चर्तिकलामा तालि पिट्दै बस्ने हो कहिलेसम्म ..? दशकौ सम्म संविधानको लागि झुल्याउदै राख्यो गोरुको अघि घाँस राखी दौडाए झैँ अनि संबिधान बनाइदिए मानौ ठुलै गुण लगाए झैँ गरि सबै हातहरु आफ्नो धादमा राखे प्रचण्ड अनि कुलेलाम ठोके। संबिधान बन्यो अर्को गाइजात्रा शुरु गर्यो अब यसलाई पनि दशकौ सम्म नाना तरिकाले लम्ब्याउन्दै कुर्सीमा बस्ने हो अनि यसरि को अघि आउछन राजनीतिमा हाली मुहाली सधै यिनकै एकछत्र राज छ यिनीहरुको अनि नेपाली जनता फेरी तालि पिट्दै ….।

    Reply
  9. Dhruba says:
    December 17, 2015 at 3:58 am

    मेरो मनमा पनि यहि लागेको थियो| फेरि धर्म लाई अफिम मान्ने कम्मुनिस्ठहरू किन जान्छन मठ मन्दिरमा ?

    Reply
  10. dor Prasad says:
    December 17, 2015 at 3:13 am

    सरकार र प्रदसन कारी लै सक्ति प्रदसन गर्ने मौका !!! जाडो काट्न राति देखि नै पुत्ला दहन सुरु !!!

    Reply
  11. madan bajracharya says:
    December 17, 2015 at 1:14 am

    मधेशबादीले सन् १९५६मा रघुनाथ ठाकुरले तराइ नेपालको नभयकोले तराइ नेपाल बात अलग्याउनु पर्ने भनेकै कुरालाइ बारम्बार दोहराउन्दै आयकोछ/ गिरिजाको सरकारको मन्त्रि रहंदा राजेन्द्रमहतोले पहाडीहरू तराइमा रहनेहो भने मधेसीको हुकुमत मानेर रहनु पर्ने भनेर कथित मधेश्बादिको नियत त् तराइमा पहाडी हिमालिलाई लखेटेर सके जत्ति बिहारीलाई नेपालको नागरिकता दिलायर तराइमा मधेसीको बहुमत बनायर तराई नेपाल बात अलग्याउने नियत राखेको स्पस्ट गरे/ जेके गोइतले त् बिहारमा बसेर तराइ बात नेपालीलाई लखेटेर तराइ नेपाल बात अलग्याउने भनेर तराइमा हतियार आतंक नै मच्चायो/ सिकेले रघुनाथ जेके आदिले बोले लेखेकै कुरा प्रचार गरे/ गुप्ता मातृकाले तराइमा नेपालको अरु जिल्लाहरु बात बसाइ सराइ रोक्न संघर्ष गरेर तराई पहाडी र हिमालीको निमित निषेधित भुमि बनाउने घोसना गरे/ भारतको बिहार बात तराई पस्ने बिहारीलाई स्वागत गर्दै नेपालको नागरिकता तक्राउने तर नेपालको पहाडी हिमालिको निमित तराइ निषेधित प्रदेश बनाउने माग माग्नेले अरु त् अरु नेपालको रास्त्रपतिलाई पनि तराइमा जाँदा बिरोध गरे पेट्रोल बम हाने/ त् सोच्नुस यस्ताको माग मानेर तराइलाइ मधेसीको रास्ट्रिय आत्म निर्णय समेत गर्न पाउने स्वायत मधेश बनाउन दिय भोलि के गर्छ उनीहरुले? तराई मधेसको मधेश बनेमा के तराइमा बसोबास गर्ने पहाडी हिमालीले न्याय पाउला? आज तराइलाइ मधेश बनाउन भारतको भूमिमा बसेर नेपालमा ३ करोड जनता भोकै र उपचार नपायर मर्न सक्ने नाकाबन्दी गर्ने मधेसीले तराइलाइ नेपाल बात अलग्याउने नाकाबन्दी फेरी गर्दैन? तराइलाइ नेपाल बात अलग्याउन भारतको सेना प्रयोग गर्न सक्दैन/ भारतको नियत तराइ नेपाल बात अलग्याउने नै हो भनेर उसैको गुप्तचर संस्थाको भुतपुर्व अधिकारीहरुले लखेर र भाजपाको सांसदले बोलेरै स्पस्ट गरि सके/ लालुले उहिले भनेथ्यो कि तराइ नेपाल बात अलग्याउन मात्र २ करोड बिहारीलाई नेपाल हुले पुग्छ भनेर/ अस्ति भारतको ग्रिह मन्त्रीले नेपालमा २ करोड भारतीय पसिसकेको र आधाले नेपालको नागरिकता पनि लियको भने/ नेपाल र भारतको कानुन अनुसार दोहरो नागरिकता लिन पाउंदैन/ अरु देसको नागरिकता लियको भारतीयले चुनावमा उठ्न पाउंदैन भोट हाल्न पाउंदैन/ तर नेपालको नागरिकता लिने भारतीयले भारतको चुनावमा उठेको भोट दियको कुरा बारम्बार सार्जनिक हुँदै आयकोछ/ तापनि भारतले तेस्मा कुनै कारेय्वाही गर्दैन उल्टै नेपाललाई तराइ पसे जत्तिको बिहारीलाई नेपालको नागरिकता दिन दवाव दिंदै आयकोछ/ भारतले चाहेर पनि कास्मिरमा जस्तै सैनिक कार्यवाही गरेर तराई कब्जा गर्न सक्दैन/ तर भारतीयलाई नागरिकता दिलायर उनीहरुको बहुमत बनायर सिक्किम जस्तै तराइ कब्जा गर्न सक्छ/ उहिले नेपालको नागरिकहरु राजनैतिक रुपमा तेती सचेत नभयको अबस्थामा नेपालको राजनीति र राजनैतिक दलहरुमा हुल्न सके जत्ति लेंग्दुपेहरु हुले/ तिनीहरु मार्फत राजनैतिक रुपमा सचेत नेताहरुलाई पाखा लगाउंदै गरे; जस्तै गणेशमान र मदनलाइ गरे/ अब नेपाली जनता राजनैतिक रुपमा सचेत भयो/ नेपालमा नागरिकहरुको बहुमतको चाहना अनुसार शासन ब्यबस्था हुने भयो/ त् तराइमा आफुलाई कहिले पनि नेपाली नभन्ने तराइ नेपाल बाटै अलग्याउन चाहनेको बहुमत हुने प्रदेश बनाउन दिन ब हरातले दवाव दियो/ यसले सैनिक कार्यवाही बात सिक्किम बनाउन नसकिने तराईलाई मधेसी कारवाही गरेर सिक्किम बनाउन खोजेको देखाउन्दैन?

    जनकपुर गयको रास्त्रपतिलाई ढुंगा हान्ने पेट्रोल बम हान्ने मधेशबादी दललाई अब आत्तान्क्बादी घोसना गरेर तराइमा संकट कालिन ब्यबस्था लागु किन नगर्ने?

    Reply
    1. XYZ says:
      December 17, 2015 at 9:36 am

      Oh gubaju, why you not worry about newars being in minority by the influx of population in Kathmandu? Try make short comments otherwise write a full article for blog site posting.

      Reply
    2. One Madheshi says:
      December 17, 2015 at 4:35 pm

      Dear Madan Ji ko junaaf ma,

      Seems like you have never been outside of the capital, which is the only estate recognized as ‘NEPAL’, rest are nothing and nowhere to be counted. Especially Terai region, indeed the dwellers are not the Nepalese citizen in your eyes and so called opinion. These are ‘TERRORISTS’. You are right friend. They deserve to die, to be ruled by ‘KHASWADI SATTA’.

      By my dear friend, please read and do bit of research for your own knowledge and ‘DON’T BARK LIKE A DOG’!! . Else ask your ancestors for your own root and history, rather than condemn the TERRAINs and MADHESHIs.

      खोक्रो रास्त्रवाद को नारा न घन्काउ यी मुट्ठी भर खस्वादी , नस्लवादी सोच भएका माखे हरु को ओत मा !! गौरब गर मधेश Nepal को अन्न भण्डार हो भनेर .!!

      Reply
      1. madan bajracharya says:
        December 18, 2015 at 2:06 pm

        मधेसीज्यु
        म मधेसी भंनेल्के म नेपाली भन्ने छाडी सके/ आफुलाई मधेसी भन्नेले मधेश भनेको नेपालको भूभाग नै होइन र मधेशमा बस्ने पहाडी हिमाली नेपालीनै होइन जस्तो कुरा गर्छ/ पहिलो संबिधान सभाको चुनाव अघि सम्म मधेशिहरुले तराइ बात पहाडी हिमालीलाई क्लाहेत्ने अभियान नै चलायको थियो/ मधेसीले हामि नेपाल हाम्रो नेपाल मानेको भय पहाडी हिमालीले भन्दा मधेसीले सिके रावतलाई गालि गर्थे, मधेसी हारे नेपाल र नेपाली हार्छ भन्थे मधेसी हारे भारत हार्छ भन्दैनथ्यो/ नेपाललाई आफ्नो देस मान्ने मधेसी प्रति मेरो सद्भाव सदा रहनेछ/ तर नेपालको नागरिकता लियर नेपाललाई आफ्नो नठान्ने मधेसी कस्तो थियो कस्तो हुनेछ भन्ने कुरा भनिने रहने छु/ तराइमा म नेपाली भन्ने मधेसीको सोसन भयको छ र उनीहरुको हक अधिकार कसै बात तराइले धान्ने नसकिने गरि पसेको बिहारी मधिसे बात भयकोछ/ यो कुरामा आफुलाई नेपाली भन्ने मधेसीले नबुझेको भय संबिधान सभाको चुनावमा यस्तो सिट हार्दैन्थ्यो मधेसी हारे भारत हार्छ भन्ने मधिसेहरु/

        अन्तमा सक्नु भुन्छ भने मैले माथि लेखेको गलत भयको प्रमाणित गर्नुस/ भारतले अहिले मधिसे हारे भारत हार्छ भन्नेलाई अहिले सघायको पनि मधेसीको निमित होइन भारतको आफ्नै स्वार्थको निमित हो/ मधेसीलाई भारतले पत्यायाको भय भारतीय सेनामा नेपाली पहाडी हिमालिलाई होइन मधेसीलाई भर्ना गर्थ्यो/ नेपालाई गद्दारी गरेर अंग्रेजलाई सघाउन्दा युद्ध पछि आफ्नो देसलाई गद्दारी गर्ने मधेसीलाई अंग्रेजले पनि पत्यायन; पत्यायाको भय अंग्रेजले पनि आफ्नो सेनामा गोर्खालीलाई होइन मधेसीलाई भर्ना गर्थ्यो/ होइन भन्न सक्नु हुन्छ?

        रास्त्रपतिलाई समेत पेट्रोल बम हान्ने लाइ के गर्नु पर्थ्यो त्यो तपाइले नै भन्नु भयो/ तेसो हुन्थ्यो पनि यदि नेपालको सबै दलहरुमा लेंग्दुपेहरु नभयको भय/

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme