Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पेट्रोलको लाइन कुर्ने जुक्ति

Posted on December 10, 2015 by Salokya

line1 सरकारी रेटमा पेट्रोल पाउनु पनि दुर्लभै कुरा भइसकेको छ अहिले। तिहारअघि बाँडिएको थियो सर्वसाधारणलाई पेट्रोल। त्यसपछि अहिले बल्ल बाँडिँदैछ। पेट्रोल बाँड्ने भन्ने बित्तिकै पेट्रोल पम्महरु बाहिर लामै लाइन लाग्छ मोटरसाइकलहरुको। रातभर लाइन राख्नुपर्छ। त्यस क्रममा कसैको पाङ्ग्रा चोरिने, कसैको के चोरिने पनि हुने रहेछ। त्यसैले एक जनाले यस्तो जुक्ति पनि लगाएछन्।

line
हुन पनि हो, लाइनै राख्नलाई किन मोटरसाइकलै राख्नुपर्‍यो र। जे राखे पनि भइहाल्यो। पेट्रोल भर्नमात्र मोटरसाइकल ल्याए भइगो। यो कसको आइडिया हो चाहिँ थाहा भएन। फेसबुकमा धेरै जनाले यस्तो पनि भयो रे भनी फोटो राखेका छन्।

12308745_10153685559020675_1233880530902019690_n
त्यसो त पेट्रोलको लाइनै बस्न नपर्ने गरी एसएमएस प्रणाली अपनाउने भन्ने तयारी पनि गरिएको थियो। तर यो आजसम्म कार्यान्वयनमा आउन भने सकेको छैन।

3 thoughts on “पेट्रोलको लाइन कुर्ने जुक्ति”

  1. Alikhit says:
    December 10, 2015 at 4:20 pm

    कुर्सि राखे पनि हुने हो कि ? घरको थोत्रो मुढा काम लाग्ला जस्तो छ |

    Reply
  2. eklavya says:
    December 10, 2015 at 2:32 pm

    आजको समयमा जुन किसिमले मानवीय संशाधन र भौतिक संरचनाको विकास हुँदै गैरहेको छ तेही गतिमा मानिसहरु ति कुराहरुलाई प्राप्त गर्ने वा त्यो संग यथावत रहने प्रबृत्ति पनि हावी हुँदै गएको नकार्न सकिन्न तेस्को ज्वलन्त उदाहरण हो बाइक जुन नेपालमा जीवनको अभिन्न अंग बन्न पुगेको छ कुनैपनि हालतमा अरु भन्दा अघि पुग्नु आफुलाई जसरि होस् सहज ढंग बाट सो कुरा पाउन खोज्नु देखि लिएर स्वार्थताको चरम बिन्दु झैँ बनेको छ बाइक ..चाहे अरु जुनसुकै अवस्थामा किन नपरोस आफु अघि भए पुग्ने हाम्रो समाजको पर्याय बन्न पुगेको छ चाहे बाटो भत्किएको होस् साँघुरो होस् अरुले मिचेको होस् के मतलव बाइक छिरे पुगी त हाल्यो .आज नेपालमा बाइक नहुने विरलै होलान र तेस्को विकल्प खोज्ने पनि शायदै होलान तर एक लिटरमा दस जनालाई हुने काम एक्लैको लागि भै रहेको कसले पो सोच्लान ? यो बुढ्यौली मश्तिश्कको सरकारले त अवश्य सम्भव नै भएन र हाम्रो युवा वाहुल नेपाली समाज संग भने फुर्सद नै भएन होइन र …?

    Reply
  3. Aanda says:
    December 10, 2015 at 11:52 am

    पासवान चमार डोम मुसहर चेपांग गाड़ा सत्तार दनुवार मेचे कोचे बादी यो सबै युपि बिहारबाट नेपाल पसेको हो। अशिक्षित् अन्धकारहरु नेपाल पसेको ( यिनीहरु पछि पसेको ) नया ठाउँमा केहि हुने कुरो पनि भएन। खाली खुट्टा , झुत्रो लुगा लाउदैमा नेपाली हुन्छ र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme