-कमल-
प्रधानमन्त्रीले गफ दिएर मात्र पुगेन| मधेसी आन्दोलनले अर्को मोड लिन लागि सक्यो| मधेसी नेपाली नै हुन् भन्ने थियो तर एउटा नेपालीले अर्को नेपालीलाई छिमेकीसँग मिलेर यस्तो युद्धस्तरको पीडा दिन सक्दैन|
तपसिलका बुँदाहरु पनि सोचौ:
१. नेपाली जनतालाई असह्य भएपछी भोलि काठमान्डौ वा कतैतिर बिरोधमा हिँसा हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन| कुनै मधेसी प्रति ताकेर नगरिएको भए पनि हिँसा भएपछी र त्यसको बिरोध प्रतिरोध बढ्दै गएपछि कर्फ्यु लाउन पर्ने स्थिति आउनसक्छ| त्यसैलाई फायदा उठाएर भारतले सेना पठाउने मौका पाउँछ| त्यसपछि अहिले सम्म वास्ता नगरे जस्तो गरेर मौन रहेका अन्तराष्ट्रिय मंचहरु जागेर के फायदा? अग्नि नियन्त्रण पहिले बाटै गरे राम्रो हैन र? त्यस्तो बिकराल स्थिति नआओस|
२. प्रधानमन्त्रीले सकेसम्म मधेसीसंग सौहार्दपूर्ण वातावरण सृजना गरेर वार्ता गर्न पर्छ| एउटा नभए अर्को र अर्को वार्ता गर्दै रह्न्पर्छ जब सम्म दुवै पार्टी वार्तामा बस्न राजी छन्| तर भारतलाई पहिले नाकाबन्दी फ़ुकाऊ, तब वार्ता गर्छौ भनेर आह्वान गर्न पर्छ| बिदेशीको तरवारको धारमा पनि कैले वार्ता गरिन्छ? भारतको आडमा चम्केका मधेसीदलहरुले आज जितेपनि भोलि हार्ने छन्| दुवैलाई विन विन हुने गरेर सम्झौता गरिन पर्छ| कुनै न कुनै मिलन बिन्दु होला जुन दुवैलाई मान्य होला|
३. तर नेपाली जनता नेपाल झुकेको हेर्न चाहदैन| यो मधेसीदलहरु संगको लडाई होइन, भारत संगको सम्बन्धको चुनौती हो| लम्पसार हुनुहुँदैन| आज झुके भोलि पनि झुक्न्पर्छ, पर्सि पनि झुक्न्पर्छ, सार्बभौम मुलुकको मुद्दा छ, होश गर्नपर्छ| भोलि अर्को पार्टीले छिमेकीको सहायता लिएर मांगको फेहरिस्त राख्नसक्छ| त्यस्तो स्थिति नआओस|
४. नाकाबन्दी फुकाउन नमाने वाध्यतावश निश्चित समयको लागि संकटकालको घोषणा गरिन पर्छ| तब मात्र सेना र प्रहरीले आफ्नो देशभित्र स्थिति सामान्य गर्न सकिन्छ| अनि देखा जाएगा भारतले नाकाबन्दी गरेको हो कि होइन| भारतले आफ्नो पोइन्ट अघि सार्न खुरुक्क नाकाबन्दी खुल्न वाध्य हुनपर्छ|
५. भारतले बारम्बार हामीले नाकाबन्दी गरेका होइनौ, मधेसी दलहरुले हो भनेर झुटो बोलिरहेका छन्| तेसो हो भने काकरभिता नाकाबाट किन तेल आउँन दिएन? काकरभिता झापामा छ र यँहा त्यस्तो केहि रुकावट छैन| यो प्रधान मन्त्रीको चुनाव क्षेत्र रहेको जिल्ला पनि हो| भारतले कत्ति झुट बोल्न जानेको होला?
६. भारतमा नेपालका असंख्यौ शुभचिन्तक र मित्रहरु छन्| त्यसैमा दुई देशको परम्परागत दृढ मित्रता अढेको छ| ती मित्रहरुलाई भारतीय सरकारले गरेको अन्याय प्रति सचेत गराउन पर्छ| नेपालीहरुलाई अहिलेको भारतको नाकाबन्दीले चीनमुखी बनाउन जबर्जस्ति ढकेलीरहेको छ| यस्तो नहोस| यसले नेपालको भलो गर्दैन र न भारतको भलो गर्छ|
७. एउटा कुरो यस नाकाबन्दी प्रकरणले हामी नेपालीले सोच्ने मौका पायौ| गोधरा काण्ड र त्यसपछि मोदीको नियत| हिजसम्म नेपालप्रति त्यतिका सहानुभूति देखाउने मोदी आज महाभूकम्पले थलिएका नेपाली जनताको दुखलाई किन यति लामो सम्म पनि नदेखे झैँ गरेर अझ धेरै सजाय दिन खोजिरखेका छन्| हिन्दु राज्य लाई संबिधानमा नेपाली जनताले राख्न नचाहेको हो| त्यसकै लागि बीजेपीले यति ठुलो चट्याङ्ग नेपालमा बर्शाउन पर्यो?
मोदीजीले आर्जन गरेका लोकप्रियताले अहिले उँधो मुन्टो लाएको छ| दुई देशको सम्बन्ध नै धरापमा पार्ने श्रेय पनि मोदीजीलाई नै जान्छ| उनलाई यो उद्धार गर्न निकै ठुलो कसरत गर्नपर्ने छ|
८. एउटा सेल खडा गरेर अन्तराष्ट्रिय र नेपाल स्थित बिदेशी नियोगहरुलाई पनि लगातार सुसुचित गराईन पर्छ| सानो मुद्दामा पनि मुख खोलिहालने, अहिले आफ्नै आँखा अघि नेपालमा यतिका संकट हुँदा पनि भारतलाई चिढाउने डरले अन्तराष्ट्रिय र बिदेशी नियोग हरु मौन छन्| मोदी आउँदा धुम्धड़कले उत्ताउला भएर स्वागत गरेका होइनौ, लौ चाख उनको नाकाबन्दीको स्वाद भनेर कक्टेल पार्टीहरुमा आफूबीच गफ गर्दा हुन्| मुख्य कुरो ती नियोग र अन्तराष्ट्रिय संस्थाहरुलाई तेल र ग्यास दिन बन्द गरिन पर्छ भरे देखि आवाज निकाल्न थालि हाल्छन| हावा जहाजमा उडाएर ल्याए हुन्छ|
९. नेपाल सरकार, वार्ता गर्नका लागि मध्यस्थकर्ता होइन, सहजकर्ता राख्न पर्ने अवस्था छ|
अहिले सम्म आधाउधि नेपाली जनताले वार्ता गर, मधेसीको जायज मांग पुरा गर भन्ने नै चाहना छ| तर नाकाबन्दी जारि रहे र भारतको उक्साउक्सि र मेडिया वाकयुद्ध कायमै रहे, त्यो पनि घटेर न्यून बिन्दुमा पुग्नेछ| भारतीय राजदुतावासले मेडियामा विराजमान भएर खेलेको भूमिका हानिकारक र नकारात्मक छ| भारतीय राजदुतको भूमिका आफुलाई गभर्नर जस्तो प्रस्तुत गर्ने हो कि दुई देशको सम्बन्ध बिग्रन नदिने हो? महामहिमलाई किन हो सानो देशलाई यस्तो हेप्न सकेको? हाम्रा नेताहरुले भारतीय ललिपपको सट्टामा के दिन्छु भनेका थिए कुन्नि, हामी भारतप्रति साँचो सदभावना राख्ने अधिकतर नेपाली प्रति किन यो नाकाबन्दीको बज्रपात?
महाभूकम्पले पीडित नेपाललाई अझ अर्को महाभुकम्प किन थपिदिने? जसले जे भने नि भारतले नाकाबन्दी गराएको हो भन्ने बारे कसैलाई शंका छैन|
नेपाल भारतको परम्परागत सुनौलो सम्बन्धलाई बिथोल्न नदिऔ|
(माइसंसारका पाठकले पठाएको कमेन्टबाट)
छापामा आए अनुसार कमल थापाले भारतीय विदेश मन्त्रि सुषमा स्वराजलाई साक्षात भेटमा नाकाबन्दी फ़ुकाऊन अनुनय विनय गर्दा नाकाबन्दी फुकाउन कता हो कता उल्टो प्रश्न गरिछ, “हामीसंग मित्रता चाहिन्छ कि चाईदैन?” चाहिन्छ भने तुरन्त मदेसीको मांग पुरा गर| भनिदिएछ| कमल थापा जिल्ल| हाम्रा नेताहरु देश फर्केपछि टाइगर गर्जन र दिल्लीमा म्याऊ बिल्ली| दिल्लीमा मोदीले पनि दर्शन भेट दिन भ्याएन रहेछ हाम्रा उप मन्त्रि ज्युलाई|
ओलीले बोलाएको बैठकमा नगएर मधेसी नेताहरु प्रभुका राजदुततिर लागेछन|
मित्रता चाहिने नचाहिने एक हातले बज्ने ताली हो भए पो|
ब्रेक थ्रु प्रभुकै हातमा छ|
हैन हो कति नेपालीले हिन्दु राज्य हुनु पर्दैन वनेका छन् , अनि संघियता चाहियो? के चार जना नेताले जे वन्यो तेही हुने हो?
संघियता खारेज गर, हिन्दु राज्य कायम गर , वोर्ल्ड को औता मात्रै हिन्दु राज्य हुँदा फाइदा धेरै छ घाटा छैन, हिन्दु धर्मले सबैको कल्याण गर्छा
हिन्दु संस्कृतिको सुधार हुनु पर्छा जस्तो छुवाछुत बलि दिने आदि यो हिन्दु धर्म हैन
यो तपाइको धारणा एउटा नेपालीले नेपाली भयर सोच्ने कुरा भयो. अब एउटा भारतीले भारती भएर नेपालको बारेमा कसरि सोची राखेको छ त्यो कहिले विचार गर्नु भएको छ? Then only you come to the right conclusion. Your idea “भारतलाई पहिले नाकाबन्दी फ़ुकाऊ, तब वार्ता गर्छौ भनेर आह्वान गर्न पर्छ” is similar to Mr Oli saying through his advisers “he will visit India only after lifting of the blockade”.