हरेक वर्ष एसएलसी नतिजा आउँदा समाचार शीर्षक हुन्थ्यो- फलानो प्रतिशत पास भए। फलानो प्रतिशत फेल भए। तर अब एसएलसीमा पास/फेल नै नहुने भएको छ। बिहीबार शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ प्रणाली लागू गर्ने निर्णय गरेको हो।
यस अनुसार अब एसएलसीको मार्कसिटमा A+, A, B+, B, C+, C, D, E र N लेखिनेछ।
के हो त त्यसको अर्थ? अनि के आउन सक्छ त समस्या ?
९० – १०० A+ Outstanding ४.०
८० – ९० भन्दा कम A Excellent ३.६
७० – ८० भन्दा कम B+ Very good ३.२
६० – ७० भन्दा कम B Good २.८
५० – ६० भन्दा कम C+ Above average २.४
४० – ५० भन्दा कम C Average २.०
२० – ४० भन्दा कम D Below average १.६
१ – २० भन्दा कम E Insufficient ०.८
० N Not Graded ०
९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई A+ को श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई A, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई B+, ६० देखि ६९ सम्मकालाई B, ५० देखि ५९ सम्मकालाई C+, ४० देखि ४९ सम्मकालाई C, ३० देखि ३९ सम्मलाई D, २० देखि २९ सम्मलाई E र १ देखि १९ सम्मलाई N अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको दिइन्छ।
अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ का अनुसार यसको विस्तृत व्याख्या यस्तो छ-
A+ Outstanding Admirable evidence of grasping, thinking and summarizing the subject matter; demonstration of extra ordinary performance in problem-solving, creativity and participation, exceptionally independent in learning and organizing contents; higher performance in balancing knowledge, understanding, application, analysis, synthesis and evaluation of contents; independent and extra excellent performance; superior in communication skills.
A Excellent Strong evidence of grasping, thinking and summarizing the subject matter; demonstration of higher performance in problem-solving, creativity and participation; high level ability in learning and organizing the contents with successful analysis, synthesis and evaluation of contents; highly commendable performance; advanced in communication skills.
B+ Very Good Great evidence of grasping, thinking and summarizing the subject matter; demonstration of higher performance in problem-solving, creativity and participation; high level ability in learning and organizing the contents with successful analysis, synthesis and evaluation of contents; remarkable but not particularly independent performance; sound in communication skills.
B Good Better evidence of grasping, thinking and summarizing the subject matter; demonstration of reasonably good but not particularly independent performance in problem-solving, creativity and participation; good capacity of learning, organizing and analyzing the contents; satisfactory level of performance; reasonable communication skills.
C+ Above average Acceptable evidence of grasping, thinking and summarizing the subject matter; demonstration of reasonably good but not particularly independent performance in problem-solving, creativity and participation; good capacity of learning, organizing and analyzing the contents; moderate level of performance; reasonable communication skills.
C Average Some evidence of grasping, thinking and summarizing; demonstration of moderate level performance in problem-solving; satisfactory capacity in learning and organizing the contents; adequate level of performance with basic communication skills.
D Below average Little evidence of grasping and thinking; demonstration of low level performance in problem-solving; poor capacity in learning and organizing the contents; poor level of performance; indequate communication skills.
E Insufficient Negligible evidence of grasping and thinking; demonstration of very poor level of performance; poor learning involvement and weak communication skills.
N Not Graded Absence Unfair behavior Absolutely unacceptable Response
पास फेल नभए पनि एउटा अनौठो के रहेको छ भने डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेड प्राप्तिका लागि पुनःमूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णयबमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने छन् तर दुई विषयभन्दा बढी विषयमा डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेका विषयमा पुनःमूल्याङ्कन गराउन चाहेमा आगामी मूल परीक्षामा सहभागी हुन पाउने छन् । यसरी मूल्याङ्कन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाण पत्र तथा लब्धाङ्क पत्र दिइने छ ।
अर्थात् यो फेल भएकाले पुनः परीक्षा दिन पाउने व्यवस्था जस्तै देखिन्छ।
के समस्या आउलान् त ?
नेपाली परिवेशमा यस्तो प्रणाली ल्याउँदा के असर पर्छ, अध्ययनै नगरी विश्व बैँकले दिएको दबाबको भरमा लागू गरियो। अब यसमा समस्या आए कसरी समाधान गर्ने होला त ?
– तल्लो श्रेणीमा पास गर्नेहरुले आफूले चाहेको विषय पढ्न पाउँछन् ?
– D र E ल्याउनेले साइन्स पढ्न चाहे भने के गर्ने? पढ्न दिने? चाहेको विषय पढ्न नपाउने भए फेल हुनु र नहुनुको के अर्थ?
I think this new system is better because it does not create students fear of passing the exams. If some student want to study Science, then he should work hard to get good grades. And there are many student who just wanna pass, and get some training for job, then he does not need to get high grades.
Our current SLC system is really creating PANIC to students, and a sort of mental pressure to study as hard as possible to pass the exams. This is the result why many students suicide after they fail the exam.
D र E आउनेले science पढ्न पाउने कि नपाउने भन्ने बिषयमा प्रत्येक college ले निश्चित बिषय हरु मा निश्चित न्युनतम अंक ल्याएमा पुग्ने गर्ने हो भने यो समस्या समाधान हुञ्छ. जस्तो मैले Engineering पढ्दा admission को लागि Math, English र total percentage को average लिन्थ्यो(अहिले कस्तो छ थाहा छैन). त्यो सिस्टम धेरै राम्रो थियो.
I wonder who will monitor quality of output.
Individual subject grade को साथै overall GPA score पनि दिए राम्रो
यो तरिका बिधि अनुसार चल्ने कानुनको पालाना गर्ने संस्कार भयको मुलुकको निमित ठिक छ तर हाम्रो जस्तो कुनै दलको कार्यकर्ता बन्नु र दलका नेताको नजिकका बन्नुनै बसर पाउने योग्य बन्ने देसमा सफल हुँदैन/ स्कुल कलेजमा दलका कार्यकर्ता बनेकाहरु किताव भन्दा पार्टीका झण्डा बोक्छन/ उनीहरु कलेजमा दुईबर्से पढाइ सफलताका साथ् सिध्याउन होइन कलेजमा दलको आधिपत्य जमाउन गयका हुने सबैले देखेकै कुरा हो/ दलको कार्यकर्ता बनेका र नेताको सिफारिस पाउने ले कलेजमा पढाइ कम राजनीति गर्छन/ तेस्ता कुनै कलकारखानामा कसरि नियुक्त हुन्छन र नियुक्त भयमा काम भन्दा गर्छन किन कार्यालय कल कारखाना का अधिकारीलाई थर्कायर हड्ताल बढी गर्छन भनेर सबैले बुझेकै कुरा हो/अब यस्तो पास र फेल नछुट्टिने सिस्टम लागु भयमा सिफारिसको भरमा स्कलरशिप पाउने र राम्रो र पायक पर्ने पदमा नियुक्त हुनेलाई कसैले चाहेर पनि रोक्न सक्दैन र A+ पायका सडकमा ममचा बेच्न बाध्य हुन्छन र किताव भन्दा पार्टीको झण्डा बोक्ने D E N ग्रेड पाउने काम कम हड्ताल बढी गर्नेले कार्यालय कल कारखाना मा नियुक्ति पाउने हुन्छ/ दलको सिफारिसमा जागिर पाउने कस्ता हुन्छन भनेर अहिले भर्खरै योग्यता नभय पनि ८ तहमा बढुवा भयर तेल डिपो प्रमुख बनेकोलाई प्रहरीले पकडेको कुराले स्पस्ट गर्छ/
अब SLC मा फेल भएर मर्ने मृत्यु दरमा झर्ने छ.बिधार्थीहरू अआफु जे जस्तो Grade प्राप्त गरेका हुन्छन ,सोहि अनुसारको बिषय पढ्ने रनोकरीको कुरामा पनि ,सोहि अनुसारको रोज्ने
प्राबधान बिधयार्थी वर्ग र हरेक चोल्लेगे हरुमा हुनु आवश्यक छ.
प्रोब्लेम औला जस्तो lagdaina त मलाई , college मा जहिले पनि entrance exam दिनु पर्चा , त्यो marksheet को खासै महत्व हुदैन , eligibility अनुसार college ले लिन्छ
Very happy to see the changes. Though i regret it came little late after many lives lost. At least, our yound lads are not barred for further study. Now, Nepalses government has to intensify and focus on english so that people going abroad can do better. I have seen many countries people get good job and good pay cause of their command in english. I have seen our Nepalese brother and sister in dire situation without english working under either Philipino or indian.Hope this will work !
The grading scheme will work if the HSEB and Universities also apply similar grading system completely (KU does grade point average, as far as I know). Of course, there needs to be further changes in assessing students: grading is just one part of it.
bahun हरुले क ख, ग, घ गरेर किन बर्गिकरण नगरेको भन्ला नि?
खहेर नेपालले एस एल सि मा ग्रेडिङ सिस्टम लागु गर्यो मलाई खुशी लगेको छ
तर
आहिले सम्म म यो बिषयमा अन्योल मै छु , प्रतेक बिषयलाई ग्रेडिङ गर्ने हो कि टोटल मार्क्सलाई ग्रेडिङ गर्न लगेको हो?
यदी प्रतेक बिषयलाई हो भने उत्तम हो, तर टोटल मार्क्स लाई ग्रेडिङ हो भने चै, कुरो एउटै हो देखौने दात मात्रै फरक हुन्छ ।
माथि salokya जि ले भनेको कुरो D E ल्याउनेले साईन्स पढ्न पाउने कि नपाउने , Per subject Gredding हो भने साईन्स पढ्नलाई मात्र हैन यो बिषय पढ्न यो,यो बिषयमा चै यो ग्रेड अनिवर्य छ भने हुन्छ , Education लिएर पढ्नु छ साईन्स मा फेल हुँदा हुँदा वाक्क , साईन्स ११ गएर काम लग्ने हैन, तर यदी ११मा शिक्षा पढ्नलाई नेपाली, सामाजिक, शिक्षा , जनसंख्या, स्वास्थ्य, ईंग्लिश मा राम्रो ग्रेड आए हुने भये गणित र विज्ञानमा फैल भएकै कारण बारम्बार एस एल सि देको देही त गर्नु पर्दैन
र साईन्स नै पढ्नेलाई पनि निस्चित बिषयमा राम्रो ग्रेडिङ आए अर्को बिसयलाई जुन ग्रेड आए pani त भयो
If student scores C+ or higher in EMS (English, Math and Science), he/she should be eligible to study under Science and Technology Faculty. Further, Individual Institution can setup their own minimum Grade required to be admitted.
यो सिस्टम प्राय विकसित मुलुकहरुमा पाइन्छ र हाल जहाँ पनि लागु हुन थालेको छ यो नेपालमा लागु गर्न निकै ढिलो भएको तर यो सम्बन्धि धेरै अघि देखि आवाज उठिरहेका थिए तर नेपालको सरकारी काम जो पर्यो ..कसैको दवाब नपाइ नगर्ने प्रबृत्ति कहिले नजाने भो. जसरि slc मा लागु भएको छ यो तल्लो देखि मास्टर सम्म लागु गरेको खण्डमा सन्तुलनमा आउन थाल्छ जस्तै राम्रो अंक ल्याउनेले राम्रो स्कुल वा कलेजमा पढ्ने मौका साइन्स आदि बिषयको लागि न्युनतम ग्रेड तोकिदिने जसले गर्दा आफ्नो योग्यता अनुसार पढ्न सक्ने बिषय छान्न सजिलो हुन सक्छ वा प्रवेश परिक्छा बाटै थाहा हुन्छ बिदेशमा पनि राम्रो बिषय र राम्रो कलेज पढ्न राम्रो ग्रेड अनिवार्य जस्तो छ तेही अनुसार नेपालमा पनि बिस्तारै हुँदै जानेछ slc मा फेल भएकै कारण कतिले बर्षौ कुर्नु पर्ने पढाई छोडी दिने मानसिक दवाब सामाजिक अवहेलना जस्ता कुराहरु झेल्नु पर्ने र कतिले त ज्यानै गुमाएका पनि छन् शायद यो नियमले केहि हद सम्म सहज बनाउला …
D र E ल्याउनेले साइन्स पढ्न सक्नु पनि परयो नि पढ्न दिएर मात्र के गर्ने? फेरी पनि ल्याउने त D र E नै ग्रेड हो । यस्ता कमजोर बिद्धार्थी जागिरमा कसरी बिक्ने?
अब एउटा वा दुइटा विषयमा D अाएपनि, Overall मा B, C ल्याउन सकिनेछ र
अङ्ग्रेजीमा मा बारम्बार फेल भएकै कारणले उच्च शिक्षा बाट बन्चित हुन नपर्ला अब !
त्यस्तै गणीतमा मा मात्र कमजोर भएकाले पनि गणित आवश्यक नपर्ने क्षेत्रमा उच्च शिक्षा प्राप्त गर्न सक्नेछन् ।
म तपाइको विचारमा सहमत छुँ !