Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मधेस आन्दोलन र नाकाबन्दी : के हुँदैछ, के हुन लागेको छ – सजिलैसँग बुझ्नुस् कुरा

Posted on December 5, 2015 by Salokya

आन्दोलन
किन भइरहेको छ : मधेसका जनताको अधिकारका लागि
चुरो कुरो: नेताहरुको स्वार्थका लागि (सीमाङ्कन आफू अनुकुल बनाउन/आफू प्रतिकूल हुन नदिन)। मुख्य विवाद पूर्वमा झापा, सुनसरी, मोरङ र पश्चिममा कैलाली, कञ्चनपुर।
को छन् आन्दोलनमा : मधेसका गाउँगाउँका जनता उत्रिएका छन्/उतारिएको छ। संसदमा प्रतिनिधित्वको हिसाबले चार मधेसकेन्द्रित दलको मोर्चा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सबैभन्दा ठूलो। यसमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी छ। अर्को मोर्चामा जयप्रकाश गुप्ताको तराई मधेस राष्ट्रिय अभियान, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक छ। त्यस्तै देशै टुक्राउनु पर्ने भन्दै सिके राउत समूह पनि त्यहाँ सक्रिय छ।


के छ असन्तुष्टि ?
अधिकांश मधेसी आक्रोशित हुनुको कारण : के हामी मान्छे होइनौँ? मधेसी मर्दा आँप झर्‍यो भन्ने ? मानव साङ्ग्लो बनाउँदा माखे साङ्ग्लो बनायो भनेर हामीलाई हेप्ने? के हामी माखो (झिङ्गा) हौँ? (दुवै बोली प्रधानमन्त्री केपी ओलीका हुन्)

वास्तविकता : ओलीले खासमा मधेसी मरेकोलाई आँप झरेको भनेको नभई संविधानसभाबाट संविधान बनाउने प्रक्रियाबाट मधेसकेन्द्रित दलहरु बाहिरिँदाको अवस्थामा यसो भनेका हुन्। भदौ २३ गते उनले भनेका थिए ‘एउटा बोटमा लटरम्म आँप फलेको रहेछ, तर २/३ वटा झरेपछि किसानले आँप त झरेर सकियो भन्छ। तर खासमा बोटमा आँप सकिएको हुन्न, केवल किसानले झरेको मन नपराएको हो।’ त्यतिबेलाको समाचार पढ्नुस् तर पनि ओलीको एरोगेन्ट बोलीले आगोमा घ्यु थप्दै गएको हो।

नाकाबन्दी

कसले गरेको ?
१)प्रत्यक्ष रुपमा घोषित रुपमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले भारतसँगको सीमा नाकामा पाल गाडेर धर्ना बसेर। धर्नामा पालैपालो बस्न गाउँगाउँका मान्छे आउँछन्/ल्याइन्छन्।
२)अघोषित रुपमा नेपाल सरकारलाई दबाब दिन भारतले। पेट्रोलियम पदार्थको आपूर्तिमा कडाइ गरेको, नाका खुला ठाउँबाट पनि आपूर्ति हुन नदिएको, भारतीय सीमाबाट आन्दोलनकारीलाई नहटाइएको, नेपालतर्फ ढुंगा हान्न दिइएको।

वार्ता

पहिले किन भएन?
प्रमुख तीन ठूला दलहरुको साझा धारणा नै आएन। यी तीन दल नमिली संविधान संशोधन गरी माग पूरा गर्न सम्भव हुँदैन।

अहिले (शुक्रबार) किन भएन?
प्रमुख दलको साझा धारणा आए पनि आन्दोलनरत मधेसी मोर्चा र सरकारबीच विश्वासको कमी भयो। भारतीय दूतावासमा राजदूतले बोलाएर भन्दा पनि विश्वास गरेनन्। बरु भारतमै गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुखबाट आफ्ना मागहरु पूरा हुने आश्वासन उनीहरुले खोजेका छन्। माग पूरा नगरी आन्दोलन रोक्दा अर्कै समूहले अहिले उत्कर्षमा पुगेको आन्दोलनलाई उपयोग गर्ने डर उनीहरुमा छ।

अहिले गर्न खोजिएको के ?

देखिएको
१) समानुपातिक, समावेशी सहभागिता र जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयलाई सम्बोधन गर्न नेपाली कांग्रेसले दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई अघि बढाएर पारित गर्ने।
२) सीमाङ्कनको विषयमा दलीय संयन्त्र बनाएर तीन महिनाभित्र टुङ्ग्याउने

पृष्ठभूमिमा उपप्रम कमल थापा भारतमा गई रविशंकरलाई भेटेर विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेर हिजो फर्केको। त्यसपछि स्वराज र ओलीबीच फोनमा कुराकानी भएको।

रहस्य नखुलेको
कमल थापाले भारतीय शासकवर्गसँग के प्रतिवद्धता जनाएर आए?
किन मधेसी नेताहरु भारतीय दूतले भनेको कुरामा विश्वस्त भएनन्?

अब के हुनसक्छ?
संविधान संशोधन प्रस्ताव पास हुने बित्तिकै भारतको अघोषित नाकाबन्दी हट्न वा खुकुलो हुनसक्छ।
मधेसी नेताहरुको दिल्ली दौडाहापछि विश्वस्त भए सीमाङ्कनसम्मको लागि दबाब दिन आन्दोलन नछाडिकनै दिउँसो मात्र नाकाबन्द गर्ने, राति खोल्ने गरेर नाका खुकुलो हुनसक्छ।

कति समय लाग्ला?
मधेसी नेताहरुको दिल्ली भ्रमण नसकिएसम्म अहिलेकै स्थिति हुनेछ। फर्किएपछि बल्ल थप कुरा थाहा हुनेछ।

के छ संविधान पारित भएको दुई महिनामै हुन लागेको संशोधनमा ?

नेपालको संविधानको धारा ४२ मा संशोधन : नेपालको संविधान (यस पछि “संविधान” भनिएको) को धारा ४२ को उपधारा (१) मा रहेका “समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरुको सटृा “समानुपातिक समावेशी सिद्धान्तका आधारमा” भन्ने शब्दहरु राखिएका छन् ।

संविधानको धारा ८४ मा संशोधन : स‌ंविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) मा रहेका “भूगोल र जनसंख्याको आधारमा” भन्ने शब्दहरुको सटृा “जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा” भन्ने शब्दहरु राखिएका छन्।

संविधानको धारा २८६ मा संशोधन : संविधानको धारा २८६ को,–(१) उपधारा (५) को सट्टा देहायको उपधारा (५) राखिएकोछः–
“(५) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी देहाय बमोजिम गर्नेछ –
(क) मुख्य रुपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी,
(ख) खण्ड (क) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी।”

(२) उपधारा (६) मा रहेका “निर्वाचन क्षेत्र निर्धारण गर्दा” भन्ने शब्दहरु पछि “जनसंख्या र भौगोलिक अनुकूलता,” भन्ने शब्दहरु थपिएका छन् ।

14 thoughts on “मधेस आन्दोलन र नाकाबन्दी : के हुँदैछ, के हुन लागेको छ – सजिलैसँग बुझ्नुस् कुरा”

  1. Krishna says:
    December 7, 2015 at 8:59 pm

    Milan Ji,

    1) See the link below, Section “Subdivisions” to look for the provinces and boundaries as per the current constitution of Nepal.

    https://en.wikipedia.org/wiki/List_of_provinces_of_Nepal

    2) As per my understanding, (based on the 11 point demands set forth by United Democratic Madhesi Front – UDMF), UDMF wants two autonomous provinces in Terai region. One extending from Jhapa to Chitwan and the other extending from Nawalparasi to Kanchanpur. Also, they do not want any other “pahadi” districts included in these provinces. If you observed the link above, you can see that province 2 is the only province that includes all terai districts only. UDMF wants another province like this one but at the same time they want to include all the terai districts in these two provinces.

    3) Both the UDMF and the coalition of UML, NC, and Maoists do not want to agree in this division. NC, UML and Maoists claim that this kind of division will further divide the country and this is the Grand Design of India to capture Nepal, just like it annexed Sikkim in 1975.

    My understanding: Based on India’s history of interfering the internal affairs of its smaller neighboring countries, India probably wants to annex Nepal so that they can use our resources, specially water in order to get electricity, irrigation etc for the majority of their northerners. However, the main reason that UDMF wants this division is because they want maximum representation of Terai based parties in the parliament, which is self-evident from the fact that they want electoral division based on population. Similarly, the coalition government do not want this because their representation in the parliament will be weakened by this division. Both UDMF and the coalition government are completely focused on their own benefits and are not working for the welfare of the people.

    Reply
  2. विवेक says:
    December 6, 2015 at 7:31 pm

    हे नेपाली जनता, नेपाली सबैले समान अधिकार पाऊँन चाहे मधेसी होस् या पहाडी वा मध्य पहाडी, बाहुन हुन् वा कुमाई बाहुन बिष्ट, पाण्डे, ओली वा डोटीका बाहुन| झा हुन् वा ओझा| मुसाहर हुन् वा मारवाडी|
    यँहा हद के भयो भने मधेसी दल हरु भारतीय राजदुतवास र दिल्ली जाने| यस्तो गर्नु भएन| भोलि अर्का थरि चीन जाने भयो भने के गर्ने? अर्को थरि अमेरिका र साउदी अरेबिया?
    मधेसीहरु संग होइन, तर मधेसी दलका नेताहरु जो दिल्ली जान्छन, उनीहरुलाई बहिष्कार गरिनपर्छ|
    लौ जाऊ दिल्ली| बिहार जाऊँ कि जँहा जान्छौ जाऊ| मुम्बईका बालासाहबले बिहारीहरुलाई किन देखि सहेनन त्यो पनि खुलाऊ|
    आजसम्म मधेसी नेताहरुका मांग प्रति उचित सुनवाई हुनपर्छ भनेर निकालेको आवाज अब बन्द भयो भने नि हुन्छ| सहनु पनि हद हुन्छ| हरुवा नेता हरुलाई इण्ड्याले साथ् दिनु भनेको नेपाल माथि बज्र्घात हो| नेपाल र नेपालीको सम्मान प्रति यो सरासर हेपाई हो|
    गिरिजाको पालामा दिईएको नागरिकताको छानवीन हुनपर्छ|

    Reply
    1. Kamal Singh says:
      December 7, 2015 at 9:54 am

      बिबेकजी ले हरुवा नेता भन्नु हुँदा कमल थापा र प्रत्यक्छ्य भोटिंग बाट एउटा पनि सिट नजितेको उनको पार्टी लाइ सम्झेर लेख्नु भाको त होइन ?

      Reply
  3. Damoder says:
    December 6, 2015 at 7:48 am

    तराइका , केहि जील्लामा मत्र हो मदेशिको majority हो,
    झापा जस्ता जिल्ला को त कुरै छोदि-देउ
    वारा,पर्शा ,रौतहत जस्तो जील्ला लाइपनि , उत्तेर र दश्किन बरबर हुने गरि devide गर्ने हो भने पनि
    उत्तरि भग्मा , पहदे मत्रै छन ,दश्किन border area मा, बक्लो बस्ति भयेको ले मत्रै मदेशिको majority देखिएको हो,

    यो देश्का बहुन नेताहरुमा सचैको दुर्-दर्सिता छ भने , सप्तरि देखि परशा सम्मको उत्तरि भागलाइ पहद्तिरै
    मिल​ओस , येस्ले गर्दा ,mahendra highway पनि सुरक्शित हुन्छ​,
    येसै पनि बिरोध्, उसै पनि बिरोध

    Reply
  4. निरज says:
    December 5, 2015 at 6:27 pm

    तीनटा कुरा,

    एक, मधेसी दलका नेताहरु भारतीय राजदुतसंग सोध्न जाने र दिल्ली जाने भनेछी कुरै सक्किगो| यो गहिरो छ| थोडै नेपाल अलरेडी भारतको प्रदेश हो?
    दुई, कमल थापाले फेरी के प्रतिबद्धता गरेछन? थापा केहीमा पनि बिश्वास गर्न योग्य छैन|
    मानिलिऔ, हिन्दु धर्म संबिधानमा राख्ने भने रे र त्यसपछि राजतन्त्र ब्युँताउने रे| अधिकतर नेपाली जनतालाई पाच्य नभएको भारतले लादेर हुने होइन| मधेसीको मांग हिन्दु धर्म संबिधानमा हो कि सिमाङ्कन हो? उता बीजेपी पनि मधेसीलाई उचालेर आफै हिन्दु धर्मको गोल गर्न खोजिरहेको छ|
    ओलीको यहि तालले हो भने समस्या सुल्झिने होइन, हतपत र झटपटले र पावरमा झुन्डिरहने लालसाले सुल्झाए पनि खोट सहित रहनेछ जसको भार नेपाली जनतामा पर्नेछ|
    यो XYZ भन्ने महाशयको आशय के हो? समस्या सुल्झाउन लाग्दा सुराल नै फुक्लिए पनि फुक्लियोस, नाङ्गै बसुला जस्तो कुतर्क गर्या गर्यै छ बा… ओली र कोइरालाले काम बिगार्यो भन्दै बाहुनलाई गालि गर्या छ बेसिद्दिमा| ABC नभई एकै चोटी ZYZ भएपछी यस्तो भेको हो|

    Reply
  5. kedar says:
    December 5, 2015 at 5:25 pm

    ओली र सिटौलाहरुको कारणले गर्दा मात्रै पूर्वको झापा मोरंग सुनसरीको कुरा मिलेन भन्नु सरासर गलत हो |
    अहिले सिमांकन गरिएको १ नं. प्रदेशमा बस्ने कि २ नं. मा भनेर झापा मोरंग सुनसरीका मधेसी बाहुल्य छेत्रमै गएर सोधौं ९५ प्रतिशत भन्दा बेसिले १ नं. भनेनछन भने कान पातमा राखेर हिंडीन्छ | झन त्याहाँ बस्ने पहाडेहरुको त कुरै नगर्नुस १०१% पाहाड़ेहरु १ नं. छेत्रकै पक्षमा छन | प्रायेश कोशी पुर्बका सबै मान्छेहरुलाई किन हो किन कोशी पश्चिम भनेको अर्कै संसार हो भन्ने मानसिक भानमा बाँचेका छन दशकौं देखी | बरु झापा मोरंग सुनसरी एउटा छुट्टै राज्यको रुपमा भएर बस्न तयार हुन्छन तर कोशी पश्शिम तिर नाता जोडेर बस्न मानसिक रुपमै तयार छैनन् त्याहाँका जनता | यो कुरा उपेन्द्र यादव, महतो, ठाकुर सबैलाई राम्ररी थाहा छ तेही भएर जनमत संग्रह गरौँ न त भनो कि ३ बित्ता उफ्रिन्छन |
    छुस्स छुस्स बाटा दोबाटामा ढुंगा हानेर र ज्यादै भए हजार दुइ हजारको जुलुस निकालेर सिमांकन हेरफेरको माग गर्नेहरुको भरमा झापा मोरंग सुनसरी पुरै त् के अलिकती काटेर मात्रै २ नं. मा हाल्ने कोसिस सुरु मात्रै गर्नु पर्छ घर घर बाट स्वत स्फुर्त मान्छे निक्लिएर मधेसी सहितको लाखौँको जुलुस पुर्बका एक एक ठाउँबाट निक्लिने पक्का छ |
    यो थाहा पाएका ओली र सिटौला मधेसी र भारतको जती नै दबाब आए पनि १ नं. क्षेत्रको सिमाङ्कन छुने पक्षमा छैनन् | होला यो क्षेत्रमा उनीहरुको राजनैतिक स्वार्थ गाँसिएको हुन् सक्छ तर त्यो भन्दा पनि गार्हो चैं उत्पन्न हुने आन्दोलन र जन दबाब थेग्न सकिन्छ कि सकिन्न भन्ने नै हो |

    Reply
  6. kumar says:
    December 5, 2015 at 5:09 pm

    ” रोटीबेटी सम्बन्ध धरापमा, पाँचसय बिहे टुटे ” बिहारी नेपालमा अत्ति नराम्रो नाटक गर्नी। सबै नेपालीले त पत्याउदैन्। ” रोटीबेटी सम्बन्ध ” उता बिहारबाट नेपाल पसेको , बिहारीलाई , उतैबाट , केहि लाख सम्पति दिने ( रोटी खान पुग्ने दाइजो पैसा दिने , अनि त्यसको साथसाथै , तीनिहरुको छोरी पनि कोठा भित्र राखेर पालन परनि भनेर , त्यही बिहारीको चलन। छोरी लगे , रोटी खाने पैसा दिने ” बिहारिको चलन। नेपाल पसेको बिहारी , नेपालको तराईबाट मज्ज्जाले कमायो :- नेपालको उत्पादन हरेक चीज गतिलो खाना , भारतलाई बेचेयो , उता भारतबाट , क़ुइहिएको चामल दाल , रातारात नेपालमा लाएर , नेपालको तराईको उत्पादन हो भने बेचेयो ( दोहोरो मोटो पैसा कमायो ) . (१) अब अहिले, बिहारी ( मदेशी ज्यादा ख़राब भनेर ) नेपालमा , बदनाम भको छ। (२) उता यूपी बिहार तिरकोहरुले पनि , नेपाल तीनिहरुको देश हैना, एकदिन त छोड़नैपर्छ , बिहेबारी चलाएर के गर्नु भनेर , गर्ने नमानेका रे। (३) बिहारी ( नेपाल पसेको मदेशी ) र उता बिहारमै बस्ने बिहारी मिलेर , अत्ती झूटो र बनावटी कुरो गर्न थालेयो। मिलेर। (४) त्यही भएर बिहारी ( मदेशी ) लाई , इंडियनले पनि मन नपराउने :- भिन्दा भिन्दै सहरका , इंडियनहरु ” हम नेपाल जाना है , नेपाल जाते है भनेर ख़ुशी भएर आएर घुमेर डुलेर जान्थ्ये , अहिले बिहारी ( मदेशी ) को कारणले , ऊनिहरुको ख़ुशी लुटियो , रमाई रमाई नेपाल आउन पाएनन् ( भारतीयहरुले थाह पाइसके , यूपी बिहारीले , नेपालको तराईमा पसेर राज्य मांगे रे भनेर :- बाठा इंडियनहरुले मनै पराएनन्, बिहारीलाई।

    Reply
  7. madan bajracharya says:
    December 5, 2015 at 12:23 pm

    तराइ के मधेश हो? तराइलाइ मधेश ईतिहास राजनैतिक सन्धि सम्झौता नेपाल र भारतको आधिकारिक नक्सामा भनियको छैन/ त् किन तराइलाइ मधेश किन भन्नु पर्ने; यसको आधार र कानुन स्पस्ट हुनु पर्छ/

    मधेश सब्द बिबादास्पस्त भय जस्तै मधेसी भनिने को हुन् भन्ने कुरा पनि अस्पस्ट नै भयको देखिन्छ/ मधेशबादीहरुले तराइमा जन्मे बसेका सबैलाई मधेसी मान्दैनन/ मधेश्बादिहरु तराइमा बसोबास गर्ने नेपालको पहाड हिमालमा पाइने जात समुदायलाई तराइ अतिक्रमण कारी मान्छन र गोइत पासवान आदि मधेशबादीहरु त् इनिहरुलाई तराइ बात लखेट्नु पर्ने भनेर पहाडी लाइ तराइ बात लखेट्ने अभियान समेत चलायको थियो/ अहिले गोइत आदि चुप बसे पनि अरु मधेशबादी हरु तराइ सिट पहाड जोडेर प्रदेश बनाउन बिरोध गर्दै आयकै छ/ फेरी तराइकै जनजाति थारु मैथिली आदि ले पनि आफुलाई मधेसी मान्दैनन/ त् पहाड सिट जोडिन समेत नचाहने मधेसी भनिनेहरु को हुन्?

    तराइमै बस्ने तर आफुलाई मधेसी नमान्ने समुदाय र मधेश्बादिले पनि मधेसी भयको नमान्ने सबै समुदायको आआफ्नै भाषा छन्/ तर मधेश्बादिहरु तराइमा हिन्दि भाषालाई प्रथम भाषा बनाउन चाहन्छन र आफ्नै जात थर र समुदायको मुस्लिमहरुलाई समेत मधेसी नमान्ने ई अहिले मधेश्बादिहरु मुस्लिम धर्म मान्ने तराइबासिलाइ मधेसी होइन अलग्ग समुदायको मान्छन/ मुस्लिम भयकोले मधेश्बादिकै जात समुदायको पनि मधेसी होइन अलग्ग समुदायको हुने भय मधेशबादीकै जात समुदायको तर बुद्धिस्ट क्रिस्चियन धर्म मान्ने पनि मधेसी नहुने अलग्ग समुदायको हुने देखियो/ त् के हिन्दु धर्म मान्ने हिन्दि भाषी मात्रै मधेसी हुने भयो?

    गिरिजाले ई मधेश्बादिको माग अनुसार उनीहरुको मात्र सिफारिसमा तराइमा ४० लाख नेपालको नागरिकता बाँडे/ यसरि मधेश्बादिको माग र सिफारिसमा ४० लाखलाई नेपालको नागरिकता दिलायर नेपालको चुनावमा मत दिने अधिकार दिंईयो/ ४० लाखलाई आफ्नो सिफारिसमा नेपालको नागरिकता दिलाउन सफल भय पछि ई मधेश्बादिहरु संबिधान सभाको चुनावमा आफ्नो बहुमत आउनेमा ढुक्क भय/ तव उनीहरुले नागरिकहरुको मत बात संबिधान सभा गठन गरेर संबिधान बनाउने कुरामा सहि गरे/ तर संबिधान सभाको चुनावमा तराइकै कुल मतदाताको ५% मत पनि पाउन सकेन मधेश्बादिले/ तव उनीहरु संबिधान सभामा बहुमतको आधारमा संबिधान बनाउने प्रक्रियाको बिरोध गर्दै गिरिजा सिट भयको सम्झौता अनुसारनै संबिधान बन्नु पर्ने भनेर बिरोध गर्दै संबिधान सभानै बहिस्कार गरे/

    मधेशबादी सिट सम्झौता गर्ने गिरिजा २०४८को संबिधान अन्तर्गत बनेको सरकारको प्रधान मन्त्रि थिय/ २०४८को संबिधान अनुसार गिरिजाले गरेको सम्झौता तत्कालिन सदनमा पेस भयर पास हुनु नभय सम्म बैधानिक हुँदैन/ तर मधेशबादी सिट गिरिजाले गरेको सम्झौता सदनमा पेस हुनु अघिनै ई मधेशबादी समेतले २०४८को संबिधान र ब्यबस्था खारेज गरेर नागरिकहरुको बहुमतको समान हुने लोकतन्त्र अपनाउने निर्णय गरेर मधेशबादी आफैले गिरिजा सिट गरेको सम्झौतालाई अबैध बनाइ सके/ त् अहिले भारतको समर्थन छ भन्दैमा बहुमतले बनायको संबिधान लत्याउन सकिन्छ?

    Reply
  8. dor prasad says:
    December 5, 2015 at 9:58 am

    म पशिम घुमेको – पश्चिममा अखण्ड को आन्दोलन हुनेनै थिएन – मदेश को न सुहावुदो १ मधेश १ प्रदेश को प्रतिकार मा हो ! कैलाली कन्चनपुर् मा ९०% भन्दा बढी सुदुर पशिम पहाड बाट सरेका छन् – नेता पनि तेस्तै छन् – रोटि बेटी को सम्बन्द पनि उत्तर प्रदेश होइन पहाड तिरै छ – अनि कसरि मानुन मदेशी राज ??? नेता को मात्रै आफु खुसि सुबिधा भन्न अलिमिन्दैना !!

    Reply
    1. Kamal Singh says:
      December 7, 2015 at 9:59 am

      किलालि कंचनपुरमा ९० प्रतिशत पहाडिया छन् भने डर केको? कैलाली कंचनपुर लाइ जता राख्दा पनि जित त पहाडिया कै हुने हो, होइन र?

      Reply
      1. dor Prasad says:
        December 8, 2015 at 1:31 am

        डर को कुरा हो ? कसलाई कसको डर !!! खुसि को कुरा हो – बहुमत ले जे चाहन्छन तेही हुन्छा – सबै जानेको लोकतन्त्र तेही हो – आखिर थारु हरु कोकुनै प्रदेश मा बहुमत न हुने भए थारु को नाम मा प्रदेश बनाएर के हुन्छा ? बरु जागिर सिछ्या र विकास मा बिसेस संरछें गरे नै फाइदा – झगडा गरेर के फाइदा !!!

        Reply
  9. Michael says:
    December 5, 2015 at 7:20 am

    हिजो २५० बर्स को राजतन्त्र फाल्ने बेलामा दिल्लीमा आएर सम्झौता गर्दा नै सबै दल बिकाउ र नेपाल ,नेपालि प्रति बफादार न भएको पुस्टि भैसकेको हो | अहिलेको खोक्रो देखाबती रास्ट्रबाद सिर्फ बार्गेनिङ्ग मात्र हो |
    नेपाल नेपालीको हात मा राखेर जोगाउने भए चिनिया नाका खोल्न किन सरकार आनकानी गर्यो , सहयोग लिन हिच किचायो , ग्यास आउने , के के आउने भनेर धाट्यो|
    अब यिनले देश बिहारीलाई बेच्ने , आफु धनि हुने र दिल्लीको चाकरी बजाउने मात्र हो |
    देश गयो भया , गयु |

    Reply
  10. XYZ says:
    December 5, 2015 at 7:13 am

    You raised important questions but your answers were driven by pahadi, hindu, anti-India, bahunistic arguments. Your expectation that “check points could be open at night time to ease traffic flows” is too childish, immature proposition.”
    You have also not disclosed an important info: Mr Thapa was called upon by New Delhi to give clarification over the rise of anti-India sentiments in Nepal.
    Instead of starting dialogue with Madhesis and ending up with India, they are starting the dialogue with India and seeking to end up with Madhesis – that is the biggest mistake Mister Oli is making. Mr and Mrs Oli (?) may be basking in their electoral victory, he may extend the tenure by a couple of months (the reason for asking 3 months for simankan), his days are basically over.

    Reply
  11. Milan says:
    December 5, 2015 at 7:03 am

    सालोक्य जी, कृपया मलाई अहिलेको संबिधानले तय गरेको सिमाङ्कन, मधेसी मोर्चाले खोजेको सिमांकन र कांग्रेश एमालेका नेताले नमान्नुको कारण अलिक छर्लंग हुने गरि बताइदिन सक्नु हुन्छा?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme