Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय राजदूत निकम्मा रहेछन् भन्ने यसरी पुष्टि भयो, संविधान पास हुन लागेको रिपोर्टै गरेनछन् दिल्लीमा

Posted on December 8, 2015December 8, 2015 by Salokya

sushma
भारतीय राजदूत रणजित राय कुटनीतिक रुपमा कसरी निकम्मा भए भन्ने पुष्टि सोमबार भारतीय संसदको माथिल्लो सदन राज्यसभामा भारतीय विदेशमन्त्रीको बयानले गरेको छ। विदेशमन्त्री सुष्मा स्वराजले भनिन्, “सबै कुरा अचानक भयो। संविधान बन्दैन बन्दैन नै भइरहेको थियो। अचानक एक दिन खबर आयो कि संविधान सभाको बैठक बोलाइयो र संविधान त पारित भइसक्यो। र, दुई दिनभित्र बिना बहस संविधान पारित भयो, बिना बहस, बिना डिस्कसन संविधान पारित भयो।”

ल हेर्नुस् त बिजोग। दिल्लीमा विदेश मन्त्रीलाई थाहै दिइएको रहेनछ। राजदूत राय साहब आफूलाई भाइस राय ठानेर निश्चिन्त भएर बसिरहेका थिए होलान्- मैले भन्या कुरा त मानिहाल्लान् नि भन्दै। नत्र उसका त्यत्रा खुफिया एजेन्टहरु छन्, थाहा हुन्न उनलाई? हामीलाई त महिनौँदेखि एक एक प्रक्रिया थाहा थियो त। कति गते के गर्ने कति गते के भनेर कार्यतालिका नै तयार थियो त।


सुन्नुस् उनले के भनिन् भिडियोमा-

दुई दिनभित्र बिना बहस संविधान पारित भयो रे। भनेपछि यहाँका राजदुत रायले दुई दिन अघि मात्रै खबर पठाएछन्। नभए चार दिन त संविधानको धारा पास गर्न नै लागेको थियो त- भदौ २७, २८, २९ र ३० गते।
pass

अझ मधेसकेन्द्रित दलहरुसँग कुरा मिलाउन भन्दै २ दिन त प्रक्रिया रोकिएको समेत थियो। भदौ २२ गते संशोधन प्रस्ताव राख्न दिएर छलफल गरेर पास भएको संविधानलाई त स्वराजले दुई दिनभित्र सुटुक्क संविधान सभाको बैठक बोलाएर बहसै नगरी पास गरेको भनेर दुनियाँलाई ढाँट्दी पो रहिछे!

एमालेलाई चिनेकै रहेनछ

सुष्मा स्वराजले एमाले भन्ने पार्टीलाई नचिनेको रहेछ। उनले विद्या भण्डारीलाई मालेकी मालेकी भन्दै गरिन्। भण्डारी नेपालको राष्ट्रपति भइसकिन् भन्ने पनि थाहा रहेनछ कि के हो यिनलाई त।

बाबुराम भट्टराई आफूलाई खुब चोखो भन्दै हिँड्थे। स्वराजले त उनी पनि दिल्ली आएको र सुझाव सुनाएर पठाएको बताइन्। एक दिन त्यस्तो थिएन जुन दिन नेपालका कोही नेता दिल्ली नआएको होस् समेत भनिन् उनले। हेर्नुस् त हाम्रा नेताहरुको हालत। नेपालको संविधान बनाउने प्रक्रियामा कुन हदसम्म भारतले हस्तक्षेप गरेको थियो भनेर उनले खुलस्तै भनिन्।

हेर्नुस् नेपालका नेताबारे उनको भनाई-

नाकाबन्दी होइन भन्दाभन्दै यसरी चिप्लिइन्

उनले नेपालमा आफूहरुले नाकाबन्दी गरेको होइन भन्दाभन्दै विपक्षीलाई जवाफ दिने क्रममा चिप्लिएर नाकाबन्दी पहिलो पटक नभएको भन्दै राजीव गान्धीले सन् १९८९ मा सवा साल घोषित रुपमा भारतले गरेको नाकाबन्दी स्मरण गराइन्। उनले यसो भनिरहँदा विपक्षीसँग मुखामुख समेत भएको थियो। हेर्नुस् भिडियो-

16 thoughts on “भारतीय राजदूत निकम्मा रहेछन् भन्ने यसरी पुष्टि भयो, संविधान पास हुन लागेको रिपोर्टै गरेनछन् दिल्लीमा”

  1. khem says:
    December 9, 2015 at 5:11 pm

    संबिधान कसरी बनाएछन भन्ने कुरा चाहि राम्ररी नै बुझेको रहेछन इंडिया को विदेश मन्त्रि ले ! रात रात छलफल नै हुन नदिएर कर्माचारीले बनाएको संबिधान ! यो कुरा साचो हो ! प्रमुख पार्टीको नेताहरु पटक पटक ढोग्न गएको कुरा पनि साचो हो ! किन चित्त दुखाउने हामीले नाम र दिन नै तोकेर फलाकिन !

    Reply
  2. Michael says:
    December 9, 2015 at 2:25 am

    ओली र मोदी पदाइको मामला मा मित हुन् | मोदीको पदाइलाइ लिएर भारतीय छापाहरुमा ओलीको जस्तै जस्तै धेरै मजाक पढियो | ओली , गच्छेदार बरु येक्प्पटक झन्डै गोपाल पौडेलको नक्कली युनिभर्सिटी बाट पी यच दि लि इ सकेक्का थिए (हेर्नुस पुरानो माइसंसार हरु ), उनीहरुको दुर्भ्याग्य युनिभर्सिटी नै कारबाहीमा पर्यो |
    नेता भएर आउने बाटो पनि लग्बग उस्तै छ पैसा , गुण्डागर्दी , भ्रास्ताचार | अनि अध्यान न हुनु , जथाभाबी बोल्नु , जे मनलाग्यो बोल्नु मा इन्डियन नेताहरु नेपालि नेताभन्दा २ गुणा अगाडी छन् | उखानै बनेको छ ”१०० मे ९९ बेइमान , फिर भी मेरा भारत महान ”|
    इन्डियन , इन्डिया संख्या मा धेरै र नक्सा मा ठुलो भएपनि आफैमा बिग्राहित समाज र देश हो | बिहारीले इन्डिया मै सेनामा , बम्बैतिर ( महारास्त्र ),अरु स्टेट मा जागिर पाउन्न तर नेपाल उनीहरुको लागि जापान , अमेरिका जस्तै हो | यहा आउ बेस्करी , कमाउ , लुट |
    हिजो सम्म यो थ्यो | अब यहा आउ , येतै बस , नागरिकता लिउ इन्डियाको आड मा ठुलो ओहदामा पुग | अगि भर्खर सम्म त्यो थ्यो |
    अहिले अब आएर नेपाल को तराई टुक्राएर मधेस बनाउ , पानि , बिद्द्युत र तेल भण्डार सबै हडप्ने गरि इन्डिया मा एकीकरण गर |
    यो मदिसे मोर्चाको ग्रयाण्ड डिजाइन को इन्जिनियर पनि इन्डिया , हिजो माउबादी को नेपाल धोस्त बनाउ डिजाइन को इन्जिनियर पनि इन्डिया | हिजो उनीहरुको गोटी (अहिले पनि ) बाबुराम ( आर्किटेक्चर इन्जिनियर ) , आज को गोटी महतो हरु |

    Reply
  3. Krishna Lamsal says:
    December 8, 2015 at 11:22 pm

    भारत कुन हद सम्म को ब्वासो रहेछ , यस्ता ब्वासो को अगाडी पनि कसरि हाम्रो राजसंस्था ले देश लाइ बचाउदै ल्याएको रहेछ …. अझ बचाएको मात्रै होइन क्रमश भारत को चंगुल भात बिस्तारै मुक्त गराउदै ल्याएको रहेछ … अब त सबै नेपालि को आँखा खुल्नु पर्ने होइन र … ल अब अरु सब कुरो छोडी दिउ …. खालि देश को अस्मिता को लागि भए पनि raja ल्याउनु ढिलो नगर्न पर्ने होइन र ….. कस्तो अचम्म … सब का सब नेता हरु बिकाउ भन्ने खुलस्त हुँदा हुँदै पनि अब त्यहि नेता हरु ले देश को लागि केहि गर्देलान कि भनि आश गरेर बस्ने …. थुक्क नेपालि बुद्धि .

    Reply
    1. Rakesh says:
      December 9, 2015 at 7:08 am

      अझै भ्रम रहेछ राजाको बारेमा यिनलाई । २००७ सालमा भागेर भारतीय राजदूतावासमा शरण लिन गएका पनि राजा नै हुन् राजा त्रिभुवन । त्यहाँबाट भारतमा गएर भारतकै मध्यस्थतामा सम्झौता गर्न बाध्य पार्ने स्थिति पनि राजाकै कारण आएको हो ।
      अनि महेन्द्रको पालामा हो कालापानीमा भारतीय सेना बस्न थालेको ।

      Reply
      1. Krishna Lamsal says:
        December 9, 2015 at 9:17 pm

        तिमि पनि माओ बादी को पिछलग्गु रहेछौ … र सायद तिमि गोपाल किराती को आज को लेख लाइ सहि मानेर लेख्दै छौ ….. तिमि हरु ले पहिले पृथ्वी नारायण को दज्जी उदायौ … नेपाल एकीकरण नै गलत थियो भन्ने ढंग ले … अनि raja महेन्द्र को खोइरो खन्यउ … उनले गरेको सम्पूर्ण रात्रबादी काम लाइ “महेंद्रिय रात्रबाद ” भनेर धज्जी उदाइदै … राजा त्रिभुवन ले राना सासन बाट जनता लाइ मुक्त गराउन भर्खरै ब्रिटिश बात मुक्त भएको प्रजातान्त्रिक भारत संग एउटा असल छिमेकी हो भन्ने मानेर (benefit. of. doubt.) मद्दत मात्रै मागेका हुन् …. तिमिहरु ले लाख झुट बोले पनि त्रिभुवन ले न कुनै तास्त्रघाती सम्झौता गरे … न देश नै बेचियो …. र राजा महेन्द्र को पाल मा भारत ले कापपानी मा सेना राख्न थालेको कुरो छ … भारत त्यति बेला चिन संग को लडाई मा सर्मनाक पराजय पछि झन्डै बहुलाएको थियो र त्यसको बदला एउटा सानो छिमेकि को भुवाग खोसेर गर्यो … राजा महेन्द्र ले बिरोध जनाउनु बाहेक गर्न सक्ने केहि थिएन … तिम्रो कवाडी तर्क मान्ने हो भने त अहिले को नाकाबन्दी पनि ओली सरकारको आग्रह मा भारत ले लगाएको भन्नु पर्यो … तर मैले जे तर्क दिए पनि तिमि ले लाइ चित्त बुझ्ने छैन किनकि तिम्रो दिमाग माओ बादी नराम्ररी brain. wash. गरि दिएको छ …

        Reply
        1. Rakesh says:
          December 9, 2015 at 9:28 pm

          क्यार्नु त तिमी कमल थापाका पिछलग्गु भएर
          कमलेले राजाको नाममा भोट मागेर उही माओवादीको गणतान्त्रिक सरकारमा उपप्रधानमन्त्री खाएर बसिराछ। तिमी नि चुप लागेर जयगान गाएर बस। राजा अब तिम्रो जुनीमा फर्कनेवाला छैनन् :प्
          अनि त्रिभुवन भारतीय दूतावासमा शरण लिँदा ठीक
          अरुले भारतको सहयोग लिँदा बेठीक वाहवाह। कुरो बुझियो

          Reply
        2. madan bajracharya says:
          December 9, 2015 at 11:54 pm

          कृष्ण लम्साल ज्यु
          मलाई लाग्छ राकेश ज्यु मावोबादी होइन मधेशबादी हुन्/ मधेशबाद नेपाल बात तराइ टुक्राउन बनायको भारतको ग्रायण्ड डिजाईन हो/ मधेशबादी दलहरु भारतको सैनिक नदेखिने सेना बस्ने ब्यारेकहरू हुन् भने गोइत पासवान सिके महतो आदि सबै तराइ कब्जा गर्न आयका भारतका कमान्डर जर्नेल कर्नेल नभयका बिना बर्दीको सैनिक अधिकारीहरु हुन्/ भारतको नियत नै तराइ नेपाल बात अलग्याउने थियो भन्ने कुरा मधेसी हारे भारत हार्छ भन्ने मधेश्बादिलाई भारतले यो हद सम्म आश्रय प्रशय दिय बात स्पस्ट भैसके/ बम र गोलि भन्दा बढी विस्फोटक र सामुहिक संहार अनु बम जत्तिकै भयङ्कर हुने नाकाबदिको हतियार लियर तराइ टुक्राउन आयकालाइ राजनैतिक नेता र कार्यकर्ता भन्नु भन्दा अर्कै खालको सैनिक भने हुन्छ र उनीहरुको तराइ टुक्राउने मागलाई युद्ध भने हुन्छ/ युद्ध गर्न आयका सैनिक लाइ कुरा बुझाउनुको अर्थ छैन/ तेस्तालाई तेही गर्नु पर्छ जस्तो श्री लंकाको जाफ्नालाई “मध्यदेस” बनाउन खोज्नेलाई गरेको थियो/

          तराइ टुक्राउने ग्रायण्ड दिजाइन को सुरुवात त्रिभुवन दील्ली भागे देखि भयको देखिन्छ/ त्रिभुवनको रास्त्रवाद प्रजातंत्रवाद बिबादस्पस्त छ मित्र/ त्रिभुवन को रास्त्रवाद सत्ता र ज्यानको माया ले गर्दा कम्जोर भयकोले नै उसले नेपालमा प्रजातन्त्रको लागि लड्ने आफ्नै गुरु धर्म भक्त लगायतलाई प्रानादंड दिने रानाको निर्णयमा लालमोहर ठोके/ तर धर्म भक्त गंगालाल हरुको हत्या पछि पनि रानातान्त्र बिरुद्ध नेपालीको बिप्लव दवेंन/ तव त्रिभुवन दिल्ली भागे/ त्रिभुवन दिल्लीमा भागेर आउनु नेपाल स्वतन्त्र रहेको कुरामा चित नबुझाउने भारतको निमित “मौका” बन्यो/

          राना रिसाय गद्दी गुम्ने नेपाली रिसाय ज्यान गुम्ने डर ले थुर थुर कामको त्रिभुवन दिल्लीको कमारो जस्तै हैसियतको राजा बन्न चाहे/ तेसैको नतिजा हो २००७ साल पछि फेरी पनि नेपालीले पायको भय तुन्दिखेलमा झुन्द्याईने मोहन शमशेर कांग्रेसको समर्थन मा नेपालको प्रधान मन्त्रि बने/ १९५०को सन्धि भय/ कोशी गण्डकी भारतलाई बुझायो/ महाकाली टनकपुर र भाडामा मात्रै दियको शारदा ब्यारेज बनेको भूभाग मा भारतको आधिपत्री हुने सन्धि भय/ मावोबादी सिट दीलिमा सम्झौता गर्दा तराइलाइ मधेसीको मधेश बनाउन उपयुक्त हुने गरि नेपालमा राजतन्त्र उन्मुलन गर्ने जातीय पहिचान हुने संघिय राज्य बनाउने र तराइमा पसे जत्तिको बिहारीलाई नेपालको नागरिकता दिने निर्णय गरे र अन्तमा मधेशबादी सिट तराइलाइ मधेसीको मधेश बनाउन दिने सम्झौता पनि गरे/ई सबै कुराहरु तराइ टुक्राउने ग्रायण्ड डिजाईन अन्तर्गत नै भय गरेका कोराहरु भयको अहिले स्पस्ट भयको छ/

          अब कालापानीको कुरामा/ नेपाललाई भारतको लुटको अखडा बनायाकोमा महेन्द्र कांग्रेस र भारत सिट रुस्ट थियो/ झन् झनै अहिलेको मधेशबादी जस्तै बाँड्दै गयको तत्कालिन कांग्रेसीहरुलाई महेन्द्रले २०१७ सालको कदम चालेर रोके/ महेन्द्रको यो कार्य बात भारत रिसायो/ तव महेन्द्रले चीन सिट बलियो सम्भंद बनायो/ तेतिबेला चीनको प्रधान मन्त्रि चाउयनलाईले भारतलाई नेपालमा हस्तछेप गरे चीनमाथि हमला गरेको ठानिने भनेर भारतलाई तर्सायाको कारणले मात्रै भारतले नेपालमा कास्मिरमा जस्तै सेना घुसाउन सकेन त् भारतले नेपालमा भारतको सरनमा गयका कांग्रेसीहरुलाई नै प्रयोग गर्ने नेपालमा फेरी पनि ससस्त्र बिद्रोह गर्ने प्रयास गर्ने संकेत देखियो/ तेतिनै बेला भारत चीन युद्ध भयो र चीनको सेनाले लखेटेको भारतको सेना भारतको भूमिमा भागे चीनले नछोड्ने नेपालको भुमि भित्र भागे बच्ने भयकोले तिनीहरु कालापानी घुसे/ महेन्द्रले तिनीहरुलाई नेपाल बात फिर्ता पठाउन नखोजेको होईन/ भारतले आफ्ना सेनालाई कालापानीमा रहन दिने बा महेन्द्रको २०१७ सालको कदम बिरुद्ध्ह नेपालमा संघर्ष गराउने भनेर महेन्द्र सिट बार्गेनिङ्ग गरेको देखिन्छ/ भारतले तेतिबेला महेन्द्र सिट भारतको कालापानीमा रहन दिन के सहमति गरेको थियो भन्ने कुरा प्रकाशमा नल्याउन र कालापानीको मुद्दा अंतर्रास्त्रिय मन्चमा नउठाउन दवाव दिय बात महेन्द्रलाई भारतले बलेक मेलिङ्ग नै गरेर कालापानीमा सेना राखी राखेको देखिन्छ/

          नेपालको सरकारले आँटे कालापानीमा भारतको अतिक्रमण तुरन्तै हट्न सक्छ/ उपाय बडो सरल छ/ कालापानी नेपालको भयको र नेपालको आजको सिमाना सकारेर अंग्रेजले भारतलाई सन् १९४५मा संयुक्त रास्ट्र संघको सदस्य बनाउँदा अंग्रेजले पेस गरेको नक्सा कालापानी को बहस टेवलमा बजारेमा भारत कालापानी बात भाग्छ/ किनभने अंग्रेजले संयुक्त रास्ट्र संघमा दर्ता गरेको नक्सामा उल्लेखित भूमिमा कालापानी भारतमा पर्दैन नेपालमा पर्छ/

          Reply
    2. धन says:
      December 9, 2015 at 11:57 pm

      अहिले नेपाली जनताले भोग्न्परेको सम्पूर्ण दोष राजा र राजतन्त्रलाई दिनपर्छ| आसेपासेलाई दिनपर्छ| राजाको नुन खानेले जनताको खुन र पसिना खाएका हुन्| कमले ग्रिह मन्त्रि हुँदा ज्ञानेको प्रत्यक्ष शासनमा बहुलाएका थिए| १४ करोड ढुकुटीबाट लिएर सुलसुलेलाई खुवाए भन्छन| सही हिसाबले त्यस्ता व्यक्ति ऐले जेलमा हुनपर्ने हो| हामी सहिष्णु र मोडरेट हिन्दुलाई पर सारेर राजतन्त्रले अतिवादी हिन्दुत्व लागु गरे राजतन्त्र जोगाउन| र त् बेस्कन चिप्लियो राजतन्त्र कैले नउठ्ने गरी| खुम बहादुर हिन्दु राज्यको वकालत गरि हिंड्छ आफु भने जेल फिरन्ता करोडपति|
      राजतन्त्र लाई जनताले पावर दिएकै हो, पुजेकै हो| जनतालाई खुट्टा सुङ्घाउन लागेपछि त्यस्ता भिरबाट नखसी कस्ता खस्छन? प्रविन गुरुङ र खड्गी ट्याक्सी चालकको हत्यारा को हुन्? जसले राजाको वकालती गर्छ त्यसले पैले बुझ्नपर्छ जनताले किन नकारे|

      Reply
      1. Harke says:
        December 13, 2015 at 10:07 pm

        धन जी,
        १. दोष राजा र राजतन्त्रलाई दिएपछि अहिलेको समस्या समाधान भैहाल्छ र ?
        २. ” जसले राजाको वकालती गर्छ त्यसले पैले बुझ्नपर्छ जनताले किन नकारे|”, जनताले सकारेको वा नकारेको यकिन साथ भन्न त “जनमत संग्रहको” नतिजा चाहिन्छ नि ! होइन र ?

        Reply
  4. सत्य says:
    December 8, 2015 at 7:24 pm

    राजदुतको मुख्य जिम्मेवारी मध्ये एउटा हो उभयपक्षी दौत्य सम्बन्धलाई अझ बढाउने वा बलियो बनाउने हुन्छ, चाहे त्यो आफ्नै देशको हितलाई मात्र ध्यानमा राखेर मात्र गरिएको किन नहोस| छिमेकीको हैसियतमा यो झन् आवश्यकीय हुन् आउँछ कि आपसी सौहार्द्रता कायम रहोस, बिश्वस्ततामा ह्रास आउँन नपावस|| यँहा त् भारतीय राजदुतको क्रियाकलाप यस्तो छ, अर्को पक्ष ठहरै परे परोस, फेरी उठ्न नसके ठिकै छ तर जसरि हुन्छ आफुलाई लाभ भए पुग्यो| भोलि त्यहि नेपालीले जमर्को लिएर सत्तो सराप गर्दा भारत प्रतिको जनमत र सदभाव खर्लप्पै घटेको बारे भारत चिन्तित नहुनु भनेको के हो?
    चाणक्यको नीति भनेको त्यही कुटनीति हो भन्ने भारतले व्यवहारमा लाएका छन्| भारतले प्रयोग गर्दै आएको नेपालमा यसको सही अर्थ भने कुटेर झुकाउने नीति हो, कुटनीति| भारतीय राजदुतले नेपालप्रति त्यहि कुटनीति प्रयोग गरेका छन् भने हाम्रा नेपालका नेताहरु, मधेसी लगायत, ले लुटनीति व्यवहारमा ल्याएका छन्|
    अब कुरो आयो एउटा सार्बभौम देशको आन्तरिक मामला अर्को देशमा सुनवाईका लागि जाने नजिर भारतको लागि पनि खतरा छ| भोलि भारत बाटै पाकिस्तान, बंगलादेश र साउदी अरबिया, अमेरिका प्रभिती मुलुक तिर पनि त्यस्तै डेलिगेसन सुनवाईको लागि अघि बढे भने के भन्ने होला? यस प्रकरण बाट भारतको नेपाल संगको दौत्य सम्बन्धको खेलबाड मात्र होइन अदुरदर्शिता पनि प्रष्ट हुन्छ|
    ओलीजीका बारेमा एकजना टन्न कमाएका कमरेडले यसरि भन्थे, “उनी व्यक्तिगत होस् वा संस्थागत, पार्टी भित्र होस् वा बाहिर होस्, परस्परको झुझाईलाई आफ्ना उखाने बोलीले अझ उकास्दै त्यसैबाट आफ्नो व्यक्तिगत हित निकाल्न माहिर छन्| उनले पार्टी अध्यक्षका रुपमा त्यसै गरे र अहिले प्रधान मन्त्रि हुँदा पनि त्यसै गर्न खोजिरहेका छन्| जँहा सम्म यो नीति मुलुक भित्रकै अन्तर्द्वन्द सम्म सीमित थियो, उनैले आफ्नो बोलीले फायदा प्राप्त गरेका थिए| तर जब यो मुलुक बाहिर वा दुई देशका बिचका सम्बन्ध तिर लम्कियो, यो नियन्त्रण उनको सामर्थ्य बाहिरको कुरो भयो| उनी पूर्णत राज्यलाई नेतृत्व दिन असक्षम देखिदै आएका छन्| उनमा चाहिने क्यापसिटि छैन र त्यसैले प्रचण्डको भर नपरी हुँदैन| जसरि हुन्छ जे गरेर भए नि ओली आफ्नो प्रधानमन्त्रि काल लम्ब्याउने उनको स्ट्रेट्जि छ|”
    अहिलेको स्थितिमा बाबुरामले चालेको गोटी नेपाली जनताले शंका गर्नपर्ने छ| त्यसै भएर धेरैले उनलाई गद्दार पनि भन्न भ्याएका छन्| दिल्लीमा प्रभुलाई भेटेर उनले के भने र प्रभुले के जवाफ दिएर बाबुरामले जनतालाई नलुकाई खुलाउन्पर्छ| फेरी अर्को के कमिटमेन्ट गरेर आए?

    Reply
  5. Ang Sherpa says:
    December 8, 2015 at 12:51 pm

    Finally , Indian foreign minister confessed the blockade between India and Nepal is ordered by Indian government. Since she was rationalizing the previous blocked by Congress (I) collision government during Rajib Ghandi’s tenure. She was trying to clear the Indian House that BJP is not only Indian government who did blocked to Nepal and it’s not first time. There was a clear reason for Rajib Ghandi that Nepal & Indian bilateral treaty was expired at the time and they delayed the renewal process but where is the clear reason for BJP government for their actions??? This is simply “Janglali Raj”
    It’s also cleared that BJP with an ancient Idiology don’t believe human rights value if they would they’d have been justified the Gujurat rape and killings long time back rather rewarding the to higher post.

    Reply
  6. dor prasad says:
    December 8, 2015 at 9:55 am

    भारत मा लोकप्रिय र कडा नेता (नेहरु, इन्दिरा, राजिब गान्धी, मोदी ) आउदा नेपाल को भलो भएको छैन … नेपालीहरु लै चुनौती बेहर्नु परेको छ, तेसैले भारतीय नेता को गुण गर्नु आबसेक छ |

    Reply
  7. jitu says:
    December 8, 2015 at 8:08 am

    थुइक्क नेपाली राजनीति, भारतीय सरकारका पुच्छर, सत्ता लम्पट

    Reply
  8. sushil says:
    December 8, 2015 at 7:09 am

    जे भनेपनि जसो गरेपनि हामीसंग उनीहरु कसरी प्रस्तुत हुन्छन भन्ने महत्वपुर्ण होला. आपसमा उनीहरु के कुरा गर्छन भन्ने आवस्यक छैन. रे पनि त कतै बिकिहल्ला भनेर पछाडी पनि त जासूस लगाएका होलान नि उनीहरुले. थाहा नहुने कुरै छैन. यो उनीहरुको टाइमपास गफ हो. आज बिजेपीको साटो कांग्रेस आइको सरकार भएको भए पनि नाकाबन्दी वा मधेश आन्दोलन, अवस्य हुने थियो.

    Reply
    1. dor Prasad says:
      December 8, 2015 at 8:45 pm

      भारत मा जसको सरकार भएपनि बहु चर्तित प्रधान मात्री हुदा छिमेकी लै पेल्ने गर्छन ! यो काग्रेश अथवा बिजेपी होस् – नेहरु, इन्दिरा, राजिब गान्धि, र अहिले मोदी सबै ले छिमेकी लै पेलेकै छन् ! नेपाली को हित भारत मा कम्जोर र अल्प मत को सरकार हो ! नेपाली हरु मोदी मोदी भनेर उफ्रे – बेला मा देखाई दियो –

      नकाब्दी मदेशी ले २ नाका मा गरेका हुन् २५ नाका मा भारत ले गरेको हो ! मदेशी ले ६% मात्र नाकाबन्दी गरेका छन् ! भारत ले चाह्यो भने भोलि नै खुल्छ नकाब्दी ! नाका त पुर्बी पहाड पशुपति नगर मा पनि छ क्यारे !!!

      भारत ले मदेशी ले मात्रै नाकाबन्दी गरेका हुन् भने पत्याउनु पर्यो नि नेपाली जनताले – मात्रै बिपछी काग्रेश आइ र अरु पार्टी र अरुदेश लै गर्ने कुरो हो – अबत उनि हरु ले पनि पत्याउन छोडे !!!

      Reply
  9. dor Prasad says:
    December 8, 2015 at 3:43 am

    (१) भारत ले नाकाबन्दी गरेको हो – यो दोस्रोचोटि हो पहिलो चोटी होइन – अरु के प्रमाण चाहियो ?? मधेसी आन्दोलों त देखाउने दात मात्र हो , खाने दात त दिलिमै छ

    (२) भारत गहिरो निद्रा मा नेपाल मा अरु १० बर्ष संबिधान बन्दैन भनेर सुतेको थियो – तेसै ले हतास मा के गर्ने लौ भनेर दुत पठायो — रे त मेरो भने पछि के न मानलान भनेर जिल्ल पर्यो

    (३) नेपाल क नेता भारत कसको खर्च मा जान्छन ? कति लै भारत ले निम्तो दियो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme