Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेकर्डमा नरहेको एउटा दुर्घटना

Posted on December 13, 2015 by Salokya

bahar-kanchhi
‘बहर कान्छो’ ह्यान्डल भएको एउटा ट्विटर अकाउन्टबाट आइतबार साँझ माइसंसारसमेत अन्य मिडियालाई पनि ट्याग गरी एउटा यस्तो ट्विट भएको देखियो। उनले यसबारे सबै चुपचाप भने पनि त्यस्तो अवस्था भने होइन। आजको आर्थिक दैनिकले यसबारे पहिलोपेजमै फोटोसहित विशेष समाचार छापेको छ।

कान्तिपुरका जुनियर मालिकले हाकेको कार माइतिघरमा हिजो विहानै उत्तानो पल्टियो। यसबारे सबै चुपचाप । बडो आश्चर्यजनक !! pic.twitter.com/DNg4i9dU4F

— बहर कान्छो !!!! (@BAHARkanCHHO) December 13, 2015


‘बहर कान्छो’ ह्यान्डल भएको एउटा ट्विटर अकाउन्टबाट आइतबार साँझ माइसंसारसमेत अन्य मिडियालाई पनि ट्याग गरी एउटा यस्तो ट्विट भएको देखियो। उनले यसबारे सबै चुपचाप भने पनि त्यस्तो अवस्था भने होइन। आजको आर्थिक दैनिकले यसबारे पहिलो पेजमै फोटोसहित विशेष समाचार छापेको छ।

यस्तो छ समाचार-
kantipur

समाचार अनुसार शनिबार बिहान करिब पौने ५ बजे माइतीघरमण्डलामा बा१२च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार दुर्घटना हुँदा त्यसैमा सवार चार जना घाइते भएका थिए।

कार सडकमा उत्तानो परेको देखेपछि मर्निङवाकमा निस्केका सर्वसाधारण र प्रहरीले उक्त कारमा रहेका युवायुवतीलार्ई उद्धार गरेर नर्भिक अस्पताल पुर्‍याएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जय बहादुर चन्दले आफूूलार्ई उक्त घटनाको सम्बन्धमा कार्यालयबाट सामान्य रिपोर्ट गरेको र आफू घरमा भएको कारण विस्तृत विवरण दिन नसक्ने बताएको समाचारमा उल्लेख छ। पूरा समाचार पढ्नुस्

यो दुर्घटना अहिले ट्राफिकको रेकर्डमा छैन। उपत्यकासहित सबै ठाउँको दुर्घटनाको रेकर्ड रहने ठाउँसम्म यो दुर्घटनाको खबर पुर्‍याउँदै पुर्‍याइएन।

दुर्घटनामा परेका र घाइते भएका भनिएका सम्भव सिरोहियाले भने आफ्नो फेसबुकमा आइतबार राति फिलिङ ह्यापी भन्दै ‘कूल’ फोटो पोस्ट गरेका छन्-

Posted by Sambhav Swar Sirohiya on Sunday, 13 December 2015

sambhav

9 thoughts on “रेकर्डमा नरहेको एउटा दुर्घटना”

  1. Limbu HarataraH says:
    December 16, 2015 at 8:12 pm

    यो तपाई/हामीले बनाएको देशको, संविधानको हिरो’रुको सानो रुप हो!!! “गाउँतिर झन् डरलाग्दो, अचाक्ली, अन्धकार, अन्धविश्वास, अभाव, एक्सिडेन्ट भएका छन् साथीहो…………………..!”

    Reply
  2. Pingback: ४ दिनपछि बल्ल देख्यो ‘नागरिक’ ले गोप्य दुर्घटना, तर नाम किट्न डरायो « Mysansar
  3. सिर्जने says:
    December 16, 2015 at 12:04 am

    पचासौं लाखको गाडी कच्याककुचुक पारेपछि बल्ल “फिलिंग ह्याप्पी” हुने यस्तो मान्छे नेपालले पाल्न सक्तैन, कतार तिरै पठाउने ब्यबस्था गर्नुपर्ने भयो!

    Reply
  4. ekraj says:
    December 15, 2015 at 6:06 pm

    Looking at this guys activities and face; he will settle down when he disapears from this world with few stupids like him when he drives again with his other accomplishes.
    His father is making very bad investment on this hoodlum.

    Reply
  5. Navin Rayamajhi says:
    December 15, 2015 at 5:22 pm

    नेपालको एक नम्बर पत्रिकाको मालिकको छोरोको समाचार कसले छाप्ने? धन्न आर्थिक दैनिकले साहस गरेछ. यो देस नै यस्तै ठुलाबढा हरुले भरिएको छ.

    Reply
  6. Nikhil says:
    December 14, 2015 at 7:41 pm

    नेपाल मा एक मात्र hummer गाडी चड्ने येही होइन र ?

    Reply
  7. XYZ says:
    December 14, 2015 at 10:52 am

    Sounds like new Paras in offing.

    Reply
  8. haeka shahi says:
    December 14, 2015 at 8:33 am

    this is the power of bloody media in Nepal, when we common people has any issue they always comes with team to flash out the unnecessary infos to accumulate the TRP, now what about them, don’t we have any law to wipe out them?

    Reply
  9. madan bajracharya says:
    December 14, 2015 at 5:15 am

    ठुला ब्यापारीले नियोजित तरिकाले नै ट्यांकरहरु बात पेट्रोल चर्दै गरेको प्रमाण सहित प्रहरीले समाउँदा पनि सजाय हुँदैन/ ग्यास सिलिन्डरको ठुला व्यापारीहरुले हजारौ नकली सिलिन्डर बनायर नेपाली ठग्दा पनि कार्यवाही हुँदैन/ त्ग्घुला भ्यापरिहरुले अरवुन्को ब ह्यात छोरि गर्दा पनि सजाय गरिंदैन/ तर २ रुपिया पकेट मारे प्रहरीको लात पनि खुवाईञ्छ जेल पनि राखिन्छ/ ठुला नेताहरु र तिनका आशिर्वाद पाय जति सुकै चोरे पनि तसकारी गत्रे पनि ज्याननै मारे पनि सजाय हुँदैन/ करोड भन्दा माथि चोरी सजाय होइन सम्मानित हुने कुरा घोसना मात्रै गरेको छैन लागु चाहि भै सक्यो/ नेता र दलको माग पुरा गरेनन भने जनता सडकमा हिड्न ;पाउंदैन बच्चा स्कुल जान पाउंदैन कल कारखाना खोल्न पाउंदैन/ कुरा यतिमा पनि सिमित रहेन दलको माग पुरा नगरे ३ करोड जनता भोकै र य्पचार बिहिन भयर मर्नु पर्ने अबस्थामा पुर्याउने नाकाबन्दी समेत गरिन्छ/

    प्रजातन्त्र लोकतन्त्र को नाममा नेपालमा कोठे तन्त्र आयकोछ/ पदलोभिहरु अघोसित राजा पनि होइन जुद्ध शम्सेर बन्ने तन्त्र आयको छ/ राजाको छोरा राजा नबन्ने भयो सोर्ह भाइ पालै पालो प्रधान मन्त्रि नबन्ने भयो ४ ठुला दलका ३ ठुला नेताहरु सहमति गत्र्ह्बन्धन गरेर जनताले नचुने पनि प्रधान मन्त्रि बन्ने भयो/ नेताको गोजी भरे संसद हुने भयो/ ठुलाले देस तुक्राउञ्छु भने वाक स्वतन्त्रता, सानाले नेताको आलोचना मात्र गरे सजाय पाउने भयो/ अनि यस्तै व्यवस्थालाई उत्कृस्ट भनियो/ त् यस्तो सरकार र ब्यबस्था भयको देसमा ठुलाको छोइराले रक्सि खायर जथाभावी गाडी चलाउँदा भयको दुर्घटना भयको कुरा लुकाईयो त् के आस्चर्य?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme