Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खासमा मधेसीको माग के हो ? संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे माग यस्तो छ

Posted on December 2, 2015December 3, 2015 by Salokya

सोमबार भएको वार्तामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट प्रस्तुत भएका ११ बुँदे मागबारे के धारणा छ भनेर तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोध्दा कांग्रेस सभापति सुशील कोइरालाले ‘११ बुँदे? कुन ११ बुँदे?’ भनेर सोधे भनेर मिडियामा आयो। उनलाई जस्तो धेरैलाई मधेसीको माग के हो भन्ने लागेको होला। खासमा चुरो कुरो केही नेताहरुको स्वार्थवश अहिलेको सिमाङ्कनमा कुरा नमिलेको हो। त्यसलाई हेरफेर गरेर कुरा मिलाए अरु कुरा मिलाउनु ठूलो कुरा होइन। तर पनि मोर्चाले औपचारिक रुपमा उठाएको ११ बुँदे माग के हो त भन्ने जान्नै पर्‍यो।

सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको ७९ औं दिन सरकारसमक्ष आफ्ना मागहरु औपचारिक ढंगले पेश गरेको थियो। सङ्घीय समाजवादी फोरम, नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा भएको बैठकमा मोर्चाको वार्ता टोलीले उपप्रम कमल थापा नेतृत्वको सरकारी वार्ताटोली समक्ष आफ्ना माग पेश गरेको हो। यस्ता छन् मोर्चाका ११ मागः

१. पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायसँग भएका सम्झौता र नेपालको अन्तरिम संविधान–२०६३ को धारा १३८, १ (क) अनुरुप तराईमधेसमा मेचीदेखि महाकालीसम्म २ स्वायत्त प्रदेश लगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा अन्य स्वायत्त प्रदेशहरु निर्माण हुनुपर्ने। स्वायत्त प्रदेशहरु अधिकार सम्पन्न हुनुपर्ने।

२. मौलिक हकमा समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्था सहितको अलग धाराको व्यवस्था गर्नु पर्ने।

३. सङ्घ, प्रदेश लगायत राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनु पर्ने।

४. प्रतिनिधि सभाको निर्वाचन क्षेत्र जनसङ्ख्याको आधारमा निर्धारण तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्था बमोजिम गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसङ्ख्याको आधारमा प्रदेशको सदस्यहरु प्रदेश सभाको सदस्यहरु मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनु पर्ने।

५. वैवाहिक नागरिकताको प्राप्ति सङ्घीय कानूनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनु पर्ने र संवैधानिक पदहरुमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप हुनु पर्ने।

६. न्यायपालिकालाई सङ्घ राज्यको आधारभूत मान्यता अनुरुप सङ्घीय ढाँचामा रुपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नु पर्न। साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधिशहरुको नियुक्ति प्रादेशिक कानून बमोजिम हुनु पर्ने।

७. सङ्घ, प्रदेश र स्थानीय निकायका सबै अङ्गहरुमा बहुभाषिक नीति लागू गर्नु पर्ने।

८. समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरुको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेखित हुनु पर्ने। साथै प्राकृतिक श्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरुको प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने।

९. स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानून बमोजिम हुनु पर्ने।

१०. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्दै लोकतान्त्रिकरण गर्ने तथा सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु समानुपातिक समावेशी गर्नु पर्ने।

११. नेपाललाई एकल राष्ट्रिय राज्यको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नु पर्ने।

यो त भयो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको माग। भारतले पनि संविधानमा सात वटा संशोधन गर्न सुझाव पठाएको थियो। के के हुन् त ती सुझाव। मैले पुरानो ब्लगमा लेखिसकेको छु। तलको लिङ्कमा क्लिक गरी पढ्नुस्-

भारतको सात बुँदे माग : सबभन्दा घातक पहिले विदेशी नागरिकता भएका राष्ट्रपति, प्रम बन्न पाउनु पर्ने
भारतीय दूतावासका अधिकारीले यी मागको सूची नेपालका ठूला मिडियाका पब्लिसर तथा दूतावासका पार्टीहरुमा निम्तो नछुट्ने ठूला सम्पादकहरुलाई पनि थमाएका थिए।

6 thoughts on “खासमा मधेसीको माग के हो ? संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे माग यस्तो छ”

  1. Pingback: कुरा मिल्ला, नाकाबन्दी खुल्ला भनेको त झन् भड्कियो पो! मोरङमा तीन जनाको मृत्यु « Mysansar
  2. Dinesh Raj says:
    December 4, 2015 at 12:25 pm

    मुसहर, चेपांग यो सबै नेपाल पसेको हो। येस्तो नेपाली पनि हुदैन। हुन त तीनिहरुको लागि राजनीती गर्छ भने , त्यो नेता, सांसद हुने बेला अली भको छैना , किनभने, तीनिहरु नेपाल पसेको हो। खाली खुटा , झुत्रो लगा लाउदैमा नेपाली भन्न मिल्दैना। त्यस्तो कति छ कति , बादी, डोम,पासवान धेरै छ , यिनीहरु नेपाली हैना। बादीको , बाउले छोरीको ग्राहक खोज्छ , त्यों नेपालको हैना । त्यस्तो नेपाल पसेको धेरै छ।

    Reply
  3. Rohini says:
    December 3, 2015 at 10:18 am

    अनि के सोचेको छ मोर्चाले भारतको नाकाबन्दीको आडमा उसका सबै मागहरु पुरा हुनेछन?

    Reply
  4. kiran says:
    December 3, 2015 at 9:05 am

    कस्तो अर्थ बुझ्नै गाह्रो मागहरु

    Reply
  5. Sayami says:
    December 3, 2015 at 7:10 am

    VERY VERY GOOD AGENDA. VERY GOOD FOR ALL CITIZEN OF NEPAL. NEPAL NEED EQUAL RIGHT then Nepal can move a head. MADHESI ARE DOING GOOD FOR SPEAKING IN FAVOR TO ALL DEPRIVED CITIZEN OF NEPAL. tHANKS TO mADHESHI BROTHERS.

    Reply
  6. sushil says:
    December 3, 2015 at 6:50 am

    नौ र एघार नम्बरको बुंदा हेरौं न! १००% भारतीय माग.
    कुनै माग टाइम पास गर्न राखेको जस्तो छ, कुनै माग छुट्टै देश चलाउन खोजेको जस्तो छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme