२०४५ सालमा पनि भारतले नाकाबन्दी गरेको थियो। त्यतिबेला पनि आत्मनिर्भरताका गफ भएका थिए। २०४६ सालको जेठ १६ गते गोरखापत्रमा छापिएको हेडलाइन हो यो। आर्थिक कार्यनीति २०४६ सम्बन्धी त्यो समाचारमा भनिएको थियो- त्रिपुरेश्वरदेखि त्रिभुवन विश्वविद्यालयसम्म र थापाथलीदेखि पाटनढोका पुल्चोकसम्म ट्रलिबस विस्तार गर्ने कार्य दुई वर्षभित्र पूरा गरिनेछ। विस्तारको त कुरै छाडौँ, भएको त्रिपुरेश्वर-सूर्यविनायक रुटको ट्रलिबससमेत अहिले तार पनि नभेटिने स्थितिमा पुगेको छ।
त्यसैगरी त्यतिबेला वीरगञ्जदेखि काठमाडौँसम्म इलेक्ट्रिक रेलको गफ पनि दिइएको थियो।
अहिले २०७२ सालमा फेरि नाकाबन्दी छ। र फेरि आत्मनिर्भरताका गफ हुँदैछन्। फेरि इलेक्ट्रिक बस र इलेक्ट्रिक रेलको सपना प्रम केपी ओलीज्युले यसरी बाँडिरहनुभएको छ-
त्यतिबेलाका थप केही हेडलाइन यो समाचारमा छ-
२७ वर्षपछि दोहोरिएको इतिहास : उस्तै हेडलाइन, उस्तै समाचार
त्यस्तै थप केही पत्रिकाका हेडलाइन र समाचार हिमालय टिभीको यो कार्यक्रममा हेर्न सकिन्छ-
त्यतिबेला र अहिलेको यो स्थिति उस्तै बुझेपछि तपाईँलाई के लाग्यो? आफ्नो प्रतिक्रिया तल लेख्न सक्नुहुन्छ।
४५ सालमा गाफ दिएको भन्न मिल्दैन किनभने २ वर्ष भित्र गर्ने कार्ययोजना थियो त्यो बेला तर २ वर्ष सरकार नटिके पछि केगर्ने l येदि टिकेको भने न गर्थियो कि l अहिले को तुलना मा त्यो बेला धेरै काम भएको थियो र येदि अझ केहि वर्ष पंचायत सासन टिकेको भए मेरो विचारमा देश आज आत्मनिर्भर हुने थियो होला l
मैले बुजे सम्म भारतले नेपालमा केहि पनि गर्न दिनेवाला छैन । हाम्रा नेता हरुलाई भारतले अलमलयर राखेको छ ।
मनमनै बुझेको हो कि ? मोदी ले फोन गरेर भनेको हो ?
छेपाराको कथा भन्चन यस्तोलाई, पानी परुन्जेल छेपारो मनमनै भन्छ रे अब यो पाली त पक्कै घर बनाउछु, पानीले सारै भिजायो, अनि घाम लागे’सी सबै भुसुक्कै बिर्सेर बेसरी खाएर उँघ्नथाल्छ। नेपालीहरुको कथा पनि ठ्याक्कै छेपाराको कथासंग मेल खान्छ। नेता नि छेपारा, जनता झन् उल्लु छेपारा।
२०४६ पछी नेपालको शासनमा नेताहरुले राज गरे . हेर्नुस ऐले त्यसरी राजनीति गर्ने
नेताहरुको पारिबारिक स्थितमा कायापलट भएको छ . बहाहरु उच्च मध्यम बर्ग हुदै
धनि बर्गमा परिसक्नु भएको छ . बहाहरुका सन्तान नातेदार आसेपासे सबैको आर्थिक
सम्बृदी भएको छ .
नेपालका मध्यम तथा धनि बर्गमा पर्ने नेपालीहरु विदेश पलायन भएका छन् . तिनले
गर्दै आयको उधोग धन्दा बन्द हुँदा लाखौ लाख निम्न तथा गरिब बर्गमा पर्ने नेपाली
हरुको बिचल्ली भएको छ .
निम्न मध्यम तःथा जसो तसो मध्यम बर्गमा पुग्न लागेका नेपालीहरु खाडी मुलुकमा
काम गर्दै यता नेपालमा रहेका परिबारलाई पालिरहेका छन् . तिनै खाडी मुलुकमा काम
गर्ने नेपालीहरुबाट आएको रेमिट्यान्सले सरकारमा रहेका थुप्रै थुप्रै मन्त्रि सन्त्रीहरुलाई
तलब भत्ता सुबिधा खुबाउदै पोस्ने काम भईरहेको छ .
देशको आर्थिक स्थिति उँधो लागेको छ .
हाम्रा नेताहरुको आर्थिक स्थिति उँभो लागेको छ .
अझै डरलाग्दो अबस्था त नेपालको सार्बभौम स्ब्तान्त्र्ता खतरामा परेको छ . गृहयुद्द हुन सक्ने लक्ष्यण पनि देखिएको छ .
प्रधान मन्त्रीले गफ दिएर मात्र पुगेन| मधेसी आन्दोलनले अर्को मोड लिन लागि सक्यो| मधेसी नेपाली नै हुन् भन्ने थियो तर एउटा नेपालीले अर्को नेपालीलाई छिमेकी संग मिलेर यस्तो युद्धस्तरको पीडा दिन सक्दैन|
तपसिलका बुँदाहरु पनि सोचौ:
१. नेपाली जनतालाई असह्य भएपछी भोलि काठमान्डौ वा कतैतिर बिरोधमा हिँसा हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन| कुनै मधेसी प्रति ताकेर नगरिएको भए पनि हिँसा भएपछी र त्यसको बिरोध प्रतिरोध बढ्दै गएपछि कर्फ्यु लाउन पर्ने स्थिति आउनसक्छ| त्यसैलाई फायदा उठाएर भारतले सेना पठाउने मौका पाउँछ| त्यसपछि अहिले सम्म वास्ता नगरे जस्तो गरेर मौन रहेका अन्तराष्ट्रिय मंचहरु जागेर के फायदा? अग्नि नियन्त्रण पहिले बाटै गरे राम्रो हैन र? त्यस्तो बिकराल स्थिति नआओस|
२. प्रधान मन्त्रीले सकेसम्म मधेसीसंग सौहार्दपूर्ण वातावरण सृजना गरेर वार्ता गर्न पर्छ| एउटा नभए अर्को र अर्को वार्ता गर्दै रह्न्पर्छ जब सम्म दुवै पार्टी वार्तामा बस्न राजी छन्| तर भारतलाई पहिले नाकाबन्दी फ़ुकाऊ, तब वार्ता गर्छौ भनेर आह्वान गर्न पर्छ| बिदेशीको तरवारको धारमा पनि कैले वार्ता गरिन्छ? भारतको आडमा चम्केका मधेसीदलहरुले आज जितेपनि भोलि हार्ने छन्| दुवैलाई विन विन हुने गरेर सम्झौता गरिन पर्छ| कुनै न कुनै मिलन बिन्दु होला जुन दुवैलाई मान्य होला|
३. तर नेपाली जनता नेपाल झुकेको हेर्न चाहदैन| यो मधेसीदलहरु संगको लडाई होइन, भारत संगको सम्बन्धको चुनौती हो| लम्पसार हुनुहुँदैन| आज झुके भोलि पनि झुक्न्पर्छ, पर्सि पनि झुक्न्पर्छ, सार्बभौम मुलुकको मुद्दा छ, होश गर्नपर्छ| भोलि अर्को पार्टीले छिमेकीको सहायता लिएर मांगको फेहरिस्त राख्नसक्छ| त्यस्तो स्थिति नआओस|
४. नाकाबन्दी फुकाउन नमाने वाध्यतावश निश्चित समयको लागि संकटकालको घोषणा गरिन पर्छ| तब मात्र सेना र प्रहरीले आफ्नो देशभित्र स्थिति सामान्य गर्न सकिन्छ| अनि देखा जाएगा भारतले नाकाबन्दी गरेको हो कि होइन| भारतले आफ्नो पोइन्ट अघि सार्न खुरुक्क नाकाबन्दी खुल्न वाध्य हुनपर्छ|
५. भारतले बारम्बार हामीले नाकाबन्दी गरेका होइनौ, मधेसी दलहरुले हो भनेर झुटो बोलिरहेका छन्| तेसो हो भने काकरभिता नाकाबाट किन तेल आउँन दिएन? काकरभिता
झापामा छ र यँहा त्यस्तो केहि रुकावट छैन| यो प्रधान मन्त्रीको चुनाव क्षेत्र रहेको जिल्ला पनि हो| भारतले कत्ति झुट बोल्न जानेको होला?
६. भारतमा नेपालका असंख्यौ शुभचिन्तक र मित्रहरु छन्| त्यसैमा दुई देशको परम्परागत दृढ मित्रता अढेको छ| ती मित्रहरुलाई भारतीय सरकारले गरेको अन्याय प्रति सचेत गराउन पर्छ| नेपालीहरुलाई अहिलेको भारतको नाकाबन्दीले चीनमुखी बनाउन जबर्जस्ति ढकेलीरहेको छ| यस्तो नहोस| यसले नेपालको भलो गर्दैन र न भारतको भलो गर्छ|
७. एउटा कुरो यस नाकाबन्दी प्रकरणले हामी नेपालीले सोच्ने मौका पायौ| गोधरा काण्ड र त्यसपछि मोदीको नियत| हिजसम्म नेपालप्रति त्यतिका सहानुभूति देखाउने मोदी आज महाभूकम्पले थलिएका नेपाली जनताको दुखलाई किन यति लामो सम्म पनि नदेखे झैँ गरेर अझ धेरै सजाय दिन खोजिरखेका छन्| हिन्दु राज्य लाई संबिधानमा नेपाली जनताले राख्न नचाहेको हो| त्यसकै लागि बीजेपीले यति ठुलो चट्याङ्ग नेपालमा बर्शाउन पर्यो?
मोदीजीले आर्जन गरेका लोकप्रियताले अहिले उँधो मुन्टो लाएको छ| दुई देशको सम्बन्ध नै धरापमा पार्ने श्रेय पनि मोदीजीलाई नै जान्छ| उनलाई यो उद्धार गर्न निकै ठुलो कसरत गर्नपर्ने छ|
८. एउटा सेल खडा गरेर अन्तराष्ट्रिय र नेपाल स्थित बिदेशी नियोगहरुलाई पनि लगातार सुसुचित गराईन पर्छ| सानो मुद्दामा पनि मुख खोलिहालने, अहिले आफ्नै आँखा अघि नेपालमा यतिका संकट हुँदा पनि भारतलाई चिढाउने डरले अन्तराष्ट्रिय र बिदेशी नियोग हरु मौन छन्| मोदी आउँदा धुम्धड़कले उत्ताउला भएर स्वागत गरेका होइनौ, लौ चाख उनको नाकाबन्दीको स्वाद भनेर कक्टेल पार्टीहरुमा आफूबीच गफ गर्दा हुन्| मुख्य कुरो ती नियोग र अन्तराष्ट्रिय संस्थाहरुलाई तेल र ग्यास दिन बन्द गरिन पर्छ भरे देखि आवाज निकाल्न थालि हाल्छन| हावा जहाजमा उडाएर ल्याए हुन्छ|
९. नेपाल सरकार, वार्ता गर्नका लागि मध्यस्थकर्ता होइन, सहजकर्ता राख्न पर्ने अवस्था छ|
अहिले सम्म आधाउधि नेपाली जनताले वार्ता गर, मधेसीको जायज मांग पुरा गर भन्ने नै चाहना छ| तर नाकाबन्दी जारि रहे र भारतको उक्साउक्सि र मेडिया वाकयुद्ध कायमै रहे, त्यो पनि घटेर न्यून बिन्दुमा पुग्नेछ| भारतीय राजदुतावासले मेडियामा विराजमान भएर खेलेको भूमिका हानिकारक र नकारात्मक छ| भारतीय राजदुतको भूमिका आफुलाई गभर्नर जस्तो प्रस्तुत गर्ने हो कि दुई देशको सम्बन्ध बिग्रन नदिने हो? महामहिमलाई किन हो सानो देशलाई यस्तो हेप्न सकेको? हाम्रा नेताहरुले भारतीय ललिपपको सट्टामा के दिन्छु भनेका थिए कुन्नि, हामी भारतप्रति साँचो सदभावना राख्ने अधिकतर नेपाली प्रति किन यो नाकाबन्दीको बज्रपात?
महाभूकम्पले पीडित नेपाललाई अझ अर्को महाभुकम्प किन थपिदिने? जसले जे भने नि भारतले नाकाबन्दी गराएको हो भन्ने बारे कसैलाई शंका छैन|
नेपाल भारतको परम्परागत सुनौलो सम्बन्धलाई बिथोल्न नदिऔ|
भन्न जस्तो गर्नु नि सजिलो हुने भए त पी यल सिंहले काठमाडौँलाइ सिंगापुर जस्तो बनाइसक्थे.. अनि हालसालै हाम्रा ओलीका चिरपरिचित पुलिस को अनुहारमा राँको झोस्ने महेस बस्नेत उर्फ उद्योग मन्त्रीले अबको केहि बर्समा नै नेपाल पेट्रोलियममा आत्मनिर्भर हुने भनेर भनेको थियो .. अब गन्दै जाने हो भने त्यस्ता गफ त कति होला होला..कुरा त्यै त हो मन्त्रि बन , गफ हन, अनि भुडी नाफुतुन्जेल देश लुट र लुताऊ..
सबैभन्दा अचम्म त ति टाई सुट लगाएका मान्छेहरु देखेर पो लाग्छ जो चै यो बुढोले अलि बढी नै खोक्दै छ भन्ने थाहा हुँदा हुँदै नि त्यसको गफ सुन्न र ताली बजाउन त्यहाँ जम्मा हुन्छन. . के नेपालमा काम नभएका भलाद्मीहरु किलोमा जोखेर किन्न पाइञ्छ कि क्या हो ..
युवा नेताहरुलाई मौका दिए बिस्तारै केहि होला, नत्र एस्ता मर्न नसकेका नेताहरु त गफ हान्न र औषधी उपचारमा देशको सम्पतीको नाश गर्न बाहेक केही गर्न सक्दैन ।
ढुकुर ले गूद लाउने कथा जस्तै हो !
नेपालीमा एउटा उखान छनी ” गफै त हो सम्धी ” |
एसको जिम्मेवार को त तेही बहुदल आएपछि का सरकारले नाइँ होइयिनत
all country people akainas.
राज संस्था न रहे नेपाल रहदैन भन्थे बूढा पन्च हरुले , क्रमश पुस्टि हुदैछ | इन्डियाले घटनाको सुरुवात नै राजदरबार हत्या काण्ड बाट गरायो |
माउबादी आन्दोलन नेपाल मा झोस्यो , तेती ले नपुगेर दर्बार हत्या काण्ड गरायो , तेत्तिले नपुगेर नेपालि नेपालि फुटायो , अब आएर मदिसे लाइ काखिच्यापेर मैदान मा आयो |
जाति राजनीति , कुटनीति भनेपनि उसको बढ्दो जनसंख्या लाइ चाहिने पानि र बिद्दुत नेपाल बाट खोस्नु इन्डियाको धेय हो |
४५ साल मा कांग्रेस माले मसाले हरु भारत को दलाली गरेर/गोटी बनेर आफ्नै देश मा ४६ साल को आन्दोलन नगरेको भये त्यो आत्मनिर्भरता को अभियान तुहिने थिएन होला, अहिले पनि देशमा एउटा दलाल तप्का छ,जसले मदेश आन्दोलनलाइ अधिकार को लडाई देख्छ अनि देश मा उठेको रास्त्रबाद को उछित्तो काढ्न खोज्छ, अनि ओली को देश लाइ आत्मनिर्बर बनाउने प्रयास लाइ गफ भन्छ, यो तेही तप्का हो जो हिजो देल्ही मा १२ बुदे हुदा ताली बजाउच, बिदेसी भुमि मा बसेर आफ्नै देश मा गर्ने उग्रे उद्ध को समर्थन गर्छ अनि तेस्को आका को भूमिका नेपाल को राजनीति मा कम हुदा रोदन गर्छ,,अब येति भने पछि नाम नै भन्न पर्दैन होला,,,
त्यतिबेला र अहिलेको नेताहरु/ ठुला बडा हाकिमहरु सब एउतै ड्यानका मुलाहरु हुन्, देश बचाउने र बनाउने भन्दा पनि आ आफ्नै कुर्शी मात्र बचाउनेहरु | अहिलेको सरकार त झन् छ छ जना प्र.म. (उ.प्र.म. सहित) भैकन पनि कुर्शी बचाउन बाहेक अरु केहि गरि राखेछैन | खै के भन्नु हाम्रो भाग्य मा नै गतिलो नेता देख्न नलेखे पछि |