Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माछा बजारमा जस्तो हुँदो रहेछ भारतीय संसदमा हल्ला

Posted on December 3, 2015December 3, 2015 by Salokya

raj
नेपालमा धेरै वर्ष सभामुख नेम्वाङले संसद/संविधानसभा चलाएको टिभीमा हेरिरहेको बानी परेका हामीलाई भारतको संसद चलेको हेर्दा त अचम्मै लाग्ने रहेछ। माछा बजार जस्तै हल्ला हुँदो रहेछ त्यहाँ।

आज भारतीय संसदको माथिल्लो सदन राज्यसभामा नेपाल सम्बन्धी बहस भएकोले चासोपूर्वक हेरियो। २४५ सदस्यीय संसद चलाउन अध्यक्षलाई निकै गाह्रो हुँदो रहेछ। त्यो अनुपातमा नेपालमा त निकै सभ्य र शान्त किसिमले संसदका गतिविधि र छलफल अघि बढ्ने रहेछ। आजको बैठकमा नेपालको स्थिति र नेपाल भारत सम्बन्धबारे जरुरी सार्वजनिक महत्वको ध्यानकर्षण प्रस्ताव हुने निर्धारित थियो। तर त्यसअघि नै विवादका कारण पटक पटक बैठक स्थगित भयो। २ बजे बल्ल बैठक बस्न सक्यो। त्यसमा पनि पहिले अर्कै विषयमा छलफल हुनुपर्ने, यो विषयमा छलफलै गर्न नहुने भन्दै होहल्ला भयो।

विदेश मन्त्री सुष्मा स्वराजले जवाफ पढ्दै गर्दा जवाफ त सांसदहरुलाई बाँडिसकियो हैन भन्दै सभाध्यक्षले रोकिदिए।

बल्ल बल्ल ध्यानाकर्षण प्रस्ताव के पढ्न सुरु गरेका थिए सांसदले, तीन मिनेट भयो भन्दै सभाध्यक्षले रोकिदिए। तीन मिनेटमा कहाँ पूरा हुन्छ भन्दै फेरि अर्को बबाल। त्यसपछि यसलाई ध्यानाकर्षण प्रस्ताव हैन, सर्ट डिस्कसनमा लानु पर्ने भनियो। पढ्दापढ्दैको प्रस्ताव रोकिएर सर्ट डिस्कसनमा परिणत गर्ने र अर्कै दिन त्यसमा छलफल गर्ने भनियो। ११ जना सांसद यसमा बोल्ने भनेर कुरेर बसेका थिए।

संसद चल्दै गर्दा सांसदहरुलाई बस बस भन्ने हातले इसारा गरेर बस भन्ने अनि आफू जुरुक्क उठेर बोल्ने गर्थे सभाध्यक्ष। कुर्सी समेत अरुले सारेपछि बल्ल उठ्ने सभामुख देखिरहेका हामीलाई यो नौलो लाग्ने नै भयो।

हेर्नुस् भिडियो-

अब सोमबार फेरि नेपाल विषयमा छलफल हुने भएको छ।
nepal-rajyasabha

3 thoughts on “माछा बजारमा जस्तो हुँदो रहेछ भारतीय संसदमा हल्ला”

  1. राजन says:
    December 4, 2015 at 5:58 pm

    यस्ता माछा बजारी लाइ त हाम्रा, मर्यादा पालकको खुट्टा भांच्ने बहादुर नेता नै खतरा ।

    Reply
  2. dor prasad says:
    December 4, 2015 at 9:39 am

    नया कुरो “नेपाल का मधेसी हरु नेपाल मा पनि बस हछन, उनीहरु को अधिकार हनन भएको छ”

    Reply
  3. सिर्जने says:
    December 4, 2015 at 12:01 am

    हाम्रा नेताहरु इनै जंगलीहरुको पाउ पर्न दिल्ली धाएको धाएकै गर्छन, हरामखोरहरु /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme